पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

पोखरा:    पोखरा स्थित रेडियो अन्नपूर्णले आउँदो चैत १८ गते बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार २१ औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए । रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । आइतबार बसेको बैठकले कृष्ण सुवेदीलाई संयोजक र सबिन रेग्मीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । नारायण क्षेत्रीलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी दिइएको छ । बजार ब्यबस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक ब्यबस्थापन संयोजकमा अगन्धर सुबेदीलाई तोकिएको छ ।  प्रमाणपत्र वितरण तथा रेकर्डमा राजाराम पौडेल, संघ संस्था परिचालनमा आरजु बिष्ट सल्यानी, स्वागत तथा स्वयमसेवक ब्यबस्थापनमा शोभा नेपाल, प्रत्यक्ष प्रशारणमा कञ्चन थापा, युवा परिचालन उपसमितिमा कबिता श्रेष्ठ र प्राविधिकमा नारायण कुइकेललाई जिम्मेवारी दिइएको स्टेशन म्यानेजार मल्लले बताए ।

पोखरा:    ११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिला सीप विकास संस्थाले हस्तकलाको सामग्री प्रदर्शन गर्ने भएको छ ।  संस्थाले आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गर्दै संस्थामा आवद्ध महिलाहरुले उत्पादन गरेका हस्तकलाको सामग्री प्रर्दशन गर्ने जानकारी दिएको हो ।  महिला सिप विकास संस्था पोखराका कार्यकारी निर्देशक रामकली खड्काले ११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा पोखरामा महिला उद्यमीहरुले उतपादन गरेका हस्तकलाका सामग्री प्रर्दशन हुन लागेको बताईन ।  ‘समाजका उपेक्षित, अपहेलित र न्यून आय भएका महिलाहरुलाई हस्तकलाका तालिम प्रदान गर्ने संस्थाको उद्धेश्य हो, खड्काले भनिन्, ‘महिलाहरुलाई तालिम प्रदान गरी व्यवसायिक तथा आयमुलक क्षेत्रमा अग्रसरसँगै आर्थिक उत्थानमा सीप विकास गर्ने हो लक्ष्यसहित अगाडि बढेका छौं ।’ संस्थाले नारी दिवसको अवसरमा पोखराको सभागृहमा संस्थाले उत्पादन गरेका हस्तकलाको सामग्री ​प्रर्दशन गर्ने तयारी गरेको हो ।  संस्थाका निर्देशक खड्काले यस संस्था नेपाल सरकार र कुनै पनि विदेशी संघ संस्थाको सहयोगमा सञ्चालन नभएको बताईन । ‘यस संस्थामा कुनै पनि विदेशी संघ संस्था र नेपाल सरकारको कुनै प्रकारको सहयोग प्राप्त हुँदैन, विशुद्ध स्वआर्जनबाट सञ्चालन भएको संस्था हो ।’ उनले भनिन् ।  महिला सीप विकास संस्थाले उत्पादन गरेको विभिन्न प्रकारका हस्तकलाका सामग्रीहरु विदेशी मुलुकमा निर्यात गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले बताईन ।  उनका अनुसार हस्तकलाका सामाग्रीहरु अमेरिका, जर्मन, इटाली, क्यानडा, अष्ट्रेलिया, जापान लगायतका देशहरुका निर्यात हुँदै आएको छ ।  करिव २१ हजार महिलाहरुलाई तालिम प्रदान गरेको संस्थाले कोभिडको समयमा ६ सय र अहिले ३ सय ५० जना महिलाहरुले संस्थामा उद्यमी गरिरहेका छन् । संस्थाले वार्षिक रुपमा करोडौं रुपैयाँको हस्तकलाका सामग्री निर्यात गरेपनि कोभिडपछि सामान निर्यातमा कमि आएको जानकारी दिएको छ ।  वि.स २०३२ सालमा अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिला सीप विकास संस्थाको स्थापना भएको हो ।   

