पोखरा:   पोखरामा भएको प्रथम प्राइम ५ ए साइड भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि गौरीघाटले जितेको छ ।  पोखरा १३ स्थित खेलकुन्जमा डाक्टर दिवसको प्रस्तुतिमा भएको ३५ वर्षमाथिको प्रतियोगिताको फाइनल ख...

काठमाडौं:  जिल्ला अदालत काठमाडौंले शुक्रबार तीनकुनेमा भएको घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रविन्द्र मिश्र, सांसद धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्ध अपराधको आरोपमा पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।           न्यायाधीश तारादेवी मर्हजनको इजलासले आज नेता मिश्र र सांसद जबरासहित ११ जनामध्ये १५ गते पक्राउ परेकालाई पाँच दिन र १६ गते पक्राउ परेकालाई चार दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको काठमाडौँ अदालतका श्रेस्तेदार तीर्थराज भट्राईले जानकारी दिनुभयो ।      जिल्ला सरकारी वकिलको कार्यालयले ती व्यक्तिमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्न सुझाव दिएको थियो ।      जिल्ला सरकारी वकिल कार्यालयले ती ११ जनाबाहेक थप ३० जनालाई आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेस गरेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो ।

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आदिवासी जनजाति आयोगले पाँचौ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।   आइतबार प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।   प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा आयोगलाई थप सफलताको शुभकाना व्यक्त गर्नुभयो । प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिका हक अधिकार संरक्षण तथा सशक्तिकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव पनि दिनुभयो ।   आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने सवालमा नेपालको संविधानले आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको उहाँको भनाई छ ।   पेश भएको प्रतिवेदन मुख्यमन्त्री मार्फत् गण्डकी प्रदेश सभामा पठाइने बताउँदै भट्टले  सदनमा सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारवाहीहरु अझै सबल र सशक्त बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   आदिवासी जनजाति आयोगका सदस्य रानाले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।   आयोगकी सदस्य रानाले आदिवासी जनजाति समुदायको इतिहास र संस्कृतिको पहिचान गर्दै उनीहरूको हकहित र अधिकारको संरक्षण, संवर्द्धन गर्न आयोग लागिपरेको बताउनुभयो ।   आयोगको प्रतिवेदनमा गत आर्थिक वर्षमा आयोगले आदिवासी जनजाति समुदायको विकास, पहिचान र हक अधिकारको संरक्षण तथा प्रथा परम्परालगायतका क्षेत्रमा गरिएका कामहरू समावेश छन् ।   आयोगले सम्पन्न गरेका कार्यक्रमको विषयलाई व्यवस्थित रूपमा १३ परिच्छेदमा विभाजन गरिएको आयोगले जनाएको छ ।   आयोगको टोलीमा आयोग सदस्य सूर्य बहादुर गुरूङ लगायत सहभागी थिए । 

काठमाडौं:  नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग उपलब्ध गराउनुभएको छ ।      रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।  आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको बताउँदै उहाँले सबै सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग समेत गर्नुभयो ।      साथै उक्त घटनाका घाइतेको उपचार तथा मृत्युवरण गरेका व्यक्तिलाई राहत रकम उपलब्ध गराउन डा दीक्षितले सरकारसँग आग्रह गर्नुभयो । सरकार सबैको अविभावक भएकाले त्यो भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । 

काठमाडौं:   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ ।      रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय विभिन्न शक्तिले गणतन्त्रमाथि आक्रमण गर्न खोजिरहेका भन्दै यसको जगेर्नाका लागि पत्रकारिता क्षेत्र निरन्तर पहलकदमी गर्दै अग्रपङ्क्तिमा लाग्नुपर्ने बताउनुभयो ।      “गणतन्त्रको जगेर्ना र जनतामा सत्यतथ्य सूचना पु¥याउनका लागि पत्रकार मित्रहरू र रिपोर्टस क्बलको महत्त्वपूर्ण भूमिका रहेको छ”, मन्त्री खड्काले भन्नुभयो । लोकतान्त्रिक अभियानलाई बलियो बनाउन र मुलुकमा सुशासन कायम गर्न रिपोर्टर्स क्बलले समन्वयात्मक र सहकार्यमूलक भूमिका निर्वाह गरेको मन्त्री खड्काको भनाइ छ ।      उर्जामन्त्री खड्काले जनताका आवाजलाई माथिल्लो निकायसम्म पु¥याउन रिपोर्टर्स क्लबले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।  “हामीले सुन्छौँ पत्रकारिताका नाममा भएका विकृतिहरूले समाजलाई सही दिशामा लगेको देखिँदैन । समाजलाई सही समयमा सही जानकारी दिन सत्यतथ्य र यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

