पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको २१ औं बृहत रक्तदान कार्यक्रमा १ सय १० यनिट रगत संकलन भएको छ । नयाँ रक्तदाहरुलाई रक्तदानप्रति आकर्षित गर्ने उद्देश्यले आयोजित रक्तदानमा ९४ जना पुरुष र १६ जना महिला गरि १ सय १० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले बताए । तीमध्ये ३० जना नयाँ रक्तदाता रहेका छन् । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले पहिलो रक्तदाता प्रादेशिक रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रको उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतीले रेडियोले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको आयोजना गरी महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले रक्तदान गर्नुपर्छ भन्ने आम जनमानसमा जनचेतना फैलाउने काम रेडियोले गरेको बताए । रेडियोका निर्देशक विजेश पाखिलेले सहयोगी संघ संस्था तथा रक्तदाताहरूप्रति धन्यवाद व्यक्त गरे । स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले रक्तदानप्रति मानिसको भावनामा परिवर्तन ल्याउन स्थापनाकालदेखि नै रेडियोले रक्तदान गर्दै आइरहेको र यो अभियानकै रुपमा रहेको बताए । कोशिस नेपालका परियोजना संयोजक सुदिप घिमिरेले पछिल्लो समयमा आत्महत्यको दर बढ्दै गएकाले न्यूनीकरणका लागि रेडियोसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए । रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रमको सहकार्य संघ संस्थाहरूमा पोखरा इन्टरनेट प्रा.लि., नेपाल बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, ब्रिज सिमेन्ट प्रालि, डावर नेपाल प्रालि, सिजी फुड्स नेपाल प्रालि, बराल फिड इन्डष्ट्रिज प्रालि, सलिको इन्स्योरेन्स प्रालि, नेलम्बो नेपाल, लायन्स क्लब अफ पोखरा सेतीगंगा, न्यु राष्ट्रियता छापाखाना, सपना आयुर्वेद, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, रुपाकोट सुनचाँदी दोकान, गुह्ेयश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड, तालबाराही फार्मेसी, कोशिस नेपाल र परिचय एडभटाइजिङ रहेका थिए ।
पोखरा: काठमाडौंमा केन्द्रीय कार्यालय रहेको इडु ब्रिज कन्सल्टेन्सीले पोखराबाट आफ्नो सेवा प्रदान गर्ने भएको छ । पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटसँगको साझेदारीमा सेवाा दिने भएको हो । इडु ब्रिज कन्सल्टेन्सीले सेवा प्रदान गर्ने इडु ब्रिज कन्सल्टेन्सीका प्रबन्धक निर्देशक योगेश क्षेत्रीले विदेशमा उच्च शिक्षा हाँसिल गर्न इच्छुक विद्यार्थीहरुका लागि निगातासँगको सहकार्यमा सेवा प्रदान गर्ने जानकारी दिए । उनले विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीहरुका लागि इडु ब्रिज कन्सल्टेन्सीले काठमाडौंबाट सेवा प्रदान गर्दै आएको बताउदै अबको दिनमा पोखरेली विद्यार्थीहरुलाई मध्यनजर गर्दै सेवा बिस्तार गरेको जानकारी दिए । ‘विगत २२ वर्षदेखि काठमाडौंबाट इडु ब्रिज कन्सल्टेन्सीमार्फत सेवा दिदैं आएका छौं । निर्देशक क्षेत्रीले भने, ‘युके, युसए, अष्ट्रेलिया, क्यानडा र भारत लगायतका देशमा अध्ययनका लागि धेरै विद्यार्थीहरु राम्रो कलेज र युनिभर्सिटीमा अवसर दिइसकेका छौं । त्यसैले अझ सेवाको दायरा फराकिलो बनाउने पोखरासम्म आएका हौं ।’ इडु ब्रिजको पोखराबाट सेवा बिस्तार भएपछि निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटका सञ्चालक किसान सुनारले नै जिम्मेवारी बहन गर्नेछन् । निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटले जापान, न्यूजिल्याण्ड, नेडरल्याण्ड, युके, युसए, अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकमा विद्यार्थी भिसामा अवसर प्रदान गर्दै आएको छ । यद्यपी निगाता जापानका लागि ब्राण्ड बनिसकेको छ । आगामी दिनमा निगातालाई जापानसँगै युरोपका अन्य मुलुकको ब्राण्ड बनाउनका लागि इडुुसँग सहकार्य गरेको निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटका सञ्चालक किसान सुनारले बताए । उनले विद्यार्थीहरुलाई निगाताले मुख्यतः जापान पठाउदै आएको बताउदै अन्य मुलुकहरुमा पनि जान चाहने विद्यार्थीहरुलाई मौका दिदैं आएको जानकारी दिए । ‘हामीले जापानसँगै युरोपका विभिन्न मुलुकहरु युके, क्यानडा अष्ट्रेलिया लगायतका देशहरुमा पनि पठाउदै आएका छौ । तरपनि निगाता जापानको ब्राण्ड बनिरहेको छ, उनले भने, अबका दिनमा हामी इडु ब्रिजसँगको सहकार्यमा जापान लगायत अन्य युरोपका मुलुकमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्नेछौं ।’
पोखरा: पोखरा महानगरपालिका २७, ३० र ३१ वडामा पर्ने तालचोक– बेगनासताल सडकखण्ड मर्मत नगरेको भन्दै लेखनाथवासीले पैसा संकलन गरेर मर्मत गर्ने भन्दै सांकेतिक विरोध गरेका छन् । आज (बिहीबार) लेखनाथको तालचोकमा शान्तिपूर्ण आन्दोलनको क्रममा स्थानीयहरुले सडक मर्मत गर्न पोखरा महानगरको मेयर र वडाध्यक्ष विरुद्ध नारा लगाउँदै सडक मर्मत गर्न रुमालमा पैसा संकलन गरेका हुन् । स्थानीय सुशील बास्तोलाले तालचोक-बेगनासताल सडकखण्डमा खाल्डाखुल्डी भएका कारण दुर्घटनाको उच्च जोखिम रहेको बताए । ‘तालचोक–बेगनासताल सडकमा खाल्डाखुल्डी बढी भएका कारण दुर्घटनाको उच्च जोखिम छ, बास्तोलाले भने, ‘लेखानाथ बासीले सडक मर्मत गर्न महानगर र वडा कार्यालयसँग माग गरेपनि सुनुवाई नगरेपनि शान्तिपूर्ण आन्दोलन गरेका हौं ।’ उनले आन्दोलनको क्रममा स्थानीयले पैसा संकलन गरेको भन्दै स्थानीयले नै सडक मर्मत गर्ने समेत बताए । लेखनाथवासीले महानगर र वडा कार्यालयले सडक मर्मतमा चासो नदिएको भन्दै तालचोकमा बिहान ९ बजेदेखि ११ सम्म शान्तिपूर्ण आन्दोलन गरेका थिए ।
पोखरा: तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्को १३ औं केन्द्रीय पोखरामा चैत १८ र १९ गते हुने भएको छ । दुई दिनसम्म चल्ने केन्द्रिय पार्षदसभामा गुरूङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनैतिक अधिकारका बिषयमा छलफल हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा परिषद् अध्यक्ष कर्णबहादुुर गुरूङले जानकारी दिए । ‘तमू भाषालाई सरकारी कामकाजको भाषा हाम्रो आव्हान, तमू भाषामा तमू थातथलोको नाम पुर्नस्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान’ नारासहित आयोजना हुने सो भेलामा देशभरबाट गरी ६ सयजना प्रतिनिधिहरूको सहभागिता रहने छ । विभिन्न जिल्ला तथा प्रदेश समितिहरू, विशेष सदस्य संगठन, केन्द्रिय सल्लाहकार, निर्देशन तथा अनुगमन समितिको भेलामा सहभागिता रहने छ । पोखरा सभागृहमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकको भनाइ छ । नेपालको संविधानले परिकल्पना गरेको राज्यको विकासका बारेमा संस्थागत धारणहरू निर्माण गर्ने बिषयमा नीतिहरू पारित गर्ने भेलाको मु्ख्य उद्देश्य रहेको अध्यक्ष गुरूङले बताए । संस्थाको सांगठनिक संरचना राज्यको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा प्रदेश कार्यसमिति, ६५ वटा जिल्लामा जिल्ला कार्यसमिति रहेका छन् ।
पोखरा: प्रेस क्लब गण्डकीले सोमबार ‘कोभिड १९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्व रंगमञ्च दिवसको अवसरमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिएको कार्यक्रममा सबैको सामुहिक प्रयासमा पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा वत्ताहरुले जोड दिए । अहिले भइरहेका गतिविधिमा मात्र सन्तुष्ट नभई भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्न सकेमा यसको भविष्य सुन्दर हुन सक्ने उनीहरुको भनाई थियो । उनीहरुले नाटक क्षेत्रमा लाग्ने रंगकर्मीको दक्षता वृद्धि गर्न पोखरामा नाटक सम्बन्धी अध्ययन गर्नको लागि एकेडेमी आवश्यक भएको समेत औल्याए । यो क्षेत्रमा देखिएका केही समस्याका बारेमा समेत उनीहरुले खुलेर कुरा गरें । वक्ताको रुपमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल रहेका थिए । कार्यक्रमको सहजिकरण क्लबका उपाध्यक्ष राजाराम पौडेलले गरेका थिए । कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले प्रतिष्ठान स्वायत्त हुन नसक्दा कला क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको बताए । उनले पोखरामा सुविधा सम्पन्न थिएटर आवश्यक रहेको भन्दै त्यसको निर्माणमा सबैजनाले पहल गर्नु पर्ने कुरामा जोड दिए । प्रतिष्ठानले नियम विनियमहरु निमार्ण गरे पनि कार्यान्वयनमा जान नसक्दा पोखराको कला क्षेत्रमा उल्लेख्य काम गर्न नसकेका स्विकारे । प्रक्रियागत झन्झटिललाका कारण समेत काम गर्न समस्या भएको उनले सुनाए । यति हुँदा हुदै समेत पोखरामा भइरहेका रंगमञ्चिय गतिविधिमा सधै साथ सहयोग गर्दै आएको र निरन्तरता दिने उनले खुलाए । पोखरा थिएटरका अध्यक्ष परिर्वतनले सधंै राज्यको मुख ताक्नु गलत रहेको बताए । राज्यले नीतिगत रुपमा प्रोत्साहान गरेर पोखरामा नाटक सम्बन्धी अध्ययन गर्नको लागि नाट्य एकेडेमी संचाल गर्नुपर्ने र आवश्यकता औल्याए । विद्यालयको पाठ्यक्रम निमार्ण गर्दा नाटकलाई समेत समावेश गरी स्थानीय र प्रदेश सरकार लाग्न सके नाट्य क्षेत्रको भविष्य उज्वल हुने उनको भनाई थियो । हाल १३ जना कलाकारलाई पूर्णकालीन कलाकारको रुपमा थिएटरमा जोडेको र यो संख्या २० पु¥याउने आफूहरुको लक्ष्य रहेको उनले खुलाए । कोरोनाको कारण समस्यामा परेको यो क्षेत्र पुनः पुरानै अवस्थामा फर्किएको जनाए । आगामी