‘विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक’: मिना गुरुङ
पाेखरा | कात्तिक ६, २०७९

पोखरा । कास्की क्षेत्र नम्वर २ (२ ) बाट नेकपा एमालेका प्रदेश सभा उम्मेदवार मिना गुरुङले देशमा विकासको लहर ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक भएको बताएकी छन् ।
उनले समाज तथा राष्ट्र निर्माणको निम्ति एमाले पाटीको विकल्प नभएको उल्लेख गर्दै मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई पहिलो पाटी बनाउन सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरिन् ।
पोखरा ११ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटि कार्यालय उद्घाटन कार्यक्रममा गुरूङले राजनीतिमा महिला शसक्तिकरण, योजनाबद्ध कार्यक्रम, व्यवसाय, सीप विकास, रोजगार तथा स्वरोजगार प्रवद्र्धनका लागि आफूले उम्मेदवारी दिएको बताईन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषदका सदस्य सोमनाथ अधिकारीले यस क्षेत्रमा आफ्नो पाटीको सरकारले संचालन गरिरहेका अधिकांश विकासका योजनाको बजेट कटौती र रकमान्तरण गर्ने काम वर्तमान सरकारले गरेकोतर्फ जानकार हुन जनतालाई आग्रह गर्दै कास्कीमा एमालेले मात्र महिलाहरूको हकहित हुने गरि काम गरेको स्मरण गरे ।
एमाले गण्डकी प्रदेश कमिटिका उपसचिव रश्मी आचार्यले एमाले सरकारको जनमुखी विकासदेखि अत्तालिएर सत्ताबाट हटाइएको भन्दै जनताको मनको साथले अब बहुमतको सरकार निर्माण हुने उल्लेख गरे ।
कार्यक्रममा पाटी जिल्ला कमिटिका सदस्य तथा कास्की क्षेत्र नम्वर २ का प्रचारप्रसार संयोजक झटपबहादुर रानाभाटले कास्कीमा एक मात्रै विकासको नायक एमाले भएको जिकिर गरे ।
पोखरा: अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...
म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ। कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अ...