पोखरा:   कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजले नववर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ । स्याङजाको कालिगण्डकी गाउँपालिकाबाटपोखरा आई बसोबास गरेका कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजले शनिबार नेपाल नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदानसँै भित्तेपात्रो विमोचन गरिएको हो ।  कार्यक्रममा स्याङ्जाली सम्पर्क समितिका अध्यक्ष शिव बहादुर थापा, कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजका सल्लाहकार, पदाधिकारी, सदस्यहरुले सामुहिक रुपमा यस वर्षको भित्तेपात्रोको विमोचन समेत गरिएको हो ।

काठमाडौं:    मानवअधिकार तथा शान्ति समाजले शुक्रबार तीनकुनेमा भएको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।  समाजका संस्थापक सभापति कृष्ण पहाडी र सभापति रेनुका पौडेलले यही चैत १५ गते समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वराजा समर्थित प्रदर्शनकारीले मच्चाएको लुटपाट, तोडफोड र आगजनीका दोषीलाई कारबाहीको माग गरिएको हो ।  नेपालको संविधान लागू भएको एक दशक बित्न लागेको सन्दर्भमा संविधानका कमी कमजोरीबारे पुनरावलोकन स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पहाडीले अवको संशोधनमा जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारा प्रस्तावनामानै समावेश हुनुपर्नेमा जोड दिनुभयो ।       नागरिक सर्वोच्चता र स्वतन्त्रता नै लोकतन्त्रको प्राण भएको हुँदा नेपालमा अब राजतन्त्रको पुनःस्थापना असम्भव भएको उल्लेख गर्दै पहाडीले राजतन्त्र पुनःस्थापनाको माग गर्ने सभ्यता र स्वतन्त्रताविरोधी भएको बताउनुभयो ।  विगत १७ वर्षदेखि जलवायु न्यायका लागि अभियान सञ्चालन गर्दै आएको समाजले जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामा नै समावेश गर्न आग्रहसहित आज जलवायु संवाद कार्यक्रमसमेत सम्पन्न गरेको छ ।  जलवायु न्याय केन्द्रित विशेष अभियानअन्तर्गत समाजको केन्द्रीय कार्यालयस्थित सभाकक्ष बागमती नगरमा जीवनचक्र परिस्थिति सन्तुलन एवं अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामा समावेश गर्न आग्रह विषयक जलवायु संवाद कार्यक्रम गरेको हो ।   कार्यक्रममा समाजका सभापति रेनुका पौडेल, वन तथा वातावरण मन्त्रालयका पूर्वसचिव तथा जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीसम्बन्धी अन्तरसरकारी मञ्चका उपाध्यक्ष डा विश्वनाथ ओली, जलवायु तथा प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ सन्तोषमणि नेपाल, नीति, कानुन तथा योजनाविद् प्रताप पौडेल,  समाजका सल्लाहकार तथा पूर्वसभापति रामकृष्ण बराल, पूर्वसभापतिहरू होमकान्त चौलागाईँ र डा गङ्गाधर अधिकारीलगायतले जलवायु परिवर्तनजस्ता महत्त्वपूर्ण विषयमा सबै दलको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।         समाजले सुरु गरेको जलवायु न्याय केन्द्रित विशेष अभियानका क्रममा आज समाजका अछाम, तेह्रथुम, रुपन्देही, सल्यान, चितवन, सुर्खेत, इलामलगायतका शाखाले जलवायु संवाद कार्यक्रम सम्पन्न गरेको उपनिर्देशक सरिता पौडेलले जानकारी दिनुभयो ।

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गर्नुभएको छ ।       मन्त्रालयले आज यहाँ आयोजना गरेको विषयगत समितिको बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबै स्थानीय तहमा विद्युत्, टेलिफोन र इन्टरनेटको पहुँच महत्वपूर्ण भएको बताउनुभयो ।       सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विद्युतीय सुशासन कायम गराउने महत्वपूर्ण मन्त्रालय भएकाले यस मातहतका निकायले जिम्मेवारीपूवर्क दायित्व पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।            उहाँले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) विस्तारमा जोड दिन, विज्ञापन चुहावट नियन्त्रण गर्न, हुलाक सेवालाई डिजिटलाइजेसन गर्न, सरकारी निकायका वेबसाइटमा एकरुपता ल्याउने विषयमा काम गर्नसमेत निर्देशन दिनुभयो । उहाँले ‘नागरिक एप’ साक्षरता अभियानसमेत सञ्चालन जरुरी रहेको उल्लेख गर्दै ब्रोडब्यान्ड सेवाको प्रयोग र पहुँच विस्तारका लागि ध्यान दिनसमेत आग्रह गर्नुभयो ।            मन्त्री गुरुङले विभिन्न स्थानीय तहले मोबाइल टावर राख्दा थप कर लिने गरेकाले पूर्वाधार निर्माणमा आर्थिक भार बढेकोसमेत उल्लेख गर्नुभयो । उहाँले समुदायिक विद्यालयमा ब्रोडब्याण्ड सेवा विस्तार, भूकम्प प्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड सेवाको स्तरोन्नति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले आफ्नो कामबाट आफ्नो औचित्य पुष्टि गर्न जरुरी रहेकोसमेत बताउनुभयो ।            सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नीति तथा कानुनको तर्जुमा गर्दा प्रदेश तथा स्थानीय तहसँग परामर्श जरुरी भएको बताउनुभयो । उहाँले क्षेत्रगत योजना, नीति तथा कार्यक्रममा एकरुपता ल्याउँदै गुणस्तर कायम गर्न आवश्यक भएको चर्चा गर्नुभयो । उहाँले स्थानीय र प्रदेश तहमा वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा सञ्चार तथा सूचना प्रविधि क्षेत्र समेट्ने गरी कार्ययोजना तर्जुमा गर्न सुझाव दिनुभयो ।       त्यस अवसरमा मन्त्रालयका सहसचिव कोशहरि निरौलाले स्थानीय तह, प्रदेश र सङ्घसँग समन्वयमा सञ्चार मन्त्रालयका गतिविधि सञ्चालन भइरहेको बताउनुभयो । 

