चितवनमा एलपी ग्यास बोकेको ट्यांकर पल्टिदा एकको मृत्यु

चितवन | चैत २०, २०७९

चितवनमा  एलपी ग्यास बोकेको ट्यांकर पल्टिदा एकको मृत्यु

चितवन : एलपी  ग्यास  बोकेको ट्याङकर पल्टिदा एकजनाको मृत्यु भएको छ ।

 

आफै अनियन्त्रित भइ ट्यांकर पल्टिदा एकजनाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन । 

 

बिहान ६ बजे  इच्छाकामना गाउँपालिका वडा नम्बर ४ पृथ्वीराजमार्गको लेवटारमा  मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डीटी ६०५५ नम्बरको भारतीय ट्याङकर अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो ।

 

घाइतेको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको चितवन प्रहरीका प्रवक्ता डीएसपी बिजय पन्डितले बताए ।

मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।   यसअघि वैशाख १८ गतेका लागि तय गरिए...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्