पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

काठमाडौँ  :  जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ ।    जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार  सरोजराज रेग्मीले जानकारी दिनुभयो ।   एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका-२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल ९शाही०ले जुम्ला प्रहरीमा यही भदौ १३ गते  जाहेरी दरखास्त दर्ता गर्नुभएको थियो ।    “बाल हिंसाको आरोपमा प्रहरीमा डा साहविरुद्धमा जाहेरी प¥यो र त्यसको अनुसन्धान गर्न प्रहीले अदालतसँग पक्राउ अनुमति माग्यो”,  श्रेस्तेदार  रेग्मीले भन्नुभयो, “प्रहरीले त्यसअनुसार अदालतले अनुसन्धान प्रयोजनका लागि फुक्का अनुमति दिएको हो ।” अहिलेको कानुनी व्यवस्थाअनुसार कुनै आरोपितविरुद्धको अनुसन्धान प्रयोजनका लागि प्रहरीले अदालतसँग पक्राउ अनुमति माग्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।   यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’मा रहेका बेला डा साहले उपचार नगरेको र बालक तीर्थविक्रमलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा जाहेरी दरखास्त परेको थियो ।  यसपछि प्रहरीले उहाँमाथि अनुसन्धान सुरु गरेको छ । डा. साह जलेश्वर नगरपालिका-५ महोत्तरी जिल्ला निवासी हुनुहुन्छ ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि ठमेलको छायाँ सेन्टरमा दुव्र्यवहार गरेको आरोपमा सुरक्षा गार्ड शेरजंग गुरुङ हाल महानगरीय प्रहरी प्रभाग दरबारमार्गको थुनामा रहेका छन् ।     गुरुङ्लाई पुर्पक्षकालागि ५ दिन हिरासतमा राख्ने प्रहरीले जनाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गुरुङलाई प्रहरी कार्यालयमा भेटेका छन् ।    भेटमा गुरुङले लाइनमा बस्न आग्रह गरेपनि दुव्र्यवहार नगरेको लामिछानेलाई बताएका छन् । भेटपछि लामिछानेले सामाजिक सञ्जालमा पोस्ट गर्दै  ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।’ भनेको उल्लेख गरेका छन् ।      यहि भनाइलाई लिएर लामिछानेले ‘यदि उनको भनाई सत्य हो भने थुनामा राख्ने होइन, सम्मान रिहा गरियोस्’ भनेका छन् ।    त्यस्तै, मन्त्रीलाई कानून नमानेको अभियोगमा अनुसन्धान गर्न लामिछानेले आग्रह गरेका छन् । 

बागलुङ  ः  दैनिक हजारौँ मानिसको आवतजावत हुने ठाउँ हुन् बागलुङ, बुर्तिबाङ र गलकोट बजार । बजार साना छन् तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ यहाँ । भर्खरभर्खर विकास गति दिँदै गएका यी बजारमा धेरै पूर्वाधार निर्माण हुन बाँकी नै छ । भौगोलिक हिसाबले पछाडि परेका यी ठाउँ राष्ट्रिय राजमार्गका कारण छोटो समयमै अनपेक्षितरुपमा विकास भएका हुन् ।    तीनवटै बजारमा तीव्रगतिमा बस्ती विस्तार भइरहेको छ । दिनदिनै अव्यवस्थितरुपमा भएको बस्ती विस्तारले बजार व्यवस्थापनमा चुनौतीसमेत थपिँदै गएको छ । बढी चुनौती त पार्किङमा छ । मध्यपहाडी लोकमार्गले जोडिएपछि सहरका रुपमा विकास भएका हटिया र बुर्तिबाङमा ठूलाठूला घर भवन निर्माण भइरहेका छन् । यसले गर्दा खुला ठाउँ कत्ति पनि छैन ।    दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने तथा रोकिने बुर्तिबाङ र गलकोटमा व्यवस्थित बसपार्क छैन । बुर्तिबाङ बजारमा बसपार्क भए पनि गलकोटमा भने छैन । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा बसपार्क भए पनि निकै साँघुरो छ । साँघुरो बसपार्कमा २० वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । त्यसले गर्दा चालकले जथाभावीरुपमा गाडी रोक्दा बजार नै अस्तव्यस्त बनेका छन् । त्यसमाथि पनि व्यवसायीहरुले सडक पेटीमै सामानहरु राख्दा पदैल यात्रुलाई झनै समस्या थपिएको छ । “बजार साँघुरो छ, गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिड्ने रु, बसपार्क पनि यति सानो छ, व्यापारीले पनि सडकमै ल्याएर सामान राखेका छन्,” स्थानीयवासी जगत घर्तीले भन्नुभयो, “एकातिर गाडीले बाटो छेकेको छ, अर्कोतिर व्यापारीका सामानले, पैदल यात्रु कहाँबाट हिँड्ने रु” ।   उहाँले १२ वर्ष अगाडिसम्म बुर्तिबाङ बजारमा घर भवन निकै कम भएको भन्दै अहिले खाली ठाउँ नभएको बताउनुहुन्छ । “आजभन्दा १२ वर्ष अगाडि बुर्तिबाङ बजार सुनसान थियो, घर थोरै थिए, अहिले जताततै भरिए, खाली ठाउँ कतै पनि छैन”, उहाँले भन्नुभयो, “विकास हुनु राम्रो हो त यसरी अस्तव्यस्तरुपमा भएको विकासले नागरिकले दुःख पाउँछन् ।”    ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले अहिले सञ्चालनमा आएको बसपार्क निकै साँघुरो हुँदा बजार व्यवस्थापनमा समस्या भएको बताउनुभयो । नