‘विदेशमा काम होइन, बजार खोज्छौं’: गुरुङ
पाेखरा | कात्तिक २६, २०७९

पोखरा: कास्की क्षेत्र नम्बर २ (२) बाट एमालेकी उम्मेदवार मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि सम्भव हुने बताएकी छन् । पोखरा ११ का विभिन्न टोलका मतदातासँग एमाले नेतृत्वको सरकारले गरेका कामको उदाहरण दिदै अब बन्ने सरकारले देशमा उत्पादनका सम्भावना खोज्ने बताइन् । उनले भनिन्, ‘सधैं अरुकै भरले देश चल्दैन । अब नेपालमै उत्पादन बढाएर विदेशमा बजार खोज्नुपर्छ । के उत्पादन गर्ने भन्ने योजना हामीसँग छ । विदेशमा रोजगारी खोजेर देशको समृद्धि हुँदैन ।’
अघिल्लो कार्यकालमा प्रदेशका ऐन, कानुन र पूर्वाधार बनाएकाले अबको कार्यकालमा जनताले प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्ने उनले वाचा गरिन् । महिला, दलित, भूमिहीन, श्रमिक, निम्न वर्गका जनताको हितका लागि एमालेको योजना भएको उनको भनाई छ । उम्मेदवार गुरुङले भनिन्, ‘भूमीहीन, अव्यवस्थित बसोबासीलाई जग्गा दिने अभियान हामीले थालेका हौं, अब त्यो पूरा हुँदै छ । एकल, स्थिर र जनपक्षीय तवरले सरकार चलाउने सामथ्र्य एमालेसँग मात्र छ ।’
कास्की २ मा एमालेकी उम्मेदवार विद्या भट्टराई अधिकारीले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार भन्ने अवस्था जनताको घरदैलोमा जाँदा देखिने बताईन् । उनले कास्कीका समस्या सम्बोधन गर्दै जनपक्षीय नीति निर्माण र सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई पूरा गर्ने वाचा गरिन् । उनले भनिन्, ‘हामी प्रदेश र संघ दुवैतिर महिला उम्मेदवार एमालेबाट आएका छौं । विगतमा हामीले इमान्दारीपूर्वक काम ग¥यौं । मूल्यांकन गर्ने अभिभारा तपाईहरुको हो ।’
पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ । समाजि...
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...