पोखरा:   पोखरामा भएको प्रथम प्राइम ५ ए साइड भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि गौरीघाटले जितेको छ ।  पोखरा १३ स्थित खेलकुन्जमा डाक्टर दिवसको प्रस्तुतिमा भएको ३५ वर्षमाथिको प्रतियोगिताको फाइनल ख...

रुपन्देही:   प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।       जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५।२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए ।      आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए ।  त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए । उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।       आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर तीन विकेट लिए । सागर ढकालले आठ ओभरमा २९ रन खर्चेर तीन विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशी र गुलशन झाले समान एकरएक विकेट लिए ।       प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तगत यसपटक ४६ वटा खेलहरु खेलाइएको थियो । यी सबै खेल पहिलो पटक काठमाडौँ बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिभागिय टोली सहित १० वटा टोलीहरुले सहभागीता जनाएका थिए ।

पोखरा:   पोखरामा यही चैत २३ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट’हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीलेले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबार जानकारी दिएको हो ।  मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले पोखरा रंगशाला क्रिकेट मैदानमा यहि चैत्र २३ देखि ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहेने बताए ।  उनले पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै खेल पर्यटनमार्फत समेत यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने उल्लेख गरे । लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही नगद रु १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ ।

पोखरा: नेपाली परम्परागत अर्गानिक खाद्य सामग्रीको प्रवद्र्धन तथा स्थानीय उत्पादनलाई व्यावसायिकरण गर्ने उद्देश्यका साथ ‘सृजना संसार कोसेली घर’  संचालनमा आएको छ । पोखराको महेन्द्रपुलमा रहेको उक्त कोसेली घरको पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले शुभारम्भ गरे ।  उनले नेपालमा जैविक तथा परम्परागत उत्पादनको सम्भावनामा जोड दिदै यस्ता उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पु¥याउन सके कृषक, साना उद्यमी, तथा व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउन सकिने बताए ।  उनले भने “स्थानीय उत्पादनको प्रवद्र्धनले आयात प्रतिस्थापन गर्न सहयोग गर्छ र नेपाललाई आत्मनिर्भरतातर्फ अघि बढाउँछ, यस्तो प्रयासलाई सबै पक्षले सहयोग गर्नु आवश्यक छ ।”उनले नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने आवश्यकतामा जोड दिँदै गुणस्तर, प्याकेजिङ, र प्रवद्र्धनमा ध्यान दिनुपर्ने सुझाव दिए । पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष उत्तममान बुद्धाचार्यले स्थानीय अर्गानीक उत्पादनको प्रवद्र्धन र नेपाली मौलिक खाद्य सामग्रीको बजारीकरणले अर्थतन्त्रमा सघाउ पुर्याउने धारणा राखे । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालका गभर्नर मिलन थापाले जैविक तथा परम्परागत खाद्य वस्तुहरू गुणस्तरीय मात्र नभई सांस्कृतिक रूपमा पनि महत्वपूर्ण रहेको बताउँदै यस्ता कोसेली घरहरूले महिलालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीसँग जोडेर आत्मनिर्भर बनाउन मद्दत पुग्ने धारणा राखिन । उनले स्थानीय उत्पादनलाई व्यवसायिक विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याइन् । सृजना संसार कोसेली घरका अध्यक्ष सवि शेरचनले नेपाली मौलिक उत्पादनलाई प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई विश्व बजारसम्म पु¥याउने लक्ष्य लिएर कोशेली घरको शुरुआत गरेको बताइन ।  उनले भनिन्“हामीले व्यावसायिक दायरालाई विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनलाई पहिचान दिलाउने कोसिसमा छौ , यस अभियानमा सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छौ । ”  उनका अनुसार कोसेली घरले मुस्ताङ, म्याग्दी, जुम्ला, पाल्पा, बुटवल लगायतका क्षेत्रबाट उत्पादित जैविक तथा परम्परागत खाद्य सामग्री उपभोक्तासामु पु¥याउने लक्ष्य राखेको छ ।  करिब सय बढी विक्रिमा राखिएका उत्पादनमा मुस्ताङको सिमीको दाल, सिस्नुको धुलो, जौको सातु, जिम्बु, फापरको पिठो, ओखर, सिलाम, गुन्द्रुक, सुकुटी, विभिन्न परिकारका अचार, भुटेका बदाम, झिलिङ्गा, चिउरा आदि छन् । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि २१ शेयर सदस्यहरू मिलेर २१ लाख रूपैयाँको प्रारम्भिक लगानीबाट यो व्यवसाय सुरू गरिएको शेरचनको भनाइ छ । संस्थाका वरिष्ठ उपाध्यक्ष महेश श्रेष्ठले खाद्य सुरक्षा तथा गुणस्तरलाई प्राथमिकता दिँदै नेपाली उत्पादनलाई स्थानिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्य राखिएको बताए । संस्थाका सहसचिव पदमलाल तिमिल्सिनाले संचालन गरेको कार्यक्रममा संस्थाका सल्लाहकार तथा शेयर सदस्य विना गुरुङले धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रममा उपस्थित सहभागिहरुले यस किसिमको पहलले स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेका थिए ।  

पोखरा । काठमाडौँमा पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी पत्रकारको मृत्यु भएको र विभिन्न सञ्चारगृहमा आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा गरेको छ।   नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा पोखराको शहिद चोकमा उक्त कार्यक्रम गरेको हो ।   यसैबीच​ देशभरका पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाले विरोध गरेका छन् ।       शुक्रबार प्रदर्शनकारी समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।   पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघसहित विभिन्न संघसंस्थाले सो घटनाप्रति दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रता तथा दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।  

काठमाडौं:   पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।   नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।  शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो । पत्रकार महासङ्घका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विरोध प्रदर्शनमा पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँलेलगायतको उपस्थिती रहेको थियो । विरोधका कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपालका नेताहरूले पत्रकार रजकलाई न्याय दिन र उहाँका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । बदलिएको परिस्थितिका कारण महासङ्घ स्थापना दिवसका अवसरमा गर्न लागिएका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको महासङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आजै पत्रकार महासङ्घको उपलब्ध केन्द्रीय सदस्यहरूको आकस्मिक बैठक बसेर थप सङ्घर्षका कार्यक्रम तय गर्ने र सञ्चार तथा सूचनाप्रविधिमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउनेलगायका कार्यक्रम महासङ्घले गर्नेछ ।

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको  छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।       नेकपा (एकीकृत समाजवादी केन्द्र)को कार्यालयमा आक्रमणबाट भएको क्षतिबारे आज बिहान निरीक्षण गरेपछि भएको ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उहाँले दोषीलाई कारबाहीको माग गर्नुभएको हो । उहाँले असामाजिक गतिविधि गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।       बैठकपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुरक्षा व्यवस्थामा भएका कमीकमजोरीको सरकारले गम्भीर रुपमा समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई सुझाव दिनुभयो ।

काठमाडौं:  राजावादीको आन्दोलननका क्रममा आगजनी भएको  तीनकुनेस्थित एक घरमा जलेको अवस्थामा एक युवक भेटिएका छन् ।   मृत्यु हुनेमा  एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको बताइएको छ ।    उनी एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सनका रुपमा कार्यरत रहेका थिए  ।  उनले उक्त भवनबाट भिडियो खिचिरहेका थिए ।    जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको थियो ।   

काठमाडौं । प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ ।   प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्न लागेकाे हो ।   शुक्रबार दिउँसो उनी आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । त्यसक्रममा उनी ‘आओ-आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको भिडियोहरुमा समेत देखिन्छ ।   केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए ।   उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली गरेका थिए । प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए ।   निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो ।