काठमाडौं:  नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् ।  उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै ...

भरतपुर:   भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ ।   अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उहाँले भन्नुभयो,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।”   पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उहाँले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो ।   पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उहाँले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताउनुभयो । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उहाँले दोहोर्‍याउनुभयो । उहाँले भन्नुभयो “महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान जान्छ ।” भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उहाँको भनाइ थियो ।   उहाँले भन्नुभयो “भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधान तर्फ पनि विशेष ध्यान दिने छु ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उहाँले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गर्नुभयो ।   गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमान्दारिता प्रकट गरेकाले जित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्न तर्फ लाग्छाै ।”

पोखरा:   पोखरा महानगरपालिकाको मतगणनाको दौरान वडा नम्बर १८ को ९ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । सोही कारण हाल मतगणना स्थगित भएको छ ।    हालसम्मको मतगणना अनुसार गठबन्धनका उम्मेदवार धनराज आचार्य महानगरको मेयरमा सुनिश्चित भएका छन् । ‘वेटिङ मेयर’ आचार्यले हालसम्म ५६ हजार ३ सय ३८ मत प्राप्त गरेका छन्  । निकटतम प्रतिद्वन्दी थापाले ५१ हजार ३ सय ५१ मत पाएका छन् ।    आचार्य भन्दा थापा ४ हजार ९ सय ८७ मतले पछि छन् ।  आचार्यको जितको औपचारिक घोषणा भने हुन बाँकी छ ।    पोखरा महानगरको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ दोहोरिने निश्चित देखिएको छ । उनले ५८ हजार ७ सय ४६ मत पाएकी छिन् । भने रानाभाटले ५४ हजार ७ सय १४ मत प्राप्त गरेकी छिन् ।   निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाट भन्दा गुरुङ ४ हजार ३२ मतले अघि छिन् ।   पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । सो मध्ये ४ हजार ६ सय २ मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाले जनाएको छ ।

पोखराः  पोखरा महानगरपालिका १७ को वडा अध्यक्षमा निर्वाचित हुँदै नेकपा एमालेकी राधिकाकुमारी शाही एकमात्र महिला वडा अध्यक्ष बनेकी छिन् ।   शाहीले नेपाली कांग्रेसका देवराज आचार्यलाई पराजित गर्दै पोखराका महानगरपालिकाकै एकमात्र  महिला वडा अध्यक्ष बनेकी हुन् ।   नेकपा एमालेको प्यानल विजयी बनेको उक्त टिमको सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भए । यसैगरि महिला सदस्यमा विष्णुकुमारी थापा र दलित महिला सदस्यमा तारा परियार विजयी भएकी छिन् ।  

सुनसरी- सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गर्नुभएको छ ।   यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशवकुमार विष्ले १८ हजार ३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।-

दमक झापाको गौरादह नगरपालिकाको वडा नं. ७ मा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार बलराम खरेलले एक मत अन्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेपछि विवाद सिर्जना भएको छ ।   गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार रहनुभएका दिलनाथ कटवालले पुनः मतगणना माग गरेपछि विवाद सिर्जना भएको हो । एक मतको अन्तरमा पराजित भएपछि उहाँले पुनः मतगणना हुनुपर्ने माग गर्नुभएको हो ।   विवादित वडा न ७ को नतिजाको पुनः मतगणना नभएसम्म बाँकी ८ र ९ न वडाको मतगणनामा गठबन्धन दलका प्रतिनिधि नबस्ने भनेर बाहिरिएपछि मतगणना प्रभावित बनेको हो ।   दुईवटा वडाको मात्र मतगणना बाँकी रहेको छ । यहाँ नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा चलिरहेको छ । गौरादह नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्दछ ।

पाल्पा:   नेपाल कम्युनिष्ट पार्टी एमालेबाट पाल्पाको बगनासकाली गाउँपालिकाको प्रमुखमा निर्वाचित हुदै सरस्वती चिदी दर्लामीमगर लुम्बिनी प्रदेशकै पहिलो गाउँपालिका महिला प्रमुख बनेकी छिन् । निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिता अधिकारीलाई ८ सय ३३ मतान्तरले पराजित गर्दै चिदीमगर गाउँपालिका प्रमुख बनेकी हुन् ।   उनले कुल ६ हजार ४ सय ६६ मत प्राप्त गरिन् । भने निकटतम प्रतिद्वन्दी अधिकारीले ५ हजार ६ सय ३३ मत पाइन् ।   यसैगरि गाउँपालिका उपप्रमुखमा सोही पार्टीकै हरि पाठक ५ हजार ८ सय ७३ मत प्राप्त गर्दै  विजयी भए । पाठकका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) लाई १ हजार ९५ मतान्तरले हराए ।   पराजित बनेका पाण्डेयले कुल ४ हजार ७ सय ७८ मत पाएका थिए ।   उक्त गाउँपालिकाको ९ वडा मध्ये वडा नम्बर २, ३, ४, ५, ७ र ८ मा नेकपा एमालेका उम्मेदजार निर्वाचित भएका छन् भने १, ६, र ९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।  लुम्बिनी प्रदेशकै गाउँपालिकाहरु मध्ये पहिलो महिला प्रमुख बनेकी चिदीमगर २०७४ साल भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

