पोखरा–१९ मा गठबन्धनको बाचा: खानेपानीको समस्या समाधान र रोजगारी सिर्जना

कास्की | बैशाख २१, २०७९

पोखरा–१९ मा गठबन्धनको बाचा: खानेपानीको समस्या समाधान र रोजगारी सिर्जना

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर–१६ मा सत्ता गठबन्धनले खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । पोखरा–१६ का द्वीप, पुरानो मनिपाल कलेज, मातृशिशु अस्पताल, मध्यमपथ लगायतका क्षेत्रमा घरदैलो गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरुले ती क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 

उनीहरुले पर्यटकीय क्षेत्रहरु महेन्द्रगुफा, चमेरेगुफा, कालीलेक, ढिँकीडाँडा, अर्मलाकोटलगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने बाचासमेत गरेका छन् ।

 

घरदैलो गर्दै वडाध्यक्षका उम्मेदवार अमृत शर्मा तिमिल्सिनाले भने,‘हामीलाई विश्वास गरेर भोट दिनूस् । हामी तपाईंहरुको खानेपानीको समस्याबाट मुक्त गर्छौं । पर्यटन प्रवद्र्धन गरेर घरघरमा रोजगारी सिर्जना गर्छौं ।’ उनले परम्परागत कृषि प्रणालीबाट गुजारा मात्र हुने स्थितिको अन्त्य गर्न कृषिमा आधुनिककरण गरेर व्यवसायीकता भित्राउन पहल गर्ने प्रतिबद्धता जनाएको गठबन्धनका तर्फबाट खुल्ला सदस्यका उम्मेदवार निर्मल आचार्यले जानकारी दिए ।

पोखरा–१६ मा कांग्रेस, माओवादीलगायतका दलहरुले गठबन्धन गरेका छन् । जस अनुसार वडाध्यक्षमा कांग्रेसका अमृत शर्मा तिमिल्सिना, खुल्ला सदस्यमा माओवादीका निर्मला आचार्य र कांग्रेसका मीनबहादुर गुरुङ, महिला सदस्यमा माओवादीकी भगवती भट्टराई र दलित महिला सदस्य कांग्रेसकी ओममाया नेपाली उम्मेदवार बनेका छन् ।
 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्