पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा...

काठमाडौं:  बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।   कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यद्यपी टोलीको कप्तान भने घोषणा गरिएको छैन ।   नेपालले आगामी असोज ११ गते बंगलादेशसँग काठमाडौंस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ ।   यस्तो छ, नेपाली टिम:   फरवार्डः विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी     मिडफिल्डरः सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट     डिफेण्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल     गोलकिपरः किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु  

पोखरा:  गण्डकी प्रदेशको सर्वाेत्कृष्ट प्रहरीको उपाधिबाट प्रहरी नायब निरिक्षक सन्तोष सुवेदी पुरस्कृत भएका छन् ।   नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत सुवेदीलाई भदौ महिनामा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।   उनले भदौ महिनामा भएका आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै पुरस्कृत गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार पुरस्कृत सुवेदीले विभिन्न स्थानको बैंकको एटिएम फोडेर पैसा चोरी गर्ने, विन्ध्यवासिनी मन्दिर परिसरबाट दानपेटिका चोरी गर्ने, तनहुँमा भएको कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त र विभिन्न समयमा लागुऔषध सम्बन्धि मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए ।     

बागलुङ:  हिउँद्मा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो ।   जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् ।   करिब चार महिना बेँसी सुनसान जस्तै हुन्छ । बर्खा रोकिएर चाडपर्व शुरु भएसँगै उनीहरु बेँसी झर्न शुरु गर्छन् । चार महिनादेखि सुनसान भर्कोबाङमा यतिबेला निकै रौनक छाएको छ । वडा नं ६ मा पर्ने भर्कोबाङमा सयौँ वस्तुभाउ र मानिसको चहलपहल छ । मध्यपहाडी लोकमार्गभन्दा केही माथि रहेको पहाडको थुम्को (भर्कोबाङ) मा स्थानीयवासीले आफ्ना पशु चौपायालाई लेकबाट झारेका छन् ।   असोज ५ गतेभन्दा अगाडि कसैले पनि बेँसीमा पशु चौपाया झार्न नपाउने नियम छ । मकै भित्राइसकेपछि अहिले यो ठाउँ खुल्ला र हरियाली छ । अब केही दिन स्थानीयका सयौँ पशु चौपाया यहीँ हुनेछन् । लेकबाट झरेका सयौँ पशु चौपायाले भर्कोबाङको पाटाहरु भरिएका छन् ।   ती पाटाहरुमा सयौँको सङ्ख्यामा गाई, गोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राहरु निकै रमाइरहेका देखिन्छन् । गोठालाहरुले पाटाहरुको छेउछाउतिर गोठ बनाएका छन् । उनीहरु अब केही दिन यहीँ गोठमा दिन रात बिताउने छन् ।   असोज ५ गते भल्कोटवासीले विशेष दिनका रुपमा पनि लिइन्छ । महिनौदेखि परिवारसँग छुटेकाहरु पनि अब भेट हुन्छन् । असोज ५ गते नै अधिकांश गोठलाहरु बेँसी झर्ने गर्छन् भने केही विस्तारै दशँैसम्म आउँछन् । स्थानीयवासीले लेक जाँदा महिनौंलाई पुग्ने खर्च बोकेर जाँने हुँदा बेँसी झेरपछि मात्रै परिवारसँग भेट हुने गर्छ ।   