सेती खोँचमा खसेर १२ वर्षीय बालिका बेपत्ता, खोजी कार्य जारी

पाेखरा | बैशाख २, २०८०

सेती खोँचमा खसेर १२ वर्षीय बालिका बेपत्ता, खोजी कार्य जारी

पोखरा:   पोखराको सेती खोँचमा १२ बर्षीय स्मृति पराजुली खसेर बेपत्ता भएकी छिन् । 


पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने १२ वर्षीय पराजुली पोखरा १५ सिताराम पुल नजिकै खेल्ने क्रममा चिप्लेर सेती खोँचमा खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
 

सेती खोँचमा खसेर बेपत्ता भएकी पराजुलीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी कालिका गणबाट उद्धारका लागि पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्