काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

पोखराः   नेकपा एमालेका उम्मेदवार वेद वहादुर गुरुङ श्यामले चुनाव जित्नको लागि अनुचित चन्दा संकलन गरी खर्च नगर्ने घोषणा गरेका छन् ।    नेकपा (एमाले) को तर्फबाट कास्की १ ‘ख’ का प्रदेश सभा सदस्य पदका उम्मेदवार गुरुङले सामाजिक सञ्जाल फेसवुकमा पोष्ट सेयर गर्दै उक्त कुरा व्यक्त गरेका हुन् ।   गुरुङले लेखेका छन् ‘चुनाव जित्नकै लागि म अनुचित चन्दा लिदिनँ र खर्च पनि गर्दिनँ ।’ उनले वर्तमान अवस्थामा अरु नेताहरुले चुनाव जित्न अनेक तिकडम गर्ने बताउँदै आफुले त्यस्तो नगर्ने उल्लेख गरे । पोष्टबारे स्पष्ट पार्दै उनले उनले भने,-‘म आफ्नो योजना सुनाएर जनताको मत जित्न चाहान्छु ।’ उनले अवैध रुपमा चन्दा उठाएर अनि खर्च गर्नु निर्वाचन आचार संहिता विरुद्ध मात्र नभई दीर्घकालिन रुप असर पर्ने बताए ।    चुनाव केन्द्रित प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त उनले आफ्नो क्षेत्रका स्थानियसँग आफूलाई सुर्य चिन्हमा मत दिएर विजयी बनाउन आग्रह गर्दै आफु निर्वाचित भए गुणस्तर शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि उत्पादन तथा बजारीकरण, पर्यटन, निशुल्क खानेपानी, व्यवस्थित सार्वजनिक यातायात, फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । साथै गठबन्धन सरकारले कटौती गरेका परियोजनाहरुलाई पुनः बजेट विनियोजन गरी कार्य सम्पन्न गर्ने बताएका छन् ।  

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका नेताहरुले पोखराको सुन्दरतामा ध्यान दिने बताएका छन् ।     शनिबार पोखरा १७ घारीपाटनमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले पोखराको सौन्दर्यीकरणमा ध्यान दिने बताए ।    कास्की २ भित्र पोखरा महानगरका ११ वटा वडा मात्र पर्ने भएकाले पोखरा सौन्दर्यतामा आफूहरुको विषेश ध्यान जाने उनले सुनाए । ‘पछिल्लो समय पोखरामा भिडभाड बढेको छ । काठमाडौं, बुटवल, र नारायणगढ लगायत शहरबाट पोखरामा गाडीहरु थुप्रने गरेका छन्,’ उनले भने, ‘पोखरामा नयाँ विमानस्थल बनेको अवस्थामा बाईबास रोड बनाउने र पोखरालाई सफा सुन्दर राख्ने कुरामा ध्यान दिनेछौं ।’ पोखराको मुख्य समस्या फोहर व्यवस्थापन रहेकाले ल्याण्डफिल बनाउन पोखरा महानगरलाई सहयोग गर्दै पोखरालाई सफा र सुन्दर राख्ने प्रतिवद्धता जनाए ।    यसबाहेक भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताए । पोखराका केही क्षेत्र कृषिका लागि योग्य भएकाले पनि कृषिमा आधुनिकीकरणमा ध्यान दिने उनले बताए । स्वरोजगार, तालिम, पर्यटन, साना घरेलु उद्योग, विना भेदभाव विकासका काम लगायतमा ध्यान दिने उनले बताए । यसका लागि मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो ।    गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्व प्रकाश लामिछानेले व्यवस्था परिवर्तन भए अनुसार अबस्था परिवर्तन गर्न गठबन्धनले जित्नुपर्ने बताए ।     यसैका लागि आफूहरु गठबन्धन गरेर आएको उनले बताए । आफ्नो क्षेत्रमा विजयी भएमा स्वास्थ्य र शिक्षासँगै विकास निर्माणका काममा ध्यान दिने उनले प्रतिवद्धता जनाए । ‘अहिले देशका लागि असल नेतृत्वको अहिले आवश्यक परेको छ यसैका लागि हामी गठबन्धन गरेर आएका हौं,’ उनले भने, ‘कास्की २ (क) मा मलाई विजयी गराउनुभयो भने यस क्षेत्रको नमुना बिकास गरेर देखाउने छु । बिजयका लागि मतदान गर्न अनुरोध गर्छु ।’   यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।   शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् ।  ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले भने ।    पोखरा ११ को कृषि सडकका लागि आफ्नै पहलमा एक करोड विनियोजन भएको उनले जानकारी गराए । काहुमा नै कृषि सडक राख्ने तयारी आफुले गरिरहेको भनाई उनको छ । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ । 

