रेडियो अन्नपूर्णले चैत १८ गते बृहत रक्तदान गर्ने
पाेखरा | फागुन २२, २०७९
पोखरा: पोखरा स्थित रेडियो अन्नपूर्णले आउँदो चैत १८ गते बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार २१ औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए ।
रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । आइतबार बसेको बैठकले कृष्ण सुवेदीलाई संयोजक र सबिन रेग्मीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
नारायण क्षेत्रीलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी दिइएको छ । बजार ब्यबस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक ब्यबस्थापन संयोजकमा अगन्धर सुबेदीलाई तोकिएको छ ।
प्रमाणपत्र वितरण तथा रेकर्डमा राजाराम पौडेल, संघ संस्था परिचालनमा आरजु बिष्ट सल्यानी, स्वागत तथा स्वयमसेवक ब्यबस्थापनमा शोभा नेपाल, प्रत्यक्ष प्रशारणमा कञ्चन थापा, युवा परिचालन उपसमितिमा कबिता श्रेष्ठ र प्राविधिकमा नारायण कुइकेललाई जिम्मेवारी दिइएको स्टेशन म्यानेजार मल्लले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

