काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

पोखरा:  जेष्ठ नागरिक मिलन केन्द रामबजार पोखरा १० ले नेकपा एमाले पोखरा १० का उमेदवारहरु संग परिचयात्मक कार्यक्रम  गरेको छ । नेकपा एमाले पोखरा १० का अध्यक्ष सहितका उमेदवारहरुले जेष्ठ नागरिकहरुबाट आशिर्वाद ग्रहण गरी परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो ।    सो अवसरमा बोल्दै वडा नम्बर १० का वरिष्ठ शिक्षाविद, खेलप्रेमी  एवं समाजसेवी महेश गुरुङले नेकपा एमालेले वृद्धवृद्धाहरुलाई साथ दिने पार्टी भएको बताए ।  एमालेको सरकारकै पालामा बृद्धवृद्धाहरुलाई भत्ता दिन सुरु गरेकाले अहिले वृद्ध अवस्थाका आमा बुवाहरुले मासिक रुपमा वृद्धाभत्ता पाइरहेको उनको भनाइ रहेको थियो ।    जेष्ठ नागरिक मिलन केन्द रामबजार पोखरा १० का अध्यक्ष क्याप्टेन थमनसिंह थापा मगरले समाजसेवी पवित्रादेवी गुरुङलाई विजयी गराउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरे । पवित्रा गुरुङ आफैमा समाजसेवी र महिला मैत्री रहेकाले वडाको विकास गर्न सक्षम रहेको बताएका थिए ।    यसैगरि नेकपा एमाले पोखरा १० का वडा अध्यक्ष पदका उमेदवार पवित्रा देवी गुरुङले आफुले चुनाव जितेर जेष्ठ नागरिकमैत्री वडा बनाउने बताईन ।  अहिले जेष्ठ नागरिकहरुले वृद्धा भत्ता लिनका लागि बैंकमा धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई हटाएर अब वडाले घरघरमा वृद्धाभत्ता पु¥याउने प्रतिवद्धता जनाईन ।   सो अवसरमा प्रदेश कमिटी सदस्य हिमालय बख्रेल  लगायतले आ आफ्नो धारणा राखेका थिए भने राम बजार माछापुच्छ«े महिला समुहका अध्यक्ष माया गुरुङ भुजेल, राम मन्दिर सञ्चालक समितिका अध्यक्ष जीवन श्रेष्ठ, दौतरी गु्रपका संयोजक मनोज गुरुङ लगायतले उमेदवारहरुलाई जितको लागि शुभकामना दिएका थिए ।  घरदैलो अभियान तिव्र यसैबिच  नेकपा एमाले पोखरा १० ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । वडा नम्बर १० लाई एमालेको लालकिल्ला बनाउने उद्देश्य सहित घरदैलो कार्यक्रमलाई तीब्र पारिएको पोखरा १० वडा कमिटीका संयोजक तथा निर्वाचन परिचालन कमिटीका संयोजक सूर्य बहादुर बाँनियाले जानकारी दिए ।    उनका अनुसार आइतबार नेकपा एमाले पोखरा १० को घरदैलो कार्यक्रम अन्तर्गत  शान्तिपथ, शान्तिपथ लेन १, २, ३, प्यारामाउण्ट स्कुल एरिया, मेट्रोपोलिटन स्कुल एरिया, हस्पिटल मार्ग हुदै हस्पिटल चोक पश्चिम, मेडिकल लाइन क्षेत्रमा मतदाता कार्यक्रम सम्पन्न गरेको थियो ।

