पोखरा: अपांगता स्वावलम्बन विकास संघ, इन्सेक गण्डकी, आईएनएफ र हुमेडिकाको आयोजनामा आज पोखरामा “पहुँचयुक्त शिक्षा अधिकार” विषयक सरोकारवालाहरुसंगको छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरधारी शर्माले अपांगताको क्षेत्र महत्वपूर्ण र सामाजिक विषय भएकोले यस क्षेत्रमा भएका समस्यहरुको समाधान सामुहिक प्रयासले संभव भएको बताए । डा.शर्माले भने, एक पटक हामीले चाहेको जस्तो गरेर समाधान हन नसके पनि सुस्त रहेको कार्यान्वयनको पाटोलाई जागरिलो बनाउन नागरिक समाज तथा सरोकारवालाहरुको सहभागिताको खाँचा रहेको बताए । हामीले नीति तथा कार्यक्रम बनाउँछौं तर कार्यान्वयन उचित तवरले भईरहेको पाएका छैन । उनले भने, अब तपाईहरुले नीतिको ठेलि नै बोकेर कानून अनुसार पाउनु पर्ने सेवा, सुविधाहरु बिन कार्यान्वयन भनेर सोध्नु पर्यो । यसो भयो भने कार्यान्वयन गर्ने पक्ष सजग हुन्छ । उनले अब बनने शिक्षा ऐनले सामुदायिक तथा निजी क्षेत्रबीचको खाडललाई पूर्नेगरी आउनु पर्नेमा जोड दिए । उनले भने, अब हाम्रो शिक्षा ज्ञान दिलाउनका लागि नभई उत्पदान गर्ने खालको चाहिन्छ यसैलाई ध्यान दिएर हामी योजना बनाउँछौं । शिक्षा सचिव भोजराज न्यौपानेले शिक्षा सबैले पाउनु पर्ने र विभेदको अवश्था देखिन नहुने बताए । उनले घरैबाट सपांग वा अपांगता भएकाहरुको लागि समानताको वातावरण तयार गर्नुपर्ने बताए । उनले अपांगता भएकाहरुको लागि उनीहरुको विविधिकरणसंगै शिक्षा तथा मानसिक विकासका कार्यक्रम गर्न जरुरी भएको बताए । साथै उनले अपांगता भएका विद्यालयहरुमा जाने शिक्षकलाई त्यहाँ जाउँजाउँ लाग्ने बनाउने वातवरण बन्न आवश्यक भएकोमा जोड दिए । शैक्षिक तालिम केन्द्र गण्डकीका प्रमुख नेपालहरि रानाभाटले पेशागत विकासका लागि सहजिकरण हुने खालको सामग्री निर्माण गरिरहेको बताए । उनले अपांगता भएकाहरुको लागि आवश्यक सफ्टवेयर पद्धतीको विकास, विभिन्न तालिमहरु संचालन भईरहेको जानकारी दिए । उनले बहिरा, दृशिटबिहिन र अन्य अपांगता भएकाहरुको लागि छुट्टाछुट्टै तालिमको व्यवश्था भएको बताए । शिक्षा महाशाखाका प्रमुख टंक ढकालले कानूनमा भनिएजति हुन नसकेपनि केहि भएको बताए । सपांगका भन्दा अपांगता भएकाहरुको धेरै समस्याहरु छनु एकैपटक समाधान गर्न नसकिए पनि समाधानको बाटोमा जानुको विकद्यप पनि नभएको बताए । उनले अपांगता भएकाहरुको समस्या समाधानका लागि सबै मन्त्रालयहरुले आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए । उनले भने, यो एउटैले गरेर हुँदैन, सबैको अपनत्व चाहिन्छ । उनले विभेदरहित वातारण निर्माणमा आफुहरु प्रतिवद्ध रहेको बताए । राष्टिय मानव अधिकार आयोग गण्डकीका अधिकृत खिमलाल सुवेदीले संविधानले, ऐन, नियम तथा नियमावलीहरुले शिक्षाको सुनिश्चितताको कुरा गरेको भएपनि सन्तुलन नदेखिएको बताए । उनले शिक्षाको अधिकारबाट कोहि पनि बिमुख हुन नहुनेमा जोड दिए । सबैको अधिकार बराबर हो । सुवेदीले भने, अपांगता भएका वा सपांग सबैलाई मर्यादित भएर बाँच्न पाउनु पर्ने अधिकार रहेको बताए । उनले अपांगता भएकाहरुलाई पहुँचमा विभेद कायम रहेकोले समानतामा जोड दिए । सुवेदीले अपांगतामैत्री सोंचको विकासमा जोड दिदै सबैको सहभागिता र सहयोग आवश्यक भएको बताए । उनले विद्यालयमा नियुक्त लिएर गएको शिक्षकलाई हाजिर नै गर्न नदिने कार्य गलत भएको बताए । गाउँपालिकाको तर्फबाट माछापुच्छ्रे गाउँपालिका शिक्ष विकास शाखाका प्रमुख सम्झना पोख्रेलले