पोखरा: सत्ता गठबन्धनका शिर्ष नेताहरुले संविधानको रक्षाका लागि आफुहरु एक ठाँउमा उभिनु परेको बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनिहरुले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउदै यसलाई जोगाउनु पर्नेमा जोड समेत दिए । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले स्थायित्वका लागि दलहरुका बिचमा सहमति र सहकार्य जरुरी रहेको बताए । गठबन्धन बचाउनका लागि पोखराका लागि मेयर र उपमेयर लगायतका गठबन्धनका उमेदवारहरुलाई जिताउन उनले आग्रह समेत गरे । विपक्षी दलको विरोधलाई सहन नसक्ने ओली प्रवृतिका विरुद्ध गठबन्धन गर्नु परेको उनले बताएका छन् । सभापति देउवाले कांग्रेसका लागि गठबन्धनले धेरै फाईदा भएको उल्लेख गरे । उनले गठबन्धनका कारण कांग्रेस फेरी पनि मुलुकको ठुलो दल बन्ने दावी गर्दै एकिकृत समाजवादी र माओवादीले भन्दापनि कांग्रेसले बढि मेहनत गरेर उसका उमेदवारहरुलाई जिताउन उनले निर्देशन दिए । गठबन्धनका उमेदवारहरुलाई जिताउने कांग्रेसका कार्यकर्ताहरुको कर्तव्य भएको सभापति देउवाले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन गरिएको बताए । प्रचण्डले भने, “संविधान निर्माण गरिसकेपछि र निर्वाचन भएर नयाँ परिस्थिति बनिसकेपछि गत साल ठूलो दुर्घटनामा पर्ने देखा पर्यो । संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर सदन विघटन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास भयो । आम नेपाली जनताको निम्ती लामो समय देखि संघर्ष र बलिदानका थुप्रै किर्तिमानहरु कायम गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन संलग्न सहभागी सम्पूर्ण जनताका लागि दुर्भाग्य कुरा थियो । त्यसैले मुलुकको रक्षाका लागि गठबन्धनको आवश्यक पर्यो ।” निरकुंशता, तानाशाही र अराजक भूमरीबाट देशलाई बचाउन पाँच दलिय गठबन्धनको उदय भएको उनले बताए । प्रचण्डले गठबन्धन जन्मिएको दिनदेखि नै अवसरवादीहरुले भत्काउन कोसिस गरेको आरोप लगाए । नेपाली जनताको भविष्य प्रति इमानदारी भएर नै गठबन्धन अगाडि बढेको उनले बताए । स्थानीय तहको निर्वाचनले अग्रमन र प्रतिगमन विरुद्धको लडाईलाई प्रष्ट पार्ने भनाई उनको छ । ७० वर्षको लामो संघर्षबाट प्राप्त भएको राजनीतिक र ऐतिहासिक उपलब्धिलाई बचाउन पोखरा महानगरपालिकामा गठबन्धनबाट अघि सारिएका मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन प्रचण्डले आग्रह गरे । यस्तै पुर्व प्रधानमन्त्री एंव नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले मुलुकमा अहिले दुई प्रकार गठबन्धनहरु क्रियाशिल रहेको बताए । अध्यक्ष नेपालले अहिले वाम लोकतान्त्रीक प्रगतिशिल र अर्को दक्षिणपन्थि, प्रतिगामी, संविधान, संघियता र गणतन्त्र विरोधी गठबन्धन मुलुकमा रहेको बताए । मुलुकमा भएका धेरै परिवर्तनहरुमा कांग्रेस र कम्युनिष्ट एक भएर लागेको बताउदै अध्यक्ष नेपालले हालसम्मका उपलब्धिका रक्षाका लागि गठबन्धन गरिएको बताए । केपि ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई धोका दिएर भागेको उनले आरोप पनि लगाए ।
