घर–घरमा पुगेर बानियाँले भने- ‘तपाईहरुले खोजेको र रोजेको वडा बनाउँछौ’
कास्की | बैशाख १८, २०७९
पोखरा: नेकपा एमाले वडा १५ को जारी घरदैलो कार्यक्रममा उम्मेद्वारसहित नेता तथा कार्यकर्ताको टोली मतदाताको घर–घर पुगेका छन् । आजको घरदैलो कार्यक्रममा वडाको तल्लो भेक टुटुङ्गा, अमिनतारा र वन क्याम्पसको पछाडी ठाँटिपाटन, नागवेली टोल लगायतका क्षेत्रमा पुगेका हुन् ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष पदका उम्मेद्वार तोरण बानियाँले आफ्नो क्षेत्र विकासको लागि उम्मेदवार बनेको बताए । उनले आफु जन्मिएको र आफुलाई चिनाएको ठाउँका नागारिकको पक्षमा काम गर्नकै लागि राजनीतिमा लागेको प्रतिक्रिया दिए ।
उनले वडाका महिला र बेरोजगार युवाहरुका लागि विभिन्न सीप, तालिम र स्वरोजगारका कार्यक्रम ल्याएर दक्षता अभिवृद्धि गर्ने योजना सहित अघि बढेको बताए । बानियाँले सभ्य र सुन्दर वडाको रुपमा विकास गर्नका लागि सूर्य चिन्हमा मतदान गरी आफूहरुलाई निर्वाचित गराउन मतदातासँग आग्रह गरेका थिए ।
यसैगरी महिला सदस्य पदकी उम्मेद्वार सेतीमाया गुरुङले पाँचै जना उम्मेदवारलाई जिताउनका लागि वडावासीलाई आग्रह गरिन् । ‘तपाईहरुको मत हामी खेर जान दिनेछैनौ, उनले भनिन्, ‘यहाँहरुले कल्पना गरेको र खोजेको वडा हामी बनाउँछौ । त्यसैले हामीलाई साथ दिनुहोला ।’
घरदैलो कार्यक्रमकाबिच स्थानीयहरुले सडक पहिलेको भन्दा राम्रो बनेको भएपनि अझ स्तरउन्नती गर्नुपर्ने माग राखेका थिए । यस्तै, नागवेली टोलका स्थानियले खानेपानीको समस्या रहेको र दैनिक खानेपानी किनेर खानुपर्ने अवस्था रहेको भन्दै तत्काल समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