गाउँपालिकामा रहेका अपांगता भएका व्यक्तिहरुका समस्या समाधानका लागि काम गरिरहेको बताईन । उनले अपांगता पहिचानमा जोड दिदैं तथ्यांकलाई राख्ने गरिएको बताईन । कार्यक्रममा विभिन्न अपांगता भएका व्यक्ति, नागरिक समाज, गैरसरकारी संस्थाकाका पदाधिकारी, शिक्षक, शिक्षा, स्वास्थ्य तथा सामाजिक मन्त्रालय लगायतका सदस्यहरुले अपांगता भएकाहरु माथि विभेद कायमै रहेको बताए । उनीहरुले निर्माण तथा विकास क्षेत्रमा अपांगतामैत्री संरचनामा ध्यान नदिएको र व्यवहार पनि फरक हुने गरेको बताए । कार्यक्रममा राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज सुवेदीले “पहुँचयुक्त शिक्षा अधिकार” र सरोकारवालाहरुले सामना गर्नु परेका चुनौतीहरुको बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम माथि टिप्पणी गर्दै इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले अझैं पनि समाजमा अपांगतामैत्री वातावरण नभएको बताए । विभिन्न क्षेत्रको अवलोकनमा जाँदा घरबाटै उनीहरुलाई हेर्ने दृश्टिकोण नै फरक भएको र कतिले बोझको रुपमा लिएको पनि बताए । उनले नीति निर्माणमा सहभागिता तथा समावेसिता कम देखिएको, सिमित स्रोत साधन तथा प्रविधिमैत्री हुन नसकेको, शिक्षामा पर्याप्त लगानी हुन नसकेको बताए । खकुरेलले अझैं पनि पहिचानको समस्या रहेको, शिक्षामा लगानी, विभेदको अन्त्य, शिक्षकलाई तालिम तथा गाउँपालिकाले तथ्यांक राख्नुर्पेमा जोड दिए । जनप्रतिनिधिमा अधिकारको काम संघ संस्थाले गर्ने हो भन्ने बुझाई गलत भएको बताए । शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका अध्यक्ष बीना सिलवालले स्थानिय तहमा सबै प्रकारका अपांगता भएकाहरुको तथ्यांक हुनुपर्ने बताईन । उनले अझैं पनि जन्म दर्ता, परिचय पत्र, सम्पतीको हक, समान वितरण र मनोसामाजिक अपांगताका सवाल नउठेको बताईन । यसअघि नागरिक समाजका अगुवा, डिडा नेपालका सल्लाहकार विष्णु पौडेलले सहभागिहरुलाई स्वागत गर्दै अज्ञानताको कारण भेदभाव हुने गरेको बताए । अहिले घरैच्छिे डिग्रि पास गरेका भेटिए पनि विभेद हुने गरेको बताए । उनले शिक्षामा कायम रहेको विभेद हट्नुपर्ने र शिक्षा निःशुल्क हुनुपर्ने बताए । २०४६ सालको परिवर्तनपछि मा.वि तहसम्मको शिक्षा निःशुल्क भनिए पनि तीन दशकसम्म नारामै सिमित रहेको बताए । उनले शिक्षामा सुधार नभए सरकारी विद्यालय र विश्वविद्यालय झन् भताभुंग हुने चिन्ता व्यक्त गरे । कार्यक्रम अपांगता स्वावलम्बन विकास संघ, नेपालका अध्यक्ष दीपक तिमिल्सनाको अध्यक्षतामा भएको थियो । संचालन डिडा नेपालका सल्लाहकार गिरधारी सुवेदीले गरका थिए ।
स्याङजा: डिफेन्डिङ च्याम्पियन भारतिय सेनाका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधि जितेका छन । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज यु.के.को मुख्य प्रायोजन र स्याङजा समाज युकेको सह प्रायोजनमा सम्पन्न भएको क्रस कन्ट्री दौडमा फलेबास २ थापाठाना पर्वतका अनिस थापा मगरले निर्धारित २० किमीको दुरी १ घण्टा ४ मिनेट ३६ सेकेण्डमा पार गर्दै प्रतियोगिताको उपाधि चुमेका हुन् । उपाधिसहित थापामगरले नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नेपाल आर्मीका खेवराज बस्नेतले निर्धारित दुरी १ घण्टा ६ मिनेट ५६ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बस्नेतले दोश्रो स्थान सहित नगद २५ हजार, मेडल र प्रमाण प्रत्र प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा आर्मीकै सुबास कार्कीले निर्धारित दुरी १ घण्टा ८ मिनेट १३ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे । कार्कीले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी २१ वर्ष मुनिको १० किलो मिटर पुरुष दौड प्रतियोगिताको उपाधि सिरानचोक २ हर्मी गोर्खाका सन्दिप ढकालले हात पारे । निर्धारित दुरी ४३ मिनेट ३० सेकेण्डमा पार गर्दै ढकालले उपाधि हात पारेका हुन । उपाधिसंगै ढकालले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी गोर्खाकै दिनेश बोगटीले निर्धारित दुरी ४४ मिनेट २० सकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बोगटीले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगरले निर्धारित दुरी ४६ मिनेट ५ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हांसिल गरे । तेश्रो स्थान सहित रोका मगरले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १० उत्कृष्ट भित्र आउनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने । १० किलो मिटर दौड पार गर्ने दुईजना महिला धाविकालाई विशेष सम्मान गरिएको थियो । प्रतियोगिताका बिजेताहरुलाई अन्तराष्ट्रिय अल्ट्रा धावक मीरा राई, पुतलीबजार नगरपालिकाका उप प्रमुख देवी अर्याल, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष जित बहादुर गुरुङ, छिमेकी गाउँ समाज हङकङका अध्यक्ष प्रेम थापा मगर, कोल्मा बहाकोट समाज युकेका सल्लाहकार धनकाजी गुरुङ, कोल्मा बहाकोट आमा समुह युकेकी अध्यक्ष हुम कुमारी गुरुङ लगायतले बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै अन्तराष्ट्रिय अल्ट्रा धावक मीरा राईले युवाहरुलाई खेलकुदमा सहभागी गराउनका लागि क्रसकन्ट्री दौड जस्ता प्रतियोगिताले उल्लेख्य भुमिका खेल्ने वताइन । गाउँठाउलाई चिनाउन सबै भन्दा उत्तम खेलकुद कार्यक्रम भनेकै दौड प्रतियोगिता हुने बताउदै राईले गाउँलाई चिनाउनका लागी विभिन्न देशमा छरिएर रहेको सातसय कोल्मा बासीको योगदान रहेको र यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरिन । त्यस्तै पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले सात सय कोल्मा लाइ समेटेर कोल्मा मात्र नभई पुतली बजार नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बिरुवा गाउपालिकालाई समेत खेलको माध्यमबाट जोड्ने काम गरेकोमा धन्यवाद ब्यक्त गर्दै नगरपालिकाको तर्फबाट सहयोग र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरिन । सात सय कोल्मा सम्पर्क मञ्चको आयोजना र पुतलीबजार नगरपालिका स्याङ्जा, शुक्लागण्डकी नगरपालिका सहआयोजनामा सम्पन्न उक्त कार्यक्रमको सह प्रायोजन छिमेकी गाउँ समाज हङकङ, कोल्मा बहाकोट समाज युकेले गरेको थियो भने सम्राट फिजिकल ट्रेनिङ सेन्टर पोखरा, ब्रिटिस गोरखा ट्रेनिङ सेन्टर पोखरा, ईलाईट गोरखा फिटनेस ट्रेनिङ एण्ड एजुकेशन सेन्टर, मिलनसार तमु समाज बेगनासताल पोखरा, कोल्मा बहाकोट तमु समाज, फुलवारि सेवा केन्द्रको सहयोग रहेको थियो । चिरुवा सामुदायिक होमस्टे पुबनपा २, कन्या बराही सामुदायिक होमस्टे पुतलीबजार २, पोखरीछाप सामुदायिक होमस्टे पुतलीबजार ९, कोल्मा सामुदायिक होमस्टे पतलीबजार ९, भैसेगौडा सामुदायिम होमस्टे पुतलीबजार २, काल्खु सामुदायिक होमस्टे पुतलीबजार ९, राईपुर सामुदायिक होमस्टे शुक्ला गण्डकी नगरपालिका ११, राङभाङ सामुदायिक होमस्टे बिरुवा ३ र खुदी सामुदायिक होमस्टे बिरुवा ४ प्रवद्र्धकको रुपमा रहेको थियो ।