पोखरा: पोखरा महानगरपालिका १३ मा नेपाली कांग्रेस परित्याग गरि ९ जना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेसमा क्रियासिल रहेका इमाफिल मियाँ, नुर मोहम्मद, हसन अली, कलाम दिन, युसुफ दिन, तैयब अली, जुनेद अली, जैनुल अलि र अस्लम मियाँ एमाले प्रवेश गरेका हुन् । नवप्रवेशी उनीहरुलाई पोखरा महानगर प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापाले खादाद्वारा स्वागत गरे । सो अवसरमा बोल्दै थापाले नेकपा एमालेमा सबै समुदाय र जातजाति अट्ने धारणा राखे । उनले एमालेले जनतालाई सुख र दुखमा साथ दिने पार्टी भएको बताउदै बृद्धभत्ताको व्यवस्था गरेको स्मरण गराए । उनले नवप्रवेशी कार्यकर्तालाई आगामी चुनावमा एमाले उम्मेदवारलाई विजयी गराउनको लागि पहल गर्न आग्रह गरे । थापाले फरक प्रसंगमा बोल्दै पोखराको विकास नेकपा एमाले बाहेक कुनै पनि पार्टीले गर्न नसक्ने टिप्पणी गरे । उनले वडा नम्बर १३ पोखरा महानगर भरिकै नमुना वडा भएको बताउँदै एमालेका उम्मेदवारले जितेको खण्डमा बाँकी रहेका कामहरु पूरा हुने बताए । उनले आफुलाई मेयरमा विजयी गराउन अनुरोध गर्दै नागरिकमैी सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । यसैगरी उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले आफुलाई मात्रै नभई पोखरा महानगरभर नै एमालेलाई जिताउन अपील गरिन् । उनले आफुसँग ५ वर्षको कार्य अनुभव रहेको बताउदै महिला, जेष्ठनागरिक, अपाङ्ग तथा पिछडावर्गको उत्थानमा लाग्ने प्रतिवद्धता जनाइन् । आवश्यक पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउदै भनिन्, ‘हामीले आधारभुत आवश्यकतासँग जोडिएका विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौ ।’ गुरुङले वडा १३ पोखरा महानगर मध्येको सबैभन्दा उत्कृष्ट र नोटिसेबल वडा रहेको उल्लेख गर्दै वडा अध्यक्ष दर्शन लामाको कार्यकुशलतालाई खुलेरै प्रसंशा गरेकी थिइन् । पोखरा १३ स्थित मियाँपाटन चोकमा आयोजित चुनावी सभामा जीवन दाहाल लगायतको कलाकारको बेजोड प्रस्तुती रहेको थियो । भने कास्की एमालेका उपसचिव तथा पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामाक गठबन्धनका उम्मेदवारलाई मेयर र उपमेयरमा जिताउन कलम र रुखमा मतदान गर्न आव्हान गरेका छन् । चार दलीय गठबन्धनद्वारा पोखरा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् । गठबन्धन तोड्न प्रतिक्रियावादी शक्ति लागिरहेको उल्लेख गर्दै यो चुनाव त्यस्ता शक्तिलाई परास्त गर्न सफल हुने टिप्प्णी गरे । ‘म पोखरावासीलाई विशेष अपील गर्न चाहन्छु’ उनले भने ‘राजनीतिक उपलब्धी जोगाउन समाजवादी र कांग्रेसलाई भोट हाल्नुहोस् ।’ ‘गठबन्धनले जीतेन भने देश दुर्घटनामा जान्छ’ उनले भने ‘मैले भरतपुरमा बोले यहाँ पनि सोही कुरा दोहो¥याउछु ।
पोखरा: पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले महानगर भ्रष्टाचारको दलदलमा फसेको बताएकी छिन् । पोखरा २१ कृस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले महागरलाई भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउन गठबन्धनको जित आवश्यक रहेको बताईन् । वैशाख ३० गते पोखराको भविष्यको फैसला गर्ने दिन भएकाले त्यसको महत्वलाई बुझि गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न उनले अपिल समेत गरिन् । पोखरा महानगरपालिकाको विकासको मोडेल कस्तो बनाउने र सेवालाई कसरी नागरिकमैत्री बनाउने भन्ने ठोष योजना आफुहरुसंग रहेको बताएकी उमेदवार रानाभाटले सहजसेवा प्रवाहका सम्बन्धमा आफुहरु सचेत रहेको पनि बताईन् । महानगरभित्र रहेका डाडाँहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर पर्यटन उद्योगलाई थप व्यवस्थित गर्ने उनले बताईन् । पोखरामा क्रियाशिल आमा समुहहरुका लागि विना धितो विना ब्याच १० लाखसम्म आर्थिक सहायता प्रदान गर्ने घोषणा समेत गरिन् । महानगरमा निशुल्क शिक्षा, शुद्ध खानेपानी र गुणस्तरीय स्वास्थ्यको समेत व्यवस्थापन गर्ने उनले बताईन् । यस्तै वडा अध्यक्ष पदका उम्मेदवार पूर्ण बहादुर थापाले आर्थिक पारदर्शीता र कुशल प्रशासन संचालनका लागि आफ्ु योग्य रहेको बताए । वडाको विकासका सवालमा वडावासीहरुसंग आवश्यक परामर्श गरेर निर्णय लिने उनले प्रतिवद्धता पनि जाहेर गरे । सदस्य पदका उमेदवार लालबहादुर ठकुरीले कृस्तीले परिवर्तन खोजेका कारण गठबन्धनका उम्मेदवारलाई विश्वास गरेर मत दिने अपेक्षा लिएको बताए । अर्का सदस्य पदका उम्मेदवार नारायणबहादुर केसीले ३२ वर्ष देखी एमालेको कार्यकर्ता भएर काम गर्दा झुट र ठट्टा बाहेक केही नदेखेको बताए । महिला वडा सदस्य पदकी उमेदवार देवी अधिकारीले राम्रा व्यक्ति छान्न नसके पाँच वर्ष पछुताउनुको विकल्प नहुने बताईन । दलित महिला वडा सदस्य पदकी उम्मेदवार मञ्जु विकले दलित समुदायको नेतृत्व विकास गराई आयआर्जन र उद्यमशीलता बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
पोखरा: सत्ता गठबन्धनबाट एकीकृत समाजवादीको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले वडालाई प्रविधियुक्त बनाउने बताएका छन् । उनले जनतालाई सहज बनाउनको लागि अधिकांश सेवा वडाबाटै हुने व्यवस्था मिलाउने बताए । स्थानीय निर्वाचन नजिकिएसँगै वडा–वडामा पुगेका आचार्यले मतदातासँग वडा विकासमा लागि पर्ने बताए । ‘साना–साना समस्याको लागि महानगर जानुपर्दैन् । वडाबाटै समस्याको समाधान गर्ने व्यवस्था मिलाउनेछौं,’ उनले भने, ‘वडावासीलाई सहजहोस भनी वडालाई प्रविधियुक्त सुविधा सम्पन्न बनाउनेछौं ।’ उनले एउटा वडा र अर्को वडा जोड्ने कनेक्टिङ रोडबाट स्तरोन्नति गरिने बताए । पोखरा महानगरका ग्रामीण इलाकासँग जोडिएका ठाउँमा ‘ग्रेटर पोखरा’ को अवधारणसँग तालमोल गराई ५ वटा सेटलाइट टाउन्स निर्माण गरिने आचार्यले घोषणा गरेका छन् । उपमेयरकी साझा उम्मेदवार कोपिला रानाभाटले पाँच वर्षभित्र महानगरीय खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरिने बताइन् । चुनावी आमसभामा पोखराका विभिन्न ठाउँमा पुगेकी रानाभाटले सहरको नजिक भएका ठाउँहरुमा पनि खानेपानीको समस्या देखिन । ‘आधा दिन खानेपानीको लाइनमा जाने गरेको मतदाताले गुनासो गर्नुभयोे,’ उनले भनिन्, ‘खानेपानीलाई जतिसक्दो घरघरमा पु¥याउनेछौं भनेर प्रतिबद्धता गरेका छौं । एक घर एक धाराको अवधारणा सहित पानी पुर्याउनेछौं ।’ गठबन्धनले पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण ठानिएको अन्तर्राष्ट्रिय सभा हल निर्माण सम्पन्न गर्ने र सभागृहमा रहेको सिटी हललाई व्यवस्थित गर्ने घोषणा गरेको छ । पोखराको वढ्दो सवारी चापलाई व्यवस्थापन गर्न अटोमेटिक ट्राफिक सिग्नलको अवधारणा अघि सार्ने गठबन्धनको घोषणामा उल्लेख छ ।
