काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

पोखरा:   स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट मेयर पदका उमेद्वार कृष्ण थापाले पोखरालाई महानगर बनाउन महत्वपूर्ण भूमिका खेलेको लेखनाथको विकासमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले आफू निर्वाचित भए लगत्तै लेखनाथको विकास गर्ने थुप्रै परियोजना सञ्चालन गर्न दातासंग वार्ता गरिरहेको बताए ।     यसका लागि लेखनाथको मुख्य बजारमध्येको एक शिशुवामा भौतिक तथा मानवीय पूर्वाधार विकासका लागि निर्वाचन लगत्तै २ अर्ब रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सभालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उमेद्वार थापाले पोखराको समृद्धि र विकासका लागि केही काम कोभिड लगायतका विभिन्न अप्रिय परिस्थितिका कारण अधुरा रहेको भन्दै ती काम पुरा गर्न थकाई नमारिकन लागिपर्ने बताएका छन् । पोखराका आम जनताले भोगिरहेका समस्या समधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने पनि उनले बताएका छन् ।   त्यसै गरेर उक्त सभालाई सम्बोधन गर्दै उपमेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले स्थानीय सरकार प्रमुख भएर जिम्मेवारी सम्हाल्दाका आफ्ना अनुभव सुनाउँदै पोखराको समृद्धि धेरै टाढा नभएको बताएकी छिन् । यहाँका विकासमा देखिएका प्राय सबै समस्या पहिचान भइसकेकाले जनताले मौका दिएमा अझै उत्कृष्ट कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।   सभामा  प्रतिनिधिसभा सांसद खगराज अधिकरी, पोखरा वडा नं ३० मा अध्यक्षका उमेद्वार सोमलाल बास्तोला लगायतले बोलेका थिए । नेकपा एमाले पोखरा ३० का अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो ।   

पोखरा:  पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मदेवार धनराज आचार्यले आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानरवासीलाई कसैको भनसुन बेगर काम गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरा महानगरपालिका वडा नं.१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले पोखरा महानगरमा कुशल नेतृत्वको अभावका कारण अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अव त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाएका हुन् ।   पोखराको जनसंख्या वृद्धिमा तिव्रता आएको उल्लेख गर्दै आचार्यले बढ्दो जनसंख्या र गरिबि निवारणका ठोष योजनाहरु लागु गर्ने बताए । पोखरामा रहेको ८ प्रतिशत गरिबि निबारणका लागि रोजगारीका अवसरहरु सृजना गरिने उनले बताए । उमेदवार आचार्यले करको दायरा व्यवसायी र नागरिकमैत्री बनाउने प्रतिवद्धता पनि जनाए ।   सेती करिडोर र फेवाताल संरक्षणका लागि विज्ञदेखी स्थानीयको सुझाव लिएर अगाडी बढ्ने उनले बताए । पेट्रोलियम पदार्थको कम खपत गर्न आवस्यक रहेको बताउदै कृषिजन्य वस्तु उत्पादनमा जोड दिने योजना समेत उमेदवार आचार्यले सुनाए । पोखराको लाइफलाइन पर्यटनलाई थप विकसित र प्रविधिमैत्री बनाउने उनले बताए । हेरिटेज पोखराको रुपमा विकास गर्ने आफुहरुको लक्ष्य रहेको उनले बताए । यस्तै उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले वडा १ मा मुटुरोग अस्पताल निमार्ण कार्यको थलानी गर्ने प्रतिवद्धता जनाईन ।   