काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

  पोखरा । कास्की क्षेत्र नम्वर १ प्रदेश सभा १ का नेकपा एमालेका प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । पोखरा ३० मा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता अधिकारीले प्रत्यक्षमा २२ सिट र समानुपातिकमा १० सिट जितेर सरकार बनाउने दाबी गरेका हुन् ।  उनले जनताको पक्षमा निरन्तर बोल्दै र काम गर्दै आएकै कारण एमालेलाई जनताले जिताउने विश्वास व्यक्त गरे । पछिल्लो समय जनताका दैनिक गुजारा गर्न आवश्यक खाद्य सामाग्रीमा बढेको मुल्यवृद्वीलाई बेवास्ता गर्दै राजनीति भागबण्डा र फण्डामा केन्द्रित बन्नुले जनताका समस्याप्रति गठबन्धन कति संवेदनशिल छ भन्ने प्रष्ट भईसकेको उनको भनाई थियो ।  प्रतिनिधिसभाबाट प्रदेश सभामा पाटीको निर्णय र फैसला अनुसार आफू प्रदेशसभामा उम्मेदवार बनेको भन्दै उनले आफु प्रदेशमा नयाँ अनुहार भएको बताए । ‘प्रतिनिधिसभामा होइन प्रदेशसभामा म उम्मेदवार बनेको छु, र म प्रदेशका लागि नयाँ अनुहार हुँ’,उनले भने ।  जनतासँग अझै नजिक रहेर काम गर्ने अवसर मिलेको भन्दै अपुरा विकासका काममा जनताकै सल्लाह र समन्वयमा अगाडी बढ्ने उनले बताए  ।  

  पोखरा ।  देशमा अहिले एउटा गाउँको सामान्य काम सक्न पनि राजधानी धाउनुपर्ने बाध्यता छ । जनता आफ्नो समस्या सुनाउन र बजेट पार्न जिताएर पठाएका जनप्रतिनिधि भेट्न काठमाडौँ र प्रदेश राजधानी पस्नुपर्छ ।  आगामी ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेश सभामा यस्ता कमै उम्मेद्वार देखिएका छन् जसले राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने विषयलाई प्रमुखताका साथ उठाएका हुन् । कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार दामोदर पौडेल बैरागीले आफूले चुनाव जिते गाउँदेखि राजधानी धाउनुपर्ने र सिधंै सांसदलाई भेट्नुपर्ने समस्या समाधानलाई प्राथमिकता दिएका छन् ।  नेकपा एमालेबाट उम्मेद्वार रहेका उनले पाटीको टोल कमिटी हुँदै सांसदसम्म जनताका समस्या सुनाउन सकिने योजना अघि सारेका छन् । त्यसका लागि पाटी वडा वा पालिका कमिटीलाई अधिकार सम्पन्न बनाउन सकिने उनको भनाई छ ।  नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उम्मेद्वार पौडेलले टोलका जनताले सांसदसम्म गुनासो लिएर जानुपर्ने परिपाटी अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाए । ‘माननीयलाई नभेटी काम नहुने, पार्टी कमिटीमा राख्दा सुनुवाइ नहुने र निर्वाचित जनप्रतिनिधिलाई भेटेपछि काम हुने अवस्थाको पनि अन्त्य हुनु जरुरी छ,’ उनले भने, ‘हाम्रो टोल, वडा वा पालिकाले बोलेपछि पुग्ने परिपाटी हामीले बनाउनुपर्छ । अहिलेको अवस्थाको अन्त्य हुन्छ । तल्लो तहकै अध्यक्षले समस्या समाधान गर्न सक्ने वातावरण हामीले बनाउनुपर्छ । त्यसमा मेरो ध्यान जान्छ ।’  जनताका दैनिक गर्नुपर्ने र विकास निर्माणका आयोजना निर्धारित समयमै सक्न आफूले कुनै कसरत बाँकी नराख्ने उम्मेद्वार पौडेलको प्रतिवद्धता छ । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक, सल्यान, तिखेढुंगा लगायत गाउँ जाने सडक स्तरोन्नति अत्यावश्यक रहेकाले त्यसमा पनि विशेष ध्यान दिने पौडेलले बताए ।  प्रदेश सभा ३ (ख) का उम्मेद्वार राजीव पहारीले पछिल्लो कार्यकालमा सुरु गरेर अधुरा रहेका विकास निर्माणको कामलाई पूर्णता दिन पाटीले फेरि उम्मेद्वार बनाएको बताए । ‘साढे ३ वर्ष प्रदेशमा एमालेको सरकार हुँदा सडक, पु्लका काम भएका थिए । राजनीतिक अस्थिरताले सरकार ढल्यो,’ उनले थपे, ‘त्यतिबेला जनताको आस पनि ढल्यो । गठबन्धनको सरकारले बिगार्ने बाहेक केही गरेन । अब जितेर पहिले बाँकी भएका काम पुरा गर्न छ ।’ कास्की ३ बाट २०७४ सालमा एमालेकै जगत विश्वकर्मा विजयी भएका थिए । उनी खेलकुदमन्त्री पनि भए । पूर्वमन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य विकले गठबन्धनले सरकार चलाएपछि अवरुद्ध विकासलाई पूरा गर्न फेरि एमालेले जित्न आवश्यक रहको बताए । ‘जनताले परिवर्तनको अवस्था महसुस गरेका थिए । देशमा राजनीतिक अस्थिरता, देशी विदेशी शक्ति, पुँजीवादी र कम्युनिस्टलाई सत्ता बाहिर पु¥याउने षड्यन्त्र भयो,’ उनले भने, ‘जनादेशको केपी सरकारलाई विस्थापित गर्दा देशको अवस्था जरजर बनेको बुझेका छौं । अवरुद्ध भएको विकासलाई पूरा गर्न फेरि एमालेले जित्नुपर्छ ।’  चुनावताका बोलेका सबै काम पूर्ण नभए पनि काम सुरु भएको उनले दावी गरे । एमालेका उम्मेद्वारले मतदाताको शिर झुक्ने काम नगर्ने भएकाले एमालेकै उम्मेद्वारलाई जिताउन उनले आह्वान गरे । पूर्वमन्त्री विकले भने, ‘गण्डकी प्रदेशमा मुख्यमन्त्री हुँदा धेरै योजना ल्याउन सफल भएका थियौँ । हामीले शिर झुकाउने काम कहिले गरेनौँ । संकल्प गरेअनुसार एमालेका उम्मेद्वार फेरि काम गर्न फर्केका छौँ ।’ पाटी अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटाले गाउँपालिकामा एमालेलाई जिताएजस्तै विकास निर्माणका कामलाई तीव्रता दिन संघ र प्रदेशमा पनि एमालेको जित आवश्यक रहेको बताए । उनले पाटीले आफ्नो जीवन आन्दोलन र पार्टीलाई सुम्पेका नेतालाई प्रतिनिधिसभा उम्मेदवार बनाएकाले अन्नपूर्णबासीले न्याय गर्नुपर्ने सुनाए ।  कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य सीता गिरी ओली, केन्द्रीय सल्लाहकार परिषद सदस्य एवं संविधानसभा सदस्य डिबी नेपाली, पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, पाटी प्रदेश कमिटी सचिवालय सदस्य पुण्य पौडेल लगायतको उपस्थिति थियो । 

  पोखरा । कास्की क्षेत्र नम्वर २ (२ ) बाट  नेकपा एमालेका प्रदेश सभा उम्मेदवार मिना गुरुङले देशमा विकासको लहर ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक भएको बताएकी छन् । उनले समाज तथा राष्ट्र निर्माणको निम्ति एमाले पाटीको विकल्प  नभएको उल्लेख गर्दै मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई पहिलो पाटी बनाउन सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरिन् । पोखरा ११ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटि कार्यालय उद्घाटन कार्यक्रममा गुरूङले राजनीतिमा महिला शसक्तिकरण, योजनाबद्ध कार्यक्रम, व्यवसाय, सीप विकास, रोजगार तथा स्वरोजगार प्रवद्र्धनका लागि आफूले उम्मेदवारी दिएको बताईन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषदका सदस्य सोमनाथ अधिकारीले यस क्षेत्रमा आफ्नो पाटीको सरकारले संचालन गरिरहेका अधिकांश विकासका योजनाको बजेट कटौती र  रकमान्तरण  गर्ने काम वर्तमान सरकारले गरेकोतर्फ जानकार हुन जनतालाई आग्रह गर्दै कास्कीमा एमालेले मात्र महिलाहरूको हकहित हुने गरि काम गरेको स्मरण गरे ।  