पोखरा: वडा नम्बर ३२ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षका उमेद्वार खुमबहादुर पुनले बेगनास सिंचाई परियोजना कार्यलाई अघि सार्ने बताएका छन् । उनले घरदैलो कार्यक्रममा मतदातामाझ वडाअध्यक्ष पदमा जितेको खण्डमा पहिलो प्रथामिकता सिंचाईलाई दिने बताएका हुन् । उनले ३२ वडामा रहेका सुकुम्वासी जनताको समस्या हल गर्ने बताए । ‘नेपाल सरकारले सुकुम्वासीलाई हेर्नुपर्छ ।’ उनले भने, ‘यहाँका जनताले मलाई विश्वास गरेर जिताउनुभयो भने सुकुम्वासीको समस्या समाधान गर्नेछु । उहाँहरुलाई लालपूर्जा दिलाउनेछु ।’ जनताले आफूप्रति निकै आस गरेको उनले बताए । जनताको प्रत्येक घरदैलोको बाटोमा ढलान गरिदिने उनले आश्वासन दिएका छन् । ‘तल्लो गगनगौडादेखि राजाको चौतारा जाने बाटो बनाउनेछु । यो बाटो बैकल्पिक बाटो पनि हो । त्यसको स्तरोन्नतीमा लाग्नेछु ।’ उनले भने, ‘माथिल्लो गगनगौंडादेखि सातमुहाने जाने बाटो मरेको लास लान पनि नसक्ने अवस्था छ । त्यसको मुहार फेर्नेछु ।’ उनले विकास र पूर्वाधारलाई महत्व दिएर नमुना वडा बनाउने प्रतिबद्धता जनाएका छन् । उनले लामेआहाल, तल्लो गगनगौडामा हुने बाढी पहिरोबाट बर्षेनी हुने डुवान क्षेत्रलाई सुधार्ने बताए । लामेआहालमा बन्न लागेको क्षेत्रीय पोखरा बसपार्क निर्माण गर्नको लागि सहयोग गर्ने उनले बताए । उनले युवाका लागि खेलकुद मैदान बनाएर खेलाडी उत्पादन समेत गर्ने बताएका छन् । ‘एक गाउँ एक खेलकुद मैदान बनाउनेछौं ।’ उनले भने, ‘प्रत्येक वर्ष वडाको आयोजनामा खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।’ जेष्ठ नागरिकले पाउने बृद्धा भत्ता घरघरमा पुर्याउने उनले जनतामाझ घोषणा गरेका छन् । उनले कुनै पनि ठाउँ, नहेरी वडाको समान विकास गर्नको लागि ५ वर्षसम्म लागि पर्ने उनले बताए । ‘मैले जिते भने एमालेले मात्र जित्ने होइन सम्पूर्ण राजनीतिक पार्टीले जित्ने हो ।’ उनले भने, ‘अन्य पार्टीका साथीसँग सहकार्य गरेर वडा विकासमा लागि पर्नेछु ।’ ढोडबेंसी र मालेपाटनमा उखु खेती गर्ने किसानलाई व्यवसायिक बनाउनेमा पहल गर्ने बताए । ‘फेदी, ढोडवेंशी, मालेपाटन हुँदै राजाचौतारा जाने भत्केको बाटोलाई चुनाव जितेलगत्तै मर्मतको काम गर्नेछु ।’ उनले भने ।
पोखरा: पाँच दलीय गठबन्धनले आईतबार पोखराको अमरसिंहचौरमा गर्ने बिशाल आमसभाको तयारी पुरा भएको छ । गठबन्धन प्रचारप्रसार समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरि आमसभाको तयारी पुरा भएको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै प्रचारप्रसार समितिका संयोजक नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आमसभाका लागि पोखरा महानगरपालिकासँगै चारवटै गाँउपालिकाहरुमा पाचै दलका मतदाताहरु सहभागी गराउने गरि आह्वान गरिएको बताए । बरालले यस आमसभालाई व्यवस्थित, मर्यादित र ऐतिहासिक बनाउने तयारी भएको पनि बताए । आमसभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेतका नेता संगै पोखरा महानगरका मेयरका उमेदवार धनराज आचार्य र उपमेयरका उमेदवार कोपिला रानाभाट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पाँच दलीय गठबन्धनका नेताहरुले पोखरा महानगरपालिका सहित कास्कीका बहुस्थानमा गठबन्धनका उमेद्वारहरुले विजय हासिल गर्ने दावी गरेका छन् । कास्कीमा पोखरा महानगरपालिकासँगै पाँचवटै स्थानिय तहका अधिकांस स्थानमा गठबन्धनका साझा उमेदवार रहेकाले पनि बहुमत स्थानमा आफुहरुको जित सुनिश्चित रहेको नेताहरुको दावी गरेका हुन् । केन्द्रकै परिपत्र अनुसार कास्कीमा गठबन्धन भित्रका दलहरु बिचमा साझेदारी गरिएको र केही