काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

  काठमाडौँ:  आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले यसपटक पनि  मतदाता समक्ष मत माग्ने क्रममा कानुन बनाउने मूल जिम्मेवारीभन्दा विकास निर्माणकै एजेण्डा प्रस्तुत गरेको पाइएको छ ।  प्रतिनिधिसभा होस् वा प्रदेशसभा सदस्यमा चुनिने जनप्रतिनिधिको मुख्य कार्यभार कानून बनाउने रहेता पनि मतदाता समक्ष राजनीतिक दल र उम्मेदवारले विगतकै शैलीमा पूर्वाधार विकास, स्वास्थ्य र शिक्षाका एजेण्डा देखाएर भोट मागिरहेका छन् । संविधानसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री, मुख्यमन्त्री, पालिका प्रमुखमा चुनाव लड्नेले यस्तो विकास निर्माण गर्छु भन्ने बाहेक अरु बाँकी जति सबैले विकास निर्माण गर्छु भनेर कुरा गर्नु भनेको मतदातालाई शुरुमै अलमल्याउने भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मतदान गर्दा उम्मेदवारहरुले उठाउने विषयमा मतदाता सचेत हुनुपर्छ, विधायकको निर्वाचन भएकाले कृषि, उद्योग, श्रम, वातावरण र वनलगायतका विषयमा कानुन कस्तो बनाउने भनेर जनता समक्ष प्रतिबद्धता व्यक्त गर्नुपर्ने थियो ।” राजनीतिक दल र उम्मेदवारले संविधानका केही प्रावधानबारेमा उठेका प्रश्नलाई सम्बोधन गर्न ती प्रावधान सशोधन गर्न पहल र प्रयास गर्छु भन्नुपर्नेमा सोझा जनतालाई विकास निर्माण गर्ने आश्वासनका पुलिन्दा बाड्नुलाई विज्ञहरुले सही कर्म नभएको भनी आलोचना गर्नुभएको छ । राजनीतिक दलले आफ्नो पक्षमा मतदातालाई आकर्षण गराउन राजनीतिक स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थाका मुद्दालाई पनि दोहर्याइरहेको पाइएको छ । मुलुकमा भएको अघिल्लो चुनावमा प्राप्त मतका आधारमा ठूला मानिएका राजनीतिक दल मात्र नभएर भरखर पहिलो पटक निर्वाचनमा भाग लिएका नवप्रवेशी दलबाट पनि यस्ता आश्वासन दिएको देखिएको छ । चुनाव चिह्न ‘चुरा भएको हातको नमस्कार’ र भानुराम डगौरा थारु अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक पार्टीले यस निर्वाचनमा सङ्घ र प्रदेशमा ३५ उम्मेदवार उठाएको छ । पहिचानसहितको सङ्घियता, १० प्रदेश, जिल्लागत संरचनाको खारेजी, पूर्ण समानुपातिक निर्वाचन प्राणाली, निःशुल्क स्वास्थ्य र शिक्षाको सुनिश्चिताको एजेण्डा प्रस्तुत गरेर मतदाता समक्ष सो पार्टी गएको छ । उक्त दलले मुलुकको महत्वपूर्ण सम्पत्ति हिमाल अरोहणका लागि खुला नगरी दृश्य अवलोकन मात्र गर्नुपर्छ भन्ने मान्यता राखेको छ ।  चुनाव चिह्न गैँती र पार्टी अध्यक्ष मानध्वज गुरुङ रहेको नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले क्रान्तिकारी भूमिसुधार, आम विद्युतीकरण र राष्ट्रिय औद्योगिकरणकमार्फत नयाँ जनवादी व्यवस्थाको मुद्दा लिएर यसपटक नौ उम्मेदवार मत माग्न जनताको घरदैलोमा पठाएको छ । पूर्ण समानुपातिक निर्वाचन, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुलुकमा व्याप्त भ्रष्टाचार रोक्ने एजेण्डासहित जनतासँग भोट मागिरहेको छ ।  