एमाले गण्डकी प्रदेश कमिटिका उपसचिव रश्मी आचार्यले एमाले सरकारको जनमुखी विकासदेखि अत्तालिएर सत्ताबाट हटाइएको भन्दै जनताको मनको साथले अब बहुमतको सरकार निर्माण हुने उल्लेख गरे । कार्यक्रममा पाटी जिल्ला कमिटिका सदस्य तथा कास्की  क्षेत्र नम्वर २ का प्रचारप्रसार संयोजक झटपबहादुर रानाभाटले कास्कीमा एक मात्रै विकासको नायक एमाले भएको जिकिर गरे ।  

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । पार्टीको २१ वडा एकाइद्वारा तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुक निर्माणका लागि इमान र त्यागको राजनीतिको खाँचो औँल्याउँनुभयो ।  उहाँले भन्नुभयो“ निर्वाचनमा जनताले गर्ने विवकपूर्ण निर्णयले  देश विकास जनताको आर्थिक रुपान्तरण सम्भव छ ।  चुनावलाई राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ ।” पार्टीका सहमहामन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश रिमालले नेपाली राजनीतिमा अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको बताउँदै  आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।  काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा केन्द्रीय सदस्य देवेन्द्र प्रधानले विभिन्न पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै पार्टीले अवलम्बन गरेका नीति तथा कार्यक्रमका कारण अहिले देशभर जनताको पार्टीप्रति आकर्षण बढेको विचार व्यक्त गर्नुभयो ।

  म्याग्दी । म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार छन् । विसं २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा (माओवादी केन्द्र), २०७० र २०७४ मा एमालेले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो । विसं २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । एमाले विरासत जोगाउने र अन्य दल गठबन्धनको बलमा जित निकाल्ने रणनीतिमा छन् । गत स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र छवटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।  प्रतिनिधिसभामा कांग्रेस– एमालेको प्रतिस्पर्धा   प्रतिनिधिसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा ९खम्बिर० उम्मेदवार हुनुहुन्छ । कांग्रेसका जिल्ला सभापति गर्वुजा तेस्रोपटक चुनावी मैदानमा उत्रिनुभएको हो । यसअघि दुई चुनाव हारेका गर्बुजालाई यसपालि सत्तारुढ दल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ छ ।  गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधिसभा सदस्यका लागि दुई कार्यकाल जिल्ला अध्यक्ष भएका प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठको नाम एकल सिफारिस गरेको थियो । “जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ”, श्रेष्ठ भन्नुहुन्छ, “विसं २०७४ मा दुईवटा मात्र स्थानीय तह जितेका थियौँ । गत चुनावमा चारवटा पालिका जितेका छौँ । यो पनि हाम्रो जितको आधार हो ।” जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक सङ्घसंस्थाको पनि नेतृत्व गर्नुभएको थियो । सदरमुकाम बेनीका बासिन्दा श्रेष्ठ र रघुगङ्गा गाउँपालिका–४ दग्नामका गर्बुजाको उमेर समान ५७–५७ वर्ष छ । कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि बाहलवाला सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरू बेनी नगरपालिकाको प्रमुख–उपप्रमुखसहित पाँच वडामा र धवलागिरि गाउँपालिकाको सबै पदमा तालमेल गरेका थिए ।  जिल्लाव्यापी तालमेल नहुँदा स्थानीय तह चुनावमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको ठहर गरेका नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको बलमा यसपालि नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । “स्थानीय तहको चुनावमा गठबन्धनको मत एमालेको भन्दा धेरै छ । जिल्ला, पालिका र वडा तहसम्म संयुक्त चुनावी अभियानमा छौँ”, गर्बुजाले भन्नुभयो, “२०७४ को चुनावमा कम्प्युनिष्ट पार्टीहरूबीचको तालमेल भएको अवस्थामा म्याग्दीमा कांग्रेसले कडा प्रतिस्पर्धा गरेको हो । अहिले माओवादी, एकीकृत समाजवादी, जनमोर्चाको साथ छ । मतदाताको परिवर्तित मनोभावनाले पनि गठबन्धनलाई सहयोग पुग्छ ।” एकै वडाका दुई उम्मेदवार प्रदेशसभा क्षेत्र (क)मा एमालेका देवेन्द्रबहादुर केसी र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी रघुगङ्गा गाउँपालिका–२ भगवतीका बासिन्दा हुन् । नाताले केसी मामा र भण्डारी भान्जा पर्नुहुन्छ । भगवती प्रदेश (ख)मा धेरै मतदाता हुने वडामध्येमा पर्दछ । एमालेका जिल्ला अध्यक्ष केसी यसअघि जिल्ला समन्वय समितिका प्रमुख र विसं २०५४ को चुनावबाट भगवती गाविसको अध्यक्ष बन्नुभएको थियो । केसीसँगको प्रतिस्पर्धामा गठबन्धनले ३९ वर्षीय युवानेता भण्डारीलाई अगाडि सारेको छ । माओवादीको रघुगङ्गा गाउँपालिका अध्यक्ष रहेका भण्डारी विसं २०७४ को चुनावमा गाउँपालिका उपाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । विदेशबाट फर्किएपछि बेनीमा व्यवसाय गर्दै आएका भण्डारी जेसिजलगायत सामाजिक सङ्घसंस्थामा आवद्ध हुनुहुन्छ । प्रदेश (ख) मा एमाले–माओवादी प्रदेशसभा क्षेत्र (ख)मा एमालेका यामबहादुर गर्बुजा र गठबन्धनबाट माओवादीका रेशम जुग्जाली (सुविन) मुख्य प्रतिस्पर्धी हुन् । धवलागिरि गाउँपालिका–६ मराङमा जन्मिएका एमालेका प्रदेश कमिटी सदस्य गर्बुजाको बसोबास हाल काठमाडौँमा छ । उहाँ एमाले नेता थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदा उहाँको सचिवालयमा बसेर काम गर्नुभएको थियो । गठबन्धनबाट माओवादीका उम्मेदवार ३९ वर्षीय जुग्जाली सो पार्टीको म्याग्दी जिल्ला संयोजक हुनुहुन्छ । द्वन्द्वकालमा भूमिगत भएका जुग्जालीका दाजु जितबहादुर ‘जनयुद्ध’का सहिद हुन् । विसं २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार बनेर मालिका