उनले अवरुद्ध मुटुरोग अस्पताल बनाउने योजना अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिन् । तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले वडा १ मा मुटुरोगको अस्पताल बनाउने योजना बनाए पनि नेपाली कांग्रेसको सरकार ढलेपछि योजना अलपत्र परेको सुनाउँदै विगत पाँच वर्षमा उक्त अस्पतालका लागि कुनै पहल नभएको उनले बताईन् ।   ‘तत्कालिन समयमा साइनिङ अस्पताल हुदैँ गर्दा जनताले उपचार पाएका थिए । त्यो क्षेत्र अहिले लथालिङ हुन पुग्यो’ उनले भनिन्, तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले यो ठाउँलाई मुटुरोग अस्पताल बनाउनुपर्छ भनेर प्रस्ताव गर्नुभयो, त्यो कुराले गण्डकीवासी खुसी भए । काम हुदँै गर्दा नेपाली कांग्रेसको सरकार ढल्यो र मुटुरोग अस्पताल बिचैमा तुहियो । अव त्यसलाई पर्णता दिने जिम्मेवारी हाम्रो काँधमा आईपुगेको छ ।’   उमेदवार रानाभाटले गाइघाटलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने बताईन् । बगरमा रहेको संस्कृत माविलाई देशकै ऐतिहासिक संस्कृत भाषा विद्यालयको रुपमा नमुना बनाउने बताईन् । उनले महिला सशक्तिकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरिन् । सुत्केरी महिलालाई ६ महिनासम्म सुत्केरी भत्ता र बालबालिकालाई पोषणभत्ताको व्यवस्थापन गर्ने बताईन् ।   यस्तै पोखरा महागनरपालिका वडा नं.१ की वडा अध्यक्ष पदकी उमेद्वार सिता गुरुङले वडामा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले अघिल्लो पाँच वर्षमा वडामा कुशासन भएकाले त्यसको अन्त्य गर्दै सुशासन कायम गर्ने प्रतिवद्धता जाहेर गरिन् । ‘अहिले वडालाई नमुना बनाउने प्रतिबद्धता जाहेर गर्छौँ, विगतमा मैले थुप्रै सामाजिक कार्य गर्दै आँए अब तपाईहरुले मत दिएर वडाको सिपाही बनाउनुहोस्, म काम गर्न तयार छु । मेरो उमेदवारी वडाको आर्थिक विकासको लागि हो ।’ वडा नं. १ को समग्र विकासका लागि आफुहरु निरन्तर लाग्ने उनले प्रतिवद्धता पनि जाहेर गरिन् ।

पोखरा:   पोखरा महानगरपालिका १८ का २ सय भन्दा बढि कार्याकता माओवादीमा प्रवेश गरेका छन् ।  फेवातलको छेउमा रहेको जलारी बस्ती र सेदीका स्थानीयले पार्टी प्रवेश गरेका हुन् ।   सो अवसमा बोल्दै  माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङले भुमी बिहिनको समस्या माओवादी भन्दा अन्य पार्टीले समाधान गर्न नसक्ने दाबी गरे । जनातको समस्यासँग जोडिएको एकमात्र पार्टी माओावदी केन्द्र रहेको गुरुङले उल्लेख गरे ।  उनले सिंहदरबार गाउँगाउँमा ल्याएको बताउदै माओवादीको जनआन्दोलनले नै जनताको छोरा छोरी नीति बनाउने ठाउँमा पुगेको गुरुङले बताए ।  राजनीतिक व्यवस्था परिवर्तन भएको उल्लेख गर्दै उनले अब जनताको जिवन परिवर्तन गर्नुपर्ने धारणा राखे ।    अहिलेसम्म पोखरा १८ मा भु–माफियाले फाइदा लिएको जनप्रतिनिधिले जित्ने जानताको सेवा गर्नुपर्ने ठाउँमा आफ्नो स्वार्थमा भुुलेको भन्दै माओवादीको योजना नै प्रत्येक सुकुम्बासीको बासस्थानको ग्यारेन्टी गर्ने सिद्धान्त रहेको बताए । पोखरा १८ मा माओवादीको जति राम्रो योजना भएको, बिकास प्रेमी उम्मेदवार अन्य पार्टीमा नरहेको गुरुङले जानकारी दिए ।    