स्थानमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको समेत नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए । बरालका अनुसार पोखरा महानगरपालिकाका १६ वटा वडामा गठबन्धन गरिएको छ भने, बाँकी वडामा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको छ । ति वडाहरुमा पनि चुनावी तालमेलका विषयमा निरन्तर छलफल भैरहेको बरालले बताए । गठबन्धनलाई आगामी निर्वाचनमा समेत कायम राख्ने गरि दलहरुका बिचमा परामर्श गरिरहेको उनले बताए । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सामेल छन् । उनिहरुको तर्फबाट पोखर महानगरपालिकाको प्रमुख पदका लागि एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदका लागि नेपाली कांग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा छिन् ।
पोखरा: लक्ष्मी टोल विकास समिति तथा लक्ष्मी टोल आमा समुहले १५ नं वडाका एमाले उमेद्वारसँग स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । लक्ष्मी मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा टोल विकास समिति र आमा समुहका महिला दिदीबहिनीले उमेद्वारसहितको टोलीलाई माला र टिका लगाएर स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै लक्ष्मी टोल आमा समुहकी अध्यक्ष देवी पुनले ५ वर्ष अगाडि एमालेका उमेद्वारलाई घरदैलोका क्रममा यही मन्दिर परिसरमा स्वागत गर्दै टोलमा खानेपानी, बिजुली र सडकको समस्याबारे ध्यानाकर्षण गराएकोमा आज ती प्रतिबद्धता पूरा गरेको बताइन् । पुनले अहिले उमेद्वारी दिएका उमेद्वार पनि समाज सेवा हुँदै विभिन्न क्षेत्रमा काम गरिसकेको अनुभवी, क्षमतावान र युवा नेतृत्व सहितको टिम भएकाले उहाँहरुलाई भोट दिएर निर्वाचित गराउन सबैलाई आग्रह गरिन् । उनले जात रंगभेद तथा पार्टीका आधारमाभन्दा पनि व्यक्तिको योग्यता र क्षमताको आधारमा भोट दिनुपर्नेमा टोलवासीलाई सचेत गराइन् । अझै पनि टोल विकासमा गर्नुपर्ने केही काम रहेको भन्दै जनघनत्व अनुरुप खानेपानीको पाइप सानो भएकाले ठूलो साइजको पाइप, सडकमा सोलर बत्ती, सिसी क्यामेरा, इन्द्रेणी मार्गको सडक स्तरोन्नती र लक्ष्मी टोलको सडकमा ठूलो नालीको आवश्यकता रहेको बताइन् । स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी तोरण बानियाँले टोल विकास र आमा समुहबीच प्रतिवद्धता जाहेर गर्ने मौका दिएकोमा सबैलाई धन्यवाद दिए । बानियाँले विगतमा सामाजिक सेवाको रुपमा कार्य गर्दैगर्दा आफू पनि यस टोलमा सहयोगीको रुपमा जोडिने अवसर पाएको बताए । उनले १५ नं वडाको नेतृत्व गर्ने अभियानमा हिंडिरहेको अवस्थामा टोलवासी तथा आमा दिदी बहिनीको साथ, समर्थन र सहयोगले आउने निर्वाचनमा जित्छु भन्नेमा आशावादी रहेको बताए । बानियाँले जित पश्चात् १५ नं वडाको समग्र विकास र परिवर्तनका लागि महिला उधमशीलता, युवा स्वरोजगार, कृषि, शिक्षा लगायत पूर्वाधारको क्षेत्रमा वडावासीसँग हातेमालो गर्दै एकपछि एक गर्दै प्रतिवद्धता पूरा गर्ने विश्वास लिए । मेयर उपमेयरसहित आफूहरु पाँचैजनालाई मतदान गर्न आग्रह गर्दै बानियाँले विकासका प्रश्नमा शाशक नभई सेवकको रुपमा काम गर्ने जिकिर गरे । यस्तै, जिल्ला कमिटी इन्चार्ज तथा वर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले २०७४ सालमा वडावासीको माया र विश्वासले निर्वाचित भएको स्मरण गर्दै सीमित स्रोत र साधनका