गाउँपालिका–७ को वडाध्यक्षमा निर्वाचित भएका जुग्जाली गत स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षको उम्मेदवार बन्नुभएको थियो । अहिलेको व्यवस्थाको सूत्रधार माओवादी भएको, गत चुनावमा एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्न सक्ने आधार खडा गरिएको जुग्जाली बताउनुहुन्छ । “गणतन्त्र, सङ्घीयता, समावेशी, संविधानलगायत माओवादी आन्दोलनबाट स्थापित मुद्दा तथा पार्टीले गरेका काम तथा भावी योजना लिएर जनतामाझ छौँ”, उहाँले भन्नुभयो, “म्याग्दीको राजनीतिमा माओवादीको मत निर्णायक हो । स्थिरता, संविधानको रक्षा र समृद्धिका लागि बनेको गठबन्धनलाई जिताउन म्याग्दीका लागि अहिले अवसर मिलेको छ ।”  गाउँ पसे उम्मेदवार छवटा स्थानीय तह रहेको जिल्लामा ८२  मतदानस्थल र एक सय १९ मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।  राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका हुन् । निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचार–प्रसारमा कडाइ गरेपछि प्रचार शैली फेरिएको छ । सभाको विकल्पमा घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी प्रशिक्षण तथा परिचालनमार्फत चुनाव प्रचार गर्न थालेका हुन् । निर्वाचन आयोगले कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएको छ । पहिलो चरणमा मतदाता भेटघाटसँगै टोल–टोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक बढेको छ । सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिकरूपमा विकट क्षेत्रका बस्तीमा पहिलो चरणको घरदैलो गरेका हुन् । मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा केन्द्रित भएका छन् ।

 ​पोखरा : गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर-२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं ९ र १६ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ ।    शनिबार एक कार्यक्रमका बीच पोखरा ९ को महेन्द्रपुल र पोखरा १६ को मैदानमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।   उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले पोखरा ९ र १६ का समस्याका विषयमा आफु जानकार भएको र त्यसको समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवाहरुलाई स्वदेशमा नै बस्ने व्यवस्था मिलाउने गरी रोजगारीका कार्यक्रमहरु सिर्जना गरिने बताए ।  देशको विद्यमान परिस्थिति र संविधानको रक्षाका लागि गठबन्धनको आवश्यकता रहेको र गठबन्धनका साझा उम्मेदवारहरुलाई कुनै तित्तता नराखी विजय गराउन आग्रह गरे । ‘म नेपाली काँग्रेसको पनि उम्मेदवार हुँ । नेकपा माओवादीको पनि उम्मेदवार हुँ । त्यसैले यहाँहरुले मत प्रदान गरी नीति निर्माण तहमा मलाई पुर्याउनुभयो भने तपाईको मतको कदर अवश्य गर्नेछु ।’, उनले भने ।    उनले पोखरा ९ व्यवसायिक रुपमा व्यस्त वडा भएकाले त्यहाँका व्यवसायीहरुको रक्षार्थ व्यवसायिक मैत्री कानून निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पोखरा १६ का दुर्गम क्षेत्रमा बाटोघाटो निर्माण गर्ने विषयमा सकरात्मक पहलकदमी रहने भनाई उनकोे छ । कास्की २ का जनताको मनोभावनालाई आफुले बुझेको र त्यसलाई पुरा गर्ने जिम्मेबारीका साथ चुनावी मैदानमा होमिएको बताए ।    गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले २०७४ सालको निर्वाचनमा पोखरा ९ र १६ का जनताको माया पाएर नै विजयी भएको उल्लेख गर्दै यसपाली पनि साथ रहने अपेक्षा गरेका छन् । उनले पोखरा ९ शहरी क्षेत्र भएकाले आवश्यकता अनुसारको बजेट विनियोजन गर्न सफल भएको अभिव्यक्ति दिए । पोखरा १६ मा शहरी क्षेत्र सँगै ग्रामीण भेग समेत भएकाले नेपाली काँग्रेस नेतृत्वको सरकारले नै त्यहाँका जनताको चाहनाबमोजिमको विकास निर्माणका कार्यलाई अग्रसरता दिएको उल्लेख गरे ।    उनले आगामी समय पनि पोखरा १६ का दुर्गम क्षेत्रलाई सुगम बनाउने र त्यहाँका पर्यटकीय सम्भावना बोकेको ठाउँलाई प्रचारप्रसार गर्ने गरी आफु लाग्ने प्रतिबद्धता व्यक्त गरे । ‘एकातर्फ पोखरा ९ व्यवसायिक ठाउँ हो । अर्को तर्फ पोखरा १६ व्यवसायिक सँगै पर्यटकीय हिसाबले पनि सम्भावना बोकेको ठाउँ हो । पोखरा ९ को बजार व्यवस्थापन देखि पोखरा १६ को कलासंस्कृतिको संरक्षणका लागि मेरो भूमिका महत्वपूर्ण रहनेछ ।’, उनले भने ।    उनले पहिलो कार्यकालमा पुरा गर्न नसकेका योजनाहरुलाई पुरा गर्ने ध्येयका साथ निर्वाचनमा होमिएको उल्लेख गरे ।    ‘शिक्षा,स्वास्थ्य, रोजगारीका क्षेत्रमा पोखरा ९ र १६ मा अझै धेरै काम गर्न सकिन्छ । बाटोघाटोको स्थरउन्नति देखि पार्किङ व्यवस्थापनमा समेत नीतिगत आधार तयार गर्ने गरी फेरि उम्मेदवारका रुपमा यहाँहरु समक्ष आएको छु । आशा छ यसपाली पनि माया गर्नुहुनेछ ।’, उनले भने ।    पोखरा ९ मा नेपाली काँग्रेसका इकाई सभापति शिवराज बास्तोलाको सभापतित्व र पोखरा १६ मा इकाई उपसभापति गणेश बहादुर थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियत बहादुर अधिकारी, नेपाली काँगे्रसबाट प्र्रतिनिधि सभा सदस्यकी समानुपातिक उम्मेदवार विन्दा देवी राना, प्रदेश सभा समानुपातिक उम्मेदवार लक्ष्मी पाण्डे, नेकपा एकीकृत माओवादीबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार जुवेदा खातुन लगायत गठबन्धन दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।   

पोखरा : नेपाल तरुण दल पर्वत पैयुँ गाउँपालिकाको सभापतिमा अभि गुरुङ चयन भएका छन् । पैयुँको प्रथम अधिवेशनबाट उनी चयन भएका हुन् ।   उनी सँगै उपाध्यक्षमा लक्ष्मण न्यौपाने, भिम सेन, सचिवमा कमल पौडेल, सचिवमा मिन प्रसाद भुसाल, सह—सचिवमा भिम बहादुर थापा, खिमानन्द न्यौपाने, कोषाध्यक्षमा सुर्य प्रसाद न्यौपाने चयन भएका छन् ।    गुरुङले पैयुँका तरुणलाई एकीकृत गरी आगामी निर्वाचनमा काँग्रेसलाई जिताउने गरी लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अग्रजको सल्लाहलाई अनुसरण गर्दै युवाहरुलाई समेट्ने गरी आफु लाग्ने भनाई उनको छ ।    तरुण दलको सभापति भएसँगै अभि गुरुङको राजनीतिक गतिविधिले समेत सक्रियता लिएको छ । २४ वर्षको कलिलो उमेरमा नै उनले नेपाली काँग्रेसको भातृसंस्था तरुण दलको पैयुँ गाउँपालिकाको जिम्मेबारी सम्हाल्ने अवसर पाएका छन् ।    