पोखराः   नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २  का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अनौपचारिक क्षेत्रका श्रमिकहरुको पञ्जिकरणमा जोड दिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।  नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतको क्यूपेक नेपाल कास्कीद्धारा शनिवार पोखरामा आयोजित निर्वाचन केन्द्रीत कार्यक्रममा बोल्दै उनले श्रमिकलाई रोजगार तथा सेवा सुविधा उपलव्ध गराउन स्थानीय तहमा सुचिकृत गर्न पहल गर्ने प्रतिवद्धता जनाएकी हुन् ।   विश्वव्यापी रुपमा पैmलिएको कोभिड तथा विनाशकारी भूकम्पको समयमा सबैभन्दा बढी श्रमिक वर्ग मर्कामा परेको उल्लेख गर्दै उनले उनीहरु पञ्जिकृत नहुदा राज्यबाट प्राप्त गर्ने सेवा सुविधाबाट समेत बन्चित हुनु परेको स्मरण गरिन् ।   एमाले केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा केन्द्रीत हुन सवैलाई आव्हान गर्दै श्रम ऐन निर्माणसंगै कार्यान्वयनमा जोड दिन प्रतिवद्ध रहने विश्वास व्यक्त गरिन् ।   समाजका मजदूर, श्रमजिवी, अपाङ्ग एवम् सर्वहारा वर्गको हित अधिकार सुनिश्चितताका साथै उनीहरुलाई आर्थिक रुपमा सम्पन्न गराएर मात्र समृद्ध नेपालको परिकल्पना सार्थक हुनेमा विश्वास व्यक्त गर्दै उनले पार्टीको घोषणापत्रका आधारमा मुलुकको समग्र विकास र हक अधिकार सुनिश्चितताका लागि जिम्मेवार भएर लाग्ने अठोट गरिन् ।   कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवम् कास्की निर्वाचन नं. २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार मिना गुरुङले आप्mनो बाँकी जिवन राष्ट्र निर्माण, समाज सेवा र श्रमिक सेवामा समर्पित हुने प्रतिवद्धता जनाईन् ।   निवर्तमान जिफण्ड केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश सभाको पाँच बर्षे भूमिका निर्वाह गरिसकेकी उनले एमालेले मातृशक्तिलाई विश्वास गरेर प्रदेश सभा सदस्यमा प्रत्यक्षको उम्मेदवारी दिएको उल्लेख गरिन् ।  हाम्रो मत सूर्यमा, श्रमशक्तिको विकास र समृद्धिको पक्षमा भन्ने मुख्य नारा सहित आयोजित कार्यक्रममा  क्यूपेक कास्कीका अध्यक्ष तिर्थराज मगरले कोभिडको बेलामा मजदूरको चुलो बाल्ने र घरमा पुग्नको लागि मिना गुरुङले आफुले पाउने सरकारी सेवा सुविधा सहित निजी खर्चले सहयोग स्मरण गरे ।

