अपाङ्गता क्षेत्र महत्वपूर्ण र सामाजिक विषय:  उपाध्यक्ष डा. शर्मा

पाेखरा | फागुन २७, २०७९

अपाङ्गता क्षेत्र महत्वपूर्ण र सामाजिक विषय:  उपाध्यक्ष डा. शर्मा

पोखरा:   अपांगता स्वावलम्बन विकास संघ, इन्सेक गण्डकी, आईएनएफ र हुमेडिकाको आयोजनामा आज पोखरामा “पहुँचयुक्त शिक्षा अधिकार” विषयक सरोकारवालाहरुसंगको छलफल कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरधारी शर्माले अपांगताको क्षेत्र महत्वपूर्ण र सामाजिक विषय भएकोले यस क्षेत्रमा भएका समस्यहरुको समाधान सामुहिक प्रयासले संभव भएको बताए ।


डा.शर्माले भने, एक पटक हामीले चाहेको जस्तो गरेर समाधान हन नसके पनि सुस्त रहेको कार्यान्वयनको पाटोलाई जागरिलो बनाउन नागरिक समाज तथा सरोकारवालाहरुको सहभागिताको खाँचा रहेको बताए ।


हामीले नीति तथा कार्यक्रम बनाउँछौं तर कार्यान्वयन उचित तवरले भईरहेको पाएका छैन । उनले भने, अब तपाईहरुले नीतिको ठेलि नै बोकेर कानून अनुसार पाउनु पर्ने सेवा, सुविधाहरु बिन कार्यान्वयन भनेर सोध्नु पर्यो । यसो भयो भने कार्यान्वयन गर्ने पक्ष सजग हुन्छ । उनले अब बनने शिक्षा ऐनले सामुदायिक तथा निजी क्षेत्रबीचको खाडललाई पूर्नेगरी आउनु पर्नेमा जोड दिए । उनले भने, अब हाम्रो शिक्षा ज्ञान दिलाउनका लागि नभई उत्पदान गर्ने खालको चाहिन्छ यसैलाई ध्यान दिएर हामी योजना बनाउँछौं ।


शिक्षा सचिव भोजराज न्यौपानेले शिक्षा सबैले पाउनु पर्ने र विभेदको अवश्था देखिन नहुने बताए । उनले घरैबाट सपांग वा अपांगता भएकाहरुको लागि समानताको वातावरण तयार गर्नुपर्ने बताए । उनले अपांगता भएकाहरुको लागि उनीहरुको विविधिकरणसंगै शिक्षा तथा मानसिक विकासका कार्यक्रम गर्न जरुरी भएको बताए । साथै उनले अपांगता भएका विद्यालयहरुमा जाने शिक्षकलाई त्यहाँ जाउँजाउँ लाग्ने बनाउने वातवरण बन्न आवश्यक भएकोमा जोड दिए ।


शैक्षिक तालिम केन्द्र गण्डकीका प्रमुख नेपालहरि रानाभाटले पेशागत विकासका लागि सहजिकरण हुने खालको सामग्री निर्माण गरिरहेको बताए । उनले अपांगता भएकाहरुको लागि आवश्यक सफ्टवेयर पद्धतीको विकास, विभिन्न तालिमहरु संचालन भईरहेको जानकारी दिए । उनले बहिरा, दृशिटबिहिन र अन्य अपांगता भएकाहरुको लागि छुट्टाछुट्टै तालिमको व्यवश्था भएको बताए ।


शिक्षा महाशाखाका प्रमुख टंक ढकालले कानूनमा भनिएजति हुन नसकेपनि केहि भएको बताए । सपांगका भन्दा अपांगता भएकाहरुको धेरै समस्याहरु छनु एकैपटक समाधान गर्न नसकिए पनि समाधानको बाटोमा जानुको विकद्यप पनि नभएको बताए । उनले अपांगता भएकाहरुको समस्या समाधानका लागि सबै मन्त्रालयहरुले आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए । उनले भने, यो एउटैले गरेर हुँदैन, सबैको अपनत्व चाहिन्छ । उनले विभेदरहित वातारण निर्माणमा आफुहरु प्रतिवद्ध रहेको बताए ।


