पोखराः पाँच दलीय गठबन्धनबाट पोखरा महानगरको मेयरमा उठेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले यसपटक नेकपा एमालेको हातबाट महानगर खोस्ने सम्भावना बढेको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ९६० मत गणना हुँदा समाजवादीका आचार्यले अग्रता बढाउँदै लगेपछि एमाले समूह झनै निराश बन्दै गएको छ । एमालेमा निराशा बढ्नुको कारण हो, वडा ६, १३ र २६ को मत परिणाम । एमालेले उक्त तीन वडामा गठबन्धनको भन्दा बढी मत पाउने अपेक्षा गरेको थियो । तर अपेक्षाविपरित उक्त वडामासमेत आचार्यले झनै बढी मत पाउँदा महानगरबाट एमालेको लगाम खुकुलो भएको छ । हालसम्मको मत परिणाम अनुसार आचार्यले ९ हजार १६५ मत पाएका छन् । यता, एमालेका कृष्ण थापाले हालसम्म ७ हजार ७७४ मत हासिल गरेका छन् । अब बाँकी रहेका वडाको मत परिणाम पनि एमालेको प्रतिकुल रहने आंकलन गरिएको छ । आचार्यले गठबन्धनबाट इमान्दार मत त पाए नै एमालेबाट समेत मत पाएको परिणामले देखाएको छ । त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ९ हजार ४६१ मतका साथ अग्रस्थानमा रहेकी छिन् । निकटतम प्रतिद्वन्द्वी मञ्जु गुरुङले ८ हजार ८३१ मतले पच्छ्याइरहेकी छिन् । एक समय झिनो अन्तरले अग्रता पाएकी गुरुङको अवस्था पनि खासै सुधार हुन नसक्ने विश्वास गरिएको छ ।
कास्की: नेकपा एमालेका नवराज ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दै दोस्रो पटक कास्कीको रुपा गाउँपालिकाको प्रमुख भएका छन् । ओझाले नेपाली काग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउँदै ओझा विजयी भएका हुन् । पराजित भएका नेपाली कांग्रेसकी गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरिन् । त्यसैगरि उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली काग्रेसका नारायण श्रेष्ठलाई ७ सय ७५ मत अन्तरले हराए । लालसुब्बाले ५ हजार ४ सय ४५ मत प्राप्त गरे भने नारायण श्रेष्ठले ४ हजार ३ सय ७० मत प्राप्त गरेका थिए । रुपा गाउँपालिका ७ वटा वडा रहेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ ।
पोखरा: पोखरा महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रैसी उम्मेदवार कोपिला रानाभाटलाई पछि पारेकी छिन् । कुल १० हजार ५ सय ९० मत गणना गर्दा गुरुङले ४ हजार ३ सय ४४ मत प्राप्त गरेकी छिन भने निकटतम प्रतिद्वन्दी रानाभाटले ४ हजार २ सय ३२ मत पाएकी छिन् । रानाभाट भन्दा गुरुङ १ सय १२ मतले अगाडि छिन् । यसअघि कोपिला रानाभाटले अग्रता लिएकी थिईन् । यसैगरि मेयर पदका प्रत्यासी गठबन्धनका धनराज आचार्यले भने अग्रतालाई फराकिलो बनाउदै लगेका छन् । उनले ४ हजार २ सय ४० मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८ सय ७४ मत पाएका छन् । तीन वडाको नतिजा सार्वजनिक पोखरा महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सहारा प्रधान निर्वाचित भैसकेका छन् । यसैगरि वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी भैसकेका छन् । त्यसैगरि वडा नम्बर १२ मा पनि सोही पार्टीकै सन्तोष बास्तोला निर्वाचित भएका छन् । अबको केही समयमै वडा नम्बर २३ को पनि नतिजा सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
कास्की: पोखरा महानगरपालिका पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेकी उपप्रमुख उम्मेदवार मञ्जुदेवी गुरुङले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाटसँग मतान्तर घटाएकी छिन् । कुल ३५ सय मणगणना गर्दा गुरुङले १ हजार ४ सय ५ मत प्राप्त गरेकी हुन् । उनी रानाभाट भन्दा ४५ मतले पछि छिन् । सुरुवातमै अग्रता लिएकी कांग्रेसी उम्मेदवार कोपिला रानाभाटले १ हजार ४ सय ५० प्राप्त गरिन् । यसैगरी मेयर पदमा गठबन्धनका धनराज आचार्यले १ हजार ३ सय ४९ सहित अगाडि छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले १ हजार २ सय ५० मत पाएका छन् । उक्त मत परिणाम पोखरा महानगरपालिका वडा नम्बर १ को १ हजार १ सय २ को ७ सय, वडा १२ को १२ सय र २३ वडा नम्बरको ५ सय गरि कुल ३ हजार ५ सय मत गणना सकिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
