दार्चुला : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताउनुभएको छ । आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाउनुभयो । “कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।” उहाँले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाउनुभयो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उहाँको भनाइ थियो । “अहिले धेरै किसिमका अफवाह पmैलाउने काम भइरहेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ ।” उहाँले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताउनुभयो । गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याइने भन्दै देउवाले दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने धारणा राख्नुभयो । “दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ”, उहाँले भन्नुभयो, “दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ ।” मेरै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री : अध्यक्ष दाहाल सोही चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताउनुभयो । उहाँले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गर्नुभयो । पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो । भूमि फिर्ताका विषयमा उहाँले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । “चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्”, उहाँले भन्नुभयो, “प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ ।” सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू हुनुहुन्छ । उहाँसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहनुभएको छ ।
पोखरा : पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीय सरकारसँग सहकार्य गरेर नमुना पोखरा बनाउने बताएका छन् । पोखरा–१० मा बुधबार भएको घरदैलोमा उहाँले मतदातामाझ पोखरालाई अझ स्तरीय बनाउने भिजन रहेको सुनाए । ‘यहाँको विकास गर्न भनेर नै मेरो उम्मेदवारी हो । एक पटक जिताएर पठाउनुहोस् । पोखरा साँच्चिकै पोखरा जस्तो बनाउनेछु,’ उनले भने, ‘योजना बनाउन सजिलो हुन्छ तपाईको साथ पाए भने कार्यान्वयन पनि तत्काल हुनेछ ।’ उनले समुन्नत नेपाल र सम्मानित नेपाली भन्ने मुल अवधारण सहित चुनावी मैदानमा उत्रेको सुनाए । ‘म उम्मेदवार बन्दै गर्दा प्रदेशले लिएका समृद्धिका आधार, पर्यटन, कृषि, उर्जा, उद्यमशीलता र पूर्वाधारलाई आत्मसाथ गर्ने प्रतिबद्धता गर्दछ,’ उनले भने, ‘समुन्नत प्रदेशको लागि सरकराले लिने नीति, योजना, रणनीतिक योजनलाई समर्थन गर्दै आफ्नो भूमिकामा खरो उत्रिने प्रण गर्दछु ।’ उनले निर्वाचनले प्रदेश संरचनाप्रति नागरिकको आकर्षण बढाउने र जनतलाई व्यवस्थाप्रति उत्साहपूर्ण आशाको सन्देश दिने विश्वास लिएको बताए । देशलाई काँध थाप्न सक्ने नेपालको मुल पार्टी नेपाली काँग्रेस र काँगे्रस सहितको गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले पोखरा –१० का मतदातासँग आग्रह गरे । उनले स्वास्थ्यको क्षेत्रमा बिमा कार्यक्रम अन्र्तगत सबै नागरिकको पहुँचसम्म पु¥याउन सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गरेर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । ‘स्वास्थ्य क्षेत्रको स्तरबृद्धि गर्नेछु ,’ उनले भने, ‘अस्पतालहरुमा दक्ष चिकित्सकको व्यवस्था गरिनेछ । उपकरण सहितको स्वास्थ्य सेवा वडाबाटै उपलब्ध गराउन पहल गर्नेछु ।’ गुरुङले सिँचाई कार्यक्रम योजनालाई पनि अघि सारेको सुनाए । ‘घरमा प्रयोग गरि खेरजाने पानीबाट करेसाबारी सिँचाई गर्न सकिने खालका कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘वर्षातको पानी संकलन गरि सदुपयोग गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।’
पोखरा : ५ वर्षको कार्यकालभरी राज्यले दिएका सबै सेवा सुविधा र तलव भत्ता नागरिकको नाममा गरे । दुख विमारमा परेकाहरुलाई सकेको सहयोग गरे । उनलाई छैन, आर्थिक लोभ । छैन, भ्रष्टाचारको छनक । मात्र जनतालाई दिनका लागि जनप्रतिनिधि बनेका छन्, विन्दुकुमार थापा । २०७४ मा निर्वाचित भएपछि थापाले वर्षेनी १५ लाख हाराहारी सेवा सुविधा र तलव भत्ताको रकम जनतालाई दिए । आगामी कार्यकालको चुनावी संघारमा रहेका उनले, चुनाव जितेपछि पुनः सेवा सुविधा जनताकै लागि खर्चिने घोषणा गरेका छन् । ‘अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेश सभा सदस्यको रुपमा मलाई प्राप्त हुने सम्पूर्ण तलब तथा सेवा सुविधाहरु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु,’ उनले भने, ‘सदाझैं सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता प्रमुख मन्त्र रहनेछ ।’ थापाले आफ्नो ५ वर्षे कार्यकालको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गण्डकी प्रदेशको उत्पादन र बजारीकरणमा जोड दिएका छन् । प्रदेशलाई समृद्ध बनाउन उर्जा, कृषि, उद्यमशिलता, पर्यटन र पुर्वाधारमा उनको फोकस छ । ‘कोरला नाकादेखि गण्डकी प्रदेशको नवलपुरबाट भारतको सीमासम्म जोडिने सडक प्रदेशको लाइफलाइन हो । यसलाई उच्च प्राथमिकतामा राखी चीन र भारत दुबै बिचको व्यापारिक सेतुका रुपमा पोखरालाई जोड्न पहल गर्नेछु,’ उनले भने, ‘गण्डकी प्रदेशलाई जलविद्युत उत्पादनको केन्द्र बनाउने योजनासहित यस क्षेत्रमा भएका जलप्रवाहलाई उच्चतम रुपमा सदुपयोग तथा सौर्य उर्जा र उपल्लो हिमाली भेगमा वायुऊर्जा उत्पादन गर्नका निमित्त आवश्यक नीति निर्माणमा जोड दिन पहल गर्नेछु ।’ थापाले प्रदेशको एकीकृत पर्यटन विकासका लागि ग्रेटर पोखराको अवधारणालाई अघि सारेका छन् । उनले त्रिवेणीदेखि मुक्तिनाथ, कालिगण्डकीदेखि बुढीगण्डकी र यस बीचमा पर्ने सबै धार्मिक तथा ऐतिहासिक गन्तब्यहरुको प्रबद्र्धन गर्ने योजना सुनाए । उनले गण्डकीमा बाह्य लगानी भित्र्याउन र निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न आवश्यक पर्ने अनुकुल कानुन निर्माण र लगानीको सुरक्षामा विशेष जोड दिने बताए ।
