पोखरा : नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर ३१ मा १ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित उम्मेदवार भेटघाट तथा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमसँगै शनिवार निर्वाचन परिचालन कमिटि गठन गरिएको हो । कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङले विधि र पद्धतिमा चल्ने एक मात्र पाटी एमाले भएकोले देशको विकास गर्नको लागि एमालेलाई जिताउनुको विकल्प नभएको बताए । उनले एमाले दुःखी र गरिवको पाटी भएको बताउँदै भूमिहिनका समस्या समाधान गर्ने पाटी एमाले मात्रै भएको जिकिर गरे । देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नआएकोले अवस्थामा परिवर्तन ल्याउने पाटी एमाले बाहेक अर्को विकल्प नभएको उनको भनाई छ । उनले देशमा विकासको मुल फूटाउन एमालेलाई बहुमतले विजय गराउन अनुरोध गरेका छन् । कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की १ (क) का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले आशा र विश्वसनियता भएको पाटी एमाले भएको बताउँदै अव बन्ने एमालेको प्रदेश सरकारले गण्डकी प्रदेशमा विकासको लहर ल्याउँने बताउँदै यसको लागि एमालेलाई बहुमतले विजयी गराउन मतादातासँग आग्रह गरे ।
पोखरा । नेपाली कांग्रेसले आसन्न निर्वाचनको लागि गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिमा कास्कीबाट पनि पत्रकारिता पृष्ठभूमि भएका कांग्रेस नेताहरु सहित पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुलाई मनोनयन गरिएको छ । पार्टीको बिधान अनुसार केन्द्रीय सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिका सदस्य एवं प्रवक्ता डा प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिको सदस्यमा एक दर्जन भन्दा बढी नेताहरुलाई मनोनयन गरिएको हो । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन(२०७९ लाई लक्षित गरि गठन गरिएको उक्त समितिमा पत्रकारिता पृष्ठभूमि रहेका गंगाधर पराजुली र अन्य नेपाली कांग्रेसका नेताहरु रहेका छन । पराजुली नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति समेत हुन । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका पराजुली पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन । उनि नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा पोखरा महानगरको सभापति पदमा थोरै मत नपुगेको कारण पराजित हुन पुगेका थिए । हाल उनि नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिको सदस्य रहेका छन । प्रचार समितिमा मनोनित अन्य सबै जसो नेताहरु पार्टीको राजनीतिको मुल प्रवाहमा छन । गत असोज ३१ गते प्रथम चरणमा गठित समितिमा कास्कीबाट ७ जना मात्र रहेकोमा कार्तिक २ गते थप ७ जना सदस्यहरु मनोनित गरिएको छ । जस अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल , नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तिलक रानाभाट , पुर्व महाधिवेशन प्रतिनिधि दुर्गा तिमिल्सिना, पुर्व सांसद शारदा पौडेल, नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति एवं नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुडं र कास्की घर भएपनि हाल क़तारमा रहेर कांग्रेसको राजनीतिमा सक्रिय बिमल सुवेदीलाई पहिलो चरण अर्थात असोज ३१ गतेका दिन प्रचार प्रसार समितिको सदस्य मनोनयन गरिएको थियो । यसैगरि सोही समितिमा कार्तिक २ गते थप गरिएका सदस्यहरुमा कास्की कांग्रेसका पुर्व सभापति एवं