पोखरा: नेपाली र मगर भाषामा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने भएको छ । मगर कथानक चलचित्र ‘उखान’ निर्माता समूहले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाली र मगर भाषामा निर्माण भएको ‘उखान’ चलचित्र पोखरामा चैत २५ गते प्रदर्शन गर्ने मिति तय भएको जानकारी दिएको हो । मगर कथानक चलचित्र ‘उखान’का कार्यकारी निर्माता मेक बहादुर आलेले हराउँदै गएको मगर समुदायको भाषा र संस्कृतिलाई समेटेर ‘उखान’ मगर चलचित्र निर्माण गरेको बताए । ‘पछिल्लो समय मगर समुदायमा भाषा र संस्कृति लोप हुँदै गएको छ, त्यसैको जर्गेना स्वरुप चलचित्र निर्माण गरेका छौं, निर्माता आलेले भने, ‘ काठमाडौंमा चैत १८ र पोखरामा चैत २५ गते प्रदर्शन गर्ने तयारी गरेका छौं ।’ उनले चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक सेवामा खर्च गर्ने समेत जानकारी गराए ।‘देशको विभिन्न जिल्लाहरुमा चलचित्र प्रदर्शन गर्ने तयारी अनुसार पोखरामा आएका छौं, चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने निर्णय गरेका छौं ।’ उनले भने । निर्माता आलेका अनुसारमा पोखरामा चैत २५ गते पोखरा १० भामरकोट पार्टी प्यालेसमा मगर कथानक चलचित्र ‘उखान’ प्रदर्शन हुँदै छ । यस्तै चलचित्र निर्माण समूहले काठमाडौंमा भने चैत १८ गते प्रदर्शन हुने जनाएको छ । यस्तै चलचित्र ‘उखान’का निर्देशक प्रकाश कुमार दर्लामीले मगर समुदायमा हराउँदै गएको भाषा र संस्कृतिबाट नै चलचित्रको सुरुवात भएको बताए । ‘मगर कथानक चलचित्र ‘उखान’, चलचित्र मगर भाषामा मात्र छैन, नेपाली र मगर भाषामा चलचित्र तयार भएको छ, दर्लामीले भने, ‘चलचित्र शहर केन्द्रित मात्र नभएर ग्रामीण क्षेत्रमा समेत चलचित्र प्रदर्शन गर्दै छौं ।’ एक्सन फिल्मसको ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ प्रकाश कुमार दर्लामीको लेखन निर्देशन, कार्यकारी निर्माता मेकबहादर आले, सहनिर्देशक न्यूसन दर्लामी मगर, टेक बहादुर अस्तानी र देव कुमार दर्लामीको निर्माता, निर्मला थापा मगर र सुनिता आले मगर सह–निर्माता र दिनेस परियार र प्रकाश कुमार दर्लामीको संगीतमा चलचित्र तयार भएको छ । चलचित्रमा कलाकार खड्ग बहादुर पुन (खबपु), कविता आले, प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलबिक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ, सुर्य बहादुर थापा, प्रबिन राई, ध्वज मगर, नन्द कुमारी एस्माली, उषा अर्मजा, आर्यन लामा, रुपक योगी र बाल कलाकारमा नम्रता पुन मगरको मुख्य अभिनय रहेको छ ।
पोखरा: ग्लोवल अवारनेस फाउण्डेशन कास्की नेपालको प्रथम साधारण सभा एवम् ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार जमुना वर्षा शर्मा र समाजसेवी धनमाया गुरुङलाई सम्मान गरेको छ । लैङ्गिक समनाताका लागि बलियो आधार सृजना प्रविधिमा महिलाको पहुँच भन्ने राष्ट्रिय नाराका साथ मनाइएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सदस्य मिना गुरुङले शर्मा र गुरुङलाई सम्मान गर्नु भएको हो । सम्मान कार्यक्रममा गुरुङले महिलाको क्षमता र दक्षता वृद्धिसँगै नेतृत्वमा महिला पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले नारिमुक्ती आन्दोलनको प्रणेता क्लारा जेटकिनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम र शोषणाका विरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै शुरु भएको दिवसले पछिल्लो समय महिलाको हक अधिकारका आवाज खोज्नका लागि महत्वपूर्ण दिन बन्दै गएको धारणा राख्नुभयो । कार्यक्रममा सम्मानित पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले ८ मार्च महिलाहरूको उत्सवको दिन रहेको बताउँदै आपनो भुमिकाको खोजि सहित महिला अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले आवाज कुनै छाल होइन तर उर्ले पछि परिवर्तन ल्याउने जनाउँदै आफनो अधिकार सहित कर्तब्यको पालना गरेर परिवर्तनको पाइला चाल्नु पर्ने बताउनु भयो । उहाँले सम्मानले आगामी दिनमा पत्रकारिता मार्फत समाजका लागि अझ थप जिम्मेवार भएर काम गर्न थप ऊर्जा मिलेको बताउनुभयो । संस्थाका अध्यक्ष चन्द्रा शर्मा महिला आन्दोलन र मुक्तिका लागि शुरुवात गरिएको आजको दिन महिलाको लागि विशेष रहेको बताउनभयो । उहाँले हरेक क्षेत्रमा महिलको गर्विलो उपस्थितका लागि संस्था सचेतना देखि विभिन्न तालिम तथा कार्यक्रम गर्दै आएको जनाउँदै समाजमा योगदान पुरयाएका दुई व्यक्तिलाई महिला दिवसमा सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा सम्मानित व्यत्तित्व धनमाया गुरुङ, सहसचिव अन्जिता बास्ँतोला, उपाध्यक्ष विष्णु लम्साल लगायतले संस्थाका गतिविधि सहित महिला दिवसको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
पोखरा: विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस बुधबार पोखरामा मनाइएको छ । नेपालसहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । सामाजिक विकास कार्यालय कास्कीको समन्वयमा सभागृहबाट सुरू भएको प्रभातफेरी सहिदचोकस्थित मन्त्रालयमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरूले ‘सबैको अधिकारको सम्मान गरौं, हिंसा विरूद्ध शुन्य सहनशीलता कायम गरौं’, ‘समृद्ध नेपालका लागि महिला साक्षारता र सहभागिता आजको आवश्यकता’ लगायतका प्लेकार्ड बोकेका थिए । ¥यायालीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोपिला नेपाल, थ्री एन्जल्स नेपाल, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द,गैरसरकारी सस्था महासंघ ,सामाजिक बिकास तथा स्वास्थ मन्त्रालय ,महिला मानव अधिकार रक्षक सजाल,पत्रकार महासंघ कास्की लगायत विभिन्न संघ संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव घनश्याम पौडेल, कार्यालय प्रमुख इन्द्रबहादुर थापा, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, राष्ट्रिय मानवअधिकार आयोगका मोहन काफ्ले, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले नारालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राज्यले प्रदान गर्ने सेवा प्रवाहलाई सशक्त बनाउँदै दूरदराजका महिलालाई मूलधारमा ल्याउनुपर्ने उनीहरूको भनाइ थियो । दिवसमा विभिन्न कार्यक्रम गरेपनि महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा भने कमी आउन सकेको छैन् । अनौचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले सन् २०२२ मा ४ हजार ३ सय ३९ जना महिला र १ हजार ४ सय ४ जना बालिका गरी कूल ५ हजार ७ सय ४३ जना पीडित भएको जनाएको छ । १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मार्च ८ (फागुन २४ गते) एक प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो । सन् २०२२ मा बेचबिखन तथा ओसारपसारका घटनामा २४ जना, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा २४ जना, घरेलु हिंसाका घटनामा ३ हजार ३१ जना, ‘बोक्सी’को आरोपमा २३ जना, बलात्कारका घटनामा ६ सय ५ जना, बलात्कार प्रयासका घटनामा १ सय ४५ जना, यौन दुर्व्यवहारका घटनामा ४२ जना महिला पीडित भएका अभिलेख राखेको प्रतिवेदनमा जनाइएको छ ।
