पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

पोखरा:   राम विल्डर्स कम्पनीले पोखराको विरौटा–छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै सडक संघर्ष समितिले जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।    ध्यानाकर्षण पत्र बुझाउँदै संघर्ष समितिले सडक निर्माणमा ढिलाईसुस्ती भएको विषयमा संसदमा कुरा उठाउन माग गरेको छ ।   ‘सम्माननीय सांसद मार्फत के–कति कारणले काम ढिला हुन गएको हो ? समयमै किन सम्पन्न हुन नसकेको हो ? जम्मा १.८ सडक ४ वर्षदेखि अलपत्र किन राखिएको हो ? जनताको स्वास्थ्यमा किन असर पार्ने कार्य गरिएको हो ?’ ध्यानाकर्षण पत्रमा प्रश्न गरिएको छ ।   पोखरा आउने क्रममा सांसद शाहीले चाँसो देखाएपछि पत्र बुझाएको स्थानीय पुष्प बरालले बताए । ‘काम विशेषले सांसद शाही पोखरा आउनु भएको रहेछ, पर्यटकीय क्षेत्रको सडक धुलाम्य देख्दा उहाँले आफै यो सडकको विषयमा बुझ्नुभयो, सदनमा नै कुरा राख्छु भनेपछि, ध्यानाकर्षण पत्र बुझाएको हौं,’ उनले भने ।   बरालका अनुसार सो सडकखण्ड अन्तरगत पर्यटकीय स्थल डेभिजफल तथा गुप्तेश्वर गुफासँगै सडकलाई धार्मिक क्षेत्र पुम्दीकोट, शन्ति स्तुपा लगायतका स्थल पर्छन् । बाटोको निर्माणकार्य सुस्ताउदा पर्यटकलाई आवागमनमा समस्या मात्रै नभई स्थानीले धुलाम्मे बाटोकै कारण हैरानी खेप्नु परेको उनले बताए ।    बरालले ढिलासुस्तीबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको गुनासो सुनाए ।    विरौटा– छोरेपाटन सडकखण्ड निर्माणको जिम्मा लिएको कम्पनीलाई सो योजना सम्पन्न गर्न सरकारले केही समय म्याद थप गरेको थियो ।   

पोखरा:  पोखराको सेती खोँचमा खसेर अचेत अवस्थामा प्रहरीले उद्धार गरेको स्मृति पराजुलीको मृत्यु भएको छ ।   सेती खोँचमा खसेर बेपत्ता भएको सूचनापछि खटिएको प्रहरीको टोलीले पराजुलीलाई खोँचबाट अचेत अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याएपनि डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।  पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने १२ वर्षीय स्मृति पराजुली दिउसो पोखरा १५ सिताराम पुल नजिकै खेल्ने क्रममा चिप्लेर सेती खोँचमा खस्दा बेपत्ता भएको थिइन् ।   

पोखरा:   पोखराको सेती खोँचमा १२ बर्षीय स्मृति पराजुली खसेर बेपत्ता भएकी छिन् ।  पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने १२ वर्षीय पराजुली पोखरा १५ सिताराम पुल नजिकै खेल्ने क्रममा चिप्लेर सेती खोँचमा खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   सेती खोँचमा खसेर बेपत्ता भएकी पराजुलीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी कालिका गणबाट उद्धारका लागि पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । 