बाबजुद पनि गरिएका प्रतिवद्वताको झन्डै ८० प्रतिशत काम सम्पन्न गर्न सफल भएको दाबी गरे । ‘हाम्रो वडा, राम्रो वडा’ बनाउने अभियानमा यहाँका स्थानीय टोल विकास संस्था, आमा समुह, अगुवा, नागरिक समाज तथा विकासप्रेमी व्यक्तित्वसँग सहकार्य गरेर अगाडि बढिरहेको उनको भनाई थियो । वडा नं १५ लाई महानगरका ३३ वटै वडामध्ये नमुना वडा, सुन्दर वडा र विकसित वडा बनाउने अभियानलाई साकार पार्न लक्ष्मी टोल विकास क्षेत्रभित्र बसोबास गर्ने सबैले विगतका दिनमा जस्तै यसपाली पनि नेकपा एमालेलाई मतदान गर्नेमा उनको विश्वास थियो ।
पोखरा: स्थानीय तह निर्वाचन मिति नजिकिएसँगै चुनावी गतिविधिले पनि तिव्रता पाएको छ । विभिन्न राजनीतिक दलहरु मतदाता भेटघाटमा व्यस्त छन् । नेकपा एमालेका तर्फबाट पोखरा–२१ का उमेद्वार बिहीबार र शुक्रबार मतदाताको घरआँगन पुग्दा सौहार्द स्वागत पाए । रुद्राक्षको माला, अबिर र खादासहित उमेद्वारलाई स्वागत गरेका मतदाताले विजयको शुभकामना समेत दिए । बिहीबार पोखरा २१ स्थित चापाको चौर, मैदान, पुरानो साम्मी लगायतका क्षेत्रमा सूर्य ध्वजावाहक उमेद्वार पुगिरहँदा मतदाताको स्वागतले माहौललाई हौसायो । चापाको चौरमा आयोजित सभामा बोल्दै नेकपा एमाले पोखरा २१ इन्चार्ज अर्जुन गिरीले वियय सुनिश्चित रहेको जनाउँदै अब मतान्तर बढाउने तर्फ ध्यान केन्द्रित रहेको बताए । उनले भने, ‘पोखरा २१ एमालेको लालकिल्ला हो भने अभियान मार्ग लालकिल्लाको पनि लालकिल्ला हो । हामी जित्छौं, यस कुरामा कुनै द्धविधा छैन । कति मतान्तरले जित्छौं भन्ने मात्रै हो ।’ नेकपा एमाले पोखरा २१ का अध्यक्ष राजेन्द्र थापाले वडाको विकासका कार्यमा एमाले नै अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै बाँकी कार्य पुरा गर्ने अभिभारा पनि एमालेकै उमेद्वारले पुरा गर्ने बताए । यस्तै पार्टीका तर्फबाट पोखरा २१ का वडाध्यक्ष उमेद्वार दिपकप्रसाद पौडेलले वडाको थप समृद्धिका लागि एकमात्र विकल्प एमाले रहेको बताए । मतदातालाई होस्टेमा हैसेका लागि आग्रह गर्दै भने, ‘तपाईहरुको सल्लाह अनुरुप नै हामी अघि बढ्ने हो । यहाँका समस्याबारे म जानकार छु । कतिपय काम भएका छन् । तर अझैपनि वडाको मुहार फेर्ने काम बाँकी छन् । त्यसका लागि हामी योजना सहित तयार छौं ।’ बिहीबार पोखरा ५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले वडावासीलाई पार्टीको प्रतिबद्धताबारे जानकारी गराए । उमेद्वारबारे विभिन्न अफवाह फैलाइएकोबारे जानकारी गाराउँदै उनले त्यसको पछि नलाग्न आग्रह गरे । उनले महानगरका सबै सूर्य ध्वजावाहक उमेद्वारलाई विजयी गराउन आग्रह गरे । शुक्रबार बृहत् र्याली सम्पन्न नेकपा एमाले पोखरा २१ ले शुक्रबार (आज) बृहत् मोटरसाइकल र्याली सम्पन्न गरेको छ । पोखरा २१ को निर्मलपोखरी, कृष्ती लगायतका स्थानमा ५ सय बढी कार्यकर्ताको उपस्थितिमा र्याली सम्पन्न गरिएको हो । र्यालीपछिको कोणसभालाई प्रदेश कमिटी सचिवालय सदस्य चन्द्र रोकाय, नेकपा एमाले कास्की सदस्य हिरा गिरी, पोखरा २१का इन्चार्ज अर्जुन गिरी, पार्टीका वडाध्यक्ष राजेन्द्र थापा, अनेरास्ववियु पोखरा महानगरका अध्यक्ष डिएन लामिछाने, अनेरास्ववियु कास्की अध्यक्ष विजय पौडेल लगायतले सम्बोधन गरेका थिए । विकास र समृद्धिका लागि एमालेका सबै उमेद्वालाई मत अपरिहार्य रहेको उनीहरुको भनाई थियो ।