पोखरा:     प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी चयन भएका छन् ।  पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनबाट गिरीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्ष राजाराम पौडेल, सचिव गौरव त्रिपाठी, कोषाध्यक्ष राजु गिरी, सहसचिव दीपा भण्डारी पौडेल चयन भएकी छन् । समितिको सदस्यमा आशीष पुरी र संकल्प ढुंगाना चुनिएका छन् ।

पोखराः   प्रथम फ्लो फ्लो कपको उपाधि आयोजक गन्नी एफसी निलोले जितेको छ । उपाधी संगै गन्नी एफसीले नगद २ लाख ११ हजार १ सय ११, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले सी फोर्टिन रत्नचोक एफसीलाई पराजित गर्दै उपाधि हात पारेको हो । खेलको पहिलो हाफमा रत्नचोकका मनोज नेपालीले गोल गर्दै अग्रता लिएको भएतापनि दोश्रो हाफमा भने रत्नचोक चुक्न पुग्यो । दोश्रो हाफको सुरुमा गन्नीका युनिक गुरुङले सी फोर्टिनका खेलाडीलाई लडाएपछि रेडकार्ड पाएर गन्नी ६ खेलाडीमा सिमित हुन पुगेको भएतापनि दोश्रो हाफको बीचमा गन्नीका सुनिल गोतामेले एक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । प्रतियोगिताको उपबिजेता सी फोर्टिन रत्नचोकले नगद १ लाख ५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । खेलमा म्यान अफदी म्याचको उपाधी गन्नी एफसीका सुनिल गोतामेले हात पारे । त्यसैगरी प्रतियोगितामा गन्नीका आकाश रानाभाटले सवोत्कृष्ट खेलाडीको उपाधी सहित ट्रफी र नगद ७ हजार प्राप्त गरे । त्यसैगरी सर्वाधिक गोलकर्ता गन्नीकै गणेश क्षेत्रीले नगद ५ हजार प्राप्त गरेभने उत्कृष्ट गोलरक्षकको उपाधी सी फोर्टिनका गोल रक्षक प्रविण गुरुङ घोषित भए । उपाधी संगै गुरुङले नगद ५ हजार प्राप्त गरे ।

पोखरा:   हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।  कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार शनिबार दिउँसो फेवातालमा डुङ्गा पल्टिदा ७० वर्षीय याममाया गिरि घाइते भएकी थिईन ।  डुङ्गा पल्टिएपछि रेञ्जर गण एपिएफ र बैदाम प्रहरीले उद्धार गरि गिरिलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएपनि उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।  डुङ्गा पल्टिदा ४९ वर्षीय राजकुमार गिरि, २१ वर्षीय एलिशा गिरि, ४१ वर्षीय खगेन्द्र गुरुङ (चालक), ४९ वर्षीय माया गिरि र २५ वर्षीय विशाल गिरिको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।       