चुनाव चिह्न त्रिशुल र अध्यक्ष देवप्रकाश त्रिपाठी रहनुभएको एकीकृत शक्ति नेपालले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १३ र समानुपातिकतर्फ ३४ सिटमा उम्मेदवारी उठाएर राष्ट्रिय एकता बलियो तुल्याउन तथा आर्थिक बोझ घटाउन  दुई तहको सरकारको पक्षमा मतदान गर्न मतदातालाई आह्वान गरेको छ । जातीयवाद अवधारणाको अन्त्य, नेपालको विशिष्ट पहिचानका रुपमा रहेको तराई–पहाड जोड्न वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएको उक्त पार्टीले अभिभावकीय राज्यप्रणाली एवं हरेक नागरिकले आफनो संरक्षकत्वको अनुभूति गरेको महसुस गर्ने स्थायी संस्था आवश्यक रहेको जनाउँदै आएको छ । नेपाल दलित पार्टीले सबै खाले विभेद अन्त्य गर्न तथा नेपाल र नेपालीको स्वाभिमानलाई कायम राख्न मतदाता समक्ष आह्वान गर्दै प्रतिनिधिसभा सदस्यतर्फ ४७ सिटमा उम्मेदवारी दिएको छ । मेघबहादुर कामी अध्यक्ष रहेको उक्त पार्टीको चुनाव चिह्न गितार रहेको छ ।    अध्यक्ष सुशिलमान शेरचन र चुनाव चिह्न करुवा रहेको नेपाली कांग्रेस बिपीले संवैधानिक राजतन्त्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद कायम गर्न तथा अहिलेको मिश्रित निर्वाचन प्रणाली खारेजी र चुनावी स्वतन्त्र सरकार गठन हुनुपर्छ भन्ने मुद्दा लिएर निर्वाचनमा होमिएको छ । उक्त पार्टीले मुलुकका ३५ जिल्लाका दुवै निर्वाचन र दुवै तहमा गरी दुई सय ६८ जना उम्मेदवार बनाएको छ । डा इन्द्रबहादुर थापा मगर अध्यक्ष तथा चुनाव चिह्न लाटोकोशेरो रहेको नेश्नलिष्ट पिपल्स पार्टीले ३७ जिल्लामा एक सय सात उम्मेदवार खडा गरेको छ । नवपरिवर्तनीय प्रत्यक्ष जनतान्त्रिक शासन व्यवस्थाको वकालत गर्दै आएको उक्त पार्टी  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, आलङ्कारिक राष्ट्रपति तथा दुरगामी असर पर्ने खालका प्रत्येक निर्णय जनमत सङ्ग्रहद्वारा टुङ्ग्याउनुपर्छ भन्ने मान्यतामा अडिग रहेको छ । चुनाव चिह्न गाग्रो तथा अध्यक्ष  रुक्मिणि चौधरी रहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)ले विभेदपूर्ण संविधानका धारा र कानुन संशोधन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित राष्ट्रपति, जातीय जनसङ्ख्याको आधारमा अधिकारको बाँडफाँडका मुद्दा लिएर निर्वाचनमा होमिएको छ । नेपाल सुशासन पार्टीले वर्तमान संविधान र निर्वाचन प्रणालीमा सुधार गर्दै राष्ट्र र जनहितका लागि इमान्दार भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ । अध्यक्ष रमेश खरेल रहेको उक्त पार्टीले प्रतिनिधिसभामा ५५ र प्रदेशसभा सदस्यमा १३ उम्मेदवार खडा गरेको छ । पिछडा वर्गदेखि मसिहा पार्टीसम्मको चुनावी तयारी आगामी निर्वाचनमा तराई–मधेस लोकतान्त्रिक पार्टी नेपाल, नेपाल जनता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, पिछडा वर्ग निषद दलित जनजाति पार्टी, राष्ट्रिय सद्भावना पार्टी,  नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी, बहुजनशक्ति पार्टी, जनता समाजवादी पार्टी नेपाल र  इतिहासिक प्रजातन्त्र जनता पार्टी नेपालले पनि चुनावी घोषणापत्रका साथ मतदातासँग आफ्नो पक्षमा भोट मागिरहेका छन् ।  