  पोखरा: कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।  उनीहरुले घोषणा पत्रमा पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्कको रुपमा व्यवस्थित गरी लामेआहालमा विशेष सुविधासम्पन्न आधुनिक बसपार्क र छोरेपाटन क्षेत्र एंव हेमजा क्षेत्रमा सुविधा सम्पन्न इन्ट्रान्स बसपार्कहरु निर्माण गर्न विशेष गर्ने बताएका छन् ।  यस्तै पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा पोखरा बाग्लुङ राजमार्गको स्तरोन्नती गरी प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्येपहाडी लोकमार्ग एंव कोरोला जोमसोम देखी त्रिवेणी भैसालोटन सम्मको निर्माणाधिन लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल गर्ने बताएका छन् । केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई निर्माण कार्य गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने र काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल उनीहरुले प्रतिवद्धता जनाएका छन् । पोखरा क्षेत्रमा चक्रपथ निर्माण एंव बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने उल्लेख छ ।  भरतपोखरी, निर्मलपोखरी, कृस्ती हुदैँ कुभिन्डेसम्मको वैकल्पिक राजमार्ग सक्न पहल गर्ने र ट्राफिक व्यवस्थापनको लागि बहुआयामिक सुविधासम्पन्न पार्किङ स्थल निर्माण, निजी साझेदारीमा बेसमेन्ट पार्किङ संचलन गर्ने महानगरिय योजनालाई सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ ।  खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा विकास गर्न पहल गर्दै भरतपोखरीमा प्रस्तावित औद्योगिक क्षेत्र, अन्तराष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्नुका साथै मौजाको हाई अल्टिट्युड खेल मैदान सम्पन्न गर्ने बताईएको छ ।  पोखरा अन्तराराष्ट्रिय विमानस्थल संचालन भएपश्चात हाल संचालनमा रहेको विमानस्थलमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र एंव अन्तराष्ट्रिय स्तरको बोटानिकल गार्डेन निर्माण एंव फ्लाईङ स्कुल जस्ता परियोजना संचालन गर्न तत्काल डिपिआर तयार गरि कामको थालनी गर्ने प्रतिवद्धता गरिएको छ ।   पोखरा ल्याण्डफिल्ड साईडलाई व्यवस्थापन गरी निर्माणको अन्तिम अवस्थामा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई यथाशक्य छिटो संचालन गर्न विशेष पहल गरिन उनीहरुले प्रतिवद्धता जनाएका छन् ।  खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरी सबै गाउँ बस्ती र नागरिकसम्म प्रर्याप्त र गुणस्तरिय खानेपानीको सहज पहुँच पुर्याईने छ । 

  पोखरा: निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनैतिक पार्टीका उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्यका उम्मेद्वार दिपक गुरुङ ‘माइला’ पनि मतदातासँग भेटघाटमा व्यस्त छन् । उनले आफ्नो क्षेत्रका विभिन्न वडा–वडामा पुगेर घरदैलो गरी गठबन्धनको पक्षमा मत मागेका छन् ।  गुरुङ शनिबार पोखरा–१२ का बाँकी रहेका टोलमा घरदैलो कार्यक्रम गरे । उनले देशलाई समृद्ध बनाउने र समृद्धिको बाटोमा देशलाई डो¥याउन सके जनता खुशी हुने व्यक्त गरे । उनले विकास निर्माणको नीति बनाएर मुलुकलाई अघि बढाउने मतदातासमक्ष प्रतिज्ञा गरेका छन् ।  पर्यटन पूर्वाधार र रोजगारी, शिक्षा र स्वास्थ्य, कृषि, खानेपानी र सिँचाई, उर्जा तथा जलस्रोत, युवा तथा खेलकुद र महिला तथा बालबालिका क्षेत्रमा बढी काम गर्ने उनले प्रतिवद्धता जनाए । ‘स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न मेरो उम्मेद्वारी हो,’ उनले भने, ‘सुशासन, समृद्धि र विकासको लागि तपाईको मतको आवश्यक छ ।’ उनले मतदाताका गुनासा सन्दै निर्वाचित भएपछि विकास निर्माणको काममा ढिलाई नगर्ने प्रतिवद्धता जनाएका छन् ।  ‘सडक सञ्जाल नजोडिएको ठाउँमा विकासको पूर्वाधार थप्दै सडकहरुको स्तरोन्नति जोड दिनेछु,’ उनले भने, ‘मेरो क्षेत्रमा मादी गाउँपालिका पर्ने हुँदा त्यहाँको पर्यटन जोड्ने  याङजाकोट जोड्ने बाटो, पोखरादेखि सिक्लेस,मिजुरे, ताङतिङ, लिप्यानी, भाचोक, वार्चोक, माझठाना, अर्बा र विजयपुर जोड्ने सडकलाई स्तरउन्नती गर्नेछु ।’  