पोखरा:     पोखरा महानगरपालिका ३१ बेगनासमा स्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५० औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५० औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।  कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन अभिभावकको भुमिका सबैभन्दा महत्वपुर्ण हुने भन्दै हिजोको भन्दा आज केहि सुधार भएको भए पनि अझै आवस्यक सुधार हुन भने नसकेको बताउनुभयो । अभिभावकले आफ्ना बच्चाहरुलाई निजिमा लैजान प्रतिस्पर्धा गर्ने तर सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रयास नगरेको कारण नै सामुदायिक बिद्यालयहरुको गुणस्तर कमजोर बन्दै गएको उहाँको भनाई थियो ।आफैले पढेको बिद्यालयको बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी बनेर पुग्नुभएका मुख्यमन्त्री अधिकारीले १८ बर्ष अगाडी बेगनासमा भएको सडक दुर्घटनामा परि गुमेका आफ्ना समकालिन साथीहरुको सम्झनामा गर्दै भाबुक बन्नुभयो भने बाल्यकालमा त्यही बिद्यालयमा भौतिक पुर्वधारको अभावका बिच अध्ययन गरेको स्मरण गर्नुभयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिब बसन्तराज तिवारी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप अधिकारी, नेपाली काङ्ग्रेसका श्रीराम कँडेल, नेकपा एमालेका गणेश बहादुर थापा, राप्रपाका  प्रकासचन्द्र तिवारी, अमरसिद्द माबि पचभैयाका प्रधानध्यापक बिष्णु पौडेल,शिक्षक सत्यराज कँडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक बसन्त पहारीले गर्नु भएको थियो भने प्रध्यानाध्यापक शिबराज अधिकारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका गर्नु भएको थियो । सो अवसर १० लाख रुपैयाँको गुरु प्रसाद अक्षयकोष र १ लाख ११ हजार १ सय ११ रुपैयाँको छबिलाल सरास्वती अक्षयकोष स्थापना भएका छन् । इञ्जियर चिरञ्जिबी  तिवारी र रमा तिवारीले बुबा गुरुप्रसाद तिवारीको नाममा १० लाख रुपैयाँको अक्षयकोष र डाक्टर श्रीप्रसाद कँडेल, शिवराज कँडेल, शुक्रराज कँडेल र श्रीराम कँडेलले बुबाआमा छबिलाल÷सरस्वती कँडेलको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । सोही कार्यक्रममा सागर पौडेलले बुबाआमा राकेश÷बिजया पौडेलको नाममा ५० हजार रुपैयाँ र शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप अधिकारीले हजुरआमा दमयन्ती अधिकारीको नाममा १५ हजार रुपैयाँ विद्यालयलाई चन्दा स्वरुप सहयोग गर्नुभएको प्रअ शिबराज अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको भने विभिन्न शिर्षकमा स्थापना भएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

पोखरा:    प्रथम फ्लो फ्लो कपमा रत्नचोक, गन्नी एफसी ब्लु, रत्नसमाज र प्रोफिट एफसी सेमिफाइनलमा प्रवेश गरेका छन ।   गन्नी एफसी फु्टवल क्लबको आयोेजनामा पोखराको माछापोखरी खेलमैदानमा जारी प्रथम फ्लो फ्लो कपमा शुक्रबार सम्पन्न क्वाटर फाइनल खेलबाट रत्नचोक, गन्नी एफसी ब्लु, रत्नसमाज र प्रोफिट एफसी सेमी फाइनलमा प्रवेश गरेका हुन ।  ज शुक्रबार सम्पन्न पहिलो खेलमा रत्नचोक र केआईइसी बुन एफसी बिचको खेलमा निर्धारित समयमा कुनै गोल हुन नसक्दा टाईब्रेकरमा ३–२ गोल अन्तरले रत्नचोकले केआईइसीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय ग¥यो । त्यसैगरी दोश्रो खेलमा गन्नी एफसी ब्लुले रामघाटलाई १–० गोल अन्तरले पराजित ग¥यो ।  खेलमा गन्नीका विश्व थापाले निर्णायक गोल गरे । ।तेश्रो खेलमा रत्नसमाजले कमलपोखरीलाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा रत्न समाजका बिनय तामाङले निर्णायक गोल गर्न सफल भए । शुक्रबार सम्पन्न अन्तिम खेलमा प्रोफिट एफसीले गन्नी एफसी रातोलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश ग¥यो । प्रोफिटका सोवित भण्डारीले २ र मनिल गुरुङले १ गोल गरे ।  प्रतियोगिताको  विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजार र गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५–५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ ।  