लेकबाट सयौँ पशु चौपाया बेँसी झरेपछि दशँै आएको सन्देश दिन्छ । यहाँका एक परिवारले दजनौँ पशु चौपाया पाल्ने गर्छन् । वस्तुभाउलाई घाँस पु¥याउनकै लागि उनीहरु लेकमा लैजाने गर्छन् । करिब चार÷पाँच महिना लेकमा बिताउँदा उनीहरुले चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने, घ्यू उत्पादन गर्ने र बेच्ने गर्छन् ।   यसरी नै जीविकोपार्जन गर्दै आएका स्थानीयहरु अहिले पनि परम्परागत पशुपालनमै रम्न चाहन्छन् । स्थानीय वासिन्दाले लेक वैशाखदेखि नै जान पाउने व्यवस्था गरे पनि बेँसी झर्न असोज ५ नै कुर्नु पर्ने नियम बनाएका छन् ।   “असोज ५ गते बेँसी झर्ने नियम हाम्रा पाकापुर्खाले बनाएका हुन्, हामीले त्यसलाई निरन्तर मान्दै आएका छौँ, ५ गतेभन्दा अगाडि झर्नेलाई कारबाही हुन्छ, जरिवाना गरिन्छ, किनकी यहाँका एकै परिवाले धेरै वस्तुभाउ पाल्छन्, पहिला बेसी झार्नेले यहाँ भएको घाँसहरु एक्लै खुवाउँछ, त्यसले गर्दा सबै एकैपटक असोज ५ गते नै बेँसी झर्नु पर्ने नियम छ, कोही ५ गतेभन्दा पछाडि पनि झर्छन्” स्थानीय धनिश्वर बुढाले भन्नुभयो ।   उहाँले असोज ५ गतेभन्दा पछाडि आउँदा जरिवाना नलाग्ने स्थानीय बताउनुहुन्छ ।   बुढा मगरले धेरैजसो गोठालेहरु असोज ५ मा नै बेँसी झर्ने र भेडी गोठालेहरु मात्रै केही समयपछि मात्रै बेँसी झर्ने बताउनुभयो । उहाँले महिनौँलाई पुग्ने खर्चपर्च बोकेर लेक जाने र समय–समयमा गाउँ झर्ने, आफन्त भेट्ने र आवश्यक सामानहरु लिएर फर्किने गरेको बताउनुहुन्छ । “लेकबेँसी गर्ने त हाम्रो परम्परा नै भयो, गाउँलेले धेरै पशु चौपाया पाल्छन्, बाह्रै महिना एकै ठाउँमा राखेर पाल्न सकिन्न, त्यही भएर बर्खामा लेक जान्छौँ, हिउँद्मा बेसी झर्छौँ,” उहाँले भन्नुभयो “थोरै चौपाया हुन्थे भने बेँसीमै पनि पाल्न सकिन्थ्यो, धेरै हुँदा समस्या हो, बाउ बाजेले पाल्दै आएको हाम्ले छोड्न पनि भएन, लेक बेँसी गर्ने त हाम्रो लागि नौलो कुरा होइन, रहर भनौँ कि बाध्यता भनौँ, यो त गर्न परिहाल्यो ।”   गाउँका करिब दुई सय गोठाला रोल्पा, रुकुम र बागलुङको सिमाना तथा उच्च पहाडी क्षेत्रमा जाने गर्छन् ।   उनीहरु गोठ रिग, खोलाखर्क, तिलचनलगायतका ठाउँमा हुन्छन् । गाई भैँसी गोठालाहरु केही तल्लो भागमा गोठ बनाएर बस्ने गर्छन् भने भेँडाबाख्रा गोठालाहरु चार हजार दुई सय मिटरको उचाइसम्म पुग्ने गर्छन् । चरन क्षेत्रका रुपमा निकै प्रख्यात मानिने रिग, खोलाखर्क क्षेत्र वस्तुभाउ बेँसी झर्न थालेसँगै सुनसान बन्न थालेको छ । असोज ५ गतेदेखि दशैँसम्म मध्यपहाडी लोकमार्गको भल्कोट–पातीहाल्ने खण्डमा सयौँ गाई, गोरु, भेडाबाख्रा र भैसीको हुल देखिन्छन् । अघिअघि पशुचौपाया, पछिपछि गोठालाहरुले निकै ठूलो भारीसहित झरिरहेका हुन्छन् । उनीहरुले गाईवस्तु बाँध्ने किलो, दाम्लो, लत्ता कपडा, ठेकीलगायतका सामानहरु बोकेका भेटिन्छन् ।   महिनौँ लेकमा बसेर गाउँमा झर्दै गरेका उनीहरुको अनुहारमा निकै चमक छाएको थियो । महिनौँ परिवारसँग भेट नभएका उनीहरु ५ गते सबैसँग भेटघाट हुने गर्छन् ।   घर केही टाढा हुनेहरु भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशु चौपाया झार्न जान्छन् । असोज ५ गतेभन्दा अगाडि–पछाडि बेँसी झर्दा पुर्खाहरुले बनाएको नियम भत्किने भन्दै सोही दिनै झर्नु पर्ने उनीहरु मान्यता राख्छन् । “असोज ५ त हाम्रा लागि निकै खुसी हुने दिन हो, यतिका समय लेकमा बस्यौँ, आज परिवारसँग भेट हुन्छ, तीतोमीठो के छ ?   