पोखरा: पोखरा महानगरपालिका पछिल्लो मतपरिणम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै राखेका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणना गर्दा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् । भने एमाले कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका शंकर खरालले १ सय ८४ र अटेरी अभियानका स्वतन्त्र गनेस पौडेलले ६५ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गर्दै अगाडि छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १ हजार २५ मत प्राप्त गरेकी छन् । अहिले जारी मतगणनामा पोखरा महानगरपालिका वडा नम्बर १ को ११००, २ को ७०० र वडा १२ को १२ सय मत गणना भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
कास्की: कास्कीको अन्नपूर्ण गाउँपालिका ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी बनेको छ । विजय गुरुङ नेतृत्वको नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित भएका विजय गुरुङले कुल ५ सय ६१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी मिना गुरुङले ३२७ मत प्राप्त गरेकी थिईन् । यसअघि वडा नम्बर १० मा पनि नेपाली कांग्रेसको गाैतम गुरुङकाे प्यानल विजयी भैसकेको छ ।
भरतपुर: भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । समग्र जिल्लामा ७४ दशमलब ०९ प्रतिशत मत खसेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार रत्ननगर नगरमा ३९ हजार ४११ मत खसेको छ । सो नगरमा कूल मतको ७४ दशमलब ८६ प्रतिशत मत खसेको हो । यस नगरमा ५२ हजार ६४२ जना मतदाता रहेका छन् । कालिका नगरमा भने दुई हजार ३५० मत अर्थात् ७८ दशमलब १५ प्रतिशत मत खसेको थियो । खैरहनी नगरमा ३२ हजार ३०० मत खसेको छ । यो कूल मतदाताको ७४ दशमलब २० प्रतिशत मत खसेको कार्कीले जानकारी दिनुभयो । सो पालिकामा ४३ हजार ५३१ मतदाता रहेका थिए । राप्ती नगरमा २९ हजार ७३७ मत अर्थात् ७३ दशमलब १५ प्रतिशत मत खसेको छ । यस पालिकामा ४० हजार ६४९ मतदाता रहेका छन् । माडी नगरमा २० हजार ४९६ मत खसेको छ । यस नगरपालिकामा कूल मतको ७२ दशमलब ३७ प्रतिशत मत खसेको हो । जहाँ २८ हजार ३२० मतदाता रहेका थिए । इच्छाकामना गाउँपालिकामा १२ हजार ९ मत खसेको छ । यो कूल मतदाताको ७६ दशमलब ८१ प्रतिशत मत हुन आउँछ । जहाँ १५ हजार ६३४ मतदाता रहेका छन् । जिल्लामा ३ लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्रबाट मतदान भएको थियो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा ७६ दशमलब ७१ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार त्यतिबेला भरतपुर महानगरपालिकामा ७५ दशमलब १२ प्रतिशत, राप्ती नगरपालिकामा ७७ दशमलब ३९ प्रतिशत, खैरहनी नगरपालिकामा ७५ दशमलब ३४ प्रतिशतमत खसेको थियो । यस्तै रत्ननगर नगरपालिकामा ८० दशमलब ४१ प्रतिशत, कालिका नगरपालिकामा ८० दशमलब ७५ प्रतिशत, माडी नगरपालिकामा ७५ दशमलब ३० प्रतिशत र ईच्छाकामना गाउँपालिकामा ८० दशमलब २९ प्रतिशत मत खसेको थियो ।
रौतहट: रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका स्थानीयले लुटेका छन । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरिएकाे बताइएकाे छ । निर्वाचन अधिकृत हरिप्रसाद शर्माका अनुसार दुवै स्थानमा मतदान रद्द गरिएको छ ।