माओवादी केन्द्रबाट पोखरा १८ मा वडा अध्यक्षको उम्मेदवारी दिएका राजु शर्मा तिमिल्सिनाले विगत ३६ वर्ष देखि भोट दिएर जिताएको पार्टीले अहिलेसम्म जनताको समस्या समाधान गर्न तर्फ नलागेको बताए ।    उनीहरुले पहिला पनि जनतालाई झुकाएको जसरी अहिले पनि झुटो सपना बाडेर झुक्काउन खोजेको दावी गरे । माओवादीको जनप्रतिनिधी नभएको कारण गरिब, दुखी, दलित, जनजातिको समस्या समाधान नभएको तिमिल्सनाले सुनाए ।    अहिले पनि माओवादीले हारे उत्तपिडित वर्ग हार्ने जानकारी दिदै माओवादीले जिते जनताको सत्ता स्थापना हुने भन्दै माओवादीलाई जिताउन अनुरोध गरे ।    कहिले फेवातालमा जाली नभएको कारण मस्य व्यवसाय धरापमा परेको, कहिले खानेपानी र बिजुली जस्ता अत्यावस्थक सेवाबाट बञ्चित हुनुपरेको थियो । यस्ता समस्याको समाधान माओवादीको सरकारले मात्र गर्न सक्ने जानकारी दिए ।  पोखरा १८ निर्वाचन कमिटिका संयोजक टिकाराम तिमिल्सिनाले माओवादीको आन्दोलनले गरिव निमुखा दलित र जनजातिलाई फाईदा पुगेको बताए ।    पोखरा १८ का दलित अगुवा कार्याकर्ता लक्ष्मण परियारले गरिबको पार्टीलाई जिताएर सामान्तिको अन्तय गर्नुपर्ने धारणा राखे । यसैगरी माओवादी केन्द्र पोखरा महानगर कमिटी सदस्य हरि भण्डारीले जलारी समुदायलाई चुनावको समयमा प्रयोग गरेर अन्य समयमा हेप्ने र चेप्ने समस्या रहेको भन्दै माओवादीले जितेमा यस्ता समस्या नहुने जानकारी दिए ।    युवा व्यवासायी तथा माओवादी केन्द्रका नेता युवराज खतिवडाले पोखरा १८ मा ३ टिमको प्रतिप्रधा रहेको जानकारी दिदै राजु तिमिल्सिनाले सार्वजनिक पदमा नबसे पनि आफ्नो ठाउँको विकास गरेको कारण वडामा विकासको लागि राजु तिमिल्सिनाको महत्व अपरिहार्य रहेको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिमा हामीले केही लछारपाटो लगाउन नसकेको भन्दै काठमाण्डौंको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई जिताउन अपील गरेका छन् ।    पाँच दलीय गठबन्धनद्वारा राजधानीमा आयोजित चुनावीसभामा बोल्दै प्रचण्डले भने ‘कांग्रेसले मेयरमा महिलालाई उठाएको छ’ उनले भने ‘माओवादी र गठबन्धनका साथीहरुले उहाँलाई मतदान गरौं ।’ कांग्रेससको उम्मेदवार नै राजधानीमा उपयुक्त भएको भन्दै प्रचण्डले सिंहको अगुवाइमा अब काठमाण्डौं बन्ने दाबी गरे ।    रुखवालाले हँसिया हथौडा र हँसिया हथौडावालाले रुखमा भोट गर्न गाह्रो मानेको बताउँदै उनले अब त्यस्तो मनस्थिति त्याग्न अनुरोध गरे ।    सोही क्रममा प्रचण्डले आफु हदै सोझो मान्छे भएकोसमेत उल्लेख गरे । ‘म साह्रै सोझो मान्छे रहेछु’ उनले भने ‘त्यही भएर केपी ओलीले दिनसम्म दुख दिए, त्यसपछि माधवजी र म लोकतन्त्र, गणतन्त्र जोगाउन भनेर बाहिरिएको हो ।’ उनले भने ‘ओली प्रवृत्ति देशका लागि घातक छ ।

कास्कीः नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिकाका उम्मेदवारहरुले मतदातामाझ पारदर्शीताको प्रतिबद्धता गरेका छन् । अहिलेको स्थानीय सरकारले विभिन्न क्षेत्रमा हिनामिना गरेको आरोप लगाउँदै काँग्रेसले पालिकाको नेतृत्व लिइरहँदा हरेक कुरामा पारदर्शीता रहने बताए ।   