बतास र प्रदेश संग्रहालयबीच मिलेन लेनदेन, साढे १८ लाख कसले तिर्छ ?

पाेखरा | बैशाख ३, २०८०

बतास र प्रदेश संग्रहालयबीच मिलेन लेनदेन, साढे १८ लाख कसले तिर्छ ?

पोखराः पोखरा नयाँबजारस्थित प्रदेश संग्रहालय पोखराको भवनमा व्यवसाय सञ्चालन गरेको बतास ब्रदर्सले १६ महिनाको भाडा नबुझाएपछि उक्त रकम संग्रहालयको नाममा बक्यौता देखिएको छ । 

 

बतास ब्रदर्श मोटर प्रालि र प्रदेश संग्रहालयबीच ०६७ माघ ३ गते भएको सम्झौताअनुरुप उक्त भवन १० वर्ष भाडामा दिइएको हो । सम्झौता अनुसार बतासले ०७७ पुस २० गतेसम्मको भाडा बुझाउनु पर्नेछ । 

 

सम्झौतापछि पनि बतासले उक्त भवन प्रयोग गरेको र त्यसयता भाडा नबुझाएको भन्दै करिब साढे १८ लाख रुपैयाँ तिर्न बाँकी रहेको संग्रहालयको दाबी छ । 
 

 

यसबीच, महालेखा परीक्षकको टोली संग्रहालयमा आएर वस्तुगत स्थिति बुझ्दा बतासले भवन छाडेको औपचारिक जानकारी नदिएकाले भाडावापतको उक्त रकम संग्रहालयको नाममा बेरुजु देखाइएको र तुरुन्त असुल गर्नुपर्ने उल्लेख छ । संग्रहालय प्रशासनले ०७८ म‌सिरमा बतासलाई पत्र लेख्दै सम्झौता नवीकरण नहुने जानकारी गराएको प्रमुख करुणा राईले बताइन् । 

 

 

संग्रहालयको पत्रको जवाफ बतासले २ महिनापछि हुलाकमार्फत पठाएर ०७८ असारसम्मको भाडा बुझाएको बताएको छ । तर मलेपको प्रतिवेदनमा ०७८ साउनदेखि ०७९ कात्तिकसम्मको १६ महिनाको भाडा नदेखिएको भन्दै बेरुजुमा राखिएको हो । 

 

सम्झौता अवधि सकिएपछि बतासले विभिन्न कारण देखाई सम्झौता नवीकरण गर्न भरमग्दुर प्रयास गरेको थियो । यही प्रयासकाबीच ०७८ असार मसान्तसम्म बतासले भवन प्रयोग गरेको छ । यसपछि नवीनकरण हुने छाँट देखिएपछि उसले सामान उठाएर हिँडेको देखिन्छ, जसको औपचारिक जानकारी संग्रहालय प्रशासनलाई छैन । 

 

बतासले औपचारिक जानकारी गराएको कागजपत्र नभेटेपछि संग्रहालयमा बेरुजु देखिएको छ । यस विषयमा संग्रहालय प्रमुख राई भन्छिन् ‘मलेपले भवनको पुरै निरीक्षण गरी यसबीचको भाडा रकमबारे सोधखोज गरेको थियो, तर हामीलाई बतासले आजसम्म भवन छाडेकोबारे औपचारिक जानकारी दिएको छैन ।’

 

 

बतासले बिनाजानकारी सामान लिएर हिँडेपछि त्यसअवधिको भाडा उसैले तिनूपर्ने प्रमुख राई बताउँछिन् । बतासले भने प्रदेशका कर्मचारीले तालाचाबी बुझाउन पर्दैन भनेकाले भवन छाडेर हिँडेको जवाफ दिएको छ ।  

 

हाल संग्रहालयको भवन पुरै जीर्ण अवस्थामा छ । बतासले छाडेर हिँड्ने बेलामा भुइँमा ओच्छाएको टायलसमेत फुटाएर हिँडेको छ । बतास र संग्रहालयबीचको विवाद नसुल्झदा व्यापारिक क्षेत्रमा रहेको भवन आयविहीन बनेको छ । 

 

‘हामीलाई भवन छाडेको औपचारिक जानकारी नआउँदा मर्मतसम्भार र भाडामा लगाउने वा आफै प्रयोग गर्ने भन्ने निर्णय गर्न सकेका छैनौ’ राईले भनिन् । विवादबारे पटकपटक जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा जानकारी गरेपनि सहयोग नपाएको उनको गुनासो छ । 

 

यद्यपि, भवनको भाडा बतासले नै तिनुपर्ने उनले सुनाइन् । बतासले भने आफु भाडामा बसेको दिनसम्म तिर्नुपर्ने बिजुली, पानीकोसमेत भुक्तान गरिसकेको बताएको छ । 
 

 

संग्रहालयमाथि बतासको आरोप छ ‘कर्मचारीले पसलको प्रवेशद्वारमा आफुखुशी तालाचाबी लगाई कम्पनी छाड्न बाध्य बनायो, संग्रहालयलाई कुनैपनि रकम तिर्न बाँकी छैन ।’ 
 

 

मलेपको प्रतिवेदनमा बतासले भवन हस्तान्तरण नगरी तोडफोड र जीर्ण बनाएकाले सम्झौतामा उल्लेख भएअनुसार क्षतिको मूल्यांकन गरी सरकारी बाँकीसरह असुल गर्नुपर्ने उल्लेख छ । 
 

 

मलेपको हिसाबअनुसार १६ महिनाको मासिक १ लाख ४ हजार ७१३ रुपैयाँकादरले १६ महिनाको १६ लाख ७५ हजार ४०८ र त्यसको जरिवानसहित कूल १८ लाख ४२ हजार ९४८ रुपैयाँ बेरुजु छ । 

काठमाडौं:     प्रतिनिधिसभाको बैठक ढिलोगरी सुरु हुने भएको छ।  शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलले केही समय माग गरेकाले केही समय ढिलो...

थप पढ्नुहोस्

काठमाडौं:     वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीक...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अन्तराष्ट्रिय क्षेत्रबाट आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ ।   मञ्चल...

थप पढ्नुहोस्