पोखरा बाटुलेचौरका सुरेश अमेरिकाको सानफ्रान्सिस्कोमा मृत भेटिए
पाेखरा | चैत २०, २०७९
पोखरा: अमेरिकाको सानफ्रान्सिस्कोमा पोखरा बाटुलेचौरका एक युवा मृत फेला परेका छन् । सानफ्रान्सिस्को डाउन टाउन स्थित ओफारेल स्ट्रिटमा रहेको अपार्टमेण्टमा असमान्य अवस्थामा पोखरा बाटुलेचौर घरभएका सुरेश बाँनिया मृत भेटिएका अमेरिका स्थित नेपाली पत्रकारहरुले सुनगाभा न्यूजलाई जानकारी दिएका छने ।
अमेरिकाको बानिया रेष्टुरेन्टमा सेफका रुपमा कार्यरत २८ वर्षीय सुरेश शनिबार मृत भेटिएका हुन् । उनी सात वर्ष अघि अमेरिका गएका थिए ।
केही समयदेखि उनले मानसिक समस्याको उपचार गर्दै आएको र शनिबार साँझ अपार्टमेण्टमा बस्नेहरुले उनलाई असमान्य अवस्थामा देखेपछि आपतकालिन नम्बर ९११ मा फोन गरेका थिए । त्यसपछि प्रहरीले पोष्टमार्टमका लागि उनलाई अस्पताल लिएर गएको थियो ।
त्यहाँ उनको असमान्य मृत्यु भएकाले उनीसँग चिनजान भएकाले पोखरा स्थित उनको परिवारलाई खबर गरेका थिए । केही समय अघि तीव्र गतिमा गाडी चलाएपछि एक पटक उनलाई प्रहरीले समातेको थियो । मानसिक समस्या रहेको शंका लागेपछि प्रहरीले उनलाई उपचारका लागि सिफारिस गरेको थियो । त्यसपछि उनले नियमित उपचार गराईरहेका थिए ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