  तनहुँ​: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताउनुभएको छ ।  तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङमा आज आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले बलिदान र त्यागबाट निर्माण भएको संविधानले दिएको अधिकार गुम्न नदिने उल्लेख गर्नुभयो ।  संविधान र लोकतन्त्रको विरुद्ध षड्यन्त्र भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “हामीले बनाएको संविधान दक्षिण एसियामै उत्कृष्ट छ, यसले सबै वर्गलाई अधिकार दिएको छ, यो अधिकार गुम्न दिन्नौँ ।” पौडेलले संविधान रक्षाकै लागि अहिलेकोे गठबन्धनको गठन भएको भन्दै यसलाई पछिसम्म लैजाने बताउनुभयो ।  पौडेलले जिल्लामा विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न नसकेको उल्लेख गर्नुभयो । विसं २०७४ को निर्वाचनमा आफूले चुनाव हारेपछि यहाँको विकास अलपत्र परेको बताउँदै पौडेलले भन्नुभयो, “गठबन्धन सरकार बनेपछि तनहुँमा विकासको योजनाले पुनः गति लिन थालेको छ । बुद्धसिंमार्ग, मादी मस्र्याङ्दी सडक, शालिग्राम मार्गका लागि बजेट विनियोजन भएको छ ।” “मसँग सपना छन्, योजना छन् र त्यसलाई पूरा गर्ने सङ्कल्प छ”, पौडेलले भन्नुभयो । देश विकास र सुशासनका गठबन्धन प्रतिबद्ध रहेको बताउँदै पौडेलले देशमा परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउनुभयो । जनतामा व्याप्त निराशा हटाउन सुशासनको खाँचो रहेको औँल्याउँदै पौडेलले भन्नुभयो, “बहुदल आएपछिका दिनमा गाउँ–गाउँमा आधुनिक सुविधाका पूर्वाधार पुगेको छ ।”

  पोखरा: कास्की क्षेत्र नम्बर २ (२) बाट एमालेकी उम्मेदवार मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि सम्भव हुने बताएकी छन् । पोखरा ११ का विभिन्न टोलका मतदातासँग एमाले नेतृत्वको सरकारले गरेका कामको उदाहरण दिदै अब बन्ने सरकारले देशमा उत्पादनका सम्भावना खोज्ने बताइन् । उनले भनिन्, ‘सधैं अरुकै भरले देश चल्दैन । अब नेपालमै उत्पादन बढाएर विदेशमा बजार खोज्नुपर्छ । के उत्पादन गर्ने भन्ने योजना हामीसँग छ । विदेशमा रोजगारी खोजेर देशको समृद्धि हुँदैन ।’ अघिल्लो कार्यकालमा प्रदेशका ऐन, कानुन र पूर्वाधार बनाएकाले अबको कार्यकालमा जनताले प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्ने उनले वाचा गरिन् । महिला, दलित, भूमिहीन, श्रमिक, निम्न वर्गका जनताको हितका लागि एमालेको योजना भएको उनको भनाई छ । उम्मेदवार गुरुङले भनिन्, ‘भूमीहीन, अव्यवस्थित बसोबासीलाई जग्गा दिने अभियान हामीले थालेका हौं, अब त्यो पूरा हुँदै छ । एकल, स्थिर र जनपक्षीय तवरले सरकार चलाउने सामथ्र्य एमालेसँग मात्र छ ।’ कास्की २ मा एमालेकी उम्मेदवार विद्या भट्टराई अधिकारीले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार भन्ने अवस्था जनताको घरदैलोमा जाँदा देखिने बताईन् । उनले कास्कीका समस्या सम्बोधन गर्दै जनपक्षीय नीति निर्माण र सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई पूरा गर्ने वाचा गरिन् । उनले भनिन्, ‘हामी प्रदेश र संघ दुवैतिर महिला उम्मेदवार एमालेबाट आएका छौं । विगतमा हामीले इमान्दारीपूर्वक काम ग¥यौं । मूल्यांकन गर्ने अभिभारा तपाईहरुको हो ।’  

पोखरा: आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनता र पार्टीले गरेको अपार विश्वास र माया माथि आफुले कहिल्यै घात नगर्ने बताएका छन् ।   चुनाव केन्द्रित घरदैलो कार्यक्रम अन्तर्गत मादी गाउँपालिका वडा नम्वर १२ का मतदातासँग उनले विगतमा आफ्नो पार्टीले गरेका कार्यहरु प्रस्तुत गर्दै अबको ५ बर्ष जनताको शिर अझै उचो हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।   नेकपा एमालेका कास्की जिल्ला अध्यक्ष समेत रहेका गुरूङले एमाले नेतृत्वको सरकारका पालामा  भुमिहिन तथा अव्यवस्थित बसोबास गर्ने जनताको पक्षमा काम गर्दा गर्दै वर्तमान सरकारले हटाएको बताउँदै अब बन्ने एमालेको सरकारले भुमिहीनलाई जग्गाको मालिक बनाउने गरी काम गर्ने हुँदा सोको लागि बहुमत सहितको एमालेको सरकार निर्माण गर्न को लागि सुर्य चिन्हमा मतदान गर्न सबैलाई अनुरोध गरे।   एमाले सधै राष्ट्रहित र समृद्धिका लागि अहोरात्र खटेको भन्दै उनले अबको ५ बर्ष खेर नजाने गरि आफू जनताको काममा लागिरहने स्पष्ट पारे । 