नेपाली जनता दलले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सामाजिक न्याय, सबैमा समान हकअधिकार कायम हुनुपर्छ भन्ने मुद्दा लिएर जनताको घरदैलोमा पुगेको छ । हरिचरण साह पार्टी अध्यक्ष रहेको उक्त दलले आफ्नो पार्टी विजयी भएमा रोजगारीका लागि लाखौँको सङ्ख्यामा विदेशीएका युवालाई स्वदेशमै रोजगारी दिलाउन प्रयत्न गर्ने जनाएको छ । उक्त दलले समानुपातिकतर्फ सात र प्रत्यक्षतर्फ सात उम्मेदवार उठाएको छ । देशभक्त लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), जनजागरण पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, सामाजिक एकता पार्टी, नेपाल कम्युनिष्ट पार्टी(समाजवादी) र  त्रिशुल पार्टीले पनि जनतालाई आफ्नो पक्षमा मत दिलाउन घरदैलो कार्यक्रम गरिरहेका छन् ।  आगामी निर्वाचनको तयारीका सिलसिलामा राष्ट्रवादी एकता पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल आमा पार्टी,  नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी, नेपाल सुशासन पार्टी र बहुजन समाजवादी पार्टी नेपालका उम्मेदवार पनि मतदातालाई आफ्नो चुनावी एजेण्डा बुझाउने अन्तिम तयारीमा जुटिरहेको पाइएको छ ।

   पोखरा: कास्की२(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार विन्दु कुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् ।  ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले भने ।  थापाले सर्वेश्वर मानव सेवा बहुउद्देश्यीय भवन निर्माणका लागि आवश्यक पहकदमी गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले विकासको पहिलो खुड्किलो सडक भएकाले पोखरा ११ मा भएका सडक समस्यालाई निर्मुल पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । जनताको मतको सम्मान गर्दै आगामी समय पनि जनताकै सेवासुविधामा लाग्ने प्रण उनको छ ।  पोखरा ११ को कृषि सडकका लागि आफ्नै पहलमा एक करोड विनियोजन भएको उनले जानकारी गराए । काहुमा नै कृषि सडक राख्ने तयारी आफुले गरिरहेको भनाई उनको छ । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ ।  उनले विगत पाँच वर्ष जनताको मन जित्न सफल भएको र आगामी समय पनि जनताकै सेवकका रुपमा काम गर्ने बताए । विकासका लागि पार्टी भन्दा माथि उठेर मत हाल्न उनले मतदातालाई आग्रह गरेका छन् । 

पोखराः   नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २  का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिएमा कर्तव्य पुरा गर्ने बताएकी छन् ।   मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा घरदैलो कार्यक्रममा उनले जनताको भोटको कदर गरी आवश्यक नीति निर्माणसंगै आफ्नो क्षेत्रको विकासमा इमान्दरपूर्वक लाग्ने प्रतिवद्धता जनाईन् ।   पोखरामा थपिएका नयाँ वडाहरुमा स्थानीयको पहिलो आवश्यकता सडक निर्माण रहेको उल्लेख गर्दै उनले त्यसका लागि सम्भाव्यता अध्ययन गरेर तीनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याईन् ।    