प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेकाा छन्।   भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार प्रधानमन्त्री शाह...

पोखरा:  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् ।  बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए ।  ज्याब्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक तथा छात्रा तर्फ कालिकाकी सुनिता गोलेलाई स्वर्ण, विष्णुपादुकाकी पुष्पा विकलाई रजत र शहीद स्मृतिकी सन्जु विकलाई काश्य पदक हात पर्‍यो ।  ४१०० मिटर रिले दौडको छात्रा तर्फ फिस्टेल एकेडेमीलाई स्वर्ण, कास्की मोर्डनाइज्ड एकेडेमीलाई रजत र छोरेपाटन माविलाई काश्य पदक हात पर्‍यो । यसैगरी छात्रतर्फ कास्की मोडनाइज्डलाई स्वर्ण, हार्वड एकेडेमीलाई रजत र सैनिक आवासीयलाई रजत पदक प्राप्त भयो ।  लङ्गजम्प छात्रातर्फ सगरमाथाकी अनुष्का अधिकारीलाई स्वर्ण, त्रिवेणी पब्लिककी एन्जल अधिकारीलाई रजत र लिटल फ्लावरकी सुजाता कुमाललाई कास्यपदक हात पर्‍यो भने छात्र तर्फ कालिकाका अमन दुरालाई स्वर्ण, पोखरा युनाइटेडका कृष्ण बहादुरलाई रजत र अन्नपूर्ण माविका विशाल विकलाई काश्य पदक हात पर्‍यो ।  एथलेटिक्स तर्फ कुल ७८ पदकका लागि प्रतिष्पर्धा हुनेछ । एथलेटिक्स तर्फका बाँकी खेल शुक्रबार हुनेछन् । एथलेटिक्स उपसमिति संयोजक गोप बहादुर अधिकारीका अनुसार एथलेटिक्स तर्फ ८४ विद्यालयका ६ सय ६५ छात्र छात्रा सहभागी भएका छन् । पोखरा रङ्गशाला र कालिका माविको भलिबल कोर्टमा सञ्चालन गरिएको भलिबल प्रतियोगिता अन्तरगत अब दुईवटा क्वाटर फाइनलका खेल बाँकी रहेका छन् ।  बाँकी रहेका क्वाटर फाइनल र सेमी फाइनल अनि फाइनल खेल शुक्रबार हुने भलिबल उपसमितिका संयोजक राम बहादुर लामिछानेले जानकारी दिएका छन् ।  भलिबल प्रतियोगितामा छात्रतर्फ ४५ र छात्रा तर्फ २३ टिम गरी कुल ६८ टिमले सहभागिता जनाएको जानकारी दिएका छन् । सेमी फाइनल र फाइनलका खेल पोखरा रङ्गशालाको भलिबल कोर्टमा हुनेछ ।  प्रतियोगिता अन्तरगत कराते अन्तर्गत सबै खेल सम्पन्न भएको कराते खेल उपसमिति संयोजक धन लामाले जानकारी दिए । कराते तर्फ ४१ विद्यालयका छात्र तर्फ ६० र छात्रा तर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेको उनले जनाए । यो विधा मार्फत १२ स्वर्ण, १२ रजत र २४ काश्य गरेर कुल ४८ पदक वितरण गरिएको उनले खुलाए । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गरिरहेको जानकारी दिए । प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको  र बाँकी रहेका सबै खेल शुक्रबार हुने उनको भनाइ छ । भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ  सहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए। एथ्लेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वितीयले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वितीयले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्नेछन्  । मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्‌घाटन गरेका थिए । समापन शुक्रबार ३ बजे गरिने सदस्य सचिव अधिकारीको भनाइ छ ।

