चैते दसैँ मनाउन गण्डकी प्रदेशमा सार्वजनिक विदा
पाेखरा | चैत १३, २०७९
पोखरा: गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा आगामी चैत १५ गते (बुधबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयानुसार सार्वजनिक विदा दिइएको हो ।
प्रदेश राजपत्रमासमेत उल्लेख भएको सो विदाका दिन प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए ।
हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