पोखरा:    पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको ७० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारि शिलान्यास गरेका हुन् ।  पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताए । “यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ, प्रमुख आचार्यले भने, त्यस स्थानमा जुन देशको झन्डा राख्ने हो सोही देशको नाम समेत त्यो पिल्लरमा लेखिनेछ, र बिचमा भने नेपालको सबैभन्दा अग्लो झन्डा रहनेछ ।” यसमा पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत झन्डा फहराइने उनले भने । यसलाई सिकाइको केन्द्रका रूपमा समेत विकास गरिने मेयर आचार्यले बताए । “यहाँ पत्रपत्रिका पढ्ने व्यवस्था पनि मिलाइनेछ, अनलाइनमा पढ्न चाहनेहरूका लागि कम्प्युटरहरूको समेत व्यवस्था हुनेछ, प्रमुख आचार्यले भने, यो केवल रमाइलोका लागि मात्र होइन लर्निङ सेन्टरका रूपमा पनि रहनेछ ।” उनका अनुसार यसको आसपासको क्षेत्रलाई वाई फाई फ्री जोन बनाइनेछ । पोखरा सौन्दर्यकरणको यस अभियानमा सहभागी हुन पाउँदा लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रिक्ट (३२५ I, J, K, L, M ) का गर्भनरहरुले खुसी व्यक्त गरेका छन् । लायन्स क्लब अफ इन्टरनेश्नलका ९डिस्ट्रिक्ट ३२५ M) का गभर्नर धनिराम बरालले यसले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । पोखरामा निर्माण गरिने झन्डा पार्कमा आफ्नो देशको झन्डाको मुनी बसेर फोटो खिच्न पाउँदा कुनै पनि देशको नागरिकले गौरव महसुस गर्ने वातावरणको सृजना हुने लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ I) का गभर्नर राम बहादुर बसेलले बताए । स्थानीय सरकारहरूसँग समन्वय गर्दै हाल मुलुकका विभिन्न स्थानहरूमा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणको क्षेत्रमा लायन्स क्लबहरूले काम गरिरहेको उनले बताए । लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ J) का गभर्नर धुव्र बहादुर श्रेष्ठले यसको निर्माण पश्चातको दिगोपनमा जोड दिए । पार्कको दिगोपना सहित संरक्षण महत्त्वपूर्ण हुने भन्दै श्रेष्ठले स्थानीय सरकारले यसको संरक्षकत्व लिनुपर्ने बताए  पोखरा महानगरपालिका वडा नं।२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले पोखरा महेन्द्रपुलमा निर्माण गरिने झन्डा पार्क पर्यटकहरूको हबका रूपमा विकास हुने विश्वास व्यक्त गरे । उनले समग्र पोखराको विकासका लागि सबै वडाहरूमा विकास केन्द्रित गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले अन्तर्राष्ट्रिय झन्डा पार्क महानगरको नेतृत्वले देखेको एउटा जीवित सपना साकार हुने अवस्थामा रहेको बताए । आफूहरूको कार्यकाल केवल रातो र कालो मसीको केराइमा केन्द्रित नगर्ने बताएका अध्यक्ष मर्सानीले समृद्ध महानगर निर्माणको अभियानमा सचेततापूर्वक सामेल हुँदै आवश्यक सहयोग र खबरदारी गर्न नगरवासीहरूलाई आग्रह समेत गरे । आफूहरूको ध्येय महानगरको विकास र महानगरवासीको सन्तुष्टिमा केन्द्रित रहेको उनले बताए ।  संयुक्त राष्ट्रसंघमा आबद्ध १९५ सहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी तत्कालका लागि १९७ झन्डाहरू एकै स्थानमा राख्ने गरी पार्कको डिजाइन गरिएको निर्माणको जिम्मा पाएको कम्पनी सर्गले जनाएको छ । महेन्द्रपुलको अर्को भागमा भने गैर आवासीय नेपाली संघ एनआरएनएको सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिनेछ ।

पोखरा:    म्हाँजु क्ह्रोंगी लामा भाइ खलकले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा ८ बगालेटोल स्थित सोंपाल तमु समाजमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा अमेरिकाको टस्कगी विश्वविद्यालयका प्राध्यापक, पशु विज्ञान बैज्ञानिक विशेषज्ञ, गण्डकी विश्व विद्यालयका सल्लाहकार तथा म्हाँझु भञ्ज्याङ् गेटको परिकल्पनाकार समेत रहेका डा। नरकाजी गुरुङलाई सम्मान समेत गरिएको छ । सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो ।  सम्मानित हुँदै प्रोफेसर डा. गुरुङले आफ्नो गाउँको विकासका लागि सबै एक हुन आवश्यक रहेको बताए ।  यस्तै म्हाँजु  क्र्होगी लामा परिवारका अध्यक्ष क्षेत्रबहादुर गुरुङले गाउँ विकासका लागि आफुहरु एक भएर लाग्ने बताए ।  कार्यक्रममा द्रोपती गुरुङ, राष्ट्रिय फुटबल प्रशिक्षक क्याप्टेन दिलकाजी गुरुङ, समाजसेवी धन बहादुर गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले गाउँको विकाससँगै सांस्कृतिक पहिचान दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रम संचालन सूर्यमान गुरुङले गरेका थिए ।