नयाँ वडाहरुमा कार्यालयसम्म पुग्ने सडकको अभावमा अहिले पनि जनता सेवा लिन घण्टै खर्चिनु पर्ने अवस्थाको अन्त्यका लागि सडक यातायात आवश्यक रहेको बताउँदै नेत्री भट्टराईले भनिन्, ‘सडकले ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्दछ ।’   जुनसुकै सरकारले गरेका विकास निर्माण, राष्ट्र र जनताकै लागि भएको उल्लेख गर्दै वर्तमान पाँच दलिय गठबन्धनको सरकारले रकम कटौती गर्दा जनतामा वितृष्णा पैदा भएकोमा उनको भनाई छ । दुःखको परिस्थितिमा उपनिर्माचनमा उम्मेदवार बनेको बताउँदै उनले कोभिडको महामारीका बाबजुद जनताका केही हदसम्म अपेक्षालाई सम्वोधन गरेको र बाँकी काम सम्पन्न गर्नका लागि पुनः उम्मेदवार भई मतदाता समक्ष आएको बताईन् । नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी उनले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन मुलुकका भूमिहीनलाई जग्गाको मालिक बनाउनु पर्नेमा जोड दिईन् ।   घरदैलो कार्यक्रमले स्थानीय आवश्यकता सहितका योजना संकलनमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै उम्मेदवार भट्टराईले समाजका असहाय, गरिव, विपन्न वर्गको उत्थानका लागि युवा रोजगार तथा महिला सशक्तिकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याईन् ।   नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा इमान्दारीताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।   मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धन्त आवश्यक पर्नेमा जोड दिंदै उनले विकास विरोधी पाँच दलीय गठबन्धदलाई जनताको बलले परास्त गर्ने विश्वास व्यक्त गरिन् । संविधानले व्यवस्था गरे अनुसारका महिला अधिकारलाई सुनिश्चित गर्नका लागि महिला शक्ति संगठित हुनुपर्नेमा उनको जोड छ ।   घरदैलो कार्यक्रममा स्थानीय जनताले निर्वाचनमा गरेका प्रतिवद्धता आश्वसनमा मात्र सिमित नराखी पुरा गर्नेतर्पm उम्मेदवारहरुलाई  सचेत गराउँदै, सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, खानेपानी, विद्युतीकरण सहित युवा वर्गलाई स्वदेशमै उद्यमशिलताको विकास गरि रोजगार सिर्जना गर्नुपर्ने ध्यानाकर्षण गराएका थिए । यस निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिका ११ वटा वडा पर्दछन् ।   

पोखराः   दिवङ्गत पर्यटनमन्त्री रविन्द्र अधिकारीको जन्मथलो पोखरा महानगरपालिका वडा नम्वर ३३  भरतपोखरीका जनताले रविन्द्र र उनले गरेको विकास सधैं मन मुटुमा रहेको बताएका छन् ।    कहिल्यै विर्सन नहुने एमाले नेता अधिकारीले देखेका विकासका सपना पूरा गर्न अव एमालेकै उम्मेदवार चाहिएकोले प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई र प्रदेश सभा सदस्यका उम्मेदवार भिम कार्कीलाई अत्याधिक मतले विजयी गराउने भरतपोखरीवासीले प्रतिवद्धता जनाएका छन् ।   मंसिर चार गते सम्पन्न हुने निर्वाचन अभियानमा आफ्नै गृह वडा पोखरा ३३ पुगेका नेकपा ९एमाले०को तर्फबाट कास्की क्षेत्र न २(१) का गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भेटघाटका अवसरमा स्थानियहरूले सो प्रतिवद्धता जनाएका हुन् ।   भेटमा उम्मेदवार कार्कीले विकास र समृद्धिको योजनाबद्ध संवाहक नेकपा एमाले मात्रै भएको बताए । कार्कीले आफु सधैं जनताको साथमा रहेको र सधैं रहने भन्दै जनताको हित र विकासमा इमान्दारितापूर्वक लागिरहने उल्लेख गरे।   दिवङ्गत नेता रविन्द्रको उत्तराधिकारी भएर उनको विकासको सपना पूरा गर्दै थप योजना अघि सारेको कार्कीले जानकारी दिए । विगतमा आफ्नो पार्टीको केपी ओली नेतृत्वको सरकारले विकास अभियानमा उत्कृष्टतापूर्वक काम गरेको र अब पनि त्यस्तै योजना घोषणाापत्र मार्फत आइसकेको हुँदा जनजिविकाका सवाललाई समेट्दै आफू नीति निर्माणमा प्रभावकारी भुमिका सहित अगाडि बढ्ने उल्लेख उनको भनाई छ ।   निर्वाचन अभियानका क्रममा आफ्नो गृह वडा पोखरा महानगरपालिका वडा नम्वर ३३ पुगेका एमाले उम्मेदवार कार्कीले सो क्षेत्रको योजनाबद्ध एकीकृत विकासको अवधारणालाइ साकार  पार्ने बताए ।   सो पार्टीका गण्डकी प्रदेश कमिटीका उप–सचिव रश्मि आचार्यले आचार्यले एमाले नीति र योजनासहित निर्वाचनमा आएको एमालेका उम्मेदवारहरूलाई प्राप्त जनसाथले नै विजय निश्चित भैसकेको भन्दै आफ्नो ठाउँको विकास आफ्नै क्षेत्रका जनप्रतिनिधिले नै गर्ने हुँदा प्राप्त अवसर नगुमाउन भरत पोखरीवासीलाई आग्रह गरे ।   उपसचिव आचार्यले युवा, महिला,जनजाति पिछडिएका बर्गसहित आम नेपालीको समृद्धिको लागि महत्वपूर्ण कार्यक्रम घोषणा पत्र मार्फत एमालेले ल्याएको भन्दै सोको पूर्ण कार्यान्वयन गर्ने बताए ।   पोखरा ३३ का निवर्तमान वडा अध्यक्ष शिवप्रसाद आचार्यले सो वडाको लाम्गादिमा नयाँ मोटरेबल पुल निर्माणको लागि आफ्नो पार्टीका जनप्रतिनिधिको  पहलमा नेपाल सरकार संघीय पूर्वाधार विकास कार्यालय र स्विस सरकार बिच  नयाँ सम्झौता भैसकेको भन्दै अव छिट्टै निर्माण प्रक्रिया शुरु हुने जानकारी दिए ।

पोखराः   कास्की क्षेत्र नं.२ (२) प्रदेश सभाका सदस्य उम्मेदवार विन्दुकुमार थापाले काँहुडाँडाको समस्या समाधान गर्ने बताएका छन् ।    गठबन्धनका साझा उम्मेदवार थापाले शुक्रबार काहुँडाँडामा घरदैलो गर्दै जनताको समस्या सुनेपछि विकासका योजनालाई प्याकेजको रुपमा अघि बढाइने बताए ।    उनले पोखरा बजार क्षेत्रबाट अत्यन्तै नजिक रहेको काहुँ प्राकृतिक हिसाबले निकै रमणीय स्थान भएपनि विकासका हिसाबले पछि परेको सुनाए । उनले काहुँडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी सरकारमा जाँदा धेरै काम गर्न सक्छौ । यहाँ खानेपानीको समस्या छ, त्यो समस्या समाधान हुनेछ । काहुँमा प्याकेजको हिसाबबाट विकासका उज्याला किरण लिएर आउने छु’, थापाले भने,‘तपाईंहरुको साथ र सहयोग बोकेर अघि बढ्नेछु । यो निकै रमणीय ठाउँ छ । पर्यटन र कृषिमा जोड दिदैँ तपाईंहरुको समस्या र मनोआकांक्षा बुझेर नै काम गर्नेछु ।’   स्थानीय वामदेव प्रसाद आचार्यले जनताको अड्केको काम पुरा गर्न थापालाई सुझाव दिए । उनले काहुँवासीको अपेक्षा र आशा थापामाथि नै रहेको सुनाउँदै  जनतालाई फर्केर हेर्न आग्रह गरे । ‘जनताको अड्केको काम पुरा गर्नुस् । तपार्इं आजमात्र होइन् सँधै आउनुहुन्छ भन्ने विस्वास हामीलाई छ । जनतालाई फर्केर हेर्नुस अनि विकास गर्नुस् शुभकामना छ’, उनले भने ।    थापाले आफु जनताकै लागि उम्मेदवारी दिएको बताउँदै जनताको सेवामा हिजोका पाँच वर्षमा लागेको र अब पनि निस्वार्थ भावनाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले खानेपानीका लागि अब धेरै समय काहँुबासीले खानेपानीको समस्या खेप्नु नपर्ने बताए । उनले पाँच वर्ष प्रदेशको नीति नियमदेखी संरचना बनाउन व्यतित गरेको र अबको पाँच वर्ष विकास र संवृद्धिका लागि खर्च गर्ने बताए । साथै थापाले आफु विजयी भएर गएमा सरकारी सेवा सुविधाबाट प्राप्त रकम सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।    

पोखराः   नेकपा एमाले कास्की क्षेत्र नम्बर ३(२) प्रदेश सभा उम्मेदवार राजीव पहारीले जनताले दिएको जनतमतको कदर गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । शुक्रवार अन्नपूर्ण गाउँपालिका-३, धारापानीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले यस्तो बताएका हुन् ।    यहि क्षेत्रका निवर्तमान सांसद समेत रहेका पहारीले अघिल्लो पटक जनताले विजयी गराएर पठाएपछि चुनावका बेला गरेको केहि प्रतिवद्धता पुरा गर्न नसकेको औल्याए । ‘जनताले अनुभुती गर्ने गरि काम ग¥यांै, तर केहि बाँकी रहे, तिनै अधुरा काम पुरा गर्न फेरी मेरो उम्मेवारी हो’–पहारीले भने ।   अघिल्लो कार्यकालमा अँधेरी खोलामा झोलुङे पुल निर्माण गरिएको, मुख्यमन्त्री वातावरण नमुना कृषि गाउँ कार्यक्रम अन्नपूर्ण गाउँपालिकामै सञ्चालन गरिएको, धारापानी–शिवालय मार्ग, पत्थर–मरौंचे–भदौरे मार्गको स्तरोन्नती लगायतका कामहरु भएको जनाउँदै केहि योजनाहरु पुरा गर्न नपाउँदै सरकार ढलेकाले योजनाहरु अधुरा रहेको बताए ।    ‘अँधेरी खोलामा पक्की पुलका लागि डिपिआर बनेको छ, यहाँको पैह्रो व्यवस्थापनका लागि ठोस योजना अघि सारिएको छ, हिले–काहुँडाँडा बाटोको स्तरोन्नती गर्नुछ, कृषियोग्य क्षेत्रमा सिंचाइको व्यवस्थापन गर्नुछ’–उनले भने, ‘यसका लागि पनि फेरी जनताले मलाई साथ दिनुहुनेमा विश्वस्त छु ।’   उनले सामाजिक विकृती विसंगति विरुद्ध आमा तथा युवा समुहसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता समेत जाहेर गरे । 

पोखराः   गण्डकी प्रदेश सभासदस्य कास्की क्षेत्र नं.२(२) का उम्मेदवार विन्दुकुमार थापाले काँहु धरहरामा सार्वाजनिक यातायात पुनः आउने व्यवस्थाका लागि आफुले पहल थाल्ने बताएका छन् ।  गठबन्धनका साझा उम्मेदवार थापाले पोखरा महानगरपालिका ११ काँहुधरहरामा घरदैलो गर्दै मतदाताको समस्या बुझ्ने क्रममा सार्वजनिक यातायात नआउने गुनासो गरेपछि छिटै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।    स्थानीयहरुले कोरोना महामारीभन्दा पहिला काहुँधरहरामा सार्वजनिक यातायात आउनेगरेपनि अहिले आउन छाडेको र उक्त कुराका लागि पहल गरिदिन आग्रह गरेपनि उनले मंसिर ४ पछि उक्त समस्या समाधान गर्ने गरी अघि बढ्ने बताएका हुन् ।    