ढोरपाटन : बागलुङको निसीखोला–२ का वीरबहादुर विकले गाउँमा खानेपानी आउने आश्वासन पाएको ३०औँ वर्ष भयो । ३० वर्षको अवधिमा धेरै सरकार फेरिए । यस क्षेत्रले धेरै सांसद पायो । कति त मन्त्रीसमेत भएँ । तर, उहाँले घरमा खानेपानीको जोहो गर्न दैनिक चार घण्टा खर्चिनुपर्छ । गाउँका सयौँ जनता सहज र स्वच्छ खानेपानी उपभोग गर्नबाट बञ्चित छन् । मङ्सिर ४ को निर्वाचनका लागि अहिले पनि नेता घर–घरमा पुगेर पुरानै आश्वासन दोहो¥याइरहेका छन् । विकसहित गाउँलेले यसपाली पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिने योजनामा छन् । “गाउँ नजिक खानेपानीको मुहान नहुँदा हामीहरुले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छ, विक भन्नुहुन्छैँ”, विक भन्नुहुन्छ, “अहिलेसम्म हाम्रो क्षेत्रबाट धेरैलाई नेता बनाइयो, हामीहरु एकजुट भएर पानी ल्याइ दिने प्रतिबद्धता गराएर मात्रै भोट दिन्छौँ ।” निसीखोला गाउँपालिका–२ को अर्नाकोट र सिँडेरीका दुई सय २० भन्दा बढी घरधुरीका सयौँ नागरिक अहिले सहज र स्वच्छ खानेपानीबाट बञ्चित छन् । वर्षातको समयमा घ्याम्पोमा सङ्कलन भएको पानी करिब डेढमहिना पु¥याउनुपर्ने बाध्यता आफूहरुलाई रहेको स्थानीयवासी छलिबिरा विकले बताउनुभयो । उहाँले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकारनै मच्चिने बताउनुहुन्छ । “चुनाव आयो की नेता पानी बाँड्न आउँछन्, उनीहरुले पानी ल्याइदिन्छौँ भन्न लागेको दशकौँ भयो”, उहाँले भन्नुभयो, “बिहान उठेदेखि पानी बोक्न सुरु गरेको राति नसुतुञ्जेल पानी बोक्नुपर्छ ।” उहाँले घण्टौँ हिडेर पानी बोकेर ल्याउनुपर्दा बालबालिकालाई समयमा विद्यालय पठाउन नसक्दा छोराछोरीको पढाइसमेत विग्रिने गरेको गुनासो गर्नुभयो । खानेपानीको धारा र विद्यालय टाढा हुँदा गाउँका धेरै बालबालिका पढ्दापढ्दै छोड्ने गरेको विकको भनाइ छ । अर्नाकोट र सिँडेरी गाउँका सयौँ नागरिकमाथि नेताहरुले भ्रम छर्ने मात्रै गरेको उहाँ बताउनुहुन्छ । “भोट माग्न आउँदा एक घर एक धारा बनाउँछौँ, चुनाव जितेर गए पछि कहिलै समस्या राख्न पाइँदैन, एक पटक पनि फर्किएर गाउँमा आउँदैनन्, चुनाव आयो भने नमस्कार गर्दै आश्वासन देखाउन आउँछन्,” उहाँले भन्नुभयो,“नमस्कार र आश्वासनले हाम्रो तिर्खा मेटिदैन ।” अर्नाकोटका अधिकांश स्थानीयवासी पानी बोक्नको लागि ढोरपाटन नगरपालिका–५ को बसुन्धरा, बाँसखोला र बराहथान जानुपर्छ । लामो समयदेखि खानेपानीको माग गरे पनि काकाकुल अर्नाकोटवासीको चित्कार कसैले नसुनेको स्थानीयवासी झमबहादुर कुँवरले बताउनुभयो । उहाँले गाउँको समस्याको बारेमा सरोकारवाला निकाय सबै ठाउँमा हारगुहार गरे पनि खानेपानी समस्याको समाधान गर्न नसकेको बताउनुभयो । “गाउँको समस्या लिएर धेरै ठाउँमा माग राखियो, जताततैबाट आश्वासन मात्रै आयो तर पानी अहिलेसम्म आएन, अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान वरपर छैन”, उहाँले भन्नुभयो, “सानोतिनो भएका मुहान पनि सक्दै गए, पानीको स्रोत छैन ।” स्थानीय दीपक विकले खानेपानीको समस्याले गर्दा गाउँका अधिकांस हुनेखाने बसाइँसराइ गरिरहेको बताउनुभयो । उहाँले अर्नाकोटवासीको मुख्य समस्या खानेपानी भएको भन्दै नेताहरुले उनीहरुको पीडा नबुझ्ने तर चुनावमा तिनै स्थानीयवासीको मतको महत्व बुझ्ने गरेको बताउनुहुन्छ । यो ठाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । तर, खानेपानी र यातायातको सहज उपलब्धता नहुँदा ओझेलमा परिरहेको छ ।
पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले मुस्लिमका अधिकार पाँचदलीय गठबन्धनमा आबद्ध पार्टीहरुले मात्र सुनिश्चित गर्न सक्ने दाबी गर्नुभएको छ । मङ्सिर ४ गतेको निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सतारलले मुस्लिम समूदाय समक्ष आफ्नो अधिकार स्थापित गर्नका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । नेपालको संविधानले मुलुकभर छरिएका समूदाय, आदिवासी, जनजाति, मुस्लिम, दलित, अल्पसङ्ख्यक र पिछडिएको वर्गको अधिकार सुनिश्चित गरेको भए पनि अघिल्लो सरकारले मुस्लिमहरुले पाउँदै आएको राष्ट्रिय विदासमेत कटौती गरेको प्रति उहाँले आपत्ति प्रकट गर्नुभयो । अघिल्लो सरकारले संविधानमाथि नै प्रहार गरी निरङ्कुश अधिनायकवाद र स्वेच्छाचारी ढङ्गले संविधान प्रदत्त अधिकार कटौती गरेकै कारण धार्मिक, सांस्कृतिक तथा संवैधानिक अधिकार सुनिश्चितताका लागि पाँचदलीय गठबन्धनको साथ आवश्यक उहाँको भनाइ छ । जनगणना–२०६८ अनुसार नेपालमा चार प्रतिशत मुस्लिम समूदाय रहेको भन्दै ण्राज्यका हरेक निकायमा मुस्लिमको समान प्रतिनिधित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेकपा (एकीकृत) समाजवादीका तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार जैनब खातुनले मुस्लिम समूदायलाई राज्यले सधैँ पछाडि पारेकै कारण अधिकार प्राप्त नभएसम्म सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो । मुस्लिमहरुको अधिकार प्राप्तिका लागि आफू सङ्घर्षरत रहेको र संसद्मा पुगेपछि पनि मुस्लिम अधिकारका बारेमा बुलन्द आवाज उठाउने उहाँको भनाइ छ । सो अवसरमा नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेशसभामा समानुपातिक उम्मेदवार रहनुभएकी जुविदा खातुनले मुस्लिम समूदायलाई राज्यका हरेक निकायमा पछाडि पारिएको दाबी गर्नुभयो ।
पोखरा । बजार नजिकै रहेको आर्बा आन्तरिक समस्याले गर्दा पिछडिएको छ । पोखरा महानगरपालिका–१३ मा पर्ने उक्त ठाउँ खानेपानी र कच्ची बाटोको समस्या देखिन्छ । कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार दिपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अबको पाँच वर्ष आर्वाको विकासको लागि मलाई जिम्मा दिनुहोस् । गुणस्तरीय शिक्षा, खानेपानी, पूर्वाधारमा विकास गर्नेछु,’ उनले भने, ‘म यहाँ तपाईसामु प्रतिबद्धता सुनाउन भन्दा पनि आर्शिवाद लिन आएको हुँ । झुटो आश्वासन दिन्न । जिताउनुहोस् धोका पनि दिन्न ।’ मंसिर ४ को निर्वाचन पछि आर्वाको मुहार फेरिने उनले सुनाए । ‘यहाँको बुथबाट एमाले छैन भन्ने अनुभुति दिलाइदिनुहोला । त्यसपछि समस्या समाधान र विकास तर्फ लाग्नेछु,’ उनले भने, ‘आर्बाको समस्या मलाई प्रस्टसँग थाहा छ । मलाई मत दिएर उदाहरणीय काम गर्न दिनुहुनेछ भन्ने विश्वास लिएको छुँ ।’ उनले खानेपानीको समस्यालाई स्थानीय सरकारसँग समन्वय गरेर निकास दिने बताए । पाँच दलका साझा उम्मेदवार गुरुङले आर्वावासीको आधारभूत आवश्यकता पूरा गर्न सधै अग्रसर भएर लाग्ने घोषणा गरे । ‘निर्वाचन लगत्तै यहाँका वासिन्दाहरुलाई सेतो लालपूर्जा वितरण गरिनेछ । सबै प्रक्रिया पूरा भइसकेको छ । निर्वाचनपछि यसलाई वितरण गरिनेछ,’ उनले भने, ‘पूर्जाको समस्यालाई समस्याको रुपमा नलिनुहोला । पूर्जा पाउनुहुनेछ, ढुक्क हुनुहोस् ।’ उनले देश विकास र संविधान जोगाउन सबै दल मिलेर आएको बताए । देशको ठूलो शक्ति गठबन्धन रहेको हुँदा संविधान रक्षा र समुन्नतको बाटोमा देशलाई लैजाने बताए ।
