होटल टास्कको तीनवटै आउटलेटबाट ‘MRP अधिकतम खुद्रा मुल्य’मा बियर
पाेखरा | चैत ३०, २०७९
पोखरा: पोखराको अमरसिंह चोकमा रहेको होटल टास्क इन्टरनेश्नल प्रा.लि.ले MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गर्ने भएको छ । गण्डकी प्रदेशमै एकमात्र होटल टास्कको तीनवटा आउटलेट बाट नेपाली नयां बर्षको अवसर पारी MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गरिने जानकारी दिए ।
गुणस्तरिय सेवा सहित न्युनतम मुल्यमा ग्राहकलाई आफ्नो सेवा प्रदान गर्ने उद्देश्य सहित आथिक मन्दीका कारण मानिस संग पैैसा नभइरहेको सन्दर्भमा त्यसलाई मध्येनजर गरी बियरका पारखीहरुलाई अब MRP (अधिकतम खुद्रा मुल्य)मा बिक्री गरिने होटल टास्क इन्टरनेश्नल प्रा. लि. का सञ्चालक मीन गुरुङले जानकारी दिए ।
बियरका पारखीहरुलाई अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गरी ब्यवशाय संगै सेवामुलक ढंगले आफुहरु अगाडी बढ्न लागेको गुरुङले बताए । पोखराको अमरसिंह चोकमा सञ्चालित होटल टास्कको तीनवटा आउटलेट लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड बार, लेकाली चुलोघर र लेकाली सेकुवा एण्ड सुकुटी घरमा गोर्खा ब्रुअरीको टुबोर्ग, गोर्खा र काल्र्सबर्ग बियर MRP (अधिकतम खुद्रा मुल्य)मा ग्राहकहरुलाई उपलब्ध गराइने गुरुङले जानकारी दिए ।
नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर, धराने सेकुवाका पारखीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्क संगै सञ्चालनमा रहेको लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड वारबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ ।
नेपाली नयां बर्ष २०८० संगै उक्त स्किम लागु हुने वताउदै संचालक गुरुङले बियरका पारखीहरुलाई लक्षित गरी गण्डकी प्रदेशमा एकमात्र अधिकतम खुद्रा मुल्यमा बियर बिक्री वितरण गरिने बताए । बियर संगै लेकाली सेकुवा एण्ड सुकुटी हाउसमा कोदोको नारे पा समेत ग्राहकको रोजाइमा पर्दै गइरहेको छ ।
नयां वर्ष संगै उक्त स्किम लागु भएतापनि आगामी बैशाखको पहिलो हप्ता विशेष कार्यक्रम सहित ग्राण्ड ओपनिङ गरिने संचालकले जनाएको छ । सो अवसरमा गोर्खा ब्रुअरीका प्रतिनिधी सुमन पोखरेलले पोखरामा होटल टास्क संगमात्र MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गर्ने गरी सम्झोता गरी अगाडी बढेको बताए ।
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