पोखरा: मादी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो सुरु गरेको छ ।  समुन्नत मादीको आधार: पर्यटन, कृषि र पूर्वाधार, सफल अर्थतन्त्रको आधार भन्ने नारा सहित गठबन्धनले घरदैलो अभियान थालेको हो ।    गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान लिएर मादी ४ तारकाङ, ध्रुवचोक, डाँडाथोक, मजुवा, मादी ५, चित्रे, मगरगाउँ पुगे । साथै, मादी ३ याङ्जाकोट घर भई पोखरा बस्नु भएका चेलिबेटीहरुसँग साक्षात्कार सहित प्रतिबद्धता व्यक्त गरेको छ ।   आजबाट गठबन्धनका साझा उम्मेद्वारहरु भोट माग्दै जनताको घरदैलोमा पुगेको नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सचिव सरोज केसीले जानकारी दिए । उनका अनुसार मादी गाउँपालिका प्रमुखका लागि नेपाली कांग्रेसबाट देवीजंग गुरुङ र उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट लालबहादुर गुरुङ उम्मेद्वार छन् ।   घरदैलोको अवसरमा मतदातासँग बोल्दै अध्यक्ष पदका उम्मेद्वार देवीजंग गुरुङले मादीका विकासका लागि आफूले उम्मेद्वारी दिएको बताए । मादीको समुन्नत विकासको लागि गठबन्धनका साझा उम्मेद्वाहरुलाई जिताउन पनि उनले सबैलाई आग्रह गरेका थिए ।   यसैगरी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले कालो धन र गुण्डागर्दीको आधारमा मादी कब्जा गर्ने सपना नदेख्न विपक्षीलाई चेतावनी दिदै सुशासन, भ्रष्टाचाररहित सभ्य मादी बनाउन गठबन्धनलाई जिताउन आग्रह गरे ।   मादीलाई विकासमा फड्को मार्न आफूहरुले चुनाव जित्नु पर्ने बताए ।  मादीको विकासका लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिन समेत उनले आग्रह गरे ।  

पोखरा:   नेकपा एमाले वडा १५ को जारी घरदैलो कार्यक्रममा उम्मेद्वारसहित नेता तथा कार्यकर्ताको टोली मतदाताको घर–घर पुगेका छन् ।  आजको घरदैलो कार्यक्रममा वडाको तल्लो भेक टुटुङ्गा, अमिनतारा र वन क्याम्पसको पछाडी ठाँटिपाटन, नागवेली टोल लगायतका क्षेत्रमा पुगेका हुन् ।    सो अवसरमा बोल्दै वडा अध्यक्ष पदका उम्मेद्वार तोरण बानियाँले आफ्नो क्षेत्र विकासको लागि उम्मेदवार बनेको बताए । उनले आफु जन्मिएको र आफुलाई चिनाएको ठाउँका नागारिकको पक्षमा काम गर्नकै लागि राजनीतिमा लागेको प्रतिक्रिया दिए ।  उनले वडाका महिला र बेरोजगार युवाहरुका लागि विभिन्न सीप, तालिम र स्वरोजगारका कार्यक्रम ल्याएर दक्षता अभिवृद्धि गर्ने योजना सहित अघि बढेको बताए । बानियाँले सभ्य र सुन्दर वडाको रुपमा विकास गर्नका लागि सूर्य चिन्हमा मतदान गरी आफूहरुलाई निर्वाचित गराउन मतदातासँग आग्रह गरेका थिए ।   यसैगरी महिला सदस्य पदकी उम्मेद्वार सेतीमाया गुरुङले पाँचै जना उम्मेदवारलाई जिताउनका लागि वडावासीलाई आग्रह गरिन् । ‘तपाईहरुको मत हामी खेर जान दिनेछैनौ, उनले भनिन्, ‘यहाँहरुले कल्पना गरेको र खोजेको वडा हामी बनाउँछौ । त्यसैले हामीलाई साथ दिनुहोला ।’   घरदैलो कार्यक्रमकाबिच स्थानीयहरुले सडक पहिलेको भन्दा राम्रो बनेको भएपनि अझ स्तरउन्नती गर्नुपर्ने माग राखेका थिए । यस्तै, नागवेली टोलका स्थानियले खानेपानीको समस्या रहेको र दैनिक खानेपानी किनेर खानुपर्ने अवस्था रहेको भन्दै तत्काल समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।  

