काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

काठमाडौं :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएको तथ्याङ्क निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।    आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिला गरी दुई हजार पाँच सय २६ को उम्मेदवारी परेको हो ।    प्रत्यक्षतर्फ प्रदेश नं एकमा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका छन् । जसमा चार सय ९३ पुरुष र ५५ महिलाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश एकमा ३० दल र स्वतन्त्रले उम्मेदवारी दिएको जनाइएको छ । मधेश प्रदेशमा प्रत्यक्षतर्फ एक हजार ५५को उम्मेदवारी परेको छ । नौ सय ७८ पुरुष, ७६ महिला र अन्यमा एक जनाले उम्मेदवारी दिएका छन् ।    ३७ दल र स्वतन्त्रले उम्मेद्वारी दिएका छन् । वाग्मती प्रदेशमा ३२ दल र स्वतन्त्रले गरी प्रत्यक्षतर्फ सात सय एक जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष ६ सय १९ र महिला ८२ छन् । गण्डकी प्रदेशमा २३ दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ दुई सय ७१ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष दुई सय ३७ र महिला ३४ जना छन् ।     लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २५ राजनीतिक दल र स्वतन्त्र गरी पाँच सय ३२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा पाँच सय पुरुष र ३२ महिला छन् । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १६ राजनीतिक दल र स्वतन्त्र गरी एक सय ४३ जनाको उम्मेदवारी परेको छ । जसमा एक सय ३९ पुरुष र चार महिलाको उम्मेदवारी रहेको आयोगले जनाएको छ ।   यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ २० राजनीतिक दल र स्वतन्त्र गरी दुई सय २६ जनाको उम्मेदवारी परेको छ । जसमा दुई सय १२ पुरुष र १४ महिलाको उम्मेदवारी परेको जनाइएको छ । यो तथ्याङ्क सोमबार साँझसम्म आयोगको प्रणालीमा प्रविष्ट भएका आधारमा सार्वजनिक गरिएको आयोगले जनाएको छ । –––

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ ।   निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते दर्ता भएको मनोनयनपत्रको सूची सोही दिन प्रकाशन भइसकेको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने र असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको थियो ।   समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रकाशित भएको बन्दसूचीको सूचनामा असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं :  निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।   आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र  विज्ञापन हुन थालेको छ ।   आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाई नीतिको कार्ययोजनाबमोजिम भए गरेका काम कारबाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य भइरहेको जनाउनुभएको हो ।   आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ ।   सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे नगरेको बारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाई परीक्षण गरिने भएकाले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका सबै खर्च विवरणसमेत चुस्तदुरुस्त राख्न सम्बन्धित सबै राजनीतिक दल र उम्मेदवारलाई आयोगले आग्रह गरेको हो ।

बलेवा :  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार दलले उम्मेदवारी दर्ता गरेका छन् ।    आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दलका नेताहरुले उम्मेदवारी दर्ता गराए । बागलुङको क्षेत्र नं १ बाट सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।    मनोनयनपछि केसीले संविधानको रक्षा र राष्ट्रियताको संरक्षणका लागि उम्मेदवारी दर्ता गर्नुपरेको बताउनुभयो । यसअघि पटकपटक एमालेसँगको तालमेलमा निर्वाचन लडेको राजमोले यो पटक कांग्रेस रोजेको हो । केसीले पनि पहिलो पटक कांग्रेसको समर्थनमा निर्वाचन लड्दै हुनुहुन्छ ।   सोही क्षेत्रमा एमालेका निवर्तमान सांसद डा सूर्य पाठक उम्मेदवार बन्नुभएको छ । क्षेत्र नंं १ का लागि राप्रपाका लक्ष्मीप्रसाद सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका लागि खिमानन्द कँडेलले पनि उम्मेदवारी दिनुभएको छ । कांग्रेसका नेता कृष्ण शङ्कर श्रेष्ठ र चन्द्रबहादुर क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   त्यसैगरी निर्वाचन क्षेत्र नं १ को ‘क’ प्रदेशमा कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेका अध्यक्ष हिराबहादुर केसी उम्मेदवार बन्नुभएको छ । थापा कांग्रेसका निर्वतमान सभापति हुनु्हुन्छ । त्यस्तै राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र दीपेन्द्र हमालको स्वतन्त्र उम्मेदवारी परेको छ ।    क्षेत्र नंं १ कै ‘ख’ प्रदेशमा कांग्रेसका डिल्लीराम सुवेदी, एमालेका नवराज पौडेलको उम्मेदवारी परेको छ । यो क्षेत्रमा राप्रपाका गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेसनका सहवीर थापाले उम्मेदवारी दिनुभएको छ ।   क्षेत्र नंं २ मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनुभयो । यो क्षेत्रमा एमालेकी मञ्जु शर्मा चालिसेले उम्मेदवारी दर्ता गराउनुभएको छ । पौडेल अघिल्लो पटक यो क्षेत्रबाटै निर्वाचित हुनुहुन्थ्यो । राप्रपाका अञ्चल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, मङ्गोल नेशनल अर्गनाइजेसनका गोवर्धन घर्तीमगरले उम्मेदवारी दिनुभएको छ ।  क्षेत्र नं २ को क प्रदेशमा कांग्रेस सभापति जीतबहादुर शेरचन र स्वतन्त्र प्रकाश घर्तीले उम्मेदवारी दर्ता गराउनुभयो । घर्ती एमालेको समर्थनमा लड्ने तयारीमा हुनुहुन्छ । यहाँ राप्रपाका शङ्कर खरेल, स्वतन्त्रबाट भीमलाल पोखरेलको उम्मेदवारी परेको छ । पोखरेल राजमो सचिव हुनुहुन्छ ।    क्षेत्र नंं २ कै ‘ख’ प्रदेशमा कांग्रेसका द्रोण कुँवर र एमालेका लक्ष्मण पुनले उम्मेदवारी दिनुभएको छ । राप्रपाबाट शान्ताकुमारी चन्द, जनता समाजवादी पार्टीबाट गङ्गाबहादुर घर्ती, मंगोल नेशनल अर्गनाइजेसनका ताराबहादुर घर्तीले उमेदवारी दिनुभयो । स्वतन्त्रतर्फ दीपक थापा, नरबहादुर गुरुङ, दुर्गादेवी घर्ती, कर्मती पुन र टेकप्रसाद कामीले उम्मेदवारी दिनुभएको हो ।