पोखरा:  पोखरा महानगरपालिकामा गठबन्धनबाट एकिकृत समाजवादीका उममेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ३६ हजार ८ सय १३ मतगणना सकिदा धनराज आचार्यले १५ हजार २ सय ८८ प्राप्त गरे । भने एमालेका कृष्ण थापाले १३ हजार ३ सय २९ मत बटुले । थापा आचार्य भन्दा १ हजार ९ सय ५९ मतले पछि छन् ।   राप्रपा नेपालका शंकर खरालले १ हजार ५ सय ५६ मत बटुँले भने अटेरी अभियानका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ८ सय ६६ मत प्राप्त गरे । उनले अहिलेसम्म चौथो स्थान कायमै राखेका छन् ।    यसैगरि उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १५ हजार ५ सय ९५  मत पाएकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १५ हजार २ सय २५ मत प्राप्त गरेकी छिन् । गुरुङ कांग्रेसकी रानाभाट भन्दा ३ सय ७० मतले पछि छिन् ।     प्रमुख पदमा आचार्यले मतान्तर फराकिलो बनाउँदै गएपनि उपप्रमुखमा भने निकै प्रतिस्पर्धा देखिएको छ ।  पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।   

पोखरा:  पोखरा महानगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।  एमालेका विष्णुप्रसाद बरालले १ हजार ९ सय ९२ मत प्राप्त गर्दै निर्वाचित भए ।   उनले निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रमोद पराजुलीलाई ७ सय २५ मतान्तरले पराजित गरेका थिए । कांग्रेसका पराजुलीले कुल १ हजार ६७ बटुले ।  

पाल्पा:   पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादीकी प्रतिक्षा सिंजालीमगर विजयी भएकी हुन् ।   नगरपालिका प्रमुखले ११ हजार २ सय ७३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धनेन्द्रराज  घिमिरेलाई ८ सय ७९ मतान्तरले पराजित गरे । नगर प्रमुखका एमाले प्रत्यासी घिमिरेले १० हजार ३ सय ९४ मत बटुले ।    यसैगरि उपप्रमुखमा सिंजालीमगरले निकटतम प्रतिद्वन्दी शशी श्रेष्ठलाई ७ सय ७९ मतान्तरले हराउदै पाँच वर्षका लागि निर्वाचित भइन् । सिंजालीमगरले ११ हजार १ सय ५१ मत प्राप्त गरेकी थिइन् । भने एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ ले मत पाएकी थिइन् ।   नागरिकमैत्री सेवा प्रवाह गर्नेछौं’: उपप्रमुख सिंजालीमगर उपप्रमुखमा निर्वाचित भएसँगै सिंजालीमगरले नगरवासीलाई नागरिकमैत्री सेवा प्रवाह गर्ने बताइन् । उनले घरदैलो कार्यक्रममा मतदातासँग गरेको प्रतिवद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बताइन् । गाउँपालिका, नगरपालिका र महानगरपालिकाको उपप्रमुख न्यायिक समितिको संयोजक हुने प्रावधान रहन्छ । साथै उपप्रमुखलाई विकास निर्माणको गतिविधि तथा क्रियाकलाप अवलोकन गर्ने क्षेत्राधिकार तोकिएको छ ।   उपप्रमुख सिंजालीमगरले अन्यायमा परेका नागरिकलाई उचित न्याय दिलाउने प्रतिवद्धता जनाउदै भनिन्, ‘हाम्रो नगरपालिकाका नागरिकहरुले कानूनको पूर्ण महसुस गर्न पाउनुहुनेछ । कानून भन्दा माथि कोही हुदैन । त्यसैले कानून बर्खिलाप कदम चाल्न कसैलाई अधिकार छैन ।’   फरक प्रसंगमा बोल्दै आफु जहिल्यै वेथितीको विरुद्धमा उभिने बताइन् । ‘अनियमितता र भ्रष्टचार विकासको विरुद्धमा हुन्छ । उनले भनिन्, ‘त्यसैले यसको विरुद्धमा हाम्रो टिमको सधै खबरदारी रहनेछ ।’ हामीले हाम्रो नगरलाई साँच्चिकैको नगरपालिका बनाउँने प्रयासमा लागिरहनेछौ । त्यसको लागि नगरवासीको पनि सहयोग जरुरी छ ।’