पोखराः पोखरा महानगरपालिका १७ को वडा अध्यक्षमा निर्वाचित हुँदै नेकपा एमालेकी राधिकाकुमारी शाही एकमात्र महिला वडा अध्यक्ष बनेकी छिन् । शाहीले नेपाली कांग्रेसका देवराज आचार्यलाई पराजित गर्दै पोखराका महानगरपालिकाकै एकमात्र महिला वडा अध्यक्ष बनेकी हुन् । नेकपा एमालेको प्यानल विजयी बनेको उक्त टिमको सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भए । यसैगरि महिला सदस्यमा विष्णुकुमारी थापा र दलित महिला सदस्यमा तारा परियार विजयी भएकी छिन् ।
सुनसरी- सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशवकुमार विष्ले १८ हजार ३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।-
दमक झापाको गौरादह नगरपालिकाको वडा नं. ७ मा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार बलराम खरेलले एक मत अन्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेपछि विवाद सिर्जना भएको छ । गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार रहनुभएका दिलनाथ कटवालले पुनः मतगणना माग गरेपछि विवाद सिर्जना भएको हो । एक मतको अन्तरमा पराजित भएपछि उहाँले पुनः मतगणना हुनुपर्ने माग गर्नुभएको हो । विवादित वडा न ७ को नतिजाको पुनः मतगणना नभएसम्म बाँकी ८ र ९ न वडाको मतगणनामा गठबन्धन दलका प्रतिनिधि नबस्ने भनेर बाहिरिएपछि मतगणना प्रभावित बनेको हो । दुईवटा वडाको मात्र मतगणना बाँकी रहेको छ । यहाँ नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा चलिरहेको छ । गौरादह नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्दछ ।
पाल्पा: नेपाल कम्युनिष्ट पार्टी एमालेबाट पाल्पाको बगनासकाली गाउँपालिकाको प्रमुखमा निर्वाचित हुदै सरस्वती चिदी दर्लामीमगर लुम्बिनी प्रदेशकै पहिलो गाउँपालिका महिला प्रमुख बनेकी छिन् । निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिता अधिकारीलाई ८ सय ३३ मतान्तरले पराजित गर्दै चिदीमगर गाउँपालिका प्रमुख बनेकी हुन् । उनले कुल ६ हजार ४ सय ६६ मत प्राप्त गरिन् । भने निकटतम प्रतिद्वन्दी अधिकारीले ५ हजार ६ सय ३३ मत पाइन् । यसैगरि गाउँपालिका उपप्रमुखमा सोही पार्टीकै हरि पाठक ५ हजार ८ सय ७३ मत प्राप्त गर्दै विजयी भए । पाठकका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) लाई १ हजार ९५ मतान्तरले हराए । पराजित बनेका पाण्डेयले कुल ४ हजार ७ सय ७८ मत पाएका थिए । उक्त गाउँपालिकाको ९ वडा मध्ये वडा नम्बर २, ३, ४, ५, ७ र ८ मा नेकपा एमालेका उम्मेदजार निर्वाचित भएका छन् भने १, ६, र ९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । लुम्बिनी प्रदेशकै गाउँपालिकाहरु मध्ये पहिलो महिला प्रमुख बनेकी चिदीमगर २०७४ साल भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
पोखरा: पोखरा महानगरपालिकामा गठबन्धनबाट एकिकृत समाजवादीका उममेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ३६ हजार ८ सय १३ मतगणना सकिदा धनराज आचार्यले १५ हजार २ सय ८८ प्राप्त गरे । भने एमालेका कृष्ण थापाले १३ हजार ३ सय २९ मत बटुले । थापा आचार्य भन्दा १ हजार ९ सय ५९ मतले पछि छन् । राप्रपा नेपालका शंकर खरालले १ हजार ५ सय ५६ मत बटुँले भने अटेरी अभियानका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ८ सय ६६ मत प्राप्त गरे । उनले अहिलेसम्म चौथो स्थान कायमै राखेका छन् । यसैगरि उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १५ हजार ५ सय ९५ मत पाएकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १५ हजार २ सय २५ मत प्राप्त गरेकी छिन् । गुरुङ कांग्रेसकी रानाभाट भन्दा ३ सय ७० मतले पछि छिन् । प्रमुख पदमा आचार्यले मतान्तर फराकिलो बनाउँदै गएपनि उपप्रमुखमा भने निकै प्रतिस्पर्धा देखिएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका विष्णुप्रसाद बरालले १ हजार ९ सय ९२ मत प्राप्त गर्दै निर्वाचित भए । उनले निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रमोद पराजुलीलाई ७ सय २५ मतान्तरले पराजित गरेका थिए । कांग्रेसका पराजुलीले कुल १ हजार ६७ बटुले ।