काठमाडौं  ः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।   कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।   त्यस्तै मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म तोकिएको आयोगको निर्वाचन कार्यतालिका उल्लेख छ ।   उम्मेदवारहरुको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म छ । आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिने भए असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको अन्तिम नामावली २६ प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।   अन्तिम नामावलीमा रहेका उम्मेदवारहरुलाई २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिका छ ।

नेकपा एमालेका कास्कीमा युवा नेताको छवि बनाएका जगन्नाथ बाँस्तोलाले प्रतिनिधिसभा र प्रदेश कतैपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।    क्षेत्र नम्बर ३ बाट टिकटका आकांक्षी रहेका बाँस्तोलाको नाम केन्द्रमा सिफारिश भएपनि अन्तिममा टिकट नपाएपछि स्वतन्त्रकारुपमा बागी उठेका हुन् ।    यस क्षेत्रबाट पार्टीले दामोदर वैरागीलाई टिकट दिएको छ ।    त्यस्तै, नेपाली कांग्रेस कास्कीमा हक्की नेताका छवि बनाएका पुराना नेता महादेव गुरुङले पनि आफुलाई बागीमा दर्ता गराएका छन् ।    टिकटका आकांक्षी रहेका गुरुङले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन् । यस क्षेत्रमा गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले टिकट पाएका छन् । 

पोखरा : मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्वर २ मा शिरीष गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन् ।    कास्की क्षेत्र नम्बर २ मा पाँच दलिय गठबन्धनबाट श्रीनाथ बराल , नेकपा एमालेबाट विद्या भट्टराईसँगै गठबन्धन विरुद्ध नेपाली कांग्रेसका नेता तथा पूर्व  राज्यमन्त्री महादेव गुरुङले बागी उम्मेदवारी दर्ता गरेका छन् ।    गठबन्धन, एमाले र बागी उम्मेदवारीसँगै शिरीष गुरुङले आइतबार लौरो चिन्ह लिएर निर्वाचन अधिकृतको कार्यालय गएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।   

कास्की ।   आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कास्कीमा सत्तारुढ गठबन्धन र प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।   कास्की क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले मनोनयन दर्ता गराए ।    यसैगरि नेकपा एमालेबाट कास्की अध्यक्ष मन बहादुर गुरुङले मनोनयन दर्ता गरे । कास्की क्षेत्र नम्बर २ मा एमालेबाट विद्या भट्टराईले नाम दर्ता गराइन् भने गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले मनोनयत दर्ता गरे ।   कास्की क्षेत्र नम्बर ३ का लागि पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका महादेव गुरुङले र नेकपा एमालेबाट दामोदर पौडेल बैरागीले मनोनयन दर्ता गराए ।   प्रदेशसभा तर्फ भने केही उम्मेददवार दोहोरिने दाउमा छन् ।    कास्की क्षेत्र नम्बर १ ‘क’ बाट गठबन्धनको तर्फबाट नेकपा माओवादीका दीपक कोइराला (रुपक) ले उम्मेदवारी दर्ता गरेका छन् । भने नेकपा एमालेबाट ‘क’ मापूर्व गृहमन्त्रीसमेत रहेका खगराज अधिकारीले मनोनयन दर्ता गरे ।   कास्की क्षेत्र नम्बर १ ‘ख ’ मा नेपाली कांग्रेसका दीपक गुरुङले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट ‘ख ’ मा बेद बहादुर गुरुङ श्यामले मनोनय दर्ता गराए ।    यसैगरि कास्की क्षेत्र नम्बर २ ‘ख ’ मा एमालेबाट भीम कार्की र  ‘ख’ मा मीना गुरुङले मनोनयद दर्ता गराइन् भने गठबन्धनको तर्फबाट २ ‘ख ’ मा माओवादीका विश्व प्रकाश लामिछाने र  ‘ख’ मा कांग्रेसका विन्दु कुमार थापा र उम्मेदवार बनेका छन् । यस्तै कास्की क्षेत्र नम्बर ३ ‘क’ मा माओवादीका दुर्गा दत्त भण्डारी र ‘ख’ मा कांग्रेसका प्रकाश बरालले मनोनयन दर्ता गराए भने एमालेको तर्फबाट  ‘क’ मा गणेशमान गुरुङ र ‘ख’ मा राजीव पहारीले उम्मेदवारी दिएका छन् ।   त्यस्तै कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि शिरिष गुरुङले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । सोही क्षेत्रबाट राप्रपाबाट माधव प्रसाद कंडेलले नेपाल मजदुर किसान पार्टीको तर्फबाट पशुपति प्रजापति,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बाल कुमार राईले मनोनयन दर्ता गराएका छन् ।  

कास्कीको क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनले प्रतिनिधि सभामा साझा उम्मेदवारकोरुपमा रामजीप्रसाद बराल ‘जीवन’लाई उठाउने भएको छ ।    गण्डकी प्रदेशमा अर्थमन्त्री सम्हालेका बराल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।   बरालका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका दामोदर बैरागी रहेका छन् ।