पोखरा २१: ‘सूर्य ध्वजावाहक उम्मेद्वारलाई मतदाताको स्वागत
कास्की | बैशाख २४, २०७९
पोखरा: स्थानीय तह निर्वाचन मिति नजिकिएसँगै चुनावी गतिविधिले पनि तिव्रता पाएको छ । विभिन्न राजनीतिक दलहरु मतदाता भेटघाटमा व्यस्त छन् । नेकपा एमालेका तर्फबाट पोखरा–२१ का उमेद्वार बिहीबार र शुक्रबार मतदाताको घरआँगन पुग्दा सौहार्द स्वागत पाए । रुद्राक्षको माला, अबिर र खादासहित उमेद्वारलाई स्वागत गरेका मतदाताले विजयको शुभकामना समेत दिए ।
बिहीबार पोखरा २१ स्थित चापाको चौर, मैदान, पुरानो साम्मी लगायतका क्षेत्रमा सूर्य ध्वजावाहक उमेद्वार पुगिरहँदा मतदाताको स्वागतले माहौललाई हौसायो ।
चापाको चौरमा आयोजित सभामा बोल्दै नेकपा एमाले पोखरा २१ इन्चार्ज अर्जुन गिरीले वियय सुनिश्चित रहेको जनाउँदै अब मतान्तर बढाउने तर्फ ध्यान केन्द्रित रहेको बताए । उनले भने, ‘पोखरा २१ एमालेको लालकिल्ला हो भने अभियान मार्ग लालकिल्लाको पनि लालकिल्ला हो । हामी जित्छौं, यस कुरामा कुनै द्धविधा छैन । कति मतान्तरले जित्छौं भन्ने मात्रै हो ।’
नेकपा एमाले पोखरा २१ का अध्यक्ष राजेन्द्र थापाले वडाको विकासका कार्यमा एमाले नै अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै बाँकी कार्य पुरा गर्ने अभिभारा पनि एमालेकै उमेद्वारले पुरा गर्ने बताए ।
यस्तै पार्टीका तर्फबाट पोखरा २१ का वडाध्यक्ष उमेद्वार दिपकप्रसाद पौडेलले वडाको थप समृद्धिका लागि एकमात्र विकल्प एमाले रहेको बताए । मतदातालाई होस्टेमा हैसेका लागि आग्रह गर्दै भने, ‘तपाईहरुको सल्लाह अनुरुप नै हामी अघि बढ्ने हो । यहाँका समस्याबारे म जानकार छु । कतिपय काम भएका छन् । तर अझैपनि वडाको मुहार फेर्ने काम बाँकी छन् । त्यसका लागि हामी योजना सहित तयार छौं ।’
बिहीबार पोखरा ५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले वडावासीलाई पार्टीको प्रतिबद्धताबारे जानकारी गराए । उमेद्वारबारे विभिन्न अफवाह फैलाइएकोबारे जानकारी गाराउँदै उनले त्यसको पछि नलाग्न आग्रह गरे । उनले महानगरका सबै सूर्य ध्वजावाहक उमेद्वारलाई विजयी गराउन आग्रह गरे ।
शुक्रबार बृहत् र्याली सम्पन्न
नेकपा एमाले पोखरा २१ ले शुक्रबार (आज) बृहत् मोटरसाइकल र्याली सम्पन्न गरेको छ । पोखरा २१ को निर्मलपोखरी, कृष्ती लगायतका स्थानमा ५ सय बढी कार्यकर्ताको उपस्थितिमा र्याली सम्पन्न गरिएको हो ।
र्यालीपछिको कोणसभालाई प्रदेश कमिटी सचिवालय सदस्य चन्द्र रोकाय, नेकपा एमाले कास्की सदस्य हिरा गिरी, पोखरा २१का इन्चार्ज अर्जुन गिरी, पार्टीका वडाध्यक्ष राजेन्द्र थापा, अनेरास्ववियु पोखरा महानगरका अध्यक्ष डिएन लामिछाने, अनेरास्ववियु कास्की अध्यक्ष विजय पौडेल लगायतले सम्बोधन गरेका थिए ।
विकास र समृद्धिका लागि एमालेका सबै उमेद्वालाई मत अपरिहार्य रहेको उनीहरुको भनाई थियो ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