 पाेखराः यसपटककाे स्थानीय निर्वाचनमा १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।   हाल निर्वाचन आयोगमा दर्ता भएका जम्मा ८९ राजनीतिक दलमध्ये निर्वाचनमा १३ दलका उम्मेदवार शून्य छन् ।   आयोगका तथ्याङ्कअनुसार वैज्ञानिक समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, त्रिमूल नेपाल, मितेरी पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपालवाद, लोकदल, नेपाल आमा, समावेशी लोकतान्त्रिक, सङ्घीय खुम्बुवान, नेपाल सुकुम्वासी (लोकतान्त्रिक), नेपाल नौलो जनवाद र माओवादी जनमुक्ति पार्टी नेपालका यस निर्वाचनमा शून्य उम्मेदवार छन् । यस निर्वाचनमा आयोगले सबै उम्मेदवारले प्रचार प्रसारलगायत चुनावी खर्च गर्न पाउने हद (रुपैयाँमा) समेत निर्धारण गरेको छ ।   तीमध्ये महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई रु सात लाख ५० हजार, महानगरका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई रु तीन लाख, उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई रु पाँच लाख ५० हजार, उपमहानगरपालिकाका वडाध्यक्ष र सदस्यलाई रु दुई लाख ५० हजार खर्चको हद निर्धारण गरिएको छ ।   त्यस्तै नगरपालिका प्रमुख र उपप्रमुखलाई रु चार लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यलाई रु दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई रु तीन लाख ५० हजार, गाउँपालिका वडाध्यक्ष र सदस्यलाई रु एक लाख ५० हजारको खर्च सीमा निर्धारण गरिएको छ ।   यसपटकको निर्वाचनमा मतपत्र हरियो मसिले छपाई गरिएको छ । मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हसियाँ हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ रहेको छ ।

पोखरा:  आसन्न स्थानीय तह निर्वाचन सफल पार्न मादी गाउँपालिकाको गठबन्धनले विभिन्न ९ समिति गठन गरेको छ ।   सत्तापक्ष कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको संयुक्त चुनावी गठबन्धनले पोखरा १३ शितलादेवीमा बसेको बैठकले चुनावी प्रचार प्रसारका लागि मादी गाउँपालिका स्तरिय  समिति गठन गरेको हो ।   नेपाली कांग्रेस मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार यामबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका मादी गाउँपालिका अध्यक्ष तोरण गुरुङ, एकिकृत समाजवादी मादी गाउँपालिका अध्यक्ष घननाथ सापकोटाको अध्यक्षतमा बसेको बैठक बसेको थियो ।   नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सोमति गुरुङ, नेका कास्की एकका सचिव सरोज केसी लगायतका गठबन्धनका नेताहरुको उपस्थितिमा बसेको बैठकले समिति उप समिति गठन गरेको हो ।   स्थानीय निर्वाचन २०७९ लाई व्यवस्थित सशक्त  र उत्साहपूर्ण र विजयउन्मुख बनाउनका लागि गठबन्धनको मादी गाउँपालिकास्तरिय बैठक बसेको हो । निर्वाचनलाई परिणाममुखी बनाउन विभिन्न उपसमिति र उपसमितिको पनि बैठक राखी पूर्णता दिने संयुक्त रुपमा  निर्णय भएको छ ।   प्रशिक्षण बुद्धिजिवी परिचालन एवम घोषणापत्र तयारी समिति, कार्यालय सञ्चालन व्यवस्थापन उपसमिसिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, यातायात व्यवस्थापन उप समिति, पार्टी सञ्चालन भातृ तथा शुभेच्छुक संस्था परिचालन उपसमिति, आर्थिक समिति, गठबन्धन दल समन्वय समिति, युवा परिचालन उपसमिति, प्रचारप्रसार उपसमिति गठन गरेको हो ।     सोमबार बिहान ७ बजे पोखरा १२ शितलादेवीमा गठबन्धनको सम्पर्क कार्यालय स्थापन गरिने नेपाली कांग्रेस कास्की १ का सचिव सरोज केसीले जानकारी दिए ।

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको छ ।   कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको हो ।   कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार सातै प्रदेशमा सभा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले यही वैशाख २१ गते प्रदेश नं १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौँ, वैशाख २४ गते गण्डकी प्रदेशको कास्की, वैशाख २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, वैशाख २६ गते कर्णाली प्रदेशको सुर्खेत र वैशाख २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुला सभा गर्न लागेको हो ।   सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने मुख्यसचिव पौडेलले बताउनुभयो ।