राष्टिय मानव अधिकार आयोग गण्डकीका अधिकृत खिमलाल सुवेदीले संविधानले, ऐन, नियम तथा नियमावलीहरुले शिक्षाको सुनिश्चितताको कुरा गरेको भएपनि सन्तुलन नदेखिएको बताए । उनले शिक्षाको अधिकारबाट कोहि पनि बिमुख हुन नहुनेमा जोड दिए । सबैको अधिकार बराबर हो । सुवेदीले भने, अपांगता भएका वा सपांग सबैलाई मर्यादित भएर बाँच्न पाउनु पर्ने अधिकार रहेको बताए । उनले अपांगता भएकाहरुलाई पहुँचमा विभेद कायम रहेकोले समानतामा जोड दिए । सुवेदीले अपांगतामैत्री सोंचको विकासमा जोड दिदै सबैको सहभागिता र सहयोग आवश्यक भएको बताए । उनले विद्यालयमा नियुक्त लिएर गएको शिक्षकलाई हाजिर नै गर्न नदिने कार्य गलत भएको बताए ।


गाउँपालिकाको तर्फबाट माछापुच्छ्रे गाउँपालिका शिक्ष विकास शाखाका प्रमुख सम्झना पोख्रेलले गाउँपालिकामा रहेका अपांगता भएका व्यक्तिहरुका समस्या समाधानका लागि काम गरिरहेको बताईन । उनले अपांगता पहिचानमा जोड दिदैं तथ्यांकलाई राख्ने गरिएको बताईन ।


कार्यक्रममा विभिन्न अपांगता भएका व्यक्ति, नागरिक समाज, गैरसरकारी संस्थाकाका पदाधिकारी, शिक्षक, शिक्षा, स्वास्थ्य तथा सामाजिक मन्त्रालय लगायतका सदस्यहरुले अपांगता भएकाहरु माथि विभेद कायमै रहेको बताए । उनीहरुले निर्माण तथा विकास क्षेत्रमा अपांगतामैत्री संरचनामा ध्यान नदिएको र व्यवहार पनि फरक हुने गरेको बताए ।


कार्यक्रममा राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज सुवेदीले “पहुँचयुक्त शिक्षा अधिकार” र सरोकारवालाहरुले सामना गर्नु परेका चुनौतीहरुको बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।


कार्यक्रम माथि टिप्पणी गर्दै इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले अझैं पनि समाजमा अपांगतामैत्री वातावरण नभएको बताए । विभिन्न क्षेत्रको अवलोकनमा जाँदा घरबाटै उनीहरुलाई हेर्ने दृश्टिकोण नै फरक भएको र कतिले बोझको रुपमा लिएको पनि बताए । उनले नीति निर्माणमा सहभागिता तथा समावेसिता कम देखिएको, सिमित स्रोत साधन तथा प्रविधिमैत्री हुन नसकेको, शिक्षामा पर्याप्त लगानी हुन नसकेको बताए । खकुरेलले अझैं पनि पहिचानको समस्या रहेको, शिक्षामा लगानी, विभेदको अन्त्य, शिक्षकलाई तालिम तथा गाउँपालिकाले तथ्यांक राख्नुर्पेमा जोड दिए । जनप्रतिनिधिमा अधिकारको काम संघ संस्थाले गर्ने हो भन्ने बुझाई गलत भएको बताए ।


शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका अध्यक्ष बीना सिलवालले स्थानिय तहमा सबै प्रकारका अपांगता भएकाहरुको तथ्यांक हुनुपर्ने बताईन । उनले अझैं पनि जन्म दर्ता, परिचय पत्र, सम्पतीको हक, समान वितरण र मनोसामाजिक अपांगताका सवाल नउठेको बताईन ।


यसअघि नागरिक समाजका अगुवा, डिडा नेपालका सल्लाहकार विष्णु पौडेलले सहभागिहरुलाई स्वागत गर्दै अज्ञानताको कारण भेदभाव हुने गरेको बताए । अहिले घरैच्छिे डिग्रि पास गरेका भेटिए पनि विभेद हुने गरेको बताए । उनले शिक्षामा कायम रहेको विभेद हट्नुपर्ने र शिक्षा निःशुल्क हुनुपर्ने बताए । २०४६ सालको परिवर्तनपछि मा.वि तहसम्मको शिक्षा निःशुल्क भनिए पनि तीन दशकसम्म नारामै सिमित रहेको बताए । उनले शिक्षामा सुधार नभए सरकारी विद्यालय र विश्वविद्यालय झन् भताभुंग हुने चिन्ता व्यक्त गरे ।


कार्यक्रम अपांगता स्वावलम्बन विकास संघ, नेपालका अध्यक्ष दीपक तिमिल्सनाको अध्यक्षतामा भएको थियो । संचालन डिडा नेपालका सल्लाहकार गिरधारी सुवेदीले गरका थिए ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्