  पोखरा: कास्की निर्वाचन क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका साझा उ्रम्मेदवारले पहिलो प्राथमिकतामा कृषि सडक राखिएको बताएका छन् । शनिवार विहान मतदातासँग भेट्दै उनीहरुले अधिकाशं मतदाता कृषिमा नै आत्मर्निभर भएकाले उनीहरुको आवश्यकता कृषि सडक रहेको बताए । सडक लगायत भौतिक पूर्वाधारमा काम गरिए पनि जनतालाई राहात पुग्ने गरि कृषि सडक भने नभइसकेको उनीहरुले बताएका थिए । आगामी दिनमा कृषि सडक बनाउनका लागि गठबन्धनका सवै उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरेका छन् । चालु आर्थिक वर्षमा पाँच दलिय गठबन्धनको सरकारले बजेट ल्याउँदा पनि कृषि सडकलाई नै प्राथमिकता दिएको बताउँदै उनीहरुले अवका दिनमा पनि तिनै योजना पुरा गर्ने गरि काम गर्ने बताएका थिए । कास्की २ का प्रतिनिधिसभामा उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले गठबन्धनका सवै जना एकै ठाउँमा उभिएर जनताको समाजसेवामा खटिने बताए । ‘तपाईहरुको संरक्षण गर्ने जिम्मा हाम्रो हो’ उनले भने, ‘हामी पाँच दलिय गठबन्धन भएर निर्वाचनमा होमिएका छौ । संघ र प्रदेशमा जिताउँनुस महानगर त हाम्रै छ । तपाईहरुको समस्या तीनै तहवाट सम्बोध हुनेछ ।’ कास्की २ को २ मा उम्मेदवार काँग्रेस नेता विन्दुकुमार थापाले विकासका लागि सांसद विकास कोषको रकमले मात्र सम्भवन नहुने बताए । यसका लागि विकासे मन्त्रालयमै जिम्मेवारी लिनुपर्ने तर्क उनको थियो । ‘अहिले विकास गर्नै नसकिने मन्त्रालयको जिम्मेवारी समालेको छु’ उनले भने ‘चाहेर पनि केही गर्न सकिन ।’ कृषि सडकसँगै एक घर एक धारा, खानेपानीको मुहान संरक्षणका योजनालाई पनि प्राथमिकतामा राखिने उनले बताए । बहुवर्षे योजना बनाएर नै कार्यान्वयन गरिने उनको भनाई छ । उनले मतदातालाई विकासका लागि पनि गठबन्धनलाई भोट दिन आग्रह गरे । गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामका लागि मत दिन आग्रह गरेका हुन् । ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ’ उनले भने । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ । विकासका लागि पार्टी भन्दा माथी उठेर काम गरिने कास्की २ को १ का साझा उम्मेदवार माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने बताउँछन् । उनले पोखरामा विकासका कस्ता मोडल आवश्यक छ भन्ने पनि आइडिया भएकाले निर्वाचित भएपछि नै सुरुवात गर्न सकिने बताए । पोखरा–१७ का मतदातासँग शनिवार विहान भेट्दै उनले आर्थिक सामाजिक परिवर्तन अहिलेको आवश्यकता रहेको बताए । स्थानीयले विश्वप्रकाश जस्तै दुख सुखमा भेटिने ईमानदार नेताको खाँचो रहेको बताएका थिए । ‘उहाँलाई देशले मागेको छ’ स्थानीय भन्छन, ‘विकासको योजना भएका विश्वप्रकाशलाई हामी जसरी पनि जिताउँछौ ।’ संघिय उम्मेदवार बरालले गण्डकी प्रदेशको राजधानी पोखरा भएकाले यहाँ सवैको प्राथमिकता पर्ने बताए । संघियता बचाउनको लागि बाम लोकतान्त्रिक गठबन्धन एकै ठाउँमा उभिएकाले विकास पनि एक भएर लाग्ने उनले प्रतिबद्धता गरे ।