पोखरा: पोखरा महानगरपालिकाको मेयर पदका एमाले उम्मेदवार कृष्ण थापाले आफु निर्वाचित भएको खण्डमा कुनै पनि सेवा सुविधा नलिने प्रतिवद्धता जनाएका छन् ।    पोखरामा नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज आयोजित प्रतिवद्धता पत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।    उनले सेवा सुविधा नलिने मात्रै वचन गरेनन् युवाहरुलाई स्थान दिने बताउदै आगामी दिनमा  कहिल्यै चुनाव नलड्ने सम्म प्रतिवद्धता सुनाउन भ्याए । ‘मेरो यो चुनाव अन्तिम हुनेछ, उनले भने, ‘अब कृष्ण थापा चुनाव लड्नेछैन ।’ कमिसनतन्त्र र भ्रष्टाचार जनविरोधी कार्य भएको भन्दै उनले आफु निर्वाचित भएर कार्यालय प्रवेश गरेकै दिनदेखि रोक्ने बताए ।    थापाले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्ने बताउदै भने, ‘हामी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको साथसाथै अन्तरराष्ट्रिय विमानस्थल पनि छिटै सञ्चालनमा ल्याएर अन्तरराष्ट्रिय लेवलको शहर बनाउने प्रतिवद्धता जनाउँछु ।’ उनले पूर्व मेयर मानबहादुर जिसीको पदछापलाई फेरी कार्यान्वयन गर्ने बताए ।   उनले सार्वजनिक भएको घोषणापत्रलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्ने उल्लेख गरे । उनले समग्र नेताहरुलाई  साक्षी राखेर भने, ‘म आफ्नो नेता कमरेडहरुलाई साक्षी राखेर, मेरो शिर झुकाएर म त्यो प्रतिवद्धता व्यक्त गर्न चाहान्छु, पार्टी र  नेतालाई आँच आउँने कान जिवनभरी नगर्ने प्रतिवद्धता गर्दछु ।’   आज सार्वजनिक भएको २० पृष्ठ लामो घोषणा पत्रमा पोखरामा मनोरेल र मेट्रोलले सञ्चालन ल्याउने उल्लेख गरिएको छ ।  एमालेको तर्फबाट उपमेयरमा मञ्जुदेवी गुरुङ चुनावी मैदान होमिएकी छिन् ।   प्रतिबद्धतापत्रको पूर्णपाठ   PurnaPath.pdf

पोखरा: नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय तोडफोडको क्रममा पक्राउ परेका २३ जना  कांग्रेसका कार्यकर्ता रिहा भएका छन् ।    जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार पौने ५ बजे रिहा भएकौ नेपाल तरुण दल वडा २४ का सचिव रमेश तिमिल्सिनाले जानकारी दिए ।   उनका अनुसार गठबन्धनको विरुद्धमा रहेका पोखरा २४ का कार्यकर्ताहरु हिजो बिहिबार पार्टी कार्यालयमा विरोध जनाउँदै तोडफोड गरेका थिए ।    उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।  नेपाली कांग्रेसका उक्त कार्यकर्ताहरु पार्टीकै जिल्ला सभापतीसँग रुष्ट बनेका थिए । पाँच दलीय गठबन्धनको तर्फबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममै आफ्नै पार्टीका नेता विरुद्ध नाराबाजी गरेका थिए । 

पाेखराः पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धन विरुद्ध वागी बनेका विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् ।    निर्वाचन आयोगको तालिका अनुसार अहिले ५ बजेसम्म उम्मेदवार मनोनयन फिर्ता लिने समय रहेको थियो । पोखरामा नेपाली कांग्रेसका ऋषि सापकोटा, नन्दप्रसाद तिवारी र कार्कीले वागी उम्मेदवारी दर्ता गराएका थिए ।   समयतालिका सकिएपछि सुनगाभा न्यूजसँग कुरा गर्दै कार्कीले भने ‘मेरो उम्मेदवारी राजनीतिक विद्रोह हो, म मेरो अडानमा पक्का छु ।’   पार्टीमा विद्रोही युवा नेताको छवि बनाएका कार्की कास्की २ का क्षेत्रीय सभापति एवं कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति हुन् ।    सभापति शेरबहादुर देउवाले गठबन्धनको नाममा अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न लगाएपछि असन्तुष्टी पोख्दै पोखरा महानगरको मेयरमा वागी उम्मेदवारी दिएको कार्कीको भनाई छ ।   यसैबीच, उम्मेदवारी फिर्ता लिएका सापकोटा र तिवारीले भने सांकेतिकरुपमा विद्रोह गरेको जनाएका छन् । ‘म कांग्रेस हुँ तर नेताको मलद्वारलाई हरिद्वार भन्न सक्दिन’ उनले स्पष्ट पारे ।    पार्टीले वागी उम्मेदवारलाई कारवाही गर्ने भनेको छ नी ? भन्ने प्रश्नमा कार्की भन्छन् 'जे जस्तो गरेपनि तयार छु ।'