सामुदायिक वन मादीको अध्यक्षमा सिर्जना

पाेखरा | चैत १३, २०७९

सामुदायिक वन मादीको अध्यक्षमा सिर्जना

पोखरा:  सामुदायिक वन उपभोक्ता महासंघ मादी गाउँपालिकाको दोश्रो अधिवेशनले सिर्जना अर्याल पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । 


पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा बृहस्पिति सापकोटा, सचिव विजयराज अधिकारी,कोषाध्यक्षमा कृष्णकुमारी सुवेदी आचार्य र सदस्यहरुमा मिनाकुमारी अधिकारी,लक्ष्मी अधिकारी,धनकुमारी पट्यानी,अप्सरा देवकोटा,राम पौडेल र खडक बहादुर आले निर्वाचित हुनु भएको छ ।

    
त्यसै गरि अधिवेशनले गण्डकी प्रदेश प्रतिनिधिमा हिमलाल आचार्य, विष्णुप्रसाद गौतम, रामचन्द्र अधिकारी, बुद्धिसागर सापकोटा, गोमा गुरुङ, कमला सापकोटा, शान्ति रानाभाट र वुद्धिमाया बराल सापकोटा र वम बहादुर क्षेत्री, इन्द्रबहादुर खत्री, हरिप्रसाद सापकोटा, विष्णुकुमारी पौडेल, शान्ति सापकोटा र पवित्रा गौतमलाई जिल्ला प्रतिनिधि चयन गरेको छ । 


सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवम् कास्की समन्वय समितिका उपप्रमुख सरिता कुमालले अधिवेशनको शुभारम्भ गर्दै महिला नेतृत्व विकासमा सामुदायिक वन वरदान सावित बनेको विचार व्यक्त गर्नुभयो ।


महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले नेपाल सगरमाथा र बुद्ध जन्मभूमिसंगै पछिल्लो समय सामुदायिक वनको देशको रुपमा विश्वसामु परिचित हुन सफल भएको उल्लेख गर्नुभयो ।


महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले कानूनी अडचनका कारण सामुदायिक वन समूहमा काठ कुहिने र विदेशबाट खरवौ मुल्य वरावरको काठ आयात हुँदा मुलुकमा हरित रोजगार सिर्जना हुन नसकेको बताउनुभयो ।


मादी गाउँपालिका वडा नं. १२ का वडाअध्यक्ष कृष्णराज दाहालले वन समुह र पालिकाको सहकार्यमा वनलाई आयआर्जनको माध्येम बनाउनुको विकल्प नभएको बताउँदै वन तथा वातावरण क्षेत्रको विकासमा पालिकाको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


स्थानीय महासंघका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, सचिव सिर्जना पौडेल लगायतले मानव वन्यजन्तुद्धन्द व्यवस्थापनमा तीनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा सामूहिक धारणा राख्नु भएको थियो । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्