पाल्पा: पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादीकी प्रतिक्षा सिंजालीमगर विजयी भएकी हुन् । नगरपालिका प्रमुखले ११ हजार २ सय ७३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धनेन्द्रराज घिमिरेलाई ८ सय ७९ मतान्तरले पराजित गरे । नगर प्रमुखका एमाले प्रत्यासी घिमिरेले १० हजार ३ सय ९४ मत बटुले । यसैगरि उपप्रमुखमा सिंजालीमगरले निकटतम प्रतिद्वन्दी शशी श्रेष्ठलाई ७ सय ७९ मतान्तरले हराउदै पाँच वर्षका लागि निर्वाचित भइन् । सिंजालीमगरले ११ हजार १ सय ५१ मत प्राप्त गरेकी थिइन् । भने एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ ले मत पाएकी थिइन् । नागरिकमैत्री सेवा प्रवाह गर्नेछौं’: उपप्रमुख सिंजालीमगर उपप्रमुखमा निर्वाचित भएसँगै सिंजालीमगरले नगरवासीलाई नागरिकमैत्री सेवा प्रवाह गर्ने बताइन् । उनले घरदैलो कार्यक्रममा मतदातासँग गरेको प्रतिवद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बताइन् । गाउँपालिका, नगरपालिका र महानगरपालिकाको उपप्रमुख न्यायिक समितिको संयोजक हुने प्रावधान रहन्छ । साथै उपप्रमुखलाई विकास निर्माणको गतिविधि तथा क्रियाकलाप अवलोकन गर्ने क्षेत्राधिकार तोकिएको छ । उपप्रमुख सिंजालीमगरले अन्यायमा परेका नागरिकलाई उचित न्याय दिलाउने प्रतिवद्धता जनाउदै भनिन्, ‘हाम्रो नगरपालिकाका नागरिकहरुले कानूनको पूर्ण महसुस गर्न पाउनुहुनेछ । कानून भन्दा माथि कोही हुदैन । त्यसैले कानून बर्खिलाप कदम चाल्न कसैलाई अधिकार छैन ।’ फरक प्रसंगमा बोल्दै आफु जहिल्यै वेथितीको विरुद्धमा उभिने बताइन् । ‘अनियमितता र भ्रष्टचार विकासको विरुद्धमा हुन्छ । उनले भनिन्, ‘त्यसैले यसको विरुद्धमा हाम्रो टिमको सधै खबरदारी रहनेछ ।’ हामीले हाम्रो नगरलाई साँच्चिकैको नगरपालिका बनाउँने प्रयासमा लागिरहनेछौ । त्यसको लागि नगरवासीको पनि सहयोग जरुरी छ ।’
पोखराः पाँच दलीय गठबन्धनबाट पोखरा महानगरको मेयरमा उठेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले यसपटक नेकपा एमालेको हातबाट महानगर खोस्ने सम्भावना बढेको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ९६० मत गणना हुँदा समाजवादीका आचार्यले अग्रता बढाउँदै लगेपछि एमाले समूह झनै निराश बन्दै गएको छ । एमालेमा निराशा बढ्नुको कारण हो, वडा ६, १३ र २६ को मत परिणाम । एमालेले उक्त तीन वडामा गठबन्धनको भन्दा बढी मत पाउने अपेक्षा गरेको थियो । तर अपेक्षाविपरित उक्त वडामासमेत आचार्यले झनै बढी मत पाउँदा महानगरबाट एमालेको लगाम खुकुलो भएको छ । हालसम्मको मत परिणाम अनुसार आचार्यले ९ हजार १६५ मत पाएका छन् । यता, एमालेका कृष्ण थापाले हालसम्म ७ हजार ७७४ मत हासिल गरेका छन् । अब बाँकी रहेका वडाको मत परिणाम पनि एमालेको प्रतिकुल रहने आंकलन गरिएको छ । आचार्यले गठबन्धनबाट इमान्दार मत त पाए नै एमालेबाट समेत मत पाएको परिणामले देखाएको छ । त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ९ हजार ४६१ मतका साथ अग्रस्थानमा रहेकी छिन् । निकटतम प्रतिद्वन्द्वी मञ्जु गुरुङले ८ हजार ८३१ मतले पच्छ्याइरहेकी छिन् । एक समय झिनो अन्तरले अग्रता पाएकी गुरुङको अवस्था पनि खासै सुधार हुन नसक्ने विश्वास गरिएको छ ।
कास्की: नेकपा एमालेका नवराज ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दै दोस्रो पटक कास्कीको रुपा गाउँपालिकाको प्रमुख भएका छन् । ओझाले नेपाली काग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउँदै ओझा विजयी भएका हुन् । पराजित भएका नेपाली कांग्रेसकी गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरिन् । त्यसैगरि उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली काग्रेसका नारायण श्रेष्ठलाई ७ सय ७५ मत अन्तरले हराए । लालसुब्बाले ५ हजार ४ सय ४५ मत प्राप्त गरे भने नारायण श्रेष्ठले ४ हजार ३ सय ७० मत प्राप्त गरेका थिए । रुपा गाउँपालिका ७ वटा वडा रहेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ ।