पोखराः कास्की क्षेत्र नम्बर १ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार बेद बहादुर गुरुङ (श्याम)ले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकार नै आवश्यक रहेको बताएका छन् । आइतबार राष्ट्रिय युवा संघ कास्की क्षेत्र नम्बर १ कमिटीद्वारा पोखरा २६ मा आयोजना गरेको भेलामा उनले एमालेको ‘ट्वान्टी ग्यारेन्टी’ सहितको स्मार्ट भिजनले मात्र मुलुकमा स्थायित्व, बिकास, समृद्धि सम्भव रहेको बताए । सुखी नेपाली समृद्ध नेपाल, आर्थिक विकास, सुरक्षित छानाः पुग्छ सबैको चाहना, फाइभ जी संचारः आइटीमा चमत्कार, बैंक खाता, पढाईः भविश्यको जग बसाई, फ्री मिटरः दश हजार लिटर, स्वस्थ महिनाबारीः १५ सय वर्षभरि, खेत बारीमा पानीः खाडीमा हैन स्वदेश मै जवानी, भूमिगत तारः सहर बजार, ५ लाख रोजगारः न्युनतम ज्याला २५ हजारजस्ता योजनाले सबै जाति, उमेर समूह र बर्गलाई समेटेको उनको भनाई छ । ‘युवाहरुको भविश्यलाई मध्यनजर गर्दै उज्यालो भिजनका साथ ट्वान्टी ग्यारेन्टीका विभिन्न विषयहरुलाई अघि सारेका छौं।’ उनले भने, ‘यो पार्टीमा मात्र युवाको भविश्य छ। पार्टीको महाधिवेशन नै हिलटेक ट्यांकीमा गर्ने पार्टीसंग स्मार्ट भिजन छैन । त्यसमा युवाको भविश्यपनि छैन ।’ अर्को प्रसंगमा उनले मंसिर ४ को निर्वाचन सत्य र असत्य, अँध्यारो र उज्यालो बीचको जनमत संग्रह भएको बताए। उनले यस्तो ऐतिहासिक क्षणमा युवा र एमालेका कार्यकर्ताहरु सत्यको पक्ष उभिन आव्हान गरे । उनले अहिलेको सरकारको कारण मुलुकमा निराशा छाएको आरोप समेत लगाए । नेकपा एमाले कास्कीले निर्वाचन केन्द्रित विभिन्न गतिविधिहरु बढाएको छ । उम्मेद्धार बेद बहादुर गुरुङ र प्रदेश तर्फका समानुपातिक उम्मेद्धार नन्दकला परियार नेपाली सहितको टिम आइतबार पोखरा १४ का विभिन्न स्थानहरुमा पुगेर मतदाता भेटेका छन् । उनीहरुले मतदाता समक्ष आफ्नो योजना सुनाएको कुरा बताए । सो वडा नन्दकला परियार नेपालीको गृहवडा पनि हो। पोखरा १४ स्थित मझेरीपाटनमा भएको घरदैलो कार्यक्रममा बेद बहादुर गुरुङले एमालेले जिताए समृद्धीको सुर्य उदाउने र नेपालले नयाँ युगमा प्रवेश गर्ने कुरा बताए । त्यस्तै समानुपातिक उम्मेद्धार नन्दकला परियारले देशमा स्थायित्व कायम गर्न एमालेलाई बहुमत दिलाउन पर्ने कुरा व्यक्त गरिन् । पहिलो पल्ट संसदीय चुनाव लड्दै गरेका बेद बहादुर गुरुङ मादी गाउँपालिकाको संस्थापक अध्यक्ष हुन्। उनले मादीमा ५ वर्षे कार्यकालमा थुप्रै काम गरेका दाबी गरेका छन् । आफ्नो कार्यकालमा विजयपुर ढांडबेसीं खोलामा पक्की पुलको निर्माण सम्पन्न गरेको, मादी नदिको ज्याउदुको रोकिएको पुल निर्माण सम्पन्न गरेको, पोखरा देखि याङ्जाकोट जोड्ने पिच बाटोको सुरुवात, पोखरा देखि सिक्लेससम्मको पिच बाटो सुरुवात गरेको, मिजुरे,भाचोक, मादी १२ र ५ मा एक घर एक धारा खानेपानी योजना, कोरी, क्रपू, कपुचे जस्ता स्थलमा पर्यटन विकासमा विभिन्न कार्यक्रम सम्पन्न गरेको, ६ वटा झुलुङ्गेपुलको डिपिआर, १५ शैयाको अस्पताल निर्माण, वार्दीखोला, ईदीखोला र मकैखोलामा एकै पटकमा मोटरेबल पुलको शिलान्यास गरेको जस्ता अनगिन्ती काम गरेको कुरा बताए । गुरुङको जन्म गाउँ कास्कीको उत्तरी भेग ताङतिङ हो । ४५ साल देखि कम्युनिस्ट आन्दोलनमा लागेका उनी पटकपटक गरि २१ दिन जेल जीवन बिताए । राजनीतिक मात्र नभई कलाकारिताको हिसाबले पनि उनी यस क्षेत्रका लोकप्रिय छन् ।
पोखरा: कास्की क्षेत्र नम्बर २ ९२० मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै गर्दै आएको बताएका छन् । सुकुम्बासी समस्यालाई समाधान गरि व्यवस्थित शहरीकरण गर्नका लागि नीतिगत रुपमै स्मार्ट मुभ गर्न आवश्यक रहेको उनको भनाई छ । हाल चुनावी प्रचारको क्रममा मतदाताहरुको घरदैलोमा पुगिरहेका अरुण गिरी आईतबार पोखरा ९ नयाँबजार, पृथ्वीचोक, बसपार्क लगाएतका स्थानमा पुगेका थिए । आफ्नो निर्वाचन क्षेत्रको ६ वटै वडालाई समेट्ने गरि घोषणापत्र सार्वजनिक गरिसकेका गिरीले व्यवस्थित बसपार्क र सुकुम्बासी समस्यालाई पनि त्यसमा समेटेका छन् । घरदैलोको क्रममा गिरीले घोषणापत्रअनुसार नै आफू निर्वाचित भएपछि काम गरेर देखाउने प्रतिबद्धता दोहोर्याए । गिरीले पोखराको मूख्य शहर क्षेत्रलाई मौलिक रुपमा व्यवस्थित गरि बुटिक सिटीको रुपमा विकास गर्ने आफ्नो परिकल्पना रहेको सुनाए । 'यो क्षेत्रको व्यवस्थापन निकै गज्जबसँग गर्नुपर्ने देखिन्छ । शहरलाई सुन्दर अनि पर्यटकीय महत्वको बनाउनका लागि म सँग कार्ययोजनाको ब्लुप्रिन्ट नै छ, गिरीले भने, 'सुकुम्बासीहरुको मागको उचित सम्बोधन गरि व्यवस्थित बसपार्क र शहरको परिकल्पनालाई साकार पार्नतर्फ लागिहाल्नुपर्ने बेला आएको छ ।' केन्द्र, प्रदेश र स्थानीय सरकारले सँयुक्त रुपमा सुकुम्बासी समस्यालाई हल गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा गिरीको जोड थियो । सुकुम्बासी समस्या र बसपार्क व्यवस्थापनको सवाल हरेक चुनावमा ठुला भनेका राजनीतिक दलहरुले फगत राजनीति गर्ने एउटा वहाना मात्र हुने गिरीले बताए । त्यस्तै अर्को सन्दर्भमा गिरीले सेती नदी दोहनलाई रोक्नुपर्ने बताए । उनले सेती नदीसँगै तटीय क्षेत्रको विकासका लागि ठुलो धार्मिक आस्थाको परियोजना संचालन गर्न सके त्यस क्षेत्रको स्तरोन्नी गर्न सकिने बताए । विभिन्न समुदाय र धर्मका मानिसहरुको आस्थासँग सेती नदीको विरासत जोडिएकोले आफूले त्यस क्षेत्रलाई धार्मिक हिसाबले नै विकास गर्न पहल गर्ने गिरीले बताए । घरदैलोको क्रममा गिरीलाई स्थानीय मतदाताहरुले ठुलो समर्थन देखाएका थिए । फरक र विशेष सोँचसहित सबैको साझा मुद्दालाई समाधान गर्ने सोँचसहित चुनावमा होमिएको गिरी जस्तो युवा अहिलेको आवश्यक भएको मतदाताहरुले बताएका थिए । साथै यो पटकको चुनावमा पोखराले पनि उदाहरण बनेर देखाउने भन्दै समस्यामा राजनीति गर्ने ठुला दलहरुको शैलीप्रति उनीहरुले चित्त दुखाएका थिए ।
पोखराः पोखरा २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्न स्थानीयले आफ्नो क्षेत्रका एमाले उम्मेदवारहरुलाई आग्रह गरेका छ्न् । निर्वाचन अभियानका क्रममा सो क्षेत्रका मतदाता भेटघाटमा नेकपा (एमाले) को तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीलाई स्थानीयहरूले यस्तो आग्रह गरेका हुन् । साविकको भरतपोखरी, निर्मल पोखरी, भोटेपोखरी र कृष्तीका स्थानीयहरूले अत्याधुनिक आइटी सुविधा र मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्ने योजना बनाउन आग्रह गरे । पोखरीहरूको भेगको रूपमा परिचित समेत रहेको उक्त स्थानका प्राचीन पोखरीहरूको संरक्षण सहित नयाँ तीन पोखरी निर्माण गर्नुपर्ने स्थानियको माग छ । यसो गर्न सके प्राचीन परिचयको सम्वद्र्धन सहित आफ्नै मौलिक पहिचान सहितको पर्यटकीय गन्तव्य निर्माणको योजना साकार हुने उनीहरूको भनाई छ । कार्कीले अव प्राचीन पहिचान सहित सो क्षेत्र तीन पोखरीको भेगको रूपमा परिचित गराउन योजना थप्ने भन्दै आफु स्थानियको सुझाव अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । गण्डकी प्रदेशका तीन जिल्ला कास्की,स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका दुई वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने भन्दै पर्यटकहरूको क्षेत्रमा मनोरञ्जन पार्क सहितका पोखरी निर्माण गर्न पहल गर्ने कार्कीको बताए । २०६६ सालमा पर्यटकीय क्षेत्र घोषणा भएर विभिन्न पूर्वाधार निर्माण हुँदै गरेको तथा कृषि र पर्यटनको प्रचुर विकासको सम्भावना रहेको सो वडाहरूलाई आत्मनिर्भर वडा बनाउने उनको प्रतिवद्धता छ । उम्मेदवार कार्कीले हिजोका आफ्नो पार्टी निर्वाचनका घोषणापत्र र यो निर्वाचनका घोषणापत्रका बिषय सहित महानगरीय एकीकृत विकासको मोडल अवधारणा अघि सारेको उल्लेख गरे । घरदैलोको अवसरमा नेपाली काग्रेसका क्रियाशिल सदस्य समेत रहेकी कृष्ती निवासी अगुवा समाजसेवी गणेश शाहीसहित सोनम शाही र ज्ञानु शाही नेकपा (एमाले) मा प्रवेश गरेका छ्न् । त्यसैगरी माओवादी केन्द्र पोखरा महानगर वडा नम्वर २१ का वडा कमिटी सदस्य रीना गिरि पनि एमालेमा प्रवेश गरेकी छ्न् ।
पोखराः पाँच दलिय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलो अभियानमा छन् । मंसिर ४ नजिक आएकाले उनीहरुलाई मतदाता रिजाउन भ्याइनभ्याइ छ । कास्की २ का उम्मेदवार श्रीनाथ बराल, २ (क) का विश्वप्रकाश लामिछाने र २ (ख) का विन्दुकुमार थापा आईबार पोखरा १६ र ११ को घरदैलो र चुनावी कोणसभामा व्यस्त भए । उनीहरुले मत मात्र मागिरहेका छैनन् । मतसँगै मन र समस्यामा पनि मागिरहेका छन् । सोही अनुसार मतदाताहरुले कसैले सल्लाह दिन्छन्, कसैले सुझाव त धेरैले विकासका काम ढिला भएको गुृनासा सुनाउँछन् । भने, केहीले गाली समेत गर्न भ्याउँछन् । तर, पोखरा ११ मा मतदाताहरु पुग्दा धेरै खुसी थिए । पोखरा ११ काँहु क्षेत्रका मतादाताहरुमध्ये बुद्धिसागर घिमिरेले संविधान जोगाउन बनेको गठबन्धनलाई भोट हाल्ने हो भन्दै उम्मेदवारसँगै हिडे । उनले शेरबहादुर, प्रचण्ड, माधवकुमार र बाबुाराम भट्टराई मिलेपछि असंभव केही नभएको बताए । गठबन्धनमा चित्रबहादुर केसी पनिसँगै भएकाले केही हुने आशा व्यक्त गरे । केपी वलीले संसद विघटन गरेर गलत काम गरेकाले यसपटक आफ्नो भोट गठबन्धनका नेताहरुलाई भएको बताए । चुनावी सभालाई सम्बोधन गर्दै कास्की २ का उम्मेदवार श्रीनाथ बरालले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने बताए । जनताका समास्या समाधान गर्दैै विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् । काँहुको पर्यटन विकास र कृषिमा आधुनिकीकरण गर्ने उनले प्रतिवद्धता जनाए । कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताए । काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आर्थिक, सामाजिक, लैंिगक, जातिय विभेद परिवर्तन गर्नको लागी आफ्नो उम्मेदवारी रहेको बताए । जनताका लागि संघर्ष गर्दै सबैपिडितहरुका लागि केही अधिकार अझै स्थापित गर्न गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनको आग्रह थियो ।
पोखरा: प्रदेश सभा र प्रतिनीधी सभा सदस्यको लागि पछिल्लो समयमा चुनावी अभियान तिव्र रुपमा अघि बढिरहेको छ । तर पोखरा मतदाता भने ठुला पार्टीलाइ भन्दा साना पार्टीलाई अवसर दिनुपर्ने धारणा राख्छन । कास्की क्षेत्र नम्वर २ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार बिजय बहादुर भण्डारीको घरदैलाको क्रममा पोखरा १७ का छबी पोख्रेलले पुराना पार्टीले काम नगरेको भन्दै नयाँ पार्टीले चुनाव जित्नुपर्ने धारणा राखे । पुराना सत्तामा भएका पार्टीले देश बिकाश नगरेको, जनताको समस्याको वास्था नगरेको आफ्नो र कार्यकर्ताको हितको लागि मात्र काम गरेको भन्दैै ठुला पार्टीले देश बनाउन नसक्ने भण्डारीलाई सुनाए । ‘उनले भने,‘भण्डारी जस्ता युवा र बिकासका योजना भएका नेतालाई भोट दिनुपर्छ अब’ । पोखरा १७ का नै टंक गौतम अव ठुला पार्टीलाई मत नदिने पक्षमा रहेको सुनाउ छन । देश विकास गर्न नभइ ठुला पार्टीका नेता स्वार्थ र कुर्सीको लागि चुनावमा होमिएको उनको भनाइ । भ्रष्टचार मुक्त देश बनाउन सक्ने देशमा उत्पादनमा जोड दिने नेताको खाँचो रहेको सुनाए । पोखरा १७ कै बासिन्दा सृष्टि पौडेलले ठुला पार्टी प्रति असन्तुष्टि व्यक्त गदै अबको आवश्यकता भनेको पढेलेखेको राष्ट्रपति वफादारी युवा नेताको आवश्यता भएको गुनासो पोखिन् । युवा शिक्षित नेताको खाँचो रहेको बताइन । युवा उम्मेदवार विजय भण्डारीले जनताको समस्या र गुनासो सुन्दै मत मागेको थिए । उनले आफु नष्ट हुने तर भ्रष्ट नहुने बाँचा गरेको जानकारी दिदै जनताको समस्या समाधान गर्न राजनितीमा होमिएको मतदातालाई सुनाए । भण्डारीले ठुला पार्टीले जनतालाई भ्रममा पारी मत मागेको चुनाव जितेपछी सत्ता र शक्तिआफ्नो हातमा पारेर देश र जनतालाई बन्द कोठामा राखेको संज्ञा दिए । जनताको मतको कदर गरी जनजिबिकाको ग्यारेन्टी गर्न आफुले उम्मेदवारी दिएको बताए । नेपालीको जीवन स्तर उच्च पार्न, देशमै रोजागारीको व्यवस्था गर्न देश विकास गर्न उम्मेद्वारी रहेको मतदातालाई बुझाउदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे । घरदैलो अभियानमा समानुपातिक तर्फका उम्मेद्वार बिष्णु कुमारी गुरुङले आफुलाई समेत मतहाली बिजय गराउन मतदातालाई आग्रह समेत गरेकी थिइन् ।
पोखरा: पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनले लामाचौर, सार्दीखोला हुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका छन् । चुनावी प्रचार अभियान अन्तर्गत आइतबार घरदैलो कार्यक्रममा सहभागी हुँदै उम्मेदवार बरालले लामाचौरदेखि सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका हुन् । उम्मेदवार बरालले भने “कृषि र पर्यटनको महत्व रहेको लामाचौर, सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका केन्द्र जोड्ने नमुना सडक निर्माण गर्न हामीहरुले बिषेश पहल गर्ने छौं, हाल जिर्ण सडकको अबस्थाले स्थानियले धेरै दुःख पाएको हामीले महशुस गरेका छौं ।” लामाचौर, घार्मी, पुरुन्चौर, सार्दीखोला तातोपानी हुदै माछापुच्छ्रे केन्द्र र माछापुच्छ्रे गाउँपालिकाका पर्यटकीय गाउँसम्म चक्रपथको रुपमा जोड्ने आफुहरुसंग बृहत योजना रहेको उम्मेदवार बरालले जनाए । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उम्मेदवार बरालले प्रदेश सरकारले चाहेर पनि धेरै बजेट व्यबस्थापन गर्न कठिन भएकोले बृहत योजनाहरु सम्पन्न गर्न केन्द्रीय बजेट आवश्यक भएकोले आफुलाई संघको जनप्रतिनिधिको रुपमा स्थानियले अत्याधिक बहुमतले विजयी गराउने विश्वास व्यक्त गरे । स्थानियले लामाचौर, घार्मी, पुरुन्चौर, सार्दीखोला लगायतको सडक स्तरोउन्ती गर्न माग गरेका थिए । त्यसैगरी पोखरा १९ को घार्मीको डाँडादेखि चनौटेसम्मको ढल तथा भलपानीको लागि नालाको उचित व्यबस्थापन गर्ने उम्मेदवार बरालले बताए । स्थानियको माग बमोजिम घार्मीको डाँडादेखि चनौटेसम्मको ढल तथा भलपानीको लागि नालाको उचित व्यबस्थापनमा बिषेश ध्यान दिने उनले जनाए । तिलवारीदेखि ठुलीपोखरीसम्म करिब २ किलोमिटर क्षेत्रमा करिब ९० घरधुरी रहेको चनौटे बस्तीमा ढल पानी उचित ढंगले व्यबस्थापन गर्न नसक्दा हरेक बर्ष ठुलो बर्षाद हुँदा स्थानियहरु बाढीको जोखिममा पर्ने गरेको स्थानियले उम्मेदवार बराल समक्ष गुनासो गरे । घरदैलो कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेल, काँग्रेस नेता पोषनाथ शर्मा लगायतको सहभागिता रहेको माओबादी केन्द्रका युवा नेता सविन जिसीले जानकारी दिए ।
पाेखरा: ०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (ख)बाट प्रदेश सदस्यमा लडेका राजकाजी गुरुङको हार्ने छाँटै थिएन । लालकिल्ला भनि चिनिएको यस क्षेत्रमा वाम गठबन्धनका युवानेता गुरुङका प्रतिष्पर्धी थिए नेपाली कांग्रेसका विन्दुकुमार थापा । त्यसबेला मतदान र नतीजा घोषणाको मितिमात्रै कुरेर बसेका थिए गुरुङ र उनको गठबन्धन । तर जसै निर्वाचन परिणाम आउँन सुरु भयो, नेकपा एमाले र नेकपा माओवादीका साझा उम्मेदवार गुरुङले व्यापारिक पृष्ठभूमिका थापालाई पच्छ्याउन सुरु गरे । अन्तिममा थापाले गुरुङलाई हराएर आफुलाई राजनीतिमा स्थापित गराए । अहिले थापा पुनः सोही क्षेत्रबाट चुनावी मैदानमा छन् । र, उनको विरासत ढाल्न एमालेले मिना गुरुङलाई उतारेको छ । पहिले कम्युनिष्ट गठबन्धनलाई पराजित गरेका थापासँग अहिले सोही मोर्चाको माओवादी र एमालेबाट चोइटिएको नेकपा (एकीकृत समाजवादी) जोडिन आइसकेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार थापा सर्सती हेर्दा बलिया उम्मेदवार देखिएका छन् । साथै, थापा पोखरेलीकालागि परिचित नाम हुन् । प्रायः व्यापारी वर्गले राजनीतिक शक्तिसँग धेरथोर साँठगाँठ गर्न चाहिरेका हुन्छन् । यस्तोमा पोखरा उद्योग वाणिज्य संघ हाँकिसकेका र प्रदेश मन्त्री भइसकेका थापालाई पुनः जिताउने चाहना व्यापारीहरुको रहेको छ । त्यस्तै, राजनीतिमा फड्को मार्न आवश्यक तुरुप खेलाउन सक्ने थापाको क्षमता रहेको छ । यता, एमाले उम्मेदवार गुरुङ पनि समानुपातिकबाट प्रदेशको सभासद रहिसकेकी छिन् । युवा जनमानसमा गतिलो छाप छाड्न नसकेको देखिए पनि राजनीतिमा मूल संरचना मानिने जनस्तरको कम्युनिष्ट राजनीतिक कौशलमा गुरुङ अब्बल मानिन्छिन् । सौन्दर्य व्यवसायमा नाम कमाएकी गुरुङ वास्तवमै कम्युनिष्ट नेता हुन् । झट्ट हेर्दा अपत्यारिलो लागे पनि गुरुङसँग संगठन निर्माणको कौशल भरिपूर्ण छ । एमालेको मजदुर फाँटमा उनी केन्द्रीयस्तरको नेता भएकाले गुरुङलाई यसपटक समानुपातिकबाट पाएको अवसरलाई प्रत्यक्षमा जितेर आफुुलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । गुरुङलाई जनस्तरको राजनीति गर्ने र सांगठनिक कुशलताले भरिपूर्ण भनिरहँदा स्थानीय निर्वाचको आंकडाले भने गिज्याउने गरेको छ । अर्थात् उनकै वडामा एमाले कांग्रेसभन्दा धेरै पछि रह्यो । वडा नम्बर ११ मा कांग्रेसबाट चुनिएका वडाध्यक्षले १ हजार ५७४ मत ल्याउँदा एमालेको मत ८ सय ५५ मात्र रहेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा गुरुङका प्रतिष्पर्धी थापाको चुनावी प्रचार व्यापक छ । भौतिक प्रचार त छ नै प्रविधिमार्फत थापा झनै आक्रामक देखिएका छन् । मन्त्री भइसकेका थापाले यस क्षेत्रमा पहिल्यैदेखि रणनीतिक चाल चलेका छन् । भोट कहाँ छ, र उनीहरुलाई कसरी आफ्नो पकडमा राख्न सकिन्छ भनेर उनले विनियोजन गरेको बजेट र आफुले पाउने सेवा, सुविधाको वितरणबाटै प्रष्ट हुन्छ । यद्यपि, यस्तो आधार र विश्लेषणले थापालाई जीत हात पार्न सजिलो भने छैन । मुख्यतः यसपटक थापा नेकपा एमालेका उम्मेदवारसँग भिड्दैछन् । जससँग पार्टीमात्र हैन, समुदाय पनि छ । कास्कीलाई कुनैबेला तमुवान राज्यको नाम दिइनुपर्छ भन्ने समुदाय अझैपनि गुरुङ उम्मेदवारप्रति उदार छन् । अहिले पोखरामा गुरुङ समुदायका अगुवाहरु पार्टीभन्दा माथि उठेर आफ्नो जात, थरलाई जसै भोट हाल्नुपर्छ भन्ने अभियानमा छन् । बाहिर हेर्दा मेसो पाउन सकिन्न तर समुदायका सदस्यहरु साना–साना समूहमा गुरुङको घर पहिल्याउँदै भोट माग्न व्यस्त छन् । समूहका हातमा थापाका प्रतिष्पर्धीसँगै अन्य क्षेत्रका गुरुङ उम्मेदवारका पर्चा, पम्प्लेट भेटिन्छन् । यससँगै गुरुङको पृष्ठभूमि ‘लाहुरे’ भएकाले उनलाई भूतपूर्व सैनिक परिवारको समेत साथ रहेको छ । एउटै घरबाट युवाहरुले थापालाई मत दिएपनि जेष्ठ सदस्यहरुले भने गुरुङलाई सहयोग गर्न सक्छन् । यस क्षेत्रमा महानगरका ६ वडा छन् । जसमध्ये स्थानीय निर्वाचमा ४ वडा कांग्रेसले जितेको छ भने २ मा एमालेको पकड रह्यो । यसमध्ये वडा नम्बर ४, ९, ११ कांग्रेसको राम्रै पकड भएको वडा हो । यहाँ गठबन्धनले १० हजार ७ सय ७५ मत पाएको छ । जसमध्ये कांग्रेसकोमात्रै ९ हजार ९९२ मत रहेको छ । सहयोगी दल माओवादीको ५ सय ४४ र एसको २ सय ४२ मत रहेको छ । एमालेले ९ हजार ६३१ मत पाएको थियो । उक्त आंकडालाई हेर्दा कांग्रेसको मत नै एमालेको भन्दा बढी देखिन्छ । तरपनि प्रतिष्पर्धीबीच फरक मतको संख्या भने ११ सयको हाराहारीमामात्रै छ । यस्तो स्थितिमा महिला, लाहुरे र गुरुङ समुदाय एमालेको जित्ने आधार हो भने गठबन्धनको इमानदारिता थापाको ।
पोखरा: गण्डकी प्रदेशसभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन् । गठबन्धनबाट कास्की क्षेत्र २(२) मा प्रत्यक्ष उम्मेद्वार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँ डाडाँमा घरदैलो गर्दै गरेको चुनावी कोणसभामा उक्त कुरा बताएका हुन् । थापाले वडा नं. ११ मा काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । उनले आफु अबको पाँच वर्षपनि जनताको काम गर्नका लागि आएको सुनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, प्रदेश संरचना निमार्ण, नीति नियम, ऐन कानून निमार्ण गर्दा सकिएको स्पष्ट पारे । थापाले आफुले पाँचवर्ष अघि जितेर गएपनि विकासका योजना ल्याउने मन्त्रालयमा नपर्दा चाहेजति विकास गर्न नसकेकोमा आफु लज्जित भएको बताए । ‘ म यो ठाउँको सांसद भएरपनि तपाईँहरुले चाहेजतिको विकास गर्न सकिन । मेरो अधिकार क्षेत्रले जति दियो त्यतिमात्रै गरे । फेरी मैले मन्त्रालय पनि विकासका योजना ल्याउने खालको पाइन’, उनले भने,‘तपाइंहरुलाई थाहै छ म कानून बनाउने मन्त्रालयमा परे । हाम्रै सरकार हुँदा पनि मैले थोरै मात्रै काम गरे ।’ थापाले काहुँ विकासका लागि आफुले स्थानीयसँग बसेरै गुरुयोजना निमार्ण गरि अघि बढ्ने सुनाए । ‘बजारबाट नजिकै रहेर पनि काहुँ निकै पिछडीएको क्षेत्र हो । मैले यहाँको सबै समस्या बुझेको छु । सबैभन्दा ठूलो समस्या भनेको सडक नै हो । सडक सञ्जाल भयो भने सबैतिर विकास हुन बेर लाग्दैन् । अर्को कुरा सराङकोट भन्दापनि यो बढी रमणीय ठाउँ छ तर पनि विकास हुन सकेन’, उनले थपे, ‘अब काहुँ डाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन जरुरी छ । सडक मात्रै होइन् तपाईंहरुले भनेझै यहाँ पदमार्गपनि बनाउनुपर्छ ताकी हाइकिङ हाउने गरोस् ।’ थापाले अब आफ्नो ठाउँको लागि पार्टीभन्दा माथि उठेर हेर्नुपर्ने भनाई राखे । थापाले रानी बौरहुँदै जाने सडकलाई अब कृषि सडकको रुपमा विकास गर्ने गरी प्रदेशको रातो किताबमा परेको समेत सुनाए । उनले कृषि सडक अन्तरगत एक करोड रुपैयाँ विनियोजन भइसकेको र अब काम सुरु हुन मात्रै बाकीँ रहेको बताए । उक्त योजनालाई आफु निर्वाचित भएर गएमा बहुवर्षे योजनामा पार्दै स्तरीय कृषि सडकको रुपमा विकास गर्ने बताए । थापाले काहुँमा समेत ठाउँठाउँमा पहिरोको जोखिम भएकाले पहिरो जोखिम नियन्त्रण गर्दै वातावरणीय अनुकुलको विकासलाई बढाउन आजको आवस्यकता रहेको स्पष्ट पारे । ‘विकास निर्माणका लागि योजना लिएर आउन मन्त्रालयको कार्य क्षमताले दिएन । सामाजिक वा अन्य कुनै मन्त्रालय पाएको भएपनि काम गर्ने थिए तर त्यसो हुन सकेन कानुन बनाउने स्थानमा भइयो त्यसैले मेरो अधिकार क्षेत्रमा परेर । मेले भ्याएसम्म गरे ।’, उनले भने ।
पोखरा: आसन्न निर्वाचनको मिति नजिकिंदै जाँदा राप्रपा नेपाल कास्की पनि चुनावी प्रचार–प्रसारमा तिब्रताका साथ लागि परेको छ । पार्टीले पोखराका सबै वडाहरुमा घरदैलो साथै प्रचार सामग्री वितरण गरेको छ । चुनाव चिन्ह ‘तीर’ लिएर चुनावी मैदानमा होमिएको राप्रपा नेपाल कास्कीका उम्मदवारहरु कार्यकर्ताका साथ मतदाताको घरदैलोमा पुगेका हुन् । मत माग्न घरदैलो गरिरहँदा मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको राप्रपा नेपालका सह महामन्त्री समेत रहेका उम्मदेवार शिवकुमार बाँस्तोलाले बताएका छन् । ‘सम्वद्र्धनवाद, सुशासन र समृद्धि’ हाम्रा पार्टीको मुलमन्त्र हो, हाम्रो चुनावी नारा पनि यसैमा केन्द्रित छ’–बाँस्तोलाले भने । राप्रपाले कास्कीमा प्रतिनिधी सभातर्फ समानुपातिकमा शिवकुमार बाँस्तोला र इश्वरी बैगारी तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फ विरबहादुर तामाङ्ग, इन्द्रकुमार शाही, मधु अधिकारी गुरुङ्ग र प्रेमकान्त तिवारीलाई उम्मेदवारका रुपमा अगाडी सारेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपाल कास्कीका प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेकोमा राप्रपा नेपाल कास्कीले कास्कीको प्रतिनिधी र प्रदेश सभाको उम्मेदवारी फिर्ता गरि निःशर्त रुपमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सहयोग गर्ने गरि सहमति गरेका छन् । देशको राजनीतिक परिस्थिती, सत्तारुढ दलको अराजनीतिक एवं जनविरोधी गतिविधीका साथै अप्राकृतीक गठबन्धनले मुलुकको लोकतान्त्रमाथिनै प्रश्न चिन्ह खडा भएको महशुस गर्दै राजनीतिक विचार मिलेकाले एमालेसग यस्तो सहमति गरेको राप्रपा नेपालले जनाएको छ ।