‘गण्डकी प्रदेशमा बहुमतको सरकार बनाउछौँ’: उम्मेदवार अधिकारी
पाेखरा | कात्तिक ६, २०७९

पोखरा । कास्की क्षेत्र नम्वर १ प्रदेश सभा १ का नेकपा एमालेका प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
पोखरा ३० मा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता अधिकारीले प्रत्यक्षमा २२ सिट र समानुपातिकमा १० सिट जितेर सरकार बनाउने दाबी गरेका हुन् ।
उनले जनताको पक्षमा निरन्तर बोल्दै र काम गर्दै आएकै कारण एमालेलाई जनताले जिताउने विश्वास व्यक्त गरे । पछिल्लो समय जनताका दैनिक गुजारा गर्न आवश्यक खाद्य सामाग्रीमा बढेको मुल्यवृद्वीलाई बेवास्ता गर्दै राजनीति भागबण्डा र फण्डामा केन्द्रित बन्नुले जनताका समस्याप्रति गठबन्धन कति संवेदनशिल छ भन्ने प्रष्ट भईसकेको उनको भनाई थियो ।
प्रतिनिधिसभाबाट प्रदेश सभामा पाटीको निर्णय र फैसला अनुसार आफू प्रदेशसभामा उम्मेदवार बनेको भन्दै उनले आफु प्रदेशमा नयाँ अनुहार भएको बताए । ‘प्रतिनिधिसभामा होइन प्रदेशसभामा म उम्मेदवार बनेको छु, र म प्रदेशका लागि नयाँ अनुहार हुँ’,उनले भने ।
जनतासँग अझै नजिक रहेर काम गर्ने अवसर मिलेको भन्दै अपुरा विकासका काममा जनताकै सल्लाह र समन्वयमा अगाडी बढ्ने उनले बताए ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...