माछापुच्छ्रे ६ धितालमा आयोजित सभामा बोल्दै पालिका अध्यक्ष उम्मेदवार मिन बहादुर गुरुङले हरेक कार्यक्रम, आयोजना लगायत सबै क्षेत्रमा पारदर्शीता महत्वपुर्ण भएको बताए । उनले भने ‘अहिले नेतृत्व गरिरहेकाहरुले कति हिनामिना गरे त्यसको हिसाबकिताब छैन । कहाँ कति के भयो रु केही पारदर्शीता अपनाइएन । हामी यो कुरामा सचेत छौँ । म प्रतिबद्धता ब्यक्त गर्दछु, हाम्रा सबै कुराहरु पारदर्शी हुनेछन् ।’   गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले पनि पारदर्शी हुनुपर्ने कुरामा प्रतिबद्धता जनाइन् । हालको नेतृत्वले गर्नुपर्ने महत्वपुर्ण कार्यहरुपनि नगरेको बताउँदै उनले व्यवहारतः गर्न सकिने कार्यहरु नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै गरिने विश्वास दिलाइन् । भनिन् , ‘यहाँ कति हुनुपर्ने थियो, कति भयो । बोलिरहनै पदैन, तपाईहरुले नै देख्न सक्नुहुन्छ । हामी आएपछि यो अवस्था रहिरहँदैन । बोल्नै मात्रै भन्दापनि पहिलो दिनदेखि नै हामीले गर्नुपर्ने कामहरु सुरु गरिहाल्छौँ ।’   , माछापुच्छ्रे वडा नं ६का अध्यक्ष उम्मेदवार उदयकुमार नेपालीले युवा नेतृत्वका लागि अवसर प्रदान गर्न आग्रह गरे । पालिकाको विकासकालागि पार्टीले युवा नेतृत्वलाई अघि सारेको बेला मतदाताहरुलाई अवसर खेर जान नदिन आह्वान गरे ।    ‘युवा नेतृत्व स्थापीत गर्न पार्टीले हामीलाई अघि सारेको छ । यो महत्वपुर्ण अवसर हो । हामीलाई स्थापीत गराउने जिम्मा तपाईहरुलाई छ’ उनले भने‘यो अवसरलाई खेर जान नदिनुस् । अवसरलाई सदुपयोग गर्दै हामीलाई विजयी गराउनुहुनेछ भन्नेमा हामी ढुक्क छौँ।’   वडा नं ६मा वडाध्यक्षमा नेपालीसँगै महिला सदस्यमा चिजा तामाङ, दलित महिला सदस्यमा सपना सुनार, वडा सदस्यमा भिमराज पौडेल‘बिशाल’ र अनिल गुरुङ उम्मेदवार छन् ।    कार्यक्रममा पार्टीका प्रदेश कोषाध्यक्ष गिता क्षेत्री, जिल्ला सदस्य सुदिप गौतम, महासमिति सदस्य विष्णु क्षेत्री, टेकनशोभा गुरुङ, गाउँपालिका सभापति बिरेन्द्र गुरुङ, युवा नेता राजाराम पौडेल, धिताल शिक्षक संघका रुद्र अधिकारी लयागतले मन्तब्य राखेका थिए । काँग्रेसको पक्षमा माहौल बढेको उल्लेख गर्दै उनिहरुले जित सुनिश्चित रहेको बताए ।   पार्टीका कार्यकर्ता, नेता एवं शुभेच्छुकहरुको उल्लेख्य सहभागितामा माछापुच्छ्रे काँग्रेसले बिहीबार वडा नं ६ का अन्तर्गत अस्ताम, भिडाबारी, ओखरी, ढुलो ढुङ्गा लगायतका क्षेत्रमा घरदैलो तथा सभाहरु सम्पन्न गरेको हो ।

पोखराः पोखरा महानगरपालिकाअन्तरगत नेकपा एमाले वडा नम्बर १७ को घरदैलो कार्यक्रम जारी छ ।    घरदैलो कार्यक्रममा वडाध्यक्ष उम्मेदवार राधिका शाही योगीले यसपटक पनि वडामा जीतको निरन्तरता हुने बताएकी छिन् । गठबन्धनबाट कुनै पनि चुनौति नरहेको भन्दै योगीले १७ नम्बर वडा एमालेको लालकिल्ला रहेको बताइन् ।    यस वडामा योगीसँग सदस्यहरुमा शिवराम भन्डारी, विक्रम गुरुङ, विष्णुमाया थापा र तारा सेवा चुनावी मैदानमा छन् ।   

भरतपुरः गठबन्धबाट भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेणु दाहालले नेपाली कांग्रेससँग पहिलेपनि मिलेर चुनाव लडेको र  अहिले पनि गठबन्धमार्फत मिलेर लडेको बताएकी छिन् । मुलुकको व्यवस्था परिवर्तन गर्न र राजतन्त्रलार्य घुँडा टेकाउने पनि माओवादी कांग्रेससँगै आन्दोलन गरेको उनले उल्लेख गरिन् ।    पाँच दलीय गठबन्धनको भरतपुरमा आयोजित चुनावी सभालाई नेकपा माओवादीकोतर्फबाट सम्बोधन गर्दै दाहालले जनतामाझ चुनावमार्फत पुनः उभिन पाउँदा खुशी लागेको बताइन् ।  