महानगर भ्रष्टाचारको दलदलमा फसेको छ: कोपिला रानाभाट

कास्की | बैशाख २४, २०७९

महानगर भ्रष्टाचारको दलदलमा फसेको छ:  कोपिला रानाभाट

पोखरा:  पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले महानगर भ्रष्टाचारको दलदलमा फसेको बताएकी छिन् ।

 

पोखरा २१ कृस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले महागरलाई भ्रष्टचारमुक्त र सुशासनयुक्त  बनाउन गठबन्धनको जित आवश्यक रहेको बताईन् । वैशाख ३० गते पोखराको भविष्यको फैसला गर्ने दिन भएकाले त्यसको महत्वलाई बुझि गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न उनले अपिल समेत गरिन् ।

 

पोखरा महानगरपालिकाको विकासको मोडेल कस्तो बनाउने र सेवालाई कसरी नागरिकमैत्री बनाउने भन्ने ठोष योजना आफुहरुसंग रहेको बताएकी उमेदवार रानाभाटले सहजसेवा प्रवाहका सम्बन्धमा आफुहरु सचेत रहेको पनि बताईन् । महानगरभित्र रहेका डाडाँहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर पर्यटन उद्योगलाई थप व्यवस्थित गर्ने उनले बताईन् ।

 

पोखरामा क्रियाशिल आमा समुहहरुका लागि विना धितो विना ब्याच १० लाखसम्म आर्थिक सहायता प्रदान गर्ने घोषणा समेत गरिन् । महानगरमा निशुल्क शिक्षा, शुद्ध खानेपानी र गुणस्तरीय स्वास्थ्यको समेत व्यवस्थापन गर्ने उनले बताईन् ।

 

यस्तै वडा अध्यक्ष पदका उम्मेदवार पूर्ण बहादुर थापाले आर्थिक पारदर्शीता र कुशल प्रशासन संचालनका लागि आफ्ु योग्य रहेको बताए । वडाको विकासका सवालमा वडावासीहरुसंग आवश्यक परामर्श गरेर निर्णय लिने उनले प्रतिवद्धता पनि जाहेर गरे ।

 

सदस्य पदका उमेदवार लालबहादुर ठकुरीले कृस्तीले परिवर्तन खोजेका कारण गठबन्धनका उम्मेदवारलाई विश्वास गरेर मत दिने अपेक्षा लिएको बताए । अर्का सदस्य पदका उम्मेदवार नारायणबहादुर केसीले ३२ वर्ष देखी एमालेको कार्यकर्ता भएर काम गर्दा झुट र ठट्टा बाहेक केही नदेखेको बताए ।

 

महिला वडा सदस्य पदकी उमेदवार देवी अधिकारीले राम्रा व्यक्ति छान्न नसके पाँच वर्ष पछुताउनुको विकल्प नहुने बताईन । दलित महिला वडा सदस्य पदकी उम्मेदवार मञ्जु विकले दलित समुदायको नेतृत्व विकास गराई आयआर्जन र उद्यमशीलता बढाउने प्रतिबद्धता व्यक्त गरिन् । 

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्

विराटनगर:    दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्‍याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...

थप पढ्नुहोस्

काठमाडौं:  अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...

थप पढ्नुहोस्