कास्की: नेकपा एमालेबाट कास्की क्षेत्र नम्बर १ मा प्रदेश सभा (क)बाट उम्मेदवार रहेका खगराज अधिकारीले चुनावी बहसका दौरान सोधिएका प्रश्नहरुको सामना गर्ने क्रममा गृहमन्त्रीकालबारे चर्चा गरेका छन् । कार्यक्रम प्रस्तोताले ‘एमालेको घोषणापत्र हो कि घुसपत्र हो ?’ भनि सोधेको प्रश्नमा अधिकारीले चुनौती दिँदै भने ‘पिए नराख्ने र सुराकीवापत दैनिक ५० हजार रुपैयाँ पनि नलिने एउटा गृहमन्त्री देखाउनुहोस्, म आजैदेखि राजनीतिबाट सन्यास लिन्छु ।’ जवाफकै सिलसिलमा उनले पदमा रहँदा हालसम्म पजेरो सुविधा नलिएको र उपचारका नाममा राज्यबाट एक ट्याब्लेट सिटामोलसम्म नलिएको भन्दै घुसपत्र भनेर कटाक्ष नगर्न आग्रह गरे । ‘म भ्रष्टाचारसँग साइनो नराख्ने मान्छे हुँ’ अधिकारीको भनाई छ । सोहीक्रममा अधिकारीले एमालेले घोषणापत्रमा उल्लेख भएका विषयवस्तु पुरा गर्ने जनाए । ‘हामीले समेटेका विषयवस्तु पुरा गर्न भनेरै लेखेको हौं’ अधिकारीले भने ‘घोषणापत्र कार्यान्वयन गरेनौं भने भोली तपाइका सामु भोली आइहाल्नु पर्छ ।’ त्यसैले घोषणपत्र लेख्दा १० पटक सोचिएको उनले दाबी गरे । हिमालय टेलिभिजनले पोखरामा आयोजना गरेको चुनावी बहसमा पार्टीकातर्फबाट सहभागी अधिकारीले प्रस्तोताको प्रश्नलाई सम्बोधन गर्ने क्रममा भने, ‘गण्डकी प्रदेशलाई पर्यटन, शिक्षा र स्वास्थ्यको हब बनाउँने योजना रहेको छ । र, हामी हाम्रा योजना पुरा गर्छाै ।’ बहसमा अधिकारीले पार्टीले तय गरेको एजेण्डाअनुसार गण्डकी प्रदेशलाई ‘सुखी प्रदेश, समृद्ध प्रदेश’तर्फ डो¥याउने उल्लेख गरे । लक्ष्यप्राप्तिका लागि आफु स्वास्थ्यमन्त्री रहँदा सुरु गरेको स्वास्थ्य बीमाको उदाहरण दिँदै अधिकारीले कुरामा नभई काममा विश्वास गर्ने जनाए । त्यस्तै, एमालेका कार्यकताले भ्रष्टाचार गरेको, घुस खाएको आरोपमाथि प्रतिवाद गर्दै अधिकारीले गठबन्धनकै सरकार भएकाले छानबीनसहित प्रमाणित गरी कारवाही गर्न चुनौति दिए । ‘गोकुल बाँस्कोटाले भ्रष्टाचार गरेको हो भने प्रमाणित गर्नुहोस्, कारवाही गर्नुहोस्’ उनले भने ‘तर हचुवाकाभरमा नेता र पार्टीमाथि आरोप नलगाउनुहोस् ।’ साथै, अधिकारीले सहभागीद्वारा संसद विघटन, निर्मला हत्याकाण्ड, गभर्नर महाप्रसाद अधिकारीसँग सम्बन्धित सोधिएको जवाफ दिएका थिए । प्रदेशसभामा अधिकारीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दिपक कोइराला रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, कास्कीले क्षेत्र नम्बर १ अन्तरगत मादी गाउँपालिकामा चुनावी अभियानलाई तीब्रता दिएको छ । अभियानकाक्रममा पार्टीका उम्मेदवार र कार्यकर्ताले स्थानीयसमक्ष चुनाव चिन्ह ‘घन्टी’मा मतदान गर्न आग्रह गरे । रबि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की क्षेत्र नं १ बाट प्रतिनिधि सभातर्फका प्रत्यक्ष उमेदवार राजु राईको टोली मादीकोे ताङतिङसम्म पुगेको छ । पुराना दलले बिकासको काममा अग्रसरता नदेखाएको र समाजमा भ्रष्टाचार मौलाएको र त्यसलाई रोक्न अब रास्वपाको बिकल्प नरहेको भन्दै उमेदवार राईले मतदातासँग मत मागेका छन् । स्थानीय ठाउँको बिकासमा अब रास्वपाको बिकल्प नरहेको भन्दै उनले मतदातालाई घण्टी चुनाव चिन्हमा मत मागेका थिए । उनीसँगै समानुपातिकतर्फका उम्मेदवार शिव नेपालीले पनि बिकासका लागी रास्वपा नै रोज्न जनतालाई आग्रह गरेका छन् । जनता पुराना पार्टिको रबैया र गलत प्रबृत्तिबिरुद्ध उठ्नुपर्ने भन्दै कास्कीमा रास्वपाले चुनावी अभियानलाई तिब्रता दिएको छ । ताङतिङ पुगेका उम्मेदवार राई र उनको टोलीले जनता आफुहरुसँग उत्साहित रहेको र घण्टी चिन्हमा मतदान गर्ने बाचा गरेको समानुपातिक उम्मेदवार शिव नेपालीले जानकारी दिएको छन । नेपालीले आफुहरु मादी गाउँपालिकाका सबै वडाहरु पुग्ने बताए ।
पोखरा। वि.स.२०२६ साल वैशाख २ गते स्याङ्जाको टक्सारमा जन्मिएर हाल पोखरा महानगरपालिकाका वडा नम्वर ३३ भरतपोखरीका स्थायी बासिन्दा रहेका भिम बहादुर कार्की आन्दोलनको राप र तापले खारिएका नेता हुन् । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा कास्कीको क्षेत्र नम्वर २(१) बाट गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार कार्की २०३७ साल अर्थात ११ वर्षको कलिलो उमेरमा नै निर्दलीय पञ्चायती व्यवस्थाको कु्रर दमनका विरुद्ध अनेरास्ववियु पाँचौको सदस्यता लिएर विद्यार्थी आन्दोलन मार्फत न्याय र समानताको पक्षमा आवाज बुलन्द पार्दै संघर्षको मैदानमा होमिएका व्यक्ति हुन् । कार्की १४ वर्षे कलिलो उमेर अर्थात वि .स.२०४० सालमा पहिलो पटक गिरफ्तार परेका थिए । जनताको मुक्तिको खातिर सतिसाल झै उभिएको त्यो बालापन न त कुनै गिरफ्तारी धरपकडले अत्तालियो न त कुनै क्रुर निर्मम यातनाले नै विचलित भयो । पञ्चायत विरोधीहरूलाई क्रुर यातना दिने तत्कालिन शासकको प्रताडनाले कार्कीको हुर्कदो मस्तिष्कमा उव्जेको आन्दोलनको ज्वारभाटा रोकिएन । २०४२ सालको आन्दोलन,२०४५ सालको नाकाबन्दी विरोधी आन्दोलन, २०४६ र २०६२–६३ को आन्दोलनमा पटक पटक गिरफ्तारी र जेल जीवन बिताउदा आगो खाएर अगार ओकल्न सक्ने,यातना र संघर्स सजिलै पचाउन सक्ने, क्षमताले एक परिपक्व र आदर्श नेताको रूपमा चिनिन्छन् भिम कार्की । विद्यार्र्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियुका विद्यालय र क्याम्पसका विभिन्न कमिटीमा रहेर नेपालको विद्यार्र्थी आन्दोलनका सशक्त अगुवाको रूपमा अघि बढेका भिम कार्की वि.स.२०४७ मा पार्टीको स्याङ्जा जिल्ला कमिटी सदस्य र कार्यालय सचिबको जिम्मेवारी कुशलतापूर्बक निर्वाह गरे । जीवनमा जनताको मुक्तीगामी आन्दोलनको कुशल सिपाही र कुशल संगठन क्षमताका धनी भिम कार्कीको वैचारिक र साङ्गठनिक कार्यक्षमताकै कारण पार्टीले उनँलाई तत्कालिन गण्डकी अञ्चलका विभिन्न जिल्लामा संगठन निर्माणमा खटायो । पार्टीको आग्रहलाई शिरमा राखेर एक इमान्दार सिपाही भएर २०४८ सालमा गोर्खा जिल्लामा पुगि पार्टीको कामलाई व्यवस्थित बनाउन तल्लिन भए उनी । पार्टीको आदेश शिरोपर गर्ने एक कर्मठ इमान्दार संगठक कार्की फेरि वि.