पोखरा: महिला सीप विकास संस्थाले पोखरामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरि हस्तकलाको सामग्री प्रदर्शन गरेको छ । संस्थाले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संस्थामा क्रियासिल महिलाकर्मीहरुले उत्पादन तथा निर्माण गरेको हस्तकलाका सामग्रीहरु प्रदर्शन गरेको हो । स्थानीय कच्चापदार्थ अल्लो, हेम, ऊन, मकैको खोष्टाबाट निर्माण गरिएका फूल, गुडियो, कार्पेट, झोला, टोपी लगायतका सामग्री प्रदर्शन गरेको संस्थाका अध्यक्ष देवी गुरुङले बताईन । ‘महिला सीप विकास संस्था पोखरा, अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नै स्थापना भएको हो, गुरुङले भनिन्, ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्य कार्यक्रम भन्दा हस्तकाल प्रदर्शनीसँगै औपचारिक कार्यक्रममा आयोजना गरेका हौं ।’ संस्थाले महिला दिदीबहिनी, गरिब, पिछडिएका, अपाङ्ग, एकल,द्धन्द्ध पीडित, उत्पीडित भएका महिलाहरुलाई तालिम प्रदान गर्दै आएको छ । तालिम प्रदानपछि महिलाहरुलाई स्वरोजगार प्रदान गर्ने संस्थाको मुख्य लक्ष्य रहेको छ । संस्थाले उत्पादन गरेको हस्तकलाका सामग्रीहरु अमेरिका,जर्मन, इटली, कोरिया, क्यानडा, अष्ट्रेलिया जापान लगायतका देशहरुमा निर्यात गर्दै आएको छ । महिला सीप विकास संस्था पोखराले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुः
पोखरा: आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका विद्यालयहरु तयारीमा जुटिरहेको बेला पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी समूह भने अदालत जाने तयारी गरिरहेको छ । स्वतन्त्र विद्यार्थी समूह (स्वविस)ले चुनावमा सहभागी हुन नाम दर्ता गरेपछि निर्वाचन समितिले आफुखुशी नाम परिवर्तन गरिदिएको भन्दै अदालतको ढोका ढक्ढक्याउन जान लागेको बताएको छ । समितिले नाम परिवर्तन गरी पृथ्वी विद्यार्थी मन्च राखिदिएको भन्दै स्वविसका सभापति दिप्सन गुरुङ्ले यसमा असहमति रहेको जनाएका छन् । स्ववियु निर्वाचनको लागि १९ गते स्वविसले नाम दर्ता गरेको र क्रम संख्या ‘९’ पाएको गुरुङले बताए । ‘निर्वाचन समितिले आफ्नो मनोमानी गरेको छ, कानुनी प्रक्रिया पुर्याएर दर्ता गरेका हौ’ संयोजक गुरुङ् भन्छन् ‘हामिमाथि अन्याय भएको छ, निर्वाचन समितिले न्याय दिएन भने अदालत जानेछौँ ।’ २५ गतेसम्म निर्वाचन समितिले कानुनी प्रकृयाअनुसार निर्णय नलिएमा रिटको प्रकृयामा जाने गुरुङको चेतावनी छ । ‘यथाशीघ्र उक्त नामावली सूचिलाई सच्याउँदै पुनः संगठनको नाम प्रकाशित गर्न आग्रह गर्दछौँ, अन्यथा अदालत गुहार्न बाध्य हुनेछौं’ गुरुङले भने । नामै परिवर्तन गरेर दर्ता सूची प्रकाशन गर्नु निर्देशिकाको विपरित भएको स्वतन्त्र विद्यार्थी समूहका कोषध्यक्ष अभिषेक विष्टले बताए । ‘सत्यको जित अवश्य हुनेछ,’ विष्टले भने, ‘निर्देशिका विपरितको उक्त कार्यको हामि सशक्त प्रतिकार गर्ने छौं ।’
गत माघ २९ गते तनहुँबाट बिरामी लिएर आएको बा १३ च २६६२ नम्बरको पजेरो जीप पोखराको महेन्द्रपुलको बारमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट बच्यो । उक्त दुर्घटनामा चालक सकुशल रहे । ३ पैदलयात्री घाइते भए । उपचारपछि सबै ठिकठाक छन् । तर क्षतिग्रस्त पुलको बार अझै मर्मत गरिएको छैन । जसबाट पैदलयात्री र सवारीचालकमा जोखिम बढेको छ । दुर्घटनाको २५ दिनपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव निरीक्षक शिव पाठकलाई ‘पुलको बार कहिले मर्मत हुन्छ ?’ भन्ने प्रश्नमा उनले भने ‘पुलमा बार राख्ने जिम्मेवारी सम्बन्धित सवारीधनीकै हो ।’ पाठकले यसो भनिरहँदा ठ्याक्कै मर्मतको मिति भने तोक्न सकेनन् । ‘थप दुर्घटना नहोस् भनेर हाललाई अस्थायी फलामे बार राखेका छौं’ पाठकले भने । ‘गाडीको ठक्करले पुलको बारमा क्षति भएपछि तत्काललाई फलामको बार राखिएको छ, पाठकले भने, ‘सवारीले धनीले नै पुलको मर्मत गर्नुपर्ने भएकाले क्षति भएको स्थानमा अस्थाई रुपमा फलामको बार राखेका हौं ।’ उनले पुलको मर्मत गरेपछि सम्बन्धित सवारी धनिलाई सवारी फिर्ता गर्ने बताए । ‘दुर्घटनापछि सवारी र सवारी चालकको कागजपत्र कार्यालयमा राखेका छौं’ पाठक भन्छन्, ‘पुलको मर्मत सम्बन्धित व्यक्तिले गरेपछि मात्र कागजपत्र र सवारी फिर्ता गछौं ।’ यता सडक डिभिजन कार्यालय पोखराले पनि जसले क्षति पु¥याएको हो उसले पुलको मर्मत गर्नुपर्ने बताएको छ । ‘नेपाल सरकारको संरचनामा जसले क्षति पु¥याउँछ उसले नै क्षतिपूर्ति व्यहोर्नुपर्ने हुन्छ’, डिभिजनका एक कर्मचारीले भने, ‘गाडीको ठक्करबाट पुलको बारमा क्षतिमा पुगेको सूचना पाएका छौ तर ट्राफिक कार्यालयबाट क्षति पु¥याउने सवारीलाई सम्पर्कमा ल्याएको छैन ।’ सडक डिभिजन कार्यालयका पोखराका सूचना अधिकारी उज्वल शर्माले भन्छन् ‘क्षतिको विवरण निकालेर लाग्ने खर्च सवारी धनीले तिर्नुपर्छ वा मर्मत गरिदिनु पर्छ ।’ त्यसपश्चात् मात्र सवारीसाधन फिर्ता दिइने शर्माले बताए । उक्त गाडी डाक्टर चन्द्रबहादर थापाले चलाएका थिए । अटो गियरको पजेरो स्टार्ट गर्ने बित्तिकै हुइँकिएर पुलको बारमा ठोक्किन पुगेको थियो ।
पोखरा: जिल्ला ट्राफिक कार्यालय कास्कीले होली पर्वको दिन हिजो (शुक्रबार) ट्राफिक नियम उल्लघन गर्ने ३ सय बढी सवारीसाधनलाई कारबाही गरेको जनाएको छ । पोखराको सिर्जनाचोक, चिप्लेढुङ्गा, लेकसाइड र हेम्जामा होली मनाउने क्रममा ट्राफिक नियम उल्लघंन गर्ने ३ सय ५६ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो । होलीको दिनमा कुनै अप्रिय दुर्घटना हुन नदिन ट्राफिक कार्यालयले १७ ठाउँ बढीमा सवारी चेकिङ गरेको थियो । कारबाहीमा पनर्मो मोटरसाइकल, स्कुटर, कार र जिप छन् । सवारी चालक अनुमति पत्र नभई गाडी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिट क्षमताभन्दा बढि यात्रु राख्ने, तिव्र गतिमा सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल/स्कुटर कुदाउँने लगायत सवारी कारबाहीमा परेका छन् । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । ‘ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर छन,’ पाठकले भने, ‘धेरैले मादक पदार्थ सेवन गरेको, हेल्मेट नलगाएको, क्षमता भन्दा बढी सवार भएर यात्रा गरेको कारण बढी कारबाहीमा परेका छन् ।’ पाठकका अनुसार २०२ जना मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, १५४ जना हेल्मेट नलगाउने र क्षमता भन्दा बढी सवार गर्ने कारबाहीमा परेको छन् । भने ११९ जना पक्राउ परेका छन् । यसैबीच, हिजो मात्रै पोखरामा ८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् । घाइतेको हाल मणिपाल अस्पातालमा उपचार भईरहेको पाठकले बताए ।