सँगै बसेर खान पाइन्छ, दुखम्–सुखम्का कुरा हुन्छ, यो त हाम्रो परम्परा हो नि, पुर्खाहरुले नै बनाउनु भएको नियम हो, हामीले मिच्नु हुन्न, त्यही भएर हामी तोकेकै समयमा बेसी झ¥यौँ” स्थानीय देवबहादुर घर्तीले भन्नुभयो ।   उहाँले अबको १२ दिन भर्कोबाङमै आफ्ना पशु चौपाया चराउने र त्यसपछि भल्कोट घरमा झार्ने बताउनुभयो । उहाँले यहाँ अझै केही दिन वस्तुभाउका लागि घाँस रहेको हुँदा आफू पनि गोठ बनाएर यही बस्ने बताउनुभयो । “अबको १२ दिनपछि मात्रै तल घरमा झर्नु पर्ला, अहिले घाँस पनि राम्रो रै’छ, यहाँ, भेँडागोठालाले अझै भेँडा ल्याएका छैनन्, तिनीहरु आए भने तल झर्नु पर्ला, म पनि गोठ बनाएर यहीँ बस्छु”, घर्तीले भन्नुभयो, “यहीँ बसेर यिनीहरुको रेखदेख गर्न पर्याे, अब केही दिनपछि तलै घर छेउका बारीमा लगेर चराउनु पर्ला, बारीमा लगेपछि केही समय त्यही चराउने त्यसपछि बाँधेर डाला काटेर हाल्नुपर्छ, अब अर्को बर्खामा मात्रै हो लेक लाने ।”   घर्तीले अबको तीन महिनासम्म बारीकै घाँसले पुग्ने भन्दै त्यसपछि वन जङ्गलमा जानु पर्ने बताउनुभयो । उहाँले हिउँद्को समयमा लेकमा हिउँ पर्ने हुँदा बेँसीमै पशु चौपायालाई घाँस काटेर खुवाउनु पर्ने उहाँको भनाइ छ । बेँसीमा सयौँको सङ्ख्यामा रहेका चौपायाको व्यवस्थापन गर्न निकै गाहे हुने घर्तीकोे भनाइ छ । गाउँमा घाँस निकै कम हुने र सबैका पशु गाउँमै हुने हुँदा घाँसको व्यवस्थापनमा निकै समस्या पर्ने उहाँ बताउनुहुन्छ । “बेँसीमा पशुपाल्न निकै गाहे छ, गाउँभरिका गोठालाहरुको वस्तुभाउ गाउँमै हुन्छन्, सबैले घाँस काटेर खुवाउँछन्, यहाँ घाँसको निकै दुःख हुन्छ, सजिलो त लेकमै हुन्छ, एउटाका कम्तिमा पनि २५ वटा गाईभैँसी हुन्छन्, अझ भेँडाबाख्रा पाल्नेको त सयौँ हुन्छन्, तिनीहरुलाई घाँस कसरी पुर्याउने ?” घर्तीले भन्नुभयो “अबको तीन महिनामा त यतै जसोतसो घाँसको व्यवस्था हुन्छ, हिउँ पर्ने बेला भयो भने हिउँमै डालेघाँस काट्न लेकमै पुग्नु पर्छ, चौपायालाई लेकमा लगे चिसोले मर्छन् ।” यसवर्ष भेँडापालक तमबहादुर विकले असोज ५ गते नै भेँडा बेसी झार्नु भएको छ । उहाँले अघिल्लो वर्षहरुमा दशैँको दुई दिन अगाडि झर्ने गर्नुहुन्थ्यो ।   विकले यसवर्ष भेँडा केही भेँडालाई बजारमा लैजाने हिसाबले बेँसी छिटो झारेको बताउनुभयो । बर्खाको समयमा बेँसीमा भेँडाहरु पाल्नै नसकिने हुँदा लेक लैजानु परेको उहाँको अनुभव छ ।   स्थानीयवासीको सयौँ पशुचौपाया हुने भएकाले गाउँमा घाँस पु¥याउन सकिने अवस्था आएपछि आफूहरु लेक बेँसी गर्नु पर्ने अवस्था भएको उहाँको भनाइ छ । “यस वर्ष भेँडा पनि बढे, केहीलाई दशैँको बेला बजारमा लगेर बेच्छु भनेर छिटो झारेको छु, २५ वटा भेँडा यसपालि बेच्ने योजना छ, धेरै पाल्न पनि सकिन्न” उहाँले भन्नुभयो “बर्खामा त गाउँमा पशुहरु राख्न सक्ने सम्भावना नै हुँदैन, वनमा चरण पर्याप्त हुन्छ, यहाँ त हजारौँ गाईभैँसी र भेडाबाख्रा हुन्छन्, त्यति धेरैलाई कहाँबाट घाँस पु¥याउन सकिन्छ ?,   यति धेरैलाई गाउँमा राख्ने अवस्था नै हुँदैन, जिजुबाजेले पनि उहिलेदेखि नै लेकबेंसी गर्ने परम्परा बसाल्नु भएछ, हामी पनि अब त्यही नै ग¥यौँ, अबका पुस्ताले गर्लान् जस्तो लाग्दैन ।” उहाँले खर्बामा गाउँका सबै वस्तुभाउहरु लेक जाने हुँदा बेसीमा घाँस पलाउने र फर्किएपछि केही महिना गाउँमै पाल्न सकिने बताउनुभयो ।   