स. २०५२ देखि २०६२ सम्म १९ वर्ष मनाङको सचिवको जिम्मेवारी सहित जनता जगाउन तल्किन भए । कतै हिउँका डल्ला, कतै जाडो, कतै पहाड, के अनुकुल, के प्रतिकुल सबै परिस्थितिको सामना गर्दै निरन्तर नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने कार्की २०५२ सालमा राष्ट्रिय प्रतिनिधि परिषदको सदस्यमा निर्वाचित भए । त्यसपछि निरन्तर २०७० सालसम्म राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएका उनी २०५८ सालमा गण्डकी अञ्चलको कार्यालय सचिव हुँदै २०६६ देखि २०७४ सम्म पार्टीको केन्द्रीय स्कुल विभागको सदस्य भए । पार्टीका वैचारिक प्रशिक्षणहरूमा कुशल प्रशिक्षक उनको परिचय त हो नै कुशल बौद्धिक नेतृत्व उनको अर्को परिचय हो । २०७५ सालमा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा बनेको तत्कालीन नेकपाको केन्द्रीय सदस्यको भुमिका प्रभावकारी ढंगले निर्वाह गरेका कार्की एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए लगत्तै कास्की इन्चार्ज भएर कार्यमा तल्लिन भए ।हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसहित केन्द्रीय भुमि व्यवस्था विभागको उप–प्रमुखको रूपमा समेत क्रियाशिल छन् । निरन्तर ४० वर्ष पार्टी आन्दोलन मै जीवन समर्पित गरेका कार्कीले पटक–पटक पार्टी सरकारमा जादा न कुनै सांसद मन्त्रीको चाहना राखे न त कुनै कुनै राजकीय नियुक्तिको चाहना नै, चुपचाप पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने कामयावी गुणका कारण नै उनलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारद्वारा गठित भुमी सम्वन्धी समस्या समाधान आयोगको प्रवक्ता सहित केन्द्रिय सदस्यको जिम्मेवारी काँधमा आइपुग्यो । जस्तोसुकै कठिन कामलाई पनि अवसरको रूपमा सदुपयोग गर्न सिपालु कार्की जीवनकालमा पहिलो पटक प्राप्त राजकीय यो भुमिकालाई झन् नयाँ ढंगबाट सम्पादन गर्न रत्तिभर पनि चुकेनन् । ‘समृद्ध नेपाल – सुखी नेपाली’ नै अवको आफ्नो अन्तिम लक्ष्य भएको बताउने कार्की भुमी आयोगमा रहदा कहिले नीति नियम बनाउन तल्लिन भए भने कहिले पूर्वदेखि पश्चिमका अधिकांश जिल्लामा भुमीहिन र अव्यवस्थितहरूको पहिचान र उनीहरूको हक अधिकारको वकालत गर्न चुकेनन् । सबै कामहरू सम्पन्न हुने क्रममै रहेका बेला देशमा सरकार फेरिए लगत्तै उनको आयोग पनि विगठन भएसँगै कतिपय काम असरल्ल परे । केपी ओली सरकारका अधुरा बग्रेल्ती काम पूरा गर्नु त छदैछ त्यसका अलावा केही व्यवस्थित योजना सहित पार्र्टीकै आदेश अनुसार आफू समृद्ध गण्डकी अनि समृद्ध नेपाल निर्माण गर्ने एक मात्र स्वार्थ सहित प्रदेश सभा सदस्य पदको उम्मेदवार बनेको बताउने भिम कार्की एक सादगी,त्यागि र इमान्दार नेताको रूपमा चिनिन्छन् । चाहे विकासका योजना बनाउदा होस या कैयौं बौद्धिक बहसहरूमा होस आफ्नो प्रभावशाली छवि बनाउन प्रयत्नशील रहने कार्की अबको निर्वाचन मार्फत जनताको मन र मतबाट अनुमोदित हुनेमा ढुक्क छन् ।