साझा उम्मेदवारलाई शंका नगरौं: प्रधानमन्त्री देउवा

पाेखरा | कात्तिक ४, २०७९

साझा उम्मेदवारलाई शंका नगरौं: प्रधानमन्त्री देउवा

 

पोखरा । प्रधानमन्त्री शेरबहादर देउवाले पाँचदलीय गठबन्धनका साझा उम्मेदवारहरुलाई शंका नगर्न निर्देशन दिएका छन् । 


पाँचदलीय गठबन्धन गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गदैं प्रधानमन्त्री देउवाले आम नेता तथा कार्यकर्तालाई  यस्तो निर्देशन दिएका हुन् । 


उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँचदलीय गठबन्धनबाट आएका साँझा उम्मेदवाहरुलाई टिकठ नपाएको बाहनामा शंका गर्न आवश्यक नरहेको दोहोर्याए । 


‘मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएको बाहनामा गठबन्धनका साझा उम्मेदवारलाई शंका उपशंका गर्ने बन्द गर्नुस्, उनले भने, ‘गठबन्धन आजको आवश्यकता हो । गठबन्धनका नेताहरुलाई शंका गर्ने काम कसैले नगरौं ।’


पाँचदलीय गठबन्धनमा सबै राजनीतिक पार्टी अलगअलग पृष्ठभुमीबाट आएको बताउदै गठबन्धन पछिल्लो समयको आवश्यकता रहेको प्रधानमन्त्री देउवाले धारणा राखे ।


‘सबै राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएको हो तर यो आजको आवश्यकता हो, उनले भने, ‘मलाई गठबन्धनबाट प्रधानमन्त्री बनाउनुभयो यो ठाउँमा भोलि गठबन्धनबाट प्रचण्ड, माधव, रामचन्द्र जोपनि आउनसक्नुहुन्छ ।’

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्