पोखरा:    पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् । पोखरा रंगशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । पोखरा १८, भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ । छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २५–१८, १९–२५, २५–२०, १५–२५ र १५–१३ सेटमा हरायो । पहिलो सहभागितामै उपाधिसहित ब्रम्हरुपाले १ लाख पुरस्कार प्राप्त गरेको छ । छात्रातर्फ जनप्रिय मावि तेस्रो भयो । शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा इन्द्रराज्यलक्ष्मीलाई २५–१६, २५–१४ र २५–१९ को सोझो सेटमा हराएको हो । छात्रतर्फ साविक विजेता शान्त मावि यसपालि तेस्रो स्थानमा सीमित भयो । उसले जनप्रियलाई ३–१ सेटमा पराजित गरेको हो । २५–२२, २५–२१ गरी पहिलो दुई सेट आफ्नो पक्षमा पारेकोमा तेस्रो सेट गुमाउन पुगेको थियो । जनप्रियले १८–२५ ले पराजित गरेकोमा अन्तिम सेट भने शान्तले २५–१३ मा जित्न सफल भयो । छात्रछात्रा दुवैतर्फ विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तृतीयलाई  ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट खेलाडी छात्रातर्फ शान्त माविकी जमुना गुरुङ घोषित हुँदा छात्रतर्फ ब्रम्हरुपाका सुदीप परियार बने । छात्रातर्फ उत्कृष्ट सर्भर शान्तकी त्रिशला बराम, सेटर कन्याकी हिरा रोका, डिफेन्डर कन्याकै तुलकुमारी थापा, ब्लकर शान्तकी शोभा पाइजा, स्पाइकर जनप्रियकी स्माइल पुल, प्रशिक्षक शान्तका दिनेश चौधरी घोषित भए । छात्रतर्फ उत्कृष्ट सर्भर शान्तका ज्ञानु परियार, ब्लकर राष्ट्रियका राजकुमार सुनार, डिफेन्डर ब्रम्हरुपाका मनिष ठकुरी, सेटर ब्रम्हरुपाकै अञ्जन सुनार, स्पाइकर राष्ट्रियका अनिल परियार, प्रशिक्षक ब्रम्हरुपाका सुन्दर श्रेष्ठ घोषित भए । विजेतालाई प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण शर्मा, सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापा, कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णु गुरुङ, सृजना विकासका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, पूर्व अध्यक्ष गणेशबहादुर अधिकारी, हरिप्रसाद बराल, निवर्तमान अध्यक्ष एवं प्रचार संयोजक इन्द्रप्रसाद पौडेल लगायतले पुरस्कार वितरण गरेका हुन् । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरियो । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाए ।   सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पाँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका थिए ।   समापन समारोहमा कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णुबहादुर गुरुङको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङले भलिबल खेलको विकासका लागि आफू सधैं दत्तचित्त रहेको बताए ।   कार्यक्रमको उद्देश्यमाथि सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले प्रकाश पारेका थिए । स्वागत भलिबल संयोजक मीनप्रसाद भट्टराई र संचालन कास्की भलिबल संघ महासचिव टंकराज पौडेलले गरेका थिए । सो अवसरमा भलिबल संघका केन्द्रीय सल्लाहकार एवं टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल संघ कास्की निवर्तमान अध्यक्ष भीम पराजुली, सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, हरिप्रसाद बराल, तत्कालीन सृजना रनिङ सिल्डका संयोजक एवं सृजना विकास केन्द्रका पूर्व उपाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेलाई भलिबल खेल एवं संस्थागत योगदानमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरियो । इन्द्रराज्यलक्ष्मी माविलाई अनुशासित टिमको उपाधि दिइयो । समापनमा सृजना बहिरा विद्यालयका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । स्कुल स्कुलमा भलिबल लक्ष्यका साथ आयोजित प्रतियोगिता ४ दिन चलेको थियो ।

पोखरा:   कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङ घलेलमा गएराति ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।  घलेलबाट कालिमाटी जाँदै गरेको प्रदेश नम्बर १ (०२००३ त ९८३) नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय मनिराज राई र सहचालक २३ वर्षी सोनम राई घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार वि.कले जानकारी दिए ।  ट्याक्टर दुर्घटनाको जानकारी पाएपछि दुर्घटना स्थलबाट उद्धार गरी घाइतेलाई उपचार लागि गएराति नै पोखरा पठाइएको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम बहादुर गुरुङले जानकारी दिए ।  घाइते दुवै जनाको अहिले पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।