संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडा निर्विरोध चयन
काठमाडाैं | भदौ २०, २०८२

काठमाडौं: सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन् ।
समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद हुन् ।
समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो ।
बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई नेकपा ९एमाले०का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।
नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका सांसद खतिवडा हाल कांग्रेसको केन्द्रीय सदस्य छन् । यसअघि पनि उनी ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य थिए ।
केही समयअघिसम्म उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा थिए । संवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उनले आगामी सोमबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिनेछन् ।
काठमाडौं: नेपाल र बङ्गलादेशबिचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाए...
ललितपुर: नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाविधेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सकिएको छ। ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हिजोदेखि जारी दोस्रो महाधिवेशनमा आज प्रस्तुत गरिएका सात...
भक्तपुर: सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. प...