भन्छन्,‘यो मेरा लागि ठूलो अवसर हो । पैयुँका तरुणहरुलाई संगठीत गर्दै आगामी यात्रा तय गर्नेछु । अहिले हाम्रो मिसन भनेकै मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनु नै हो ।’    पर्वत पैयुँका काँग्रेसीहरुको मन जित्ने गरी आफुले काम गर्ने भनाई उनको छ । गुरुङलाई पर्वतबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काँग्रेसका नेता अर्जुन जोशी र पैयुँ गाउँपालिकाका अध्यक्ष राज मल्लले खादा माला र अबिर सहित जिम्मेबारी सुम्पिएका थिए ।     

पोखरा : कास्की क्षेत्र नं ३ (क) बाट उठ्दै छन् खेम तिमिल्सना । ‘राजनीतिमा अब युवा’ नारा बोकेर आउँदो प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी छ खेमको ।   जसको लागि घरदैलो कार्यक्रममा व्यस्त छन् उनी आजभोलि । उनको घरदैलो कार्यक्रम गर्ने शैली फरक छ । जति फरक उनको शैली छ त्यति नै फरक र उत्कृष्ट उनको घोषणापत्र र प्रतिबद्धतापनि । जसलाई लिएर उनी घर–घर पुगिरहेका छन् आजभोलि ।   निर्वाचनमा लौरो चुनाव चिन्ह छ उनको । उनको शैली र सरल व्यवहारले सबैलाई लोभ्याउँछ । न कुनै तामझाम । हातमा लौरो र पत्र बोकेर हिँड्छन् उनी । पत्रमा उल्लेख छन् उनले पूरा गर्ने वाचा । शुक्रबार पनि उनी आफ्नै शैलीमा घरदैलो कार्यक्रममा निस्किए । जता पुग्छन् उनलाई सबैले सुन्छन् । उनको कुरामा आशा देख्छन् । पसलदेखि चौतारा र सार्वजनिकस्थल अनि घर–घर ।  पत्र लिएर शुक्रबार एउटा किनारा पसलमा पुगे खेम । उनको पत्र देखेर किराना पसलका व्यक्तिले बुढी औंला देखाएर शुभकामना दिए । प्रशंसा गरे उनको । अक्सर जहाँ पुग्छन् यस्तै प्रतिक्रिया पाउँछन् उनी । जता पुग्यो सबैको प्रतिक्रिया हुन्छन्,‘हामीलाई विश्वास छ । अब युवाले नै गर्छन् । ठुला नेताले केही गरेनन् बाबु । तिमीहरुले गर्नुपर्यो ।’   त्यसैले पनि उनी विश्वस्त सुनिन्छिन् । खेम भन्छन् :‘हामी परिवर्तन चाहान्छौँ । अब राजनीतिमा हामी युवाको आवश्यकता छ । नयाँ भिजनको साथमा । परिवर्तनको लागि मैले चालेको कदममा अरुले साथ दिन खोज्दै हुनुहुन्छ । मेरो लौरो वृद्धको लागि आड र भ्रष्टचारीको लागि खबरदारी बन्छ ।’    पछिल्लो समयको राजनीतिक उतारचढाव र दलको गठबन्धनले पनि आजित छन् कार्यकर्ता र नागरिक । गठबन्धन नै गर्ने भए एकै दल किन नबनाएको प्रश्न उठ्न थालेको छ । यसैमा आक्रोशित र खबरदारी गर्न थालेका छन् युवाले । राजनीतिमा युवाको हस्तक्षेप स्थानिय तह निर्वाचनमा देखिन थालेको छ । जसका उदाहरण प्रशस्त छन् । राजनीतिमा युवाको हस्तक्षेपले नै अहिले ठाउँमा ठाउँमा युवाको उम्मेदवारी बढेको छ । जसले खबरदारी गर्दै अराजनीतिक शैलीप्रति । यहीँ क्रममा अगाडि बढेको हुन् खेम पनि ।    ‘राजनीति अराजनीति तर्फ धकेलिदै गयो । जसको कारणपनि हजारौँ युवा दैनिक विदेशीनु पर्छ । सम्मानिय नेताहरुले हाम्रो लागि लडेर स्वतन्त्रता ल्याउनु भयो । गणतन्त्र देखाउनु भयो,’खेम भन्छन्,‘अब उहाँहरुको पालो विश्रामको हो । नयाँ ढंगमा बढ्नुपर्छ विकास । यसको सही व्यवस्थापनको जिम्मा अब युवाको काँधमा छ । नयाँ पुस्तालाई उज्जवल भविष्य देखाउने जिम्मा यो हाम्रो पुस्तामा छ ।’ मुख्य बजारदेखि ग्रामीण भेग पर्छन् खेमको क्षेत्रमा । सबैलाई बराबरी सम्बोधन गर्छन् उनी । मुख्यबजारमा व्यवस्थित शहरीकरण । ग्रामीणभेगको समस्या सम्बोधन । आफनो क्षेत्रमा पर्ने पर्यटकीय स्थलको प्रचारप्रसार । स्वास्थ्य र शिक्षामा विकास । यी सबैका लागि उनको योजना छन् ।    उनका योजना त राम्रा छन् जसले समाजको दिगो विकासमा उत्कृष्ट टेवा पुर्याउँछ । तर, उनलाई सहायता र समर्थन चाहिएको छ उनै जनताको । एमाले र कांग्रेसको पकड रहेको क्षेत्र मानिन्छ कास्की । विशेषगरी एमाले । परम्परागत मतदाताको बीचबाट कसरी उनले आफनो जीत निकाल्छन् त्यो त आउँदो निर्वाचनको मतपरिणामले नै देखाउँला । तर यसबीच अर्को ध्यान दिनुपर्ने विषय पनि छ । नागरिक परिवर्तन चाहान्छन् वा चाहादैन्न् । उनीहरुको रोजाइले नै देखाउने हो उनीहरुको इच्छा । परिवर्तनको लागि लौरो रोज्छन् वा उहीँ पूरानो र ठुला कहलिएका दल यो हेर्न रोचक हुनेछ ।   

पोखरा : नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ प्रदेश सभा १ का उम्मेदवार खगराज अधिकारीले व्यवस्था परिवर्तनदेखि विकासको काममा सदैव जनताको साथमा रहेर काम गर्दै आएको बताएका छन् ।   पोखरा ३० मा उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त वडाको शिशुवा अस्पताललाई स्तरोन्नति गर्दै कोभिडको समयमा पनि आवश्यक स्वास्थ्य सामाग्री लिएर हरेक पटक आउने गरेको स्मरण गराउँदै समयक्रमसँगै जनताको अपेक्षा पूरा गर्न प्रतिवद्व रहेको स्पष्ट पारे ।    शिशुवा चोकबाट फेदिसम्मको बाटो चक्लाउन ८ करोड रुपैयाँ बजेट अन्तरगत काम सुरुवात गरेकोमा पछिल्लो पटकको २ करोड रुपैयाँ शहरी विकास मन्त्रालयले काटेको भन्दै उनले त्यसलाई पूरा गर्ने दायित्व आफुहरुको भएको उल्लेख गरे ।   उनले गण्डकी प्रदेशलाई एमाले नेतृत्वको सरकारले जग बसालेको स्मरण गर्दै उनले त्यसलाई समृद्वको बाटोमा लैजाने गरि अगाडी बढ्ने बताए ।   उम्मेदवार अधिकारीले केन्द्रबाट प्रदेशमा आइसकेपछि अझै जनताको गुनासोलाई सुनेर सम्बोधन गर्ने अवसर आएको बताउँदै त्यसको जिम्मेवारी सुम्पिन मङ्सिर ४ मा सुर्य चिन्हमा मतदान गर्न स्थानियसँग आग्रह गरे ।    स्थानीय विश्वनाथ लामिछानेले बर्खामा पानीले समस्या परेको भन्दै सडकको नाला व्यवस्थापन र सडकलाई फराकिलो बनाउने काममा पहल गरिदिन अनुरोध गरेका थिए ।    लामिछानेले खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा शिशुवा अस्पतालको स्तरोन्नति गराएको भन्दै स्वास्थ्य विमाका सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्ने प्रवन्ध गरिनुपर्ने भनाई राखे । ‘एमालेमै भोट हाल्न प्रतिवद्व छौ, २०५१ देखि निरन्तर एमालेको पक्षमा हामी छौ तपाईंलाई हामी जिताउँछौ’, उनले भने ।    स्थानीय विकल बास्तोलाले गुनासो सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताए । निवर्तमान वडाध्यक्ष श्रीराम पोखरेलले वडा भित्र साना ठुला गरि ६० वटा बाटो स्तरोन्नति बनाउन सफल भएको सुनाए । वडामा वार्षिक ९० लाख रुपैयाँ मात्रै आउने हुँदा बजेट अभावका कारण सबै योजनाहरु सोचे अनुरुप काम हुन नसकेको उनको भनाई छ ।