पुर्व मन्त्री यज्ञ बहादुर थापा, नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य देवराज चालिसे, महासमिति सदस्य एवं कास्की कांग्रेसका पुर्व सभापति शोभियत बहादुर अधिकारी, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीलाई पनि समितिको सदस्यमा मनोनयन गरिएको छ । समितिका अन्य सदस्यहरुमा गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री एवं पुर्व केन्द्रीय आमन्त्रित सदस्य कुमार खड्का , नेपाली कांग्रेसका महासमिति सदस्य एवं वरिष्ठ अधिवक्ता रामचन्द्र त्रिपाठी, र महाधिवेशन प्रतिनिधि तथा कास्की कांग्रेसका पुर्व सचिव पोषनाथ शर्मालाई पनि प्रचार प्रसार समितिको सदस्यमा मनोनित गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
पोखरा : नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं कास्की क्षत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले कास्की निर्वाचन क्षेत्र नं. २ कै प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बरालले बुधबार अस्पतालको सघन कक्षमा भट्टराईलाई भटेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य लाभको कामना गरेको एकीकृत समाजवादी कास्कीका सचिवालय सदस्य घननाथ सापकोटाले जानकारी दिए । प्रतिनिधिसभा सदस्य पदका लागि आगामी ४ मंसिरमा हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि श्रीनाथ बराल गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार हुन् भने, विद्या भट्टराई एमालेको तर्फबाट उम्मेदवार हुन् । डेंगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईको स्वास्थ्यमा सुधार भएको अस्पताल श्रोतले जनाएको छ । उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ सीपी आचार्यले उनको स्वास्थ्य अवस्था सामान्य हुदै गए पनि केही दिन आराम गर्नुपर्ने जानकारी दिएका छन् ।
पोखरा । प्रधानमन्त्री शेरबहादर देउवाले पाँचदलीय गठबन्धनका साझा उम्मेदवारहरुलाई शंका नगर्न निर्देशन दिएका छन् । पाँचदलीय गठबन्धन गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गदैं प्रधानमन्त्री देउवाले आम नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँचदलीय गठबन्धनबाट आएका साँझा उम्मेदवाहरुलाई टिकठ नपाएको बाहनामा शंका गर्न आवश्यक नरहेको दोहोर्याए । ‘मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएको बाहनामा गठबन्धनका साझा उम्मेदवारलाई शंका उपशंका गर्ने बन्द गर्नुस्, उनले भने, ‘गठबन्धन आजको आवश्यकता हो । गठबन्धनका नेताहरुलाई शंका गर्ने काम कसैले नगरौं ।’ पाँचदलीय गठबन्धनमा सबै राजनीतिक पार्टी अलगअलग पृष्ठभुमीबाट आएको बताउदै गठबन्धन पछिल्लो समयको आवश्यकता रहेको प्रधानमन्त्री देउवाले धारणा राखे । ‘सबै राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएको हो तर यो आजको आवश्यकता हो, उनले भने, ‘मलाई गठबन्धनबाट प्रधानमन्त्री बनाउनुभयो यो ठाउँमा भोलि गठबन्धनबाट प्रचण्ड, माधव, रामचन्द्र जोपनि आउनसक्नुहुन्छ ।’
पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका उम्मेदवारहरु मतदाताको समस्या बुझ्न व्यस्त छन् । यसैक्रममा प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न १ (ख) का प्रत्यासी उम्मेदवार वेदबहादुर गुरुङ्ग (श्याम) र समानुपतिक तर्फ प्रदेशसभा उम्मेदवार नन्दाकला नेपालीले आफूहरु विजय भएर आएपछि पोखरा २८ कालिकाका स्थानियले वर्षौदेखि झेल्दै आएको खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । मतादाता भेटघाट कार्यक्रममा उनीहरुले नेकपा एमाले कुरा भन्दा काम गर्ने पाटी भएकोले स्थानियका समस्या समाधानमा आफ्नो पाटी सधैं लाग्ने विश्वास व्यक्त गरे । उनीहरुले कालिकामा गत वर्षमा भए गरेका कामहरुको अनुगमन समेत गरेका छन् भने अधुरा कामहरु आफूहरु निर्वाचित भएर आएपछि पूरा गर्ने वाचा गरेका छन् । यसका लागि मतदाताले सूर्य चिन्हमा मत दिनुहुन आग्रह समेत गरेका छन् । आउँदा वर्षमा वडाका समस्या समाधानमा लाग्न एमाले नेता कार्यकतालाई वडावासीले अनुरोध गरेका छन् । भने जनताको दुख सुखको साथी एमाले उम्मेदवारलाई आफुहरुले मत दिने बताएका छन् ।
काठमाडौँ । काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनका लागि १६ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दिनुभएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा १६ स्वतन्त्र र १३ राजनीतिक दलको सहभागिता रहेको छ । यस्तै सोही क्षेत्रको प्रदेशसभा (क)मा चार स्वतन्त्रसहित १२ र प्रदेशसभा (ख)मा तीन स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएको काठमाडौँ क्षेत्र नं ७ का प्रमुख निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो । कुल ६१ हजार दुई सय ९१ मतदाता रहेको उक्त क्षेत्रमा प्रमुख राजनीतिक दलका नेताबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको १, २ र ३ वडाका साथै तारकेश्वर नगरपालिकाको ३, ४ र ५ वडा उक्त क्षेत्रमा रहेको छ । को को छन् उम्मेदवार रु तेह्र राजनीतिक दल र १६ स्वतन्त्रसहित २९ उम्मेदवारले भाग लिएको उक्त क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई र नेकपा (एमाले)को तर्फबाट श्यामकुमार घिमिरे उम्मेदवार हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट धुव्रविक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, हाम्रो नेपाल पार्टीका प्रवेन्द्र पोखरेल, नेपालका लागि नेपाली पार्टीका राम नेपाली, नेपाल मजदुर किसान पार्टीका किरण महर्जन, नेपाली कांग्रेस (विपी)का कमलाकुमारी शर्मा भुसाल, नेपाल आमा पार्टीका कृष्णप्रसाद दबाडी, राप्रपा नेपालका कुमार श्रेष्ठ, जनसमाजवादी पार्टी नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ, जनसमाजवादी पार्टीका शैलेशराज श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवारका रूपमा रामवीर मानन्धर, यादवलाल कायस्थ, प्रशन्नकुमार अवाले, किरण केसी, रवीन्द्रकुमार श्रेष्ठ, ईश्वर अर्याल, प्रकाश कुँवर, भरत तामाङ, लक्ष्मणप्रसाद गजुरेल, लोकप्रसाद सिंखडा, रोजिना अवाले, राजकुमार कोइराला, मन्जुमाया तामाङ, सुजनरत्न बज्राचार्य, हेमबहादुर ढुङ्गेल र जानुका पौडेलले उम्मेदवारी दिनुभएको छ । प्रदेशसभा (क)मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट वसन्तप्रसाद मानन्धर र एमालेको तर्फबाट जीवन मानन्धरले उम्मेदवारी दिनुभएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट जगदीशमान राजभण्डारी, नेपाल मजदुर किसान पार्टीबाट धर्मसेन महर्जन, राप्रपाबाट रोजिन गुरुङ, हाम्रो नेपाल पार्टीबाट रवीन्द्र मोइन श्रेष्ठ, राप्रपा नेपालबाट रत्नाकुमारी श्रेष्ठ प्रधान र जनसमाजवादी पार्टी नेपालबाट बाबुराजा प्रजापतिले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रदेशसभा ९क०मा स्वतन्त्र उम्मेदवार प्रधुमान महर्जन, सर्वज्ञ बज्राचार्य, गोपालप्रसाद माली र रवीन्द्र महर्जनले उम्मेदवारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । काठमाडौँ क्षेत्र नं ७ को प्रदेशसभा (ख)मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सविन तामाङ र एमालेको तर्फबाट प्रकाश श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । यस्तै राप्रपाबाट लालकुमार लामा, नेपाल मजदुर किसान पार्टीबाट इन्द्रकुमार बज्राचार्य, राप्रपा नेपालबाट राजन महर्जन, जनसमाजवादी पार्टी नेपालबाट शङ्करदेव लामाले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रदेशसभा (ख)मा शिवकुमार तामाङ, दिनेश लामा र साजन केसीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । के भन्छन् उम्मेदवारहरू ? अब पालो नयाँ पुस्ताको भन्ने मूल अभियानका साथ वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्नुभएकी भट्टराई काठमाडौँभित्रको संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको बताउनुहुन्छ । “सहरी क्षेत्रमा संस्कृति तथा सम्पदाको संरक्षण, बस्ती क्षेत्रमा खानेपानी, ढल र विद्युत्को समस्या समाधान र काठ क्षेत्रमा कृषि र घरेलु उद्योगको विकास गर्नु मेरो प्रमुख योजना हो”, उहाँ भन्नुहुन्छ । एमालेका उम्मेदवार घिमिरे काठमाडौँभित्रको संस्कृति, सम्पदा, संस्कार र परम्परा जगेर्ना आफ्नो मुख्य प्राथमिकता भएको बताउनुहुन्छ । “नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जोड दिने मेरो प्रमुख एजेन्डा हो”, उहाँ भन्नुहुन्छ । नगर क्षेत्रमा कौशीखेतीलाई प्राथमिकता दिने उहाँको भनाइ छ । सोही क्षेत्रका निवर्तमान सांसद एवं स्वतन्त्र उम्मेदवार रामवीर मानन्धर काठमाडौँ क्षेत्र नं ७ को विकासलाई पूरा गर्नका लागि आफू पुनः उम्मेदवार बनेको बताउनुहुन्छ । “म विसं २०४९ देखि यस क्षेत्रको स्थानीय जनप्रतिनिधि हुँ, यस क्षेत्रको सबै समस्या मैले बुझेको छु, विकासका अधुरा कामलाई पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ”, उहाँ भन्नुहुन्छ । उक्त क्षेत्रमा क्षेत्रपाटी, ठमेल, बालाजु, नयाँबजार, सोह्रखुट्टे, म्हैपी, टौडोल, माछापोखरी, वनस्थली, ढल्को, धोबीचौर, ठैँटी, नरदेवी, भुरुञ्खेल, ढोकाटोल, मच्छिन्द्रटोल, न्ह्यौखा, तीनपिप्ले, पुरानो गुह्येश्वरी, भैरवथान, गोलढुङ्गा, रानीवन, ठूलो भ¥याङ, इचङ्गु, गैरीगाउँलगायतका क्षेत्र पर्दछन् ।
पोखरा : आगामी मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागि एमाले उम्मेदवार मनबहादुर गुरूङले एमाले दुःखी, किसान तथा मजदुरको पाटी भएको बताएका छन् । उनले एमालेले बहुमत ल्याएमा विकासको लहर आउने स्पष्ट पारे । पोखरा २८ का मतदातासँग उम्मेदवार परिचयात्मक कार्यक्रममा गुरुङले यसअघि प्रदेश सांसद हुदा आफुले आम नागरिकको पक्षमा काम गरेको बताउँदै यस पटकको निर्वाचनमा पनि एमालेलाई बहुमतले जिताउन मतदातासँग आग्रह गरेका छन् । कार्यक्रममा क्षेत्र नम्वर १ (ख) का प्रदेश तर्फका एमाले उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले एमालेले जितेमा सन्तुलित ढगंले विकास हुने विश्वास दिलाए । यदि गठबन्धनको विजय भएमा फेरि मंहगी बढ्दै जाने उनको भनाई छ । गण्डकी प्रदेशका लागि समानुपातिक उम्मेदवार नन्दकली परियारले आफ्नो उम्मेदवारी सम्पूर्ण महिलाको नेतृत्वको उम्मेदवारी भएको बताउँदै एमाले उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन आग्रह गरिन् । कार्यक्रम नेपाल कम्युनिष्ट पाटी एमाले पोखरा महागरपालिका वडा नम्बर २८ को अध्यक्ष रामकृष्ण तिवारीको अध्यक्षतामा भएको थियो ।
