भोजमा दलितले छोएको भन्दै भतेर घोप्ट्याउने माछापुच्छ्रेका वडा सदस्य प्रकाउ
पाेखरा | चैत १९, २०७९
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा व्रतबन्धको भोजमा दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने वडा सदस्य प्रकाउ परेका छन् ।
माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।
गत फागुन २५ गते ब्रन्तबन्धको भोजमा जातीय विभेद गरेको भन्दै रिभानका चार जनाविरुद्ध पोखराका नारायण परियारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएपछि लामिछाने फरार थिए ।
व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ मा पक्राउ परेका थिए । फरार रहेका वडा सदस्य रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारवाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन् । आफन्तको ब्रतबन्धमा भाग लिन पोखरा–२९ भण्डारढिकका उनी फागुन २५ मा पुर्ख्यौली गाउँ रिभान पुगेका थिए ।
घटनाक्रम...
पीडित नारायण (दमै) परियारका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा सन्तोष परियारले फागुन २५ गते साहिल र समिर परियारको ब्रतन्बधमा पाहुनाका रुपमा आफु नारायण (दमै) परियार, जोगेन्द्र दास परियार, नरबहादुर कुमाल र मीनबहादुर परियार त्यहाँ पुगे ।
धर्मसंस्कार अनुसार टिकाटाला दान दक्षिणा गरेपछि भोज खान भनि भान्सातर्फ गए । त्यहाँ रहेका (आरोपित पीडक) मध्ये सरिता लामिछानेले तिमी के थरि हौं भनि सोध्नुभयो म आजको कर्ताको आफन्त हुँ भनेपछि तिमी दमैहरुलाई यहाँ होइन तिम्रो भान्सा छुट्टै छ भन्दै म (जाहेरवाला) लाई भान्साबाट करिब २० मिटर पर नै रोक्नुभयो ।
मैले छुट्टाछुट्टै भान्सा भएको मलाई थाहा भएन र पनि म भैसीको मासु नखाने भएकोले म यहाँको भान्सामा नै भोज खान्छु । मैले यही भान्सामा खादा के हुन्छ भनेर प्रतिप्रश्न गर्दा यो बाहुन भान्सा हो यहाँ ब्राम्हण क्षेत्रीले मात्र खाने हो, यहाँ वृद्ध बुवा आमाहरु हुनुहुन्छ, तिमीहरुले छोएको खानु हुदैन भन्नु भयो ।
मैले अहिलेको समयमा पनि यस्तो कुरा नगर्नु भन्दा एक्कासी तिमी दलितहरु ठुला पल्टिन्छौ, (आरोपीहरुले) एक मुख लगाउदै हाम्रा भान्सा जुठो भयो भन्दै रामजी लामिछानेले भान्सामा भएको दाल भात तरकारी भुइमा फालीदिनु भयो भने सुजन लामिछानेले पनि तिमी दमैहरु किन बाहुन भान्सामा आउने रु सबै भान्सा बिटुलो भयो भन्दै अपमान गरे ।
त्यसरी उनीहरुले अपमान गरेपछि आरोपी सन्तोष परियारलाई सो कुरा भन्दा छुट्टाछुट्टै भान्सा छत किन बाहुन भान्सा गएर छुवाछुत गरेको तनी भनि उल्टै मलाई सम्झाएपछि मलाई बस्न खान मन नलागेर मेरो घरमा पारिवारिक समस्यासमेत भएकोले तुरुन्तै घर फर्किए ।
त्यसपछी मलाई निम्ता गर्ने आरोपी सन्तोष परियारले फोन गरी तिमीले भान्सामा गई छोइदिएकाले सबै पाकेको खानाहरु फालिदिए । मेरो (एक लाख पचास हजार रुपैया)को खाना खेर गयो मेरा पाहुनाको पनि अपमान भयो ।
त्यसैले तिमीले हाम्रो धर्म संस्कारलाई नमानी मेरो ब्रतबन्धको कार्य नै बिफल बनायौ । अब तिमिलाई हाम्रो कुल कुटुम्बबाट निकाल्छौ हाम्रो कुल मन्दिरमा पनि प्रवेश छैन । तिमीले दिएको घन्टी पनि लैजाउ भन्दै तिमीले जसरी पनि मेरो रकम तिर्नु बुझाउनु पर्यो भनी फोनमा धम्काउनु भयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ । नेत्रविक्रम चन्दको नेतृत्वमा ...
काठमाडौं: नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...
कञ्चनपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...