विकले पशु चौपायालाई लेकबाट बेँसी झारेपछि लेकमा पनि अर्को पटक जाँदा प्रशस्त घाँस पाइने बताउनुहुन्छ । “पुर्खाहरुले जुन थिति बसाल्नुभयो त्यो हामीहरुले मान्दै आएका छौँ, उहाँहरुले त्यतिबेला असोज ५ मा नभएर जहिले आए पनि हुने जहिले गए पनि हुने खालको निमय बनाइदिएको भए, यति धेरै पशु पाल्न गाहे हुन्थ्यो, अब त हामी बेसी झ¥यौँ लेकमा पनि घाँस पलाउँछ, बर्खाभरि मल पनि भयो, यहाँ पनि बर्खाभरि पशु थिएनन्, घाँस पलाएको छ ।” विकले अब वैशाखसम्म जसोतसो बेँसीमै भेँडाहरु पाल्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।   उहाँले भेँडालाई अबको दुई महिनासम्म गाउँमा प्रसस्त घाँसहरु पाइने भए पनि पुस महिनादेखि लेकमा पुगेर कटुस, खर्सुङलगायतका डालेघाँस काटेर खुवाउने बताउनुभयो । निसीखोला गाउँपालिका–५ र ६ का अधिकांश स्थानीयवासी पशुपालनतर्फ बढी आकर्षित छन् ।

धादिङ:  धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ ।   काठमाडौँबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसको ठक्करले स्थानीय छ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो ।   घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् । सडक अवरुद्ध पारेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन् ।   सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।   गजुरीमा लाग्ने भीड कम गर्न प्रहरीले राजमार्गका ठाउँ–ठाउँमा सवारी रोकेका छन् । बसमा लगाएको आगो धुनिबेँसीबाट गएको दमकलले नियन्त्रणमा लिएको छ ।   आक्रोशित भीडले सडकमा नाराबाजी गरिरहेका छन् । घटनास्थलमा थप भीड बढ्न नदिन प्रहरीले काठमाडौँतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ । सयौँ सवारी जाममा परेका छन् । एम्बुलेन्सलाई भने प्रहरीले स्कटिङ गरेर पास गराइरहेको छ ।

नुवाकोट:  तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब रु ३० करोड जरिवाना असुल हुने भएको छ ।   निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका १ हजार ६ सय ९४ जना उम्मेदवारबाट रु २० करोड ९७ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो ।   उहाँका अनुसार विदुर नगरपालिकामा प्रमुख पदका छ र उपप्रमुख पदका पाँच छन् । बेलकोटगढीमा प्रमुख र उपप्रमुख पदका पाँच–पाँच गरेर दश उम्मेवारलाई जरिवाना तोकिएको छ ।   नगरपालिकाका प्रमुख र उपप्रमुखले जनही रु चार लाख ५० हजार तिर्नुपर्ने भएकाले निर्वाचन खर्च विवरण नबुझाएका २१ जनाबाट कुल रु ९४ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने देखिएको छ ।   नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भएर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सङ्ख्या चार सय २७ छन् ।   उनीहरूलाई निर्वाचन आयोगले जनही रु दुई लाख जरिवाना तिनुपर्ने निर्णय गरेको छ । आयोगको निर्णयानुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारबाट रु आठ करोड ५४ लाख असुल गर्नुपर्ने देखिन्छ ।   