पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।  पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० ब...

पोखरा:    पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्तरुपमा पाल्पा हाउसको उद्घाटन गरे । सो अवसरमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाल्पालीहरुको हरेक कार्य प्रशंसनीय भएको बताए । उनले पोखरा महानगरले बनाउन लागेको डिजिटल नक्सामा पाल्पा हाउसलाई पनि समेट्ने प्रतिबद्धता जनाए । उनले रानीमहलको झल्को दिने पाल्पा हाउस पोखरा र पाल्पाको समेत प्रेमको प्रतीक भएकोले सधैंभर सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे । तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले शिक्षा, आर्थिक, सामाजिक लगायतका कार्यमा पाल्पाली समाज पोखराको कार्य प्रशंसनीय भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पाल्पाको गरिमा बढाउने गरी पाल्पालीहरुले गरेको कार्यको सिको अरुले पनि गर्नुपर्ने बताए । उनले पाल्पा हाउसमा सहजताका लागि विभिन्न उत्पादनहरुको सूचना केन्द्र खडा गर्नुपर्ने सुझाव पनि दिए । पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक थापा, पाल्पा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, कम्पनी सचिव श्रीधर पराजुली लगायतले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा पाल्पा हाउसले ठूलो महत्व राख्ने बताए । करिब २ करोड लागतमा संचालित पाल्पा हाउसको समुद्घाटनसँगै शुक्रबारदेखि नै यहाँबाट रानीमहल रेष्टुरेन्ट, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था, ढाका तथा करुवा बिक्री कक्ष, काठमाडौं टप टेलर्स, बिस्रोम अप्टिकल, सुविता फेसन कर्नर, एसएम क्लसेट, सरिना फेसन क्रियसन एन्ड बुटिक सप लगायतले पनि कारोबार शुभारम्भ गरेका छन् । मूलतः पाल्पाका उत्पादन पोखरामा एकै थलोमा बिक्री गर्ने उद्देश्यले संचालित पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल संचालित छन् । पाल्पाली ढाका, करुवा यही पाइनेछ भने कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउनेछ । कम्पनीले रानीमहल रेष्टुरेन्टबाट पाल्पाली परिकार चुकाउनी, बटुक, छोइला लगायत पस्किने छ । नयाँ र नौलोस्वरुपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पहल गरेका हुन् । पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन् । उद्घाटन अवसरमा विभिन्न सेवामा छुट दिइएको कम्पनी अध्यक्ष घिमिरेले बताए ।

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायले मुलुकको सुखी नेपाली समृद्धमा सहयोग पु¥याउने बताएका छन् ।  पोखरामा होटल पौवाको ११ औं शाखाको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन् ।  ‘मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवाहरु विदेश पलायनमा लागेका छन्, मुख्यमन्त्री अधिकारीले भने, ‘सामुहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारी अवसरसँगै व्यापार व्यवसायले मुलुकको सुखी नेपाली समृद्ध नेपालमा सहयोग पुग्दछ ।’ यस्तै कार्यक्रममा पर्यटनकर्मी गणेश भट्टराईले राजनैनिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको बताए ।  ‘राजनीतिककर्मीहरु देश सञ्चालन भन्दा राजनीतिक भागबन्दामा लाग्दा युवा नागरिकहरुले नेपालमा भविष्य देखेनन्, भट्टराईले भने, ‘राजनीतिकर्मीहरुले देश सञ्चालनमा ध्यान नदिदा राजनैतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको छ ।’ उनले देशको कठिन परिस्थितिमा पनि व्यवसायमा लगानी गर्नु आफैमा चुनौती पूर्ण रहेको बताउँदै धैर्य गरेर अगाडि बढे सफलता प्राप्त गर्ने बताए ।  मिशन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७ औं वर्षको अन्तरालमा ११ औं शाखा पोखरामा सञ्चालन ल्याएको होटलका निर्देशक विष्णु ज्ञवालीले बताए ।  ‘७ वर्ष अगाडि रुपन्देहीको सालझण्डीबाट शुरु गरेको १ सय मिशनको यात्रा ११ औ शाखाको रुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुशी छौं, भण्डारीले भने, ‘पाँच प्रदेशमा होटलको शाखा पु¥याएको पौवाले कर्णालीको जुम्ला देखि गण्डकीको पोखरामा आइपुगेका छौं ।’ उनका अनुसार १२ औं शाखा काठमाडौंमा खोल्ने तयारी समेत होटल पौवा प्रालिले गरेको छ ।  करिव १० करोडको लगानिमा पौवा प्रालिले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो ।  होटल पौवा पोखराले आजदेखि तीनसम्म होटलमा स्वाद उत्सवको रुपमा लिएको छ । स्वाद उत्सवमा भोलि (शनिबार) गजलकार थानेश्वर गौतमको एकलसाँझ समेत आयोजना गरेको छ । 

पोखरा:  नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिले आफ्नो कामलाई बढाएको र विभिन्न उपसमिति गठन गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटबाट हल्लनचोकसम्मको सडकमा गरिने महोत्सवका लागि विभिन्न स्ट्रिटअन्तर्गत होटल समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको उहाँले बताउनुभयो । अहिले होटलमा क्षमताको ८० देखि ९० प्रतिशत भरिभराउ हुनुपर्ने भए पनि पर्यटकीययाममा नै १५ देखि २० प्रतिशत मात्र रहेको बताउँदै उहाँले सञ्चालन खर्च धान्न पनि मुस्किल परेको बताउनुभयो । गत माघ १ गते पोखरामा भएको यती एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उहाँको भनाइ छ । होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवं सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षण नै महोत्सवको मूल उद्देश्य भएको बताउनुभयो । यती जहाज दुर्घटनाले पर्यटनमा नकारात्मक असर परेको बताउँदै उहाँले पर्यटकको याममा पनि होटलको अकुपेन्सी २० प्रतिशत हुनु दुःखद् भएको बताउनुभयो । सङ्घका सल्लाहकार विश्वशङ्कर पालिखेले महोत्सवमा नयाँपन दिनसके यसले सफलता प्राप्त गर्ने बताउँदै चिनियाँ संस्कृतिसम्बन्धी कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव दिनुभयो । सल्लाहकारहरू गोविन्दराज पहारी, लक्ष्मीबहादुर भट्टराई, सङ्घका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनलगायतले कोभिड–१९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो 

पोखरा:    रुपन्देहीको सालझण्डीबाट पहिलो यात्रा शुरुवात गरेको होटल पौवाले ११ औं शाखा पोखराको लेकसाइडबाट होटल पौवा सञ्चालनमा ल्याएको छ ।  मिशन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७ औं वर्षको अन्तरालमा ११ औं शाखा पोखरामा सञ्चालन ल्याएको होटलका निर्देशक विष्णु ज्ञवालीले बताए ।  ‘७ वर्ष अगाडि रुपन्देहीको सालझण्डीबाट शुरु गरेको १ सय मिशनको यात्रा ११ औ शाखाको रुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुशी छौं, भण्डारीले भने, ‘पाँच प्रदेशमा होटलको शाखा पु¥याएको पौवाले कर्णालीको जुम्ला देखि गण्डकीको पोखरामा आइपुगेका छौं ।’ उनका अनुसार १२ औं शाखा काठमाडौंमा खोल्ने तयारी समेत होटल पौवा प्रालिले गरेको छ । करिव १० करोडको लगानिमा पौवा प्रालिले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो ।  विगत ७ महिना देखि होटल सञ्चालनमा आएपनि औपचारिक रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत १० उद्घाटन गर्ने कार्यक्रम तय भएको होटल प्रालिका अध्यक्ष दुर्गाप्रसाद भणडारीले बताए ।  रुपन्देहीको सालझण्डीबाट होटल प्रारम्भ गरेको पौवा प्रालिले भैरहवा, बुटबल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही, घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदुरपश्चिम प्रदेशको धनगढी र ११ औं शाखाको रुपमा पोखरामा होटल पौवा सञ्चालनमा आएको हो ।  पोखरामा औपचारिक रुपमा सञ्चालनमा आउन लागेको होटल पौवामा चैत १०, ११ र १२ गते कर्णाली प्रदेशको जुम्ला शाखाको मार्सी, पाल्पा तानसेनको चुकाउनी लगायतको शाखा होटलको स्वाद पस्कने होटलका निर्देशक ज्ञवालीले बताए ।  ‘मिशन १ सयको हो, अहिले ११ औं मिशनमा आइपुगेका छौं, जुन ठाउँमा शाखा सञ्चालनमा आउँछ, त्यही स्थानको स्थानीय उत्पादनलाई होटलको परिकारमा प्रयोग गर्दै आएका छौं, उनले भने, नेपालमा उत्पादन हुन नसकेको परिकारलाई मात्र होटलमा प्रयोग गर्ने गरेका छौं ।’ पोखरामा करिव ५० बढीलाई रोजगारीको अवसर दिएको प्रालिले ११ वटै शाखामा गरेर करिव ३ सय बढीलाई रोजगार दिएको छ, भने करिव ५० देखि ६० करोड लगानी भएको प्रालिले जनाएको छ ।   

पोखरा:   उच्च अदालत पोखराले सेती नदीमा हुँदै आएको दोहन रोक्न अन्तरिम आदेश जारी गरेको छ ।    घाटहरुबाट ढुंगा, माटो रोडा तथा बालुवा उत्खनन् गर्ने कार्यमा सम्बन्धित ठेकदारबाट ठेक्का सम्झौताका सर्तहरुको पालना नभएको हुँदा दोहन रोक्न अदालतले आदेश गरेको हो ।    उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले स्वच्छ वातावरणीय हक एवं सन्तुलित पर्यावरणीय मान्यताका साथ हुनुपर्ने विकासको अवधारणामा प्रतिकुल असर पर्ने सक्ने भन्दै पोखरा महानगरपालिका वडा नम्बर १९ अन्तर्गतका घाटहरुको ठेक्का बन्दोबस्तीको कार्य नगर्नू नगराउनू भनी गत सोमबार अन्तरिम आदेश जारी गरेको हो ।   जारी आदेशमा भनिएको छ, ‘मुद्दाको अन्तिम टुंगो नलागेसम्म वडा नम्बर १९ अन्तर्गतका घाटहरुको ठेक्का बन्दोबस्तीको कार्य नगर्नू/नगराउनू भनी विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’   ठेक्का सम्झौता भएका घाटहरुबाट ठेक्का सम्झौता बमोजिमको ढुंगा, गिट्टी, बालुवा र रोडा निकाल्ने कार्य तत्काल बन्द नगर्दा र नगराउँदा निवेदक सहितका स्थानीय बासिन्दाको स्वच्छ वातावरणीय हक एवं सन्तुलित पर्यावरणीय मायन्यताका साथ हुनुपर्ने विकासको अवधारणामा प्रतिकूल असर पर्न सक्ने देखिएको अदालतको ठहर छ ।   वातावरण तथा मानवीय जीवनमा असर पर्ने गरी सरकारकै प्रत्यक्ष संलग्नतामा सेतीमा हुँदै आएको दोहन रोकी पाउँ भनी डाँडाबारी फाउन्डेसन पुरन्चौरका सचिव होमनाथ पौड्यालले ८ फागुनमा रिट दायर गरेका थिए ।    उच्च अदालत पोखराले महानगरपालिका १९ को घाटलाई रोक्न आदेश दिएपनि रामघाट लगायतका अन्य घाटहरुमा पनि दोहन रोकिएको छैन । 

नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका पुतली बाजे (कलिन स्मिथ) उपचारार्थ अस्पताल भर्ना भएको आज १४ दिन भएको छ ।    बाजेको हरियोखर्क अस्पतालमा उपचार भइरहेको र हाल स्वास्थ्य अवस्था सुधारोन्मुख भएको अस्पताल प्रशासनले जनाएको छ । उनमा पिसाबको संक्रमण देखिएको र वान्ता आइरहने समस्या छ ।    ८७ वर्षे बाजे पोखरामा रहेर पुतली संकलनमा लागेकैकारण उनी पुतली बाजेकारुपमा चिनिन्छन् । उनले नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका हुन् ।    हाल पोखरा महानगरले वडा १८ ग्यारजातीमा घर बनाइदिएपछि त्यही रहँदै आएका बाजे १९९३ साल मंसिरमा लण्डनमा जन्मिएका हुन् ।    ग्लास्गो युनिभर्सिटीमा अध्यापन गरिरहेका बाजे युनाइटेड मिसन टु नेपालले पोखरामा विद्यालय खोल्ने भएपछि ०२२ माघमा पोखरा आएका थिए ।    नेपालको ४० जिल्लामा पुगेर उनले करिब २५ हजार पुतली संग्रह गरेका छन् ।    अस्पतालका अनुसार उनको उपचार खर्च इन्टरनेशनल नेपाल फेलोशीप (आइएनएफ)ले ब्यहोर्नेछ । यसअघि पनि गत असारमा उनी बिरामी भएर अस्पताल भर्ना भएका थिए ।    मानार्थ नेपाली नागरिकता प्राप्त गरेपछि बाजेले नेपाल सरकारबाट वृद्धभत्तासमेत पाउँदै आएका छन् । 

गत माघ २३ गते तामझामकासाथ पोखरामा सुरु भएको सशूल्क पार्किङ्मा सवारीधनीहरुले अझै रुचि देखाएका छैनन् ।    उक्त दिन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्यूरोडस्थित पुर्णिमा चलचित्र हल पछाडीको भागमा पार्किङ् उद्घाटन गरेका थिए । उद्घाटनका दौरान मेयर आचार्यले सुन्दर पोखराको योजना साकार पार्न पोखरेलीलाई सडक किनारमा पार्किङ् नगरिदिन अनुरोधसमेत गरे ।    मेयरले अनुरोध गरेपनि स्थानीयले सडक किनारमै पार्किङ् गर्न नछाडेपछि ट्राफिक प्रहरीले बिहानैदेखि रोक लगाउँदै आएको छ । तर बिहानजस्तै दिनभर प्रहरी खट्न नसकेपछि सडक किनारमा अझैपनि पार्किङ् भइरहेको छ ।    निजी सवारीचालकले अटेर गरेपछि पार्किङ् सञ्चालक भने मर्कामा परेका छन् । सशूल्क पार्किङ् सञ्चालनको जिम्मेवारी लिएका प्रदिप बस्नेतका अनुसार नजिकै पार्किङ् भएपनि आमरुपमा सडक किनारमै सवारी पार्किङ् गर्ने बानी अझै हटेको छैन ।    ‘महानगरको योजनालाई सहयोग गर्ने उद्देश्यले पार्किङ् सञ्चालनमा अग्रसर भएको हुँ’ सञ्चालक पौडेल भन्छन् ‘पहिलो महिना भाडा तिर्न सकिएन तर कमाउने भन्दा पनि व्यवस्थित पोखराका लागि काम गरेको हुँ ।’   