पोखरा : गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं ४ र ८ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । विहिबार एक कार्यक्रमका बीच पोखरा ४ रामकृष्ण टोल र पोखरा ८ को सिर्जनाचोकमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्न गठबन्धन प्रतिबद्ध रहेको बताए । कास्की २ का जनताको मनोभावनालाई आफुले बुझेको र त्यसलाई पुरा गर्ने जिम्मेबारीका साथ चुनावी मैदानमा उत्रिएको अभिव्यक्ति उनको थियो । ‘तपाईका हरेक समस्याका विषयमा म जानकार छु । जसलाई समाधान गर्ने दायित्वका साथ निर्वाचनमा होमिएको छु । आशा छ कास्की २ का जनताले विश्वास गर्नुहुनेछ ।’,उनले भने । गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले २०७४ सालको निर्वाचनमा जस्तै मतदाताको माया यसपाली पनि मिल्ने बताए । उनले पहिलो कार्यकालमा पुरा गर्न नसकेका योजनाहरुलाई पुरा गर्ने ध्येयका साथ निर्वाचनमा होमिएको उल्लेख गरे । ‘प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएका छन् । अब विकास र समृद्धिसँग सम्बन्धित कार्य गर्न बाँकी छ । शिक्षा,स्वास्थ्य, रोजगारीका क्षेत्रमा अथाह सम्भावना छन् । यहाँका उद्यमी व्यवसायीहरुले भोगेका समस्यालाई निर्मुल पार्न सकिन्छ । जनताका सबै खाले समस्यालाई समाधान गर्ने गरी यसपटक फेरि कास्की २(ख) बाट प्रदेश सभा सदस्यका रुपमा आफ्नो उम्मेदवारी दिएको छु । आशा छ यसपटक पनि सबैको माया पाउनेछु ।’, उनले भने । कार्यक्रम पोखरा ४ मा नेपाली काँगे्रसका इकाई सभापति गोविन्द पराजुलीको सभापतित्वमा भएको थियो भने पोखरा ८ मा इकाई सभापति रमेश बरालको सभापतित्वमा भएको थियो । पोखरा ४ को कार्यक्रमलाई सचिव बिग्नेश थापाले संचालन गरेका थिए । पोखरा ४ मा कार्यालय स्थापना पश्चात उम्मेदवारहरुले मतदाताहरुसँग भेटघाट समेत गरेका छन् । पोखरा ८ मा नेपाली कांग्रेसका नेता महासमिति सदस्य सोभियत बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सभापति एवम् निर्वाचन परिचालन समिति सभापति केशर निर्दोशी,नेकपा एकीकृत समाजवादीका नेता पूर्ण लामा, नेकपा माओवादी पोखरा कमिटीका हरिनारायण विज्ञान, नेकपा एकीकृत समाजवादीकी रत्न कुमारी गुरुङ सहित गठबन्धन सम्बद्ध दलका नेताहरुले बोलेका थिए ।
पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्वर ३ मा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको सम्पर्क कार्यालयको बुधवार उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन गर्दै नेकपा एमालेका पोलिव्युरो सदस्य एवं पुर्व खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको सिङ्गो राष्ट्र निर्माण र विकासको अभियानमा लाग्ने पाटी एमाले भएकोले मङसिर ४ गते हुने निर्वाचनमा सुर्य ध्वजावाहाक उम्मेदवारहरूलाई जिताउनुपर्ने जोड दिएका छन् । उनले सडकमा बाजा गाजासहित नारा जुलुस लगाएर मात्र हैन मतदाताका घरआँगनमा पुगि पाटीले गरेका विकास निर्माणका कामको बारेमा जानकारी गराउँदै पाटीका भावी एजेन्डा बोकेर मत माग्नु पर्ने बताएका छन् । कार्यक्रममा नेकपा एमाले पालिटब्यूरो सदस्य सीता गिरी ओलीले जनताका घरघरमा पुगेर समस्या समाधानतर्पm लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिईन् । कायृक्रममा पार्टीको केन्द्रिय सदस्य समेत रहेका कास्की इन्चार्ज कृष्ण थापा, कास्की ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दामोदर पौडेल बैरागी, कास्की निर्वाचन क्षेत्र न ३ (क) प्रत्यासी उम्मेदवार गणेशमान गुरूङ, त्यसै गरी ३ (ख) का प्रत्यासी उम्मेदवार राजिव पहारी लगायतले बोलेका थिए ।