यस्तै गाउँपालिकातर्फ जिल्लामा रहेको १० गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका ९० उम्मेदवारले निर्वाचन खर्च विवरण समयमा नुबझाएकाले जरिवानामा परेका छन् । उनीहरूबाट जनही रु तीन लाख ५० हजारका दरले रु तीन करोड १५ लाख असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिनुभयो ।   यस्तै गाउँपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाएका उम्मेदवारको सङ्ख्या जिल्लाभरमा एक हजार एक सय ५६ जना छन् ।   उनीहरूलाई निर्वाचन आयोगले जनही रु एक लाख ५० हजार जरिवाना लाग्ने निर्णय गरेको छ ।   आयोगको निर्णयाअनुसार गाउँपालिकाका वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारबाट रु १७ करोड ३४ लाख जरिवाना असुल गर्नुपर्ने देखिन्छ । गत वैशाख ३० मा सम्पन्न भएको निर्वाचनको खर्च विवरण निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो ।   उक्त अवधिमा खर्च विवरण नबुझाउने सूचीमा निर्वाचित जनप्रतिनिधिसमेत उल्लेख्य सङ्ख्यामा रहेका छन् । जरिवानाको निर्णय गरेको छ महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने जनाएको छ । निर्वाचित पदाधिकारीले उक्त अवधिमा भुक्तानी नगरे स्वतः पद जाने निर्णय भएकाले खर्च विवरण बुझाउन चासो नदिए पनि जरिवाना शुल्क भने समयमै दाखिला हुने विश्वास लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताउनुभयो ।   उहाँको अनुसार निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको उम्मेदवारहरूको नामावली अहिले सार्वजनिक गरेको हो । “कार्यपालिका र जिल्ला समन्वय समितिका अधिकांश उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी छ”, गौतमले भन्नुभयो, “उनीहरूको हकमा के हुने भन्ने आयोगबाट निर्णय हुन बाँकी छ ।”   नुवाकोटमा स्थानीय तह निर्वाचनअन्तर्गत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार एक सय ७३ जनाले उम्मेदवारी दिएका थिए ।   त्योमध्ये तोकिएको समयभित्र खर्च विवरण बुझाउनेको सङ्ख्या तीन सय १२ जना मात्र रहेको थियो ।

तनहुँ:  जिल्ला प्रहरी तनहुँले तीन जनालाई गाँजासहित पक्राउ गरेको छ ।   तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित वेनीटारबाट बुधबार २२ किलो गाँजासहित दुई महिला र एक युवकलाई पक्राउ गरेको हो ।   पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

झापा​:   इलाम–८ का सन्देश रम्तेल विश्वशान्तिको कामना गर्दै ह्विलचेयरमा मेचीमहाकाली यात्रामा निस्किएका छन् ।   उनले असोज ३ गते झापाबाट यात्रा सुरु गरेका हुन् ।   मेची महाकाली यात्रा सकिएपछि पशुपतिनाथ, लारुम्बा र लुम्बिनीको माटो बोकेर विश्वभ्रमणमा निस्कने समेत उनले घोषणा गरेका छन् ।    

काठमाडौं:  काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।   मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।   कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो । उक्त घटनामा काठमाडौँको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् ।   दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौँ, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाएको जानकारी दिनुभयो ।   आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।   आगो निभाउन बौद्ध रामहिटी, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्याङ्करको प्रयोग गरिएको थियो । आगलागीबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

