भरतपोखरीवासी भन्छन: ‘रविन्द्र र विकास मन मुटुमा छन्’

पाेखरा | कात्तिक २५, २०७९

भरतपोखरीवासी भन्छन: ‘रविन्द्र र विकास मन मुटुमा छन्’

पोखराः   दिवङ्गत पर्यटनमन्त्री रविन्द्र अधिकारीको जन्मथलो पोखरा महानगरपालिका वडा नम्वर ३३  भरतपोखरीका जनताले रविन्द्र र उनले गरेको विकास सधैं मन मुटुमा रहेको बताएका छन् । 

 

कहिल्यै विर्सन नहुने एमाले नेता अधिकारीले देखेका विकासका सपना पूरा गर्न अव एमालेकै उम्मेदवार चाहिएकोले प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई र प्रदेश सभा सदस्यका उम्मेदवार भिम कार्कीलाई अत्याधिक मतले विजयी गराउने भरतपोखरीवासीले प्रतिवद्धता जनाएका छन् ।

 

मंसिर चार गते सम्पन्न हुने निर्वाचन अभियानमा आफ्नै गृह वडा पोखरा ३३ पुगेका नेकपा ९एमाले०को तर्फबाट कास्की क्षेत्र न २(१) का गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भेटघाटका अवसरमा स्थानियहरूले सो प्रतिवद्धता जनाएका हुन् ।

 

भेटमा उम्मेदवार कार्कीले विकास र समृद्धिको योजनाबद्ध संवाहक नेकपा एमाले मात्रै भएको बताए । कार्कीले आफु सधैं जनताको साथमा रहेको र सधैं रहने भन्दै जनताको हित र विकासमा इमान्दारितापूर्वक लागिरहने उल्लेख गरे।

 

दिवङ्गत नेता रविन्द्रको उत्तराधिकारी भएर उनको विकासको सपना पूरा गर्दै थप योजना अघि सारेको कार्कीले जानकारी दिए । विगतमा आफ्नो पार्टीको केपी ओली नेतृत्वको सरकारले विकास अभियानमा उत्कृष्टतापूर्वक काम गरेको र अब पनि त्यस्तै योजना घोषणाापत्र मार्फत आइसकेको हुँदा जनजिविकाका सवाललाई समेट्दै आफू नीति निर्माणमा प्रभावकारी भुमिका सहित अगाडि बढ्ने उल्लेख उनको भनाई छ ।

 

निर्वाचन अभियानका क्रममा आफ्नो गृह वडा पोखरा महानगरपालिका वडा नम्वर ३३ पुगेका एमाले उम्मेदवार कार्कीले सो क्षेत्रको योजनाबद्ध एकीकृत विकासको अवधारणालाइ साकार  पार्ने बताए ।

 

सो पार्टीका गण्डकी प्रदेश कमिटीका उप–सचिव रश्मि आचार्यले आचार्यले एमाले नीति र योजनासहित निर्वाचनमा आएको एमालेका उम्मेदवारहरूलाई प्राप्त जनसाथले नै विजय निश्चित भैसकेको भन्दै आफ्नो ठाउँको विकास आफ्नै क्षेत्रका जनप्रतिनिधिले नै गर्ने हुँदा प्राप्त अवसर नगुमाउन भरत पोखरीवासीलाई आग्रह गरे ।

 

उपसचिव आचार्यले युवा, महिला,जनजाति पिछडिएका बर्गसहित आम नेपालीको समृद्धिको लागि महत्वपूर्ण कार्यक्रम घोषणा पत्र मार्फत एमालेले ल्याएको भन्दै सोको पूर्ण कार्यान्वयन गर्ने बताए ।

 

पोखरा ३३ का निवर्तमान वडा अध्यक्ष शिवप्रसाद आचार्यले सो वडाको लाम्गादिमा नयाँ मोटरेबल पुल निर्माणको लागि आफ्नो पार्टीका जनप्रतिनिधिको  पहलमा नेपाल सरकार संघीय पूर्वाधार विकास कार्यालय र स्विस सरकार बिच  नयाँ सम्झौता भैसकेको भन्दै अव छिट्टै निर्माण प्रक्रिया शुरु हुने जानकारी दिए ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्