बेगनास सिंचाई परियोजना कार्यलाई अघि सारिनेछ: पुन

कास्की | बैशाख २४, २०७९

बेगनास सिंचाई परियोजना कार्यलाई अघि सारिनेछ: पुन

पोखरा:    वडा नम्बर ३२ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षका उमेद्वार खुमबहादुर पुनले बेगनास सिंचाई परियोजना कार्यलाई अघि सार्ने बताएका छन् । उनले घरदैलो कार्यक्रममा मतदातामाझ वडाअध्यक्ष पदमा जितेको खण्डमा पहिलो प्रथामिकता सिंचाईलाई दिने बताएका हुन् ।

 

उनले ३२ वडामा रहेका सुकुम्वासी जनताको समस्या हल गर्ने बताए । ‘नेपाल सरकारले सुकुम्वासीलाई हेर्नुपर्छ ।’ उनले भने, ‘यहाँका जनताले मलाई विश्वास गरेर जिताउनुभयो भने सुकुम्वासीको समस्या समाधान गर्नेछु । उहाँहरुलाई लालपूर्जा दिलाउनेछु ।’ जनताले आफूप्रति निकै आस गरेको उनले बताए ।

 

जनताको प्रत्येक घरदैलोको बाटोमा ढलान गरिदिने उनले आश्वासन दिएका छन् ।

‘तल्लो गगनगौडादेखि राजाको चौतारा जाने बाटो बनाउनेछु । यो बाटो बैकल्पिक बाटो पनि हो । त्यसको स्तरोन्नतीमा लाग्नेछु ।’ उनले भने, ‘माथिल्लो गगनगौंडादेखि सातमुहाने जाने बाटो मरेको लास लान पनि नसक्ने अवस्था छ । त्यसको मुहार फेर्नेछु ।’ उनले विकास र पूर्वाधारलाई महत्व दिएर नमुना वडा बनाउने प्रतिबद्धता जनाएका छन् ।

 

उनले लामेआहाल, तल्लो गगनगौडामा हुने बाढी पहिरोबाट बर्षेनी हुने डुवान क्षेत्रलाई सुधार्ने बताए । लामेआहालमा बन्न लागेको क्षेत्रीय पोखरा बसपार्क निर्माण गर्नको लागि सहयोग गर्ने उनले बताए । उनले युवाका लागि खेलकुद मैदान बनाएर खेलाडी उत्पादन समेत गर्ने बताएका छन् । ‘एक गाउँ एक खेलकुद मैदान बनाउनेछौं ।’ उनले भने, ‘प्रत्येक वर्ष वडाको आयोजनामा खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।’ जेष्ठ नागरिकले पाउने बृद्धा भत्ता घरघरमा पुर्‍याउने  उनले जनतामाझ घोषणा गरेका छन् ।

 

उनले कुनै पनि ठाउँ, नहेरी वडाको समान विकास गर्नको लागि ५ वर्षसम्म लागि पर्ने उनले बताए । ‘मैले जिते भने एमालेले मात्र जित्ने होइन सम्पूर्ण राजनीतिक पार्टीले जित्ने हो ।’ उनले भने, ‘अन्य पार्टीका साथीसँग सहकार्य गरेर वडा विकासमा लागि पर्नेछु ।’ ढोडबेंसी र मालेपाटनमा उखु खेती गर्ने किसानलाई व्यवसायिक बनाउनेमा पहल गर्ने बताए । ‘फेदी, ढोडवेंशी, मालेपाटन हुँदै राजाचौतारा जाने भत्केको बाटोलाई चुनाव जितेलगत्तै मर्मतको काम गर्नेछु ।’ उनले भने ।
 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्