बागलुङ:  बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।   कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ ।   गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ ।   झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताउनुभयो । उहाँले गाउँपालिकाले अझै बढी पर्यटक भित्र्याउनका लागि झरना वरपर थप पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो ।   घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक दुई बढी पर्यटक आउने गरेको बताउनुहुन्छ । “पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्, यसले स्थानीयलाई उत्साहित बनाएको छ ।”   वार्षिक करिब २२ हजार बढी पर्यटक भित्रिने गरेको भन्दै यस वर्ष लामो वर्षा हुँदा कम कम आएको उहाँले बताउनुभयो । “यस्तो ठाउँमा पर्यटक आउलान भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थालेकी, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै बढीलाई भित्र्याउन सकिन्थ्यो होला”, घर्तीले भन्नुभयो ।   गुल्मीको भुवाचिदीबाट घुम्न आउनु भएका आकाश पौडेलले सामाजिक सञ्जालमा गाईघाट झरनाको फोटो देखेको र निकै सुन्दर लागेर घुम्न आएको बताउनुभयो । “यसभन्दा अगाडि मेरा साथीहरु घुम्न आएका थिए, उनीहरुले राम्रो राम्रो फोटो खिचेर लगेका थिए, मैले पनि सामाजिक सञ्जालमा धेरै फोटो देखेको थिएँ, त्यही भएर घुम्न आएको निकै सुन्दर रैछ झरना, निकै आनन्द आयो घुम्न”, उहाँले भन्नुभयो ।   ताराखोला गाउँपालिका–१ का अध्यक्ष यमबहादुर श्रीसले आगन्तुकलाई आकर्षित गर्नका लागि झरनाको फेदमा पौडिने पोखरी, त्यस वरपर बगैँचा र विश्रामस्थल निर्माण गरेको बताउनुभयो । “झरना आकर्षक छ, जनप्रतिनिधिका रुपमा आएदेखि यसको विकास र प्रवद्र्धनमा लागेका थियौँ, अहिले पनि लागि रहेका छौँ”, अध्यक्ष श्रीसले भन्नुभयो, “झरना वरपर बगैँचा निर्माण गरेका छौँ, फेदमा पौडी खेल्न मिल्ने पोखरी बनाएका छौँ, अन्य संरचना पनि विस्तारै बनाउने तयारीमा छौँ ।”   गत साउनमा ताराखोलामा आएको ठूलो बाढीले सडकदेखि झरना पुग्ने पुल बगाउँदा अहिले आगन्तुकलाई समस्या भएको छ । पुल निर्माणका लागि गाउँपालिकाले यस वर्ष रु २० लाख विनियोजन गरेको र प्रदेश सरकारसँग थप बजेट माग गरेर यसै वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने अध्यक्ष श्रीस बताउनुहुन्छ । “बर्खामा पनि पर्यटकको आगमन उल्लेख्य थियो, साउनमा खोलाले पुल बगाइदियो, त्यसपछि झरना अवलोकन गर्न आउने आगन्तुकलाई समस्या भयो, अहिले फड्के हालेर वारपार गर्ने व्यवस्था त मिलाएका छौँ तर त्यो जोखिमपूर्ण छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “यहाँ पुल निर्माणका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको छ, प्रदेश सरकारसँग पनि केही बजेट माग गरेर यसै वर्ष पुल निर्माण गर्ने योजना छ, जति सक्दो पर्यटकलाई भित्र्याउने प्रयासमा हामी छौँ ।”