पोखरा:    पोखराको अमरसिंह चोकमा रहेको होटल टास्क इन्टरनेश्नल प्रा.लि.ले MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गर्ने भएको छ । गण्डकी प्रदेशमै एकमात्र होटल टास्कको तीनवटा आउटलेट बाट नेपाली नयां बर्षको अवसर पारी MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गरिने जानकारी दिए । गुणस्तरिय सेवा सहित न्युनतम मुल्यमा ग्राहकलाई आफ्नो सेवा प्रदान गर्ने उद्देश्य सहित आथिक मन्दीका कारण मानिस संग पैैसा नभइरहेको सन्दर्भमा त्यसलाई मध्येनजर गरी  बियरका पारखीहरुलाई अब MRP (अधिकतम खुद्रा मुल्य)मा बिक्री गरिने होटल टास्क इन्टरनेश्नल प्रा. लि. का सञ्चालक मीन गुरुङले जानकारी दिए ।  बियरका पारखीहरुलाई अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गरी ब्यवशाय संगै सेवामुलक ढंगले आफुहरु अगाडी बढ्न लागेको गुरुङले बताए । पोखराको अमरसिंह चोकमा सञ्चालित होटल टास्कको तीनवटा आउटलेट लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड बार, लेकाली चुलोघर र लेकाली सेकुवा एण्ड सुकुटी घरमा गोर्खा ब्रुअरीको टुबोर्ग, गोर्खा र काल्र्सबर्ग बियर MRP (अधिकतम खुद्रा मुल्य)मा ग्राहकहरुलाई उपलब्ध गराइने गुरुङले जानकारी दिए ।  नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर, धराने सेकुवाका पारखीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्क संगै सञ्चालनमा रहेको लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड वारबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ ।  नेपाली नयां बर्ष २०८० संगै उक्त स्किम लागु हुने वताउदै संचालक गुरुङले बियरका पारखीहरुलाई लक्षित गरी गण्डकी प्रदेशमा एकमात्र अधिकतम खुद्रा मुल्यमा बियर बिक्री वितरण गरिने बताए । बियर संगै लेकाली सेकुवा एण्ड सुकुटी हाउसमा कोदोको नारे पा समेत ग्राहकको रोजाइमा पर्दै गइरहेको छ ।  नयां वर्ष संगै उक्त स्किम लागु भएतापनि आगामी बैशाखको पहिलो हप्ता विशेष कार्यक्रम सहित  ग्राण्ड ओपनिङ गरिने संचालकले जनाएको छ ।  सो अवसरमा गोर्खा ब्रुअरीका प्रतिनिधी  सुमन पोखरेलले पोखरामा होटल टास्क संगमात्र MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गर्ने गरी सम्झोता गरी अगाडी बढेको बताए ।  

पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले आज नयाँ वर्ष २०८० को शैक्षिक क्यालेण्डर विमोचन गरेको छ ।    क्याम्पसले औपचारिक कार्यक्रमको आयोजना गर्दै अभिभावक र विद्यार्थीबीच क्यालेण्डर विमोचनसहित नयाँ वर्षको शुभकामनासमेत बाँड्यो ।    ‘हामी समस्त अभिभावक र विद्यार्थीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दछौं’ क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले भने ‘नयाँ वर्षले ल्याउने उमंग र उत्साहले शैक्षिक उन्नयनमासमेत सफलता हात पारोस् ।’   क्याम्पसले गूणस्तरीय शिक्षा र सामुदायिक योगदानमा भूमिका खेलिरहेको बताउँदै अध्यक्ष लालचनले विद्यार्थीमात्र हैन अभिभावको लगावले पनि शिक्षामा महत्वपुर्ण भूमिका खेल्ने उल्लेख गरे ।    सोही अवसरमा क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थी, अभिभावक र प्राध्यापकबीच शुभकामना बाँड्दै सबैले आ–आफ्नो भूमिका व्यावसायिक र जिम्मेवार भई पुरा गनुपर्ने स्मरण गरिन् ।    ‘जिम्मेवारी नै सफलताको मानक हो’ प्रमुख पराजुलीले भनिन् ‘नयाँ वर्षमा क्यालेण्डरमात्र फेरिने छैन, हाम्रो जिम्मेवारी र विद्यार्थीको कत्र्तव्य पनि फेरिनेछ, सबैलाई शुभकामना ।’   बिहानी सत्रमा स्नातकतहतर्फ व्यवस्थापन र मानविकीका कक्षाहरु सञ्चालन गरिरहेको क्याम्पसले आगामी सत्रबाट अन्य संकाय थप्ने जनाएको छ । 