पौडेलका अनुसार ४–५ लाख रुपैयाँ लगानी गरी पार्किङ् स्थान बनाइएको हो । स्थलमा सुरक्षा गार्डसहित ३ कर्मचारी व्यवस्थापनमा जुटेका छन् ।    त्यस्तै, करुणनिधि कोइरालाको जग्गा जो महानगरले मुद्दा जितेर स्वामित्वमा लिइएको भनिएको छ, त्यहाँपनि सशूल्क पार्किङ् सुरु भएको छ ।    उक्त स्थानमा २ हप्ता अघिदेखि पार्किङ् सुरु भएको संघर्ष कोइरालाले जनाए । उक्त जग्गामा पार्किङ् सञ्चालन गर्न कोइराला परिवारले महानगरसँग कुनैपनि सम्झौता गरेको छैन ।    सञ्चालक कोइरालाका अनुसार उक्त जग्गाको मुद्दा अझैपनि उच्च अदालतमा रहेको छ । जसकारण पार्किङ् सञ्चालन गरिएको हो । ‘हामीसँग लालपुर्जा छ’ कोइरालाले भने ‘हामी कानूनी लडाई लडिरहेका छौं ।’   यद्यपि, अब महानगरसँग यस विषयमा सम्झौता गर्ने कोइरालाले जानकारी दिए । उक्त स्थानमा भने सवारीसाधनहरु पार्किङमा आउने गरेको उनको भनाई छ ।      न्यूरोड क्षेत्रमा यसबाहेक महानगरले खोप्लाङेको जग्गामा निशूल्क पार्किङ दिएको छ । तरपनि दिउँसोको समयमा स्थानाभावकाकारण सडकमै पार्किङ भइरहेको छ ।    पार्किङ् शूल्क २ पाङ्ग्रेका प्रतिघण्टा १० रुपैयाँ रहेको छ । त्यस्तै, चारपाङ्ग्रको हकमा प्रतिघण्टा ५० र ७० रुपैयाँ रहेको छ ।    महानगरले निर्धारित गरिदिएको शूल्कको दर भने यसअघि पोखरेलीले तिर्दै आएको भन्दै अत्यधिक हो । मोटरसाइकल वा स्कुटर पार्किङ् गर्ने कुनैपनि जागिरे वा व्यवसायी एवं गाडी भएकाले दैनिक ६ घण्टा सेवा लिँदा तिर्नुपर्ने मूल्य निकै बढी हुन आउँछ ।

पोखरा:    पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभएको हो ।  जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार अर्पण गर्नुभयो । पुरस्कार राशी रु २५ हजार एक रहेको छ । सोही अवसरमा पोखराका अग्रज पत्रकारहरु कोमलनाथ बराल, कुशुमकेशव पराजुली, नारायण भट्टराई, विश्वप्रकाश लामिछाने र पदम रेग्मी सम्मानित हुनुभयो । उहाँहरुलाई पत्रकारिता क्षेत्रमा गरेको योगदान स्वरुप सम्मान गरिएको सेन्टरले जनाएको छ । साधारणसभाका अवसरमा ‘समृद्धि र जनपक्षिय पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता जहिलेपनि जनताको पक्षमा र जनताका मुद्धा बोक्नुपर्नेमा जोड दिनुभयो । जनपक्षिय पत्रकारिताले जनताका आवाजहरु मुखरित गर्ने भएकाले यसले समाजको सवै क्षेत्र र तहको समृद्धिमा योगदान पुग्ने भनाई सहभागीको छ । पत्रकारिता व्यवस्थित र समाज एवं राष्ट्र प्रति उत्तरदायि हुन सक्दा भष्टाचार नियन्त्रण, सुशासन, सदाचारिता हुने भएकाले यसले समृद्धिमा योगदान पुग्नेमा जोड दिइयो । अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले पत्रकारिताले राष्ट्रको विकास र समुन्तिमा योगदान दिने भएकाले जनपक्षिय पत्रकारितालाई जीवन्त राख्न सके समृद्धिमा सघाउ पुग्ने बताउनुभयो । जनपक्षीय पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण गर्नु सञ्चारकर्मीहरुको मूल उद्धेश्य हुनुपर्ने बताउँदै उहाँले  समाजवाद उन्मुख शासन व्यवस्थाको आधार तयार गर्न पनि पत्रकारिता आधारभुत जनतासम्म पुग्नुपर्ने बताउनुभयो । बरालले भन्नुभयो,“जनपक्षीय पत्रकारिताले