लायन्सको ७० लाख सहयोगमा महेन्द्रपुलमा बन्दैछ झण्डा पार्क
पाेखरा | बैशाख २, २०८०
पोखरा: पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको ७० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारि शिलान्यास गरेका हुन् ।
पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताए । “यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ, प्रमुख आचार्यले भने, त्यस स्थानमा जुन देशको झन्डा राख्ने हो सोही देशको नाम समेत त्यो पिल्लरमा लेखिनेछ, र बिचमा भने नेपालको सबैभन्दा अग्लो झन्डा रहनेछ ।” यसमा पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत झन्डा फहराइने उनले भने ।
यसलाई सिकाइको केन्द्रका रूपमा समेत विकास गरिने मेयर आचार्यले बताए । “यहाँ पत्रपत्रिका पढ्ने व्यवस्था पनि मिलाइनेछ, अनलाइनमा पढ्न चाहनेहरूका लागि कम्प्युटरहरूको समेत व्यवस्था हुनेछ, प्रमुख आचार्यले भने, यो केवल रमाइलोका लागि मात्र होइन लर्निङ सेन्टरका रूपमा पनि रहनेछ ।” उनका अनुसार यसको आसपासको क्षेत्रलाई वाई फाई फ्री जोन बनाइनेछ ।
पोखरा सौन्दर्यकरणको यस अभियानमा सहभागी हुन पाउँदा लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रिक्ट (३२५ I, J, K, L, M ) का गर्भनरहरुले खुसी व्यक्त गरेका छन् । लायन्स क्लब अफ इन्टरनेश्नलका ९डिस्ट्रिक्ट ३२५ M) का गभर्नर धनिराम बरालले यसले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पोखरामा निर्माण गरिने झन्डा पार्कमा आफ्नो देशको झन्डाको मुनी बसेर फोटो खिच्न पाउँदा कुनै पनि देशको नागरिकले गौरव महसुस गर्ने वातावरणको सृजना हुने लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ I) का गभर्नर राम बहादुर बसेलले बताए । स्थानीय सरकारहरूसँग समन्वय गर्दै हाल मुलुकका विभिन्न स्थानहरूमा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणको क्षेत्रमा लायन्स क्लबहरूले काम गरिरहेको उनले बताए ।
लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ J) का गभर्नर धुव्र बहादुर श्रेष्ठले यसको निर्माण पश्चातको दिगोपनमा जोड दिए । पार्कको दिगोपना सहित संरक्षण महत्त्वपूर्ण हुने भन्दै श्रेष्ठले स्थानीय सरकारले यसको संरक्षकत्व लिनुपर्ने बताए पोखरा महानगरपालिका वडा नं।२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले पोखरा महेन्द्रपुलमा निर्माण गरिने झन्डा पार्क पर्यटकहरूको हबका रूपमा विकास हुने विश्वास व्यक्त गरे । उनले समग्र पोखराको विकासका लागि सबै वडाहरूमा विकास केन्द्रित गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले अन्तर्राष्ट्रिय झन्डा पार्क महानगरको नेतृत्वले देखेको एउटा जीवित सपना साकार हुने अवस्थामा रहेको बताए । आफूहरूको कार्यकाल केवल रातो र कालो मसीको केराइमा केन्द्रित नगर्ने बताएका अध्यक्ष मर्सानीले समृद्ध महानगर निर्माणको अभियानमा सचेततापूर्वक सामेल हुँदै आवश्यक सहयोग र खबरदारी गर्न नगरवासीहरूलाई आग्रह समेत गरे । आफूहरूको ध्येय महानगरको विकास र महानगरवासीको सन्तुष्टिमा केन्द्रित रहेको उनले बताए ।
संयुक्त राष्ट्रसंघमा आबद्ध १९५ सहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी तत्कालका लागि १९७ झन्डाहरू एकै स्थानमा राख्ने गरी पार्कको डिजाइन गरिएको निर्माणको जिम्मा पाएको कम्पनी सर्गले जनाएको छ ।
महेन्द्रपुलको अर्को भागमा भने गैर आवासीय नेपाली संघ एनआरएनएको सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटन...
रसुवा: जिल्ला प्रहरी कार्यालय रसुवाले एक युवालाई २ किलो सुनसहित पक्राउ गरेको छ । कालिका गाउँपालिका१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा गोसाईकुण्ड गाउँपालिका ३ ब्रिद्धीम बस्ने ३...
पोखरा: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले गत १ ...