स्थानीय कल्पना परियारले आफुहरुले विरामी हुँदा समेत अस्पताल जानका लागि महँगो भाडा ट्याक्सिलाई तिर्न बाध्य भएको र दैनिकी कामका लागि बजार झर्न समेत असहज भएको बताउँदै थापालाई यसको समाधानका लागि गुहारेकी हुन् ।    थापाले तत्कालै गर्दा आचारसंहिता लाग्ने भन्दै निर्वाचन पश्चात महानगरपालिकासंग समन्वय गरेर समस्याको समाधान गर्ने सुनाए । ‘महानगरमै सार्वजानिक यातायात नआउनु दुःखद् कुरा हो । महानगरवासीलाई सुख र सेवा दिनु हाम्रो दायित्व हो । यो काम म मंसिर ४ पछि जितेपनि हारेपनि गर्नेछु’ थापाले भने,‘यहाँ धेरै समस्या छन् । हामी प्याकेजमा विकासका योजना अघि बढाउने छौं ।    खानेपानीदेखी यहाँको कृषि र पर्यटनलाई विशेष जोड दिनेछौं ।’ पोखरा बजारबाट नजिकै रहेको काहुँ डाँडा निकै रमणीय रहेको र उक्त कुराको फाइदा लिन स्थानीय र प्रदेश सरकारले नसकेको बताए ।    उनले अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, संरचना निमार्ण, नीति निमार्ण तथा ऐन कानून बनाउमै वितेको बताउँदै अबको पाँच वर्ष पुर्ण विकासका लागि मात्रै रहेको सुनाए । थापाले काहुँबासीलाई मणिपाल अस्पताल र भलाम जानका लागि सहज हुने किसिमले मणिपाल शिक्षण अस्पतालसँग समन्वय गरी बाटो खुलाउने समेत प्रतिबद्धता व्यक्त गरे ।  

  पोखरा: कास्की २ बाट उम्मेद्वार बनेका नेताहरुले सुुकुम्बासी भूमिहीनको समस्या समाधान गर्ने बताएका छन् ।  शुक्रबार पोखरा १७ बेलघारी टोलमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताएका हुन् । गठबन्धनको सरकारको पालामा नै कास्कीमा सुकुम्बासीहरुको हित हुने काम भएकाले आफू निर्वाचित भएपछि पनि त्यसलाई निरन्तरता दिने उनले बताए । गठबन्धन  सरकारको पालामा राष्ट्रिय भूमि आयोगले निस्सा वितरणसँगै रातो पुर्जा वितरणको काम गरेको उनले सुनाए ।  संविधानको रक्षा गर्दै जनताप्रति उत्तरदायी हुने उनको प्रतिवद्धता छ । पोखरा १७ क्षेत्र कृषिका लागि योग्य भएकाले पनि त्यसमा ध्यान दिने उनले बताए ।  स्थानीय उत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार पु¥याउने उनको प्रतिवद्धता छ । वडा भित्र रहेको पातले छागों, गुप्तेश्वर गुफा, ड्याम साईड, गुम्बा लगायत पर्यटन क्षेत्रको विकासमा लागि पर्ने उनको भनाई थियो । पोखराबाट लेखनाथ छुट्याउने, निर्मलपोरी र कृष्टिनाच्नेचौर लाई छुट्टाएर २ वटा वडा बनाउने गरी मिलेसम्म पुर्नसंरचनामा ध्यान दिने उनले बताए ।  गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पहिले गणतन्त्र लोकतन्त्रका लागि जनता सामु आएको र अहिले विकास तथा सम्बृद्धिको लागि जनतासामु आएको बताएका छन् । पोखरा महानगरपालिका १७ मा सञ्चालित चुनावी अभियानमा लामिछानेले यस्तो वताएका हुन् । अब निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्ने उनको दावी थियो । राज्यको पुनर्संरचना अन्तरगत पोखरा उपमहानरलाई महानगर बनाएको उल्लेख गर्दै लामिछानेले महानगर भएर पनि