दिनको लागि तय गरेका केही योजना उनले सुनाए । गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य जसुमाया गुरुङ जसुले पोखरामा भएका रंगमञ्चिय गतिविधि निरन्तर हुन जरुरी रहेको बताइन् । नाटकको माध्यमबाट प्रदेशको कला स्थानीय संस्कृतीहरुको संरक्षण हुने र नयाँ पुस्तामा लोक संस्कृतीको हस्तान्तरण हुने बताइन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले नाट्य क्षेत्रसँग सम्बन्धीत गतिविधिमा निरन्तर सघाउने भनाई उनको थियो । पोखरामा भइरहेका नाट्य गतिविधिले नयाँ पुस्ताको ध्यान खिच्न सफल भएकोमा खुशी व्यक्त गरिन् । इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले पोखराका रंगकर्मी परिवर्तन हुन आवश्यक रहेको बताए । पोखराले नाट्य क्षेत्रमा अझै फराकिलो गरी सोच्नुपर्ने उनको भनाई थियो । राज्यका निकायले प्रदान गर्ने सहयोग कम भएको प्रति चिन्ता व्यक्त गर्दै दिने भनिएको सहयोग समेत समयमा पाउन नसक्दा समस्या हुने गरेको खुलाए । संख्यात्मक रुपमा भन्दापनि गुणात्मक रुपमा नाटक निर्माण हुनुपर्नेमा उनको जोड थियो । उनले कार्यक्रम र तालिमका क्रममा विभिन्न देश पुग्दाको अनुभव समेत सुनाए । कार्यक्रममा सहभागी मदनराज थापा, सन्तोष बस्याल, लक्ष्मण डुम्रे, आशा मगर लगायतले समेत अबको बाटो सुन्दर बनाउन सुझाब दिएका दिएका थिए । पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरको सहकार्यमा कार्यक्रम गरिएको हो । क्लबका अध्यक्ष एकराज गिरी र सचिव गौरव त्रिपाठीले पनि प्रेस क्लब तथा अन्तरक्रिया कार्यक्रमको महत्वका बारेमा प्रष्ट पारेका थिए । सोही कार्यक्रममा पोखरा थिएटरको प्रस्तुतीमा आगामी बैशाख १ गतेदेखि ९ गतेसम्म मञ्चन हुने नाटक उर्वशी सूक्तको पोष्टर सार्वजनिक समेत गरिएको थियो । शिव संकल्पले परिकल्पना तथा लेखन गरेको नाटकको निर्देशन त्रिवेणीले गर्दैछन् । विश्व रंगमञ्च दिवस हरेक वर्ष मार्च २७ मा मनाइन्छ । अन्तराष्ट्रिय रंगमञ्च संस्थानद्धारा सन् १९६२ बाट यो दिवस मनाउन थालिएको हो ।
पोखरा: गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा आगामी चैत १५ गते (बुधबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयानुसार सार्वजनिक विदा दिइएको हो । प्रदेश राजपत्रमासमेत उल्लेख भएको सो विदाका दिन प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए । हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ ।
पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनमा ४ सय ३४ मतदान भएको छ । आज भएको स्ववियु निर्वाचनमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा भएका ४ सय ८० मतदाता मध्ये ४ सय ३४ जनाले मतदाताले निर्वाचनमा भाग लिएको निर्वाचन अधिकृत डा. लिला पुरीले जानकारी दिए । अहिले सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भैरहेको निर्वाचन अधिकृत डा. पुरीले जानकारी दिए । क्याम्पसमा क्रियाशिल ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेपनि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीले मात्र निर्वाचनमा भाग लिएका थिए । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते नै देशभरका क्याम्पसमा स्ववियुको निर्वाचको मिति सार्वजनिक गरेपनि कास्कीको ६ क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नामावली सार्वजनिक नभएको भन्दै फागनु २५ गते केही विद्यार्थी संगठनहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा त्रिविको कार्यतालिका अनुसार यस क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।
पोखरा: तपाईले एउटा पुस्तक कति पटक सम्म पढ्नुहुन्छ ? वाहा ! लागेका किताबहरु अवश्य दोेहोर्याइ तेहेर्याइ वा बढी पढ्नुहुन्छ । प्रिय लागेका पुस्तकहरु साथमै राखिरहन मन लाग्छन् । अझ अरुले पनि उक्त किताबहरु पढुन् भन्ने हुन्छ । यदि तपाईसँग पनि पुस्तकहरु छन् र अरुले पनि त्यो पढुन् भन्ने लाग्छ भने अब पोखराको लेकसाइडमा रहेको बुक बक्समा लगेर राखिदिनुहोस् । त्यहाँ राखिएका अन्य पुस्तकहरु तपाईले घरमै ल्याएर पढ्न पनि सक्नुहुन्छ । यसका लागि तपाईले कुनै शुल्क तिर्नुपर्दैेन । बुक बक्सकोे मुख्य उद्धेश्य नै निशुल्क पुस्तक आदानप्रदान हो । विशेषतः नेदरल्याण्डकोे राजधानी एम्सटर्डम बुक बक्सका लागि चर्चित छ । एम्सटर्डमका विभिन्न मार्ट, गल्ली वा अन्य सार्वजनिक स्थलहरुमा बुक बक्स राखिएका छन् । यो कन्सेप्ट गज्जब लाग्यो, जुना श्रेष्ठलाई । श्रेष्ठले ‘प्ले टु हेल्प’ नामक संस्थाकी एक साथीसँग योे कन्सेप्ट नेपालमा पनि सुरु गर्नेबारे कुरा गरिन् । अन्ततः पर्यटकिय नगरी पोखराबाट बुक बक्सको सुरुवात गर्ने निर्णय भयो । श्रेष्ठले शनिबार लेकसाइडस्थित दोर्जेज बार एण्ड ग्रिलको आडैमा बुक बक्सको स्थापना गरेकी छिन् । छिट्टै नै पोखराका अन्य २ स्थानहरुमा पनि बुक बक्स राखिने उनले बताइन् । ‘सुरुमा लाइब्रेरी बनाउने कि भन्ने पनि थियो । एम्सटर्डममा बुक बक्स देखिसकेपछि यस तर्फ आकर्षित भएँ’, उनले भनिन्,‘यसले रिडिङ कल्चरमा हेल्प त गर्ने नैै भयोे सँगै पुस्तक रुचाउनेहरुका लागि पनि आदानप्रदानका लागि सहज हुने छ ।’ बुक बक्सको प्रयोगबारे श्रेष्ठ प्रष्ट्याउँदै भन्छिन्,‘हामीले यहाँ बक्स राखेका छौेँ । यो बक्समा पुस्तकहरु छन् । हरेर मन परेकोे पुस्तक तपाइले घरमै लगेर पढ्न सक्नुहुन्छ । पढिसकेपछि यहि ल्याएर राखिदिए हुन्छ । अब तपाईसँग पुस्तकहरु छन् र अरुले पनि पढुन् भन्ने लाग्छ भन्ने भएको पुस्तकहरु यहाँ ल्याएर राखिदिन सक्नुहुन्छ । योे सबै निशुल्क हो ।’
पोखरा: फेवातालको सिमसार क्षेत्र पुर्ने काम गरिरहेका वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाका २ वटा ट्रिपर पोखरा महानगर प्रहरीले नियन्त्रणमा लिएको छ । फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका खतिवडाको २ वटा जेसिवि र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो । थापाका अनुसार खतिवडा महानगरको पटके कारबाहीमा परिसकेका व्यक्ति हुन् । उनले लामो समय देखी फेवातालको सिमसार क्षेत्र पुर्नका लागि प्रति रोपनी पाँच लाख रुपियाँमा लिने गरेको पाइएको छ । सिमसार क्षेत्र पुर्नका लागि उनले रातको समयमा काम गर्ने गरेका छन् ।