समाज परिवर्तनका मुख्य एजेण्डाहरुलाई प्राथमिकताकासाथ उजागर गर्दे आमनागरिकमा चेतना फैलाउनुपर्दछ । हामीले देखेको समाजवाद र समृद्धिको यात्रा जनपक्षिय पत्रकारिताबाट मात्र सम्भव हुन्छ ।” प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले पत्रकारिता जनपक्षिय पत्रकारितालेमात्र निमुखा बर्ग र दबिएका र दबाइएका बर्ग र समूदायको आवाज बुलन्द गर्न सक्ने बताउनुभयो । उहाँले प्रेस सेन्टरमा आवद्ध सञ्चारकर्मीहरुले अन्य भन्दा पृथक पहिचान कायम राख्न सक्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्यद्धय रामजी प्रसाद बराल, दीपक कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष एवं पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, पत्रकारहरु अर्जुन काफ्ले, राजेन्द्र  न्यौपाने, दीननाथ बराल, पुष्प दाहाल लगायतले पत्रकारिताले जनताका मुद्धाहरुलाई उठान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।   

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने टाँडीबिसौनीमा पञ्चासे जैविक विविधता पार्कको प्रारम्भिक निर्माण कार्य शुरु हुने भएको छ । प्रदेश सरकारको सहयोगमा निर्मित सो पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थानबिन्दुमा रहेको छ। अध्ययन, अबलोकन, परिभ्रमण र होमस्टे बसाईका निम्ति आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले सो पार्कको काम थालनी गरिएको अन्नपूर्ण ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए । ५४ रोपनी क्षेत्रफल निर्धारण गरि प्रारम्भिक निर्माण सुरुवात गरिएको सो पार्कमा चौतारी, फुट ट्र्याक, घण्टी पोखरी, बगैंचा, बिसौनी स्थल समेत निर्माण गरिएका छन् । आगामी दिनमा ढुङ्गे धारा, योगा मेडिटेसन स्थल, टि सप, बोटानिकल गार्डेन, साँस्कृतिक घर, शौचालय, पानी फोहरा, कुटी, पाटीपौवा, सुटिङ स्टेसन, हर्बल गार्डेन, सुनाखरी बगैंचा, सुन्दर फोटो स्टेसन लगायतका पूर्वाधारहरु पनि निर्माण क्रमिक रुपमा अगाडि बढाई पञ्चासेको उत्कृष्ट पर्यटन पूर्वाधारका रुपमा विकास गरि पर्यटक भित्राउने लक्ष्य रहेको पार्क निर्माण समिति अध्यक्ष तथा पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले जानकारी दिए । प्रसिद्ध धार्मिक, पर्यटकीय एवं साँस्कृतिक तीर्थस्थल पञ्चासेको पर्यावरणीय महत्त्व, जैविक विविधता र पर्यापर्यटन प्रबर्द्धन अभियानमा यी र यस्ता पूर्वाधारले सघाऊ पुर्याउने स्थानीयको धारणा छ । पञ्चासेको मूलद्वारका रुपमा रहेको भदौरे क्षेत्रमा पर्यटक आवागमनमा वृद्धि गर्दै स्थानीयवासीको आयस्तर समेत उकास्ने अभियानका साथ आवधिक योजनाको रुपमा बृहत् पर्यटन पूर्वाधारको रुपमा विकास गर्न लागिएको पञ्चासे जैविक बिबिधता पार्कको यहीँ बैशाख १ गते नयँबर्षको अबसर पारेर उद्घाटन गरिने पार्क निर्माण समितिले जनाएको छ। नयाँबर्षको अबसरमा पञ्चासेको पर्यापर्यटन प्रबर्द्धनका निम्ति पञ्चासे सुनाखरी पदयात्रा नामक हाईकिङ्ग कार्यक्रम समेत आयोजना गरि पञ्चासे जैविक विविधता बिबिधता पार्कको समुद्घाटन गरिने बताईएको छ।