लौरो चुनाव चिन्ह लिएर खेमको घरदैलो, नागरिकको प्रतिक्रिया ‘हामीलाई विश्वास छ’
पाेखरा | कात्तिक ५, २०७९

पोखरा : कास्की क्षेत्र नं ३ (क) बाट उठ्दै छन् खेम तिमिल्सना । ‘राजनीतिमा अब युवा’ नारा बोकेर आउँदो प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी छ खेमको ।
जसको लागि घरदैलो कार्यक्रममा व्यस्त छन् उनी आजभोलि । उनको घरदैलो कार्यक्रम गर्ने शैली फरक छ । जति फरक उनको शैली छ त्यति नै फरक र उत्कृष्ट उनको घोषणापत्र र प्रतिबद्धतापनि । जसलाई लिएर उनी घर–घर पुगिरहेका छन् आजभोलि ।
निर्वाचनमा लौरो चुनाव चिन्ह छ उनको । उनको शैली र सरल व्यवहारले सबैलाई लोभ्याउँछ । न कुनै तामझाम । हातमा लौरो र पत्र बोकेर हिँड्छन् उनी । पत्रमा उल्लेख छन् उनले पूरा गर्ने वाचा । शुक्रबार पनि उनी आफ्नै शैलीमा घरदैलो कार्यक्रममा निस्किए । जता पुग्छन् उनलाई सबैले सुन्छन् । उनको कुरामा आशा देख्छन् । पसलदेखि चौतारा र सार्वजनिकस्थल अनि घर–घर ।
पत्र लिएर शुक्रबार एउटा किनारा पसलमा पुगे खेम । उनको पत्र देखेर किराना पसलका व्यक्तिले बुढी औंला देखाएर शुभकामना दिए । प्रशंसा गरे उनको । अक्सर जहाँ पुग्छन् यस्तै प्रतिक्रिया पाउँछन् उनी । जता पुग्यो सबैको प्रतिक्रिया हुन्छन्,‘हामीलाई विश्वास छ । अब युवाले नै गर्छन् । ठुला नेताले केही गरेनन् बाबु । तिमीहरुले गर्नुपर्यो ।’
त्यसैले पनि उनी विश्वस्त सुनिन्छिन् । खेम भन्छन् :‘हामी परिवर्तन चाहान्छौँ । अब राजनीतिमा हामी युवाको आवश्यकता छ । नयाँ भिजनको साथमा । परिवर्तनको लागि मैले चालेको कदममा अरुले साथ दिन खोज्दै हुनुहुन्छ । मेरो लौरो वृद्धको लागि आड र भ्रष्टचारीको लागि खबरदारी बन्छ ।’
पछिल्लो समयको राजनीतिक उतारचढाव र दलको गठबन्धनले पनि आजित छन् कार्यकर्ता र नागरिक । गठबन्धन नै गर्ने भए एकै दल किन नबनाएको प्रश्न उठ्न थालेको छ । यसैमा आक्रोशित र खबरदारी गर्न थालेका छन् युवाले । राजनीतिमा युवाको हस्तक्षेप स्थानिय तह निर्वाचनमा देखिन थालेको छ । जसका उदाहरण प्रशस्त छन् । राजनीतिमा युवाको हस्तक्षेपले नै अहिले ठाउँमा ठाउँमा युवाको उम्मेदवारी बढेको छ । जसले खबरदारी गर्दै अराजनीतिक शैलीप्रति । यहीँ क्रममा अगाडि बढेको हुन् खेम पनि ।
‘राजनीति अराजनीति तर्फ धकेलिदै गयो । जसको कारणपनि हजारौँ युवा दैनिक विदेशीनु पर्छ । सम्मानिय नेताहरुले हाम्रो लागि लडेर स्वतन्त्रता ल्याउनु भयो । गणतन्त्र देखाउनु भयो,’खेम भन्छन्,‘अब उहाँहरुको पालो विश्रामको हो । नयाँ ढंगमा बढ्नुपर्छ विकास । यसको सही व्यवस्थापनको जिम्मा अब युवाको काँधमा छ । नयाँ पुस्तालाई उज्जवल भविष्य देखाउने जिम्मा यो हाम्रो पुस्तामा छ ।’
मुख्य बजारदेखि ग्रामीण भेग पर्छन् खेमको क्षेत्रमा । सबैलाई बराबरी सम्बोधन गर्छन् उनी । मुख्यबजारमा व्यवस्थित शहरीकरण । ग्रामीणभेगको समस्या सम्बोधन । आफनो क्षेत्रमा पर्ने पर्यटकीय स्थलको प्रचारप्रसार । स्वास्थ्य र शिक्षामा विकास । यी सबैका लागि उनको योजना छन् ।
उनका योजना त राम्रा छन् जसले समाजको दिगो विकासमा उत्कृष्ट टेवा पुर्याउँछ । तर, उनलाई सहायता र समर्थन चाहिएको छ उनै जनताको । एमाले र कांग्रेसको पकड रहेको क्षेत्र मानिन्छ कास्की । विशेषगरी एमाले । परम्परागत मतदाताको बीचबाट कसरी उनले आफनो जीत निकाल्छन् त्यो त आउँदो निर्वाचनको मतपरिणामले नै देखाउँला । तर यसबीच अर्को ध्यान दिनुपर्ने विषय पनि छ । नागरिक परिवर्तन चाहान्छन् वा चाहादैन्न् । उनीहरुको रोजाइले नै देखाउने हो उनीहरुको इच्छा । परिवर्तनको लागि लौरो रोज्छन् वा उहीँ पूरानो र ठुला कहलिएका दल यो हेर्न रोचक हुनेछ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...