विगतको ५ वर्ष मैले महानगरको विकास र जनताको अपेक्षा पुरा गरेकी छु’ उनले भनिन् ‘जनता र प्रतिपक्षको अगाडी टाउको झुकाउन नपर्ने गरी काम गरेको छु ।’     कोरोना महामारीकाबीच पनि महानगरलक्षित गौरवको आयोजना सुरु गरेको उनले दाबी गरिन् । उनले थपिन् ‘सुरु भएको गौरवको आयोजना पुरा गर्न पुनः भोटको आवश्यक छ ।’   भूमिहीनलाई जग्गा र लालपुर्जा उपलब्ध गराउन महानगरले काम सुरु गरिसकेको भन्दै यो योजना पुरा गर्न पनि आफुले जित्न आवश्यक रहेको उनले उल्लेख गरिन् ।    सम्बोधनकाे सुरुवात र अन्त्यमा ‘जय नेपाल’ भन्दै केपी ओलीको प्रतिगामी सोंचविरुद्ध गठबन्धन आवश्यक रहेको दाहालले स्पष्ट पारिन् ।   

माेरङ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको सरकार बनेपछि ६५ वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने बताउनुभएको छ ।   नेपाली कांग्रेस मोरङले आज बुधवार विराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले विशेष सुविधा दिने गरेअनुसार नै भत्ता दिने बताउनुभयो । ‘हामीले यसअघि नै ६५ वर्षमाथिकालाई भत्ता दिने निर्णय गरेका थियौँ, एमाले अध्यक्ष ओलीले मान्दै मान्नुभएन’, देउवाले भन्नुभयो ।   आमसभामा देउवाले सुकुम्वासीलाई जग्गा दिन थालेको, विकास निर्माणले गति लिएको, सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिएको लगायतका काम सरकारले गरेको बताउनुभयो ।   यस्तै उहाँले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएकाले कसैले कसैलाई धोका दिन नहुने बताउनुभयो । केपी शर्मा ओलीको प्रतिगमनलाई पाँच दल मिलेर परास्त गरेको र आफू प्रधानमन्त्री भएको भन्दै देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको जिकिर गर्नुभयो । 

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर–१६ मा सत्ता गठबन्धनले खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । पोखरा–१६ का द्वीप, पुरानो मनिपाल कलेज, मातृशिशु अस्पताल, मध्यमपथ लगायतका क्षेत्रमा घरदैलो गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरुले ती क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।   उनीहरुले पर्यटकीय क्षेत्रहरु महेन्द्रगुफा, चमेरेगुफा, कालीलेक, ढिँकीडाँडा, अर्मलाकोटलगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने बाचासमेत गरेका छन् ।   घरदैलो गर्दै वडाध्यक्षका उम्मेदवार अमृत शर्मा तिमिल्सिनाले भने,‘हामीलाई विश्वास गरेर भोट दिनूस् । हामी तपाईंहरुको खानेपानीको समस्याबाट मुक्त गर्छौं । पर्यटन प्रवद्र्धन गरेर घरघरमा रोजगारी सिर्जना गर्छौं ।’ उनले परम्परागत कृषि प्रणालीबाट गुजारा मात्र हुने स्थितिको अन्त्य गर्न कृषिमा आधुनिककरण गरेर व्यवसायीकता भित्राउन पहल गर्ने प्रतिबद्धता जनाएको गठबन्धनका तर्फबाट खुल्ला सदस्यका उम्मेदवार निर्मल आचार्यले जानकारी दिए । पोखरा–१६ मा कांग्रेस, माओवादीलगायतका दलहरुले गठबन्धन गरेका छन् । जस अनुसार वडाध्यक्षमा कांग्रेसका अमृत शर्मा तिमिल्सिना, खुल्ला सदस्यमा माओवादीका निर्मला आचार्य र कांग्रेसका मीनबहादुर गुरुङ, महिला सदस्यमा माओवादीकी भगवती भट्टराई र दलित महिला सदस्य कांग्रेसकी ओममाया नेपाली उम्मेदवार बनेका छन् ।