महानगरबासीको अनुभुति गर्न नपाएको बताए । ‘अब हामीले महानगर कस्तो हुन्छ भनेर देखाउँछौं,’ उनले भने । यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ काहुँमा मतदातासँग भेटघाट गर्दै उम्मेदवार थापाले जनताको आकांक्षा बुझेर पर्यटन र कृषिमा जोड दिने बताए । सरकारमा रहदाँ जनताका धेरै काम गर्न सकिने भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो । पूर्वमन्त्रीसमेत रहेका थापाले प्याकेजमा कार्यक्रम ल्याएर विकासको ज्वाला फुटाइने बताएका छन् । ‘तपाईहरुको साथ र सहयोग लिएर मात्रै अघि बढ्नेछु,’ उनले भने । 

  पोखरा: पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।  नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ नागरिक आवश्यक पर्ने उल्लेख गर्दै उनीहरूले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउन विशेष पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन गरी निःशुल्क स्वास्थ्य परीक्षण, उपचार, परामर्श नर्सिङ सेवा, डाक्टर ईन कलजस्ता सुविधा उपलब्ध गराई आवश्यकता ज्येष्ठ नागरिक स्याहार केन्द्र (एकीकृत सेवा) र दिवा सेवा कार्यक्रम अन्तरगत धार्मिक तथा आर्ट अफ लिभिङ जस्ता कार्यक्रम सञ्चालन गरिने छ, उनीहरूको प्रतिबद्धता पत्रमा भनिएको छ, बेरोजगारी, लागु औषध दुव्र्यसनी जस्ता समस्याहरूबाट उत्पन्न परिस्थितिलाई व्यवस्थापन र नियन्त्रण गर्न मनोसामाजिक परामर्श केन्द्र स्थापना गर्न पहल गरिने छ ।’ उनीहरूले पोखरामा ट्रमा सेन्टर, सरुवा रोग, बाल एवं प्रसूति अस्पताल निर्माण गर्न विशेष पहल गरिने समेत बताएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मातृ शिशु मितेरी अस्पतालमा जन साधारणको पहुँच र्पुयाई सर्वसुलभ सेवा प्रदान गर्ने गरी स्तरोन्नति गरिने गठबन्धनले जनाएको छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दैनिक जसो हजारौँ बिरामीहरूको चापका कारण सबै नागरिकहरूले सेवा प्राप्त गर्न क्रममा निकै सास्ती भोग्नु परेको छ ।  ‘काश्यप ऋषिको तपोभुमिको रूपमा प्रसिद्ध पोखरामा उपचार र निदान भन्दा रोग लाग्नै नदिनु वेश भन्ने उक्तिलाई चरितार्थ गर्न आयुर्वेदको पठनपाठन र उपचारका लागि आरोग्य धाम सञ्चालन गर्न तथा यस क्षेत्रमा रहेका औषधीजन्य जडीबुटी, वनस्पति र वन स्रोतको संरक्षण, संवर्धन र उपयोगितालाई बढाउन जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न पहल गरिने छ, प्रतिबद्धता पत्रमा भनिएको छ, पर्यटकीय सहर पोखरालाई थप पर्यटकमैत्री बनाउन पर्यटक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने छ ।’ हरेक नागरिकहरूलाई स्वच्छ मनोरञ्जन गर्न पार्क तथा विश्राम स्थल, बाल उद्यान, खेलकुद मैदान, व्यायामशाला, वाचनालय र भजनकृतन गर्न आवश्यक पूर्वाधार निर्माण गरी सेवा प्रदान विशेष पहल गरिने उनीहरूले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताएका उनीहरूले सुविधा सम्पन्न अस्पताल तथा उपचार केन्द्रहरू स्थापना गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।