थापामगरलाई तेश्रो क्रस कन्ट्री दौडको उपाधि
पाेखरा | फागुन २६, २०७९
स्याङजा: डिफेन्डिङ च्याम्पियन भारतिय सेनाका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधि जितेका छन ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज यु.के.को मुख्य प्रायोजन र स्याङजा समाज युकेको सह प्रायोजनमा सम्पन्न भएको क्रस कन्ट्री दौडमा फलेबास २ थापाठाना पर्वतका अनिस थापा मगरले निर्धारित २० किमीको दुरी १ घण्टा ४ मिनेट ३६ सेकेण्डमा पार गर्दै प्रतियोगिताको उपाधि चुमेका हुन् । उपाधिसहित थापामगरले नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा नेपाल आर्मीका खेवराज बस्नेतले निर्धारित दुरी १ घण्टा ६ मिनेट ५६ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बस्नेतले दोश्रो स्थान सहित नगद २५ हजार, मेडल र प्रमाण प्रत्र प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा आर्मीकै सुबास कार्कीले निर्धारित दुरी १ घण्टा ८ मिनेट १३ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे । कार्कीले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी २१ वर्ष मुनिको १० किलो मिटर पुरुष दौड प्रतियोगिताको उपाधि सिरानचोक २ हर्मी गोर्खाका सन्दिप ढकालले हात पारे । निर्धारित दुरी ४३ मिनेट ३० सेकेण्डमा पार गर्दै ढकालले उपाधि हात पारेका हुन । उपाधिसंगै ढकालले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी गोर्खाकै दिनेश बोगटीले निर्धारित दुरी ४४ मिनेट २० सकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बोगटीले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगरले निर्धारित दुरी ४६ मिनेट ५ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हांसिल गरे । तेश्रो स्थान सहित रोका मगरले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १० उत्कृष्ट भित्र आउनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने ।
१० किलो मिटर दौड पार गर्ने दुईजना महिला धाविकालाई विशेष सम्मान गरिएको थियो । प्रतियोगिताका बिजेताहरुलाई अन्तराष्ट्रिय अल्ट्रा धावक मीरा राई, पुतलीबजार नगरपालिकाका उप प्रमुख देवी अर्याल, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष जित बहादुर गुरुङ, छिमेकी गाउँ समाज हङकङका अध्यक्ष प्रेम थापा मगर, कोल्मा बहाकोट समाज युकेका सल्लाहकार धनकाजी गुरुङ, कोल्मा बहाकोट आमा समुह युकेकी अध्यक्ष हुम कुमारी गुरुङ लगायतले बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै अन्तराष्ट्रिय अल्ट्रा धावक मीरा राईले युवाहरुलाई खेलकुदमा सहभागी गराउनका लागि क्रसकन्ट्री दौड जस्ता प्रतियोगिताले उल्लेख्य भुमिका खेल्ने वताइन । गाउँठाउलाई चिनाउन सबै भन्दा उत्तम खेलकुद कार्यक्रम भनेकै दौड प्रतियोगिता हुने बताउदै राईले गाउँलाई चिनाउनका लागी विभिन्न देशमा छरिएर रहेको सातसय कोल्मा बासीको योगदान रहेको र यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरिन ।
त्यस्तै पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले सात सय कोल्मा लाइ समेटेर कोल्मा मात्र नभई पुतली बजार नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बिरुवा गाउपालिकालाई समेत खेलको माध्यमबाट जोड्ने काम गरेकोमा धन्यवाद ब्यक्त गर्दै नगरपालिकाको तर्फबाट सहयोग र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरिन ।
सात सय कोल्मा सम्पर्क मञ्चको आयोजना र पुतलीबजार नगरपालिका स्याङ्जा, शुक्लागण्डकी नगरपालिका सहआयोजनामा सम्पन्न उक्त कार्यक्रमको सह प्रायोजन छिमेकी गाउँ समाज हङकङ, कोल्मा बहाकोट समाज युकेले गरेको थियो भने सम्राट फिजिकल ट्रेनिङ सेन्टर पोखरा, ब्रिटिस गोरखा ट्रेनिङ सेन्टर पोखरा, ईलाईट गोरखा फिटनेस ट्रेनिङ एण्ड एजुकेशन सेन्टर, मिलनसार तमु समाज बेगनासताल पोखरा, कोल्मा बहाकोट तमु समाज, फुलवारि सेवा केन्द्रको सहयोग रहेको थियो ।
चिरुवा सामुदायिक होमस्टे पुबनपा २, कन्या बराही सामुदायिक होमस्टे पुतलीबजार २, पोखरीछाप सामुदायिक होमस्टे पुतलीबजार ९, कोल्मा सामुदायिक होमस्टे पतलीबजार ९, भैसेगौडा सामुदायिम होमस्टे पुतलीबजार २, काल्खु सामुदायिक होमस्टे पुतलीबजार ९, राईपुर सामुदायिक होमस्टे शुक्ला गण्डकी नगरपालिका ११, राङभाङ सामुदायिक होमस्टे बिरुवा ३ र खुदी सामुदायिक होमस्टे बिरुवा ४ प्रवद्र्धकको रुपमा रहेको थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ । नेत्रविक्रम चन्दको नेतृत्वमा ...
काठमाडौं: नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...
कञ्चनपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...