पोखरा: आसन्न स्थानीय निर्वाचनका लागि गण्डकी प्रदेशमा सम्भावित घटना रोक्नका लागि नेपाल प्रहरीले सुरक्षालाई व्यवस्थालाई कडा पारेको छ । मतदातालाई भयरहित वातावरण सिर्जना गर्नका लागि नेपाल प्रहरीले प्रदेश स्तरीय निर्वाचन सेल निर्माण गरि सुरक्षा व्यवस्था व्यापक बनाएको हो । गण्डकी प्रदेश निर्वानन सेलका संयोजक तथा प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले सुनगाभा न्यूजसँग कुरा गर्दै यस प्रदेशका ८५ वटा पालिकामा ६ हजार ३ सय बढि नेपाल प्रहरी र १० हजार ९ सय बढि म्यादी प्रहरी खटाइएको बताए । उनले गण्डकी प्रदेशका १२ सय ५३ मतदान केन्द्रमा आवश्यक सामाग्री सहित नेपाल प्रहरी पुगिसकेको बताए । ‘गण्डकी प्रदेशको ११ जिल्लाका ८५ स्थानीय निकाय मध्ये कुल १२ सय ५३ मतदान स्थल रहेका छन् । आजको दिनसम्म सम्पूर्ण सुरक्षाकर्मीहरु निर्वाचन सामग्रीसहित मतदान स्थलमा पुगेको अवस्था छ, उनले भने, ‘यी मतदान स्थलहरुमा ६ हजार ३ सय भन्दा बढि नेपाल प्रहरी, १० हजार ९ सय भन्दा बढि म्यादी प्रहरीहरुको परिचालन गरिएको अवस्था छ ।’ उनले निर्वाचनमा हुनसक्ने आपराधिक घटनालाई रोक्नका लागि प्रदेश स्तरीय निर्वाचन सेल स्थापना गरिएको बताए । ‘चुनावमा हुन सक्ने घटनालाई रोक्न र हुनै नदिन प्रदेश स्तरीय निर्वाचन सेल स्थापना गरिएको छ । प्रदेशका ११ वटै जिल्ला प्रहरी कार्यालयमा पनि प्रत्येक जिल्ला सेल व्यवस्था गरेको अवस्था छ, उनले भने, ‘निर्वाचन सम्बन्धि गतिविधिलाई मोनिटरिङ गरेर प्रदेश प्रहरीको निर्वाचन सेलमा पठाउने गर्छ र सोहीको आधारमा हामीले कम्पायल गरेर केन्द्रीय निर्वाचान सेलमा पठाउने काम गर्दछौ ।’ डिएसपी घलेले विगतको तुलनामा यसपटक आपराधिक घटना ज्यादै न्यून भएको जानकारी दिए । ‘पहिला भएको स्थानीय निर्वाचन २०७४ मा मौन अवधी सुरु हुनुभन्दा अगाडी ५५ वटा घठना भएको देखिन्छ भने अहिलेको अवस्थामा १२/१३ वटा मात्रै सामान्य झैझगडा देखिन्छ । यसकारण यसपटकको सुरक्षा व्यवस्था कडा छ ।’ डिएसपी घलेले नागरिकलाई भयरहित वातावरणमा मतदान गर्नको लागि सुरक्षा व्यवस्था कडा पारेको बताउदै भने, ‘सम्पूर्ण मतदाताहरुले त्रासरहित मताधिकार प्रयोग गर्न पाउँनुपर्छ भनेर हामीले अनुकुल वातावरण सिर्जना गरेका छौ ।’ शुक्रबार बेलकी ५ बजेसम्म हुने निर्वाचनमा म्यादी प्रहरीको सहायतामा नेपाल प्रहरीले निर्वाचन सम्पन्न गराउनका लागि पहिलो घेरामा रहेर काम गर्नेछ । भने सादा पोशाकका प्रहरीहरु पनि तैनाथ रहनेछन् । यसैगरी दोस्रो घेरामा सशत्र प्रहरी बल र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ । ‘हामी स्ट्याण्डवाई छौ’: एसपी थापा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले निर्वाचन लक्षित सबै सुरक्षा व्यवस्था चुस्तदुरुस्त बताएको बताए । ‘यो निर्वाचनलाई शान्तीपूर्वक र सुरक्षित तवरले सम्पन्न गर्नका लागि यथेष्ट मात्रामा प्रहरीहरु परिचालन गरेका छौ र स्ट्याण्डवाई छौ, उनले भने, ‘प्रत्येक मतदान केन्द्र र स्थलहरुमा पर्याप्त प्रहरीहरु तैनाथी गरेको अवस्था छ । यसैगरी प्रत्येक गाउँपालिका र महानगरपालिकामा रिजर्भ टोली, मोवाईल टोली तथा प्लेनकोटको प्रहरी परिचालन गरेका छौ ।’ उनले आपराधिक क्रियाकलाप हुन नदिनका लागि संवेदनशील रहेको बताए । ‘हामीले यो समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न हामी सचेत, संवेदनशिल र तयारी पूण रहेको छ ।’ एसपी थापाले आम नागरिक, विभिन्न दलका उम्मेदवारहरु र निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरुको सुरक्षामा प्रतिवद्ध रहेको बताउदै मतदाताहरुलाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न समेत आग्रह गरेका थिए ।