पोखरा:     चर्चित रक ब्याण्ड ‘द स्याडोज नेपाल’ ले पोखरामा नयाँ वर्षमा पोखरामा प्रस्तुती दिने भएको छ । पोखराको लेकसाइड स्थित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा बैशाख २ गते दर्शकहरुलाई तताउने छ ।  ‘द स्याडोज नेपाल’ का चर्चित गीतहरु ‘स्वर्गमा ठाउँ छैन’ ‘नयाँ नेपाल’, ‘हिँड्ने मान्छे लड्छ’, ‘धर्ति माथिको बोझ’, ‘आठ दिन’, ‘अवसाद’, ‘नारी’ ‘पाप’, ‘के पाइस नेपाली ?’ लगायतका गितले दर्शकहरुलाई झुमाउने छ ।  कार्यक्रमलाई उत्कृष्ट बनाउन आफुहरु लागेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले बताए । उनले कार्यक्रम भब्य हुनेमा बिश्वस्त रहेको उनले बताए । सन् १९९७ मा स्थापना भएको चितवनको ब्याण्ड ‘द स्याडोज नेपाल’ सक्रिय रहेको छ । नेपाल सहित विभिन्न देशमा व्याण्डले कन्र्सट गर्दै आएको छ । ब्याण्ड सन् २००३ मा ‘सुन हाम्रो आवाज’ एल्बम मार्फत सांगीतिक ब्यवसायमा आएको थियो ।  उसले पहिलो सांगितिक कन्सर्ट नेपालको हेटौंडामा गरेको थियो । ब्याण्डमा स्वप्निल शर्मा (भोकल) प्रकाश रसाईली (लिड गीतार) अमित प्रधान (बेस गीतार) सुजन मानन्धर (गीतार) साहिल रीसेल (ड्रम) रहेका छन् । अहिलेका भोकलिस्ट स्वप्निल शर्माभन्दा अगाडि बसन्त श्रेष्ठ भोकलिस्ट रहेका थिए ।  साझँ ८ बजे देखी मध्यरातसम्म चल्ने कार्यक्रममा लाइभ कन्सर्टमा व्याण्डले चर्चित गीतले मनोरञ्जन दिने छन् । कार्यक्रमको टिकट अग्रिम अनलाइनबाट पहिले नै टेबल बुकिङ गर्न सकिने म्यानेजर हरी पौडेलले बताए । करिब १ सय ५० टिकट विक्रि भैसकेको उनको भनाई छ ।  उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट १ हजार क्यान वियर र डोर सेलमा १ हजार रुपैया पर्ने उनको भनाई छ ।  

पोखरा:  पोखरा महानगरपालिकाले कर्मचारी राखेर सेती नदीबाट बालुवा उत्खनन् गरी विक्री वितरण गरेको विषय विवादित बनेपछि छानबिन समिति गठन गरेको छ ।   पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।    ‘महानगरको कर्मचारीले रामघाटमा रसिद नलिइ सवारी साधनलाई छाडेर आर्थिक अनियमितता गरेको विषय आएको छ, महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले सुनगाभा न्यूजसँग भने, ‘त्यो विषयमा मनोहर कडरियाको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले आवश्यक छानबिन गरीरहेको छ । दोषी ठहरिए महानगरपालिकाले कारवाही गर्छ ।’   पोखरा महनगरपालिका १० को रामघाटबाट नदीजन्य पदार्थको उत्खनन् र विक्रि वितरण गर्नका लागि महागरले टेण्डर आह्वान गरेको थियो ।   टेण्डर नपरेपछि महानगर आफैले कर्मचारी राखेर विक्री वितरण गर्न कार्यपालिका बैठकबाट निर्णय गर्दै राजस्व असुल गरेको थियो । तर फिल्डमा खटिएका कर्मचारीहरुले माथिल्लो निकायका कर्मचारी तथा वडाध्यक्षहरुको मिलेमतोमा (माल लगेका सवारीको सँख्या अनुसार राजस्व संकलन नगरेको) कम राजस्व संकलन भएको विवरण महानगरमा बुझाएका थिए ।   त्यहीबाट आर्थिक अनियमितता भएको स्पष्ट भएपछि महानगर उक्त विषयमा विदादित बनेको थियो ।