विद्यार्थीहरु भोलिका नेतृत्वकर्ता हुन्: मन्त्री बुढामगर

पाेखरा | भदौ २५, २०७९

विद्यार्थीहरु भोलिका नेतृत्वकर्ता हुन्: मन्त्री बुढामगर

पोखरा:  गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री मन्त्री चन्द्र बुढामगर ( सागर ) ले आजका विद्यार्थीहरु भोलिको देशको नेतृत्वकर्ता भएको बताएका छन् । 

 

नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बुढाले आजको विद्यार्थीहरु भोलिको देशको नेतृत्वकर्ता भएको बताएका हुन् । 

 

‘आजको विद्यार्थीहरु विभिन्न तहमा क्रियाशिल छन्’ उनले भने ‘अब देशको नेतृत्व गर्न राजनीतिक, प्रशासन क्षेत्रबाट विद्यार्थीहरु देशको नेतृत्व गर्न आउनेछन् ।’ 

 

मगर लगायत अन्य आदिवासी जनजाति समुदायहरु एक जुट नभएको बताउदै पहिचानको मुद्धा सेलाएको मन्त्री बुढाको टिप्पणी छ । 

 

‘विभिन्न तहमा मगर तथा आदिवासीहरुको मुद्धाले स्थान पाएको छैन, तमुवानको मुद्धामा मगरहरुले अग्रसता देखाउन नसक्दा सिङ्गो आदिवासीको मुल मुद्धाले स्थान पाउन सकेन ।’ उनले भने । 

 

उनले आन्दोलनका स्वरुप परिवर्तन गर्दै अब शिक्षामा अग्रसता देखाउँदै राज्य सञ्चालन क्षेत्रमा प्रवेश गर्न मगर तथा आदिवासीहरु आवश्यक रहेको बताए । 

‘हामीले भन्दै आएको निशुल्क शिक्षा अहिले महङ्गी शिक्षा भइरहेको छ । हामीले विभिन्न आन्दोलन गर्योै तर कार्यान्वयन हुन सकेन, मन्त्री बुढामगरले भने, ‘त्यसैले अबका विद्यार्थीहरुले राज्य संचालनको विभिन्न भुमिका गर्दै यस शिक्षा नीति बदल्न विद्यार्थीहरुको भुमिका रहुनपर्छ ।’

 

कार्यक्रममा नेपाल विद्यार्थी संघका गण्डकी प्रदेश अध्यक्ष विष्णु आलेले मगर पहिचानको संरक्षण गर्न विद्यार्थीहरु अग्रसर बन्न आग्रह गरे । 


‘पछिल्लो समय मगरका भाषा संस्कृति लगायत पहिचान लोपउन्मुख छ’ उनले भने ‘अब विद्यार्थीहरुले आफ्नो भाषा सस्कृति र पहिचानको संरक्षण गर्न भावी पुस्तातरण गर्न सजिलो हुनेछ ।’

 

नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनले नयाँ समिति समेत चयन गरेको छ । 

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्