पोखरा:  अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक चिनियाँ नागरिक ६ दिनदेखि बेपत्ता भएपछि उनका परिवार नेपाल आइपुगेको छ ।   बेपत्ता  योङयनका बुवा ‘इ जोङ वी’ लगायत ५ जना उनका आफन्त योङयनलाई खोज्न देउराली पुगिसकेका छन् ।   अन्नपूर्ण आधार शिविर (बेस क्याम्प) बाट एक्लै फर्किदै गरेका २७ वर्षीय चेङ योङयन चैत ११ गते मध्यान्हको समयमा पदमार्गबाट नै बेपत्ता भएका थिए ।    अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गर्दा योङयन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले सुनगाभा न्यूजसँग पुष्टी गरे ।    ‘अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक चिनिया नागरिक बेपत्ता भएका छन्, प्रहरी प्रमुख ओलियाले भने, ‘चैत ११ गते अन्नपूर्ण बेस क्याम्पको रुटमा पर्ने देउरालीमा हिम पहिरो गएको छ, हिम पहिरोमा नै परेर बेपत्ता भए कि भन्ने आशंकामा प्रहरी, स्थानीयको सहयोगमा खोजीकार्य जारी छ । बेपत्ता नागरिकको परिवार पनि आइपुग्नुभएको छ । देउरालीको मौसम छिनछिनमा परिवर्तन भइराख्ने भएकाले खोजी कार्यमा केही समस्या छ ।’   विदेशी नागरिकले अन्नपूर्ण संरक्षण क्षेत्रको विभिन्न स्थानमा प्रवेश गर्नुपूर्व विभिन्न स्थानमा राखेको चेकपोष्टबाट नाम दर्ता गर्नुपर्छ ।   यो पनि पढ्नुहोस   अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका   उनको चेकइन गरेपनि चेकआउट भएको रेकर्ड नदेखिएकाले देउराली क्षेत्रमा बेपत्ता भएको आंकलन गरिएको हो ।   चैत ११ गते अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका दुई भारतीय नागरिकले आफु भन्दा अगाडि रहेका एक पर्यटक देउरालीको हिमपहिरोमा परेको सूचना प्रहरीलाई दिएका थिए ।    उनै व्यक्ति चिनियाँ नागरिक भएको हुनुपर्ने प्रहरीको अनुमान छ ।   पहिरोमा नागरिक पुरिएको सूचनापछि प्रहरी चौकी घान्द्रुक, पर्यटन प्रहरी पोखरा, स्थानीय र जनप्रतिनिधिको टोली घटनास्थलमा पुगेका थिए ।    हिउँँ पहिरोमा चिनियाँ नागरिक पुरिएको आशंकापछि पर्यटन प्रहरी पोखराबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको कमाण्डमा ७ जना पर्यटन प्रहरी, प्रहरी चौकी घान्द्रुक, स्थानीय र जनप्रतिनिधिको टोली घटनास्थलमा उद्धारको लागि खटिएको छ ।    देउरालीको मौसम परिवर्तन भइराख्ने भएकाले खोजतलाजमा समस्या भइरहेको उद्धार टोलीमा रहेका एक सदस्यले जानकारी दिए । 

काठमाडौं:   शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ ।  यस्ता उच्छृङ्खल गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने भएकाले संयमित हुन पनि चेम्बरले आग्रह गरेको छ ।      प्रदर्शनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरले उल्लेख गरेको छ । उक्त घटनाका पीडितलाई क्षतिपूर्तिको माग पनि निजी क्षेत्रले गरेको छ ।      “सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा सञ्चारगृहमासमेत क्षति पुगेको छ । यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भर्त्सना गर्दै चेम्बर अफ कमर्स शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्दछ”, विज्ञप्तिमा भनिएको छ ।      यसअघि निजी क्षेत्रका छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले पनि उक्त घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरिसकेका छन् ।