पोखरा:  पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो  । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो ।  दर्शकको भिडलाई ब्यवस्थापन गर्न थप टिकट काउण्टरको समेत ब्यवस्थापन गरियो भने बाहिर निस्कने दर्शकहरुलाई आपतकालिन गेट खोलेर वाहिर निस्कने ब्यवस्था मिलाईएको थियो । महोत्सवको आठौ दिन क्रिसमसको दिन परेको विदालाई सदुपयोग गर्दै अभिभावकहरुले बच्चा बच्चिलाई डोयाउदै महोत्सव स्थल भित्र छिरेकाले अन्य दिनको तुलनामा विहिवार दर्शकको सख्या दोब्वरले नै बृद्धि भएको आयोजकको दावी रहेको छ । मेलाको थप आकर्षणको रुपमा रहेको विद्यालय स्तरीय प्रस्तुती अन्तरगत विहिवार लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल, जुनियर सिटिजन्स एकेडेमी, लिटल गार्डेन मण्टेश्वरी शिलशिला स्कुलका प्रस्तुतिले महोत्सव स्थलमा थप रोचक बनेको थियो । यसैविच जातजातीको भेषभुष प्रर्दशनितर्फ भण्डारढिक नेवाःखलको प्रस्तुती रहेको थियो भने महिलाहरुको सन्मानका लागि राखिएको रतौली तर्फ खाष्टेताल बाराही महिला समुहको प्रस्तुती रहेको थियो । पुस ३ गते देखि चलेको महोत्सवको आठौं दिन चलिरहदा विहिवार मात्र १ करोड वरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म आउदा ७ करोड ८० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शक तर्फ विहिवार मात्र ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म २ लाख २५ हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएका छन् ।   यसैविच महोत्सवको आठौं दिन शिव हमाल,राजन कार्की,परशुराम अधिकारी,सपना गाहामगर,नविना सुवेदी र भुमिका गिरीले ंंंप्रस्तुती दिएका थिए भने जानुका पौडेल(प्याकुली) र निरु खड्कले प्रस्तुति दिए भने बेलुका कन्सर्टमा गायक ओम गुरुङ, ¥यापर माईला र यम नेपालीको प्रस्तुतीले स्टेज तताएको थियो ।द

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो घोषणा गर्नुभएको हो।  ‘हिजो पुस ९ गते झापा थिएँ, को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस् भनेर आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामैं भनेको छु’, उहाँले भन्नुभयो, ‘एकवर्ष अघि ०८१ पुस २१ गते मेचिनगर झापाको धुलाबारीस्थित अतिथि सदनको कार्यक्रममा बोल्दै ‘आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्नोस्, म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैन, भनेर घोषणा गरेको थिएँ’ तर पनि फेरि पनि सर्वसम्मत सिफारिस गरेकोमा झापा १ का आदरणीय साथीहरूलाई धन्यवाद दिएको छु।’  उहाँले पावरले भ्याएसम्म उम्मेदवार बन्ने जित्दा ठिकै छ हार्दा पनि नछाड्ने प्रवृत्ति रहेको भन्दै त्यो प्रवृत्ति भत्काउन जरुरी रहेको भन्दै अब तीन पटक उम्मेदवार बनिसकेकोले आफू उम्मेदवार नबन्ने बताउनुभएको हो। उहाँले यो पटक चुनावमा देशभरका उम्मेदवारको साथमा हुने प्रष्ट पार्नुभएको छ।  आफ्नो ‘पावर’ ले भ्याएसम्म उम्मेदवार बन्ने। जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने। एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भएपनी उम्मेदवार बन्नैपर्ने  बाँचुन्जेल क्षेत्र ‘कब्जा’ को सोच राख्ने (सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने) हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ (अत लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु) गत चुनावमा म आफ्नो क्षेत्रमा सिमित थिएँ, यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु।’ उहाँले चुनावमा अनुहार बदलेर बढीभन्दा बढी युवालाई अवसर दिनुपर्नेमा जोड दिनुभयो। ‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ।’  

पोखरा:  विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गामा रहेको सेलवेजमा बिहीबार उद्घाटन गरेको छ । सेलवेज क्यास एण्ड क्यारी प्रालिका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग र पोखरा वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरे । यो सँगै पोखरामा केएफसीको दोस्रो आउटलेट खुलेको छ । नयाँ आउटलेट चिकेनप्रेमीका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको विश्वास छ । ‘विश्वमा उत्कृष्ट चिकेन’ को पहिचान बनाएको केएफसी ग्राहकलाई हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, जिन्जर बर्गर र केएफसी बकेटजस्ता स्वादिष्ट परिकार पस्किदै आएको छ । पोखराका चिप्लेढुङ्गा शाखामा १४ जनाले रोजगारी पाएका छन् भने देश भर ४ सय भन्दा बढि जनाले रोजगारी पाएको देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले जानकारी दिए । उद्घाटनका अवसर पारेर शुक्रबार विशेष छुटको व्यवस्था गरेको छ । दैनिक बिहान ९ बजे देखि राति ९ बजेसम्म यो आउटलेट सञ्चालन हुनेछ । देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले सातदोबाटोमा खुलेको यो आउटलेट सेल्सबेरीसँगको सहकार्यमा खुलेको पहिलो भएको बताए । सन् २००९ मा नेपाल प्रवेश गरे कम्पनीले पोखराको लेकसाइडमा सन् २०१७ मा आउटलेट खोलेको थियो । कम्पनीले नेपालमा २०२५ डिसेम्बरसम्म देशभरि २५ आउटलेट पु¥याउने लक्ष्य लिएको शाहाले बताए । नयाँ शाखा सञ्चानलसंगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन अफर ल्याएको उनले बताए । केएफसीले नियमित रूपमा विभिन्न अफर पनि ल्याउने गरेको उनको भनाई छ ।

मुस्ताङ:  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकुल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिनु भयो । प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भए पनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताउनु भयो । तारा एयरलाइन्स मुस्ताङका स्टेशन इन्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा–जोमसोम उडान स्थगित गरेको बताउनु भयो । त्यसैगरी समिट एयरलाइन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ ।  हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा–जोमसोम उडान प्रभावित हुने गर्छ । पछिल्लो समय बेनी(जोमसोम(कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ । 

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए।  त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन्। भौतिकशास्त्र तर्फ नोबेल पुरस्कार विजेता जापानका आकाताकी काजिताको प्रमुख आतिथ्यतामा भएको समारोहमा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदक पाएका छन्।  दीक्षान्त समारोहमा त्रिवि कुलपति एवम् प्रधानमन्त्री सुशीला कार्कीले  शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर गरेको बताएकी छन्।  ‘शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले असर पारेको बुझेर नै केही ठोस पहल थालेको छौँ। प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्कता बोध भएको छ। यस विषयमा गम्भीर परामर्श र गृहकार्य  भईरहेको छ,’ प्रधानमन्त्री कार्कीले जनाएकी छिन्। प्रधानमन्त्री कार्कीले विश्वविद्यालयले शैक्षिक क्रियाकलाप प्रविधिको प्रयोग, अनुसन्धान गुणस्तर र वैश्विक पहुँच वृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा अझै अब्बल सावित गर्न आवश्यक गरेको बताइन्। ‘धेरै विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयको ठूलो संरचना र आकारले मात्र गुणस्तरीय र अन्तराष्ट्रिय स्तरको शिक्षा सुनिश्चित गर्दैन। प्राध्यापक विद्यार्थीको सही अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा र उच्च गुणस्तरका अनुसन्धान सामग्री प्रकाशन गर्ने कार्यमा प्राध्यापक, विद्यार्थी तथा व्यवस्थापन सबै पक्ष थप क्रियाशील हुन जरुरी भएको देख्दछु,’ प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छिन्।  समारोहमा विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दीक्षित भएका विद्यार्थीहरूलाई आफूले पाएको ज्ञान र प्रविधिलाई चेतना, विश्वास, सद्भाव र समृद्धि सहित अर्थतन्त्र विकासको माध्यम गराई पछौटेपन, अशिक्षा र गरिबी विरुद्धको औजार बनाउन आग्रह गरे।

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभाशाली क्रिकेट खेलाडी गुमाएको उल्लेख गरेका छन् । सचिव खड्काले यो खबरले स्तब्ध पारेको उल्लेख गर्दै थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उनले परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । ‘अत्यन्तै दुःखद खबर प्राप्त भएको छ।कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ’, सचिव खड्काले फेसबुकमा लेखेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा परिवारजनलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं।’

काठमाडौं:  क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।  पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो । उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका उहाँले बताउनुभयो ।  मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उहाँले सुनाउनुभयो ।  महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएकोे जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताउनुभयो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।  पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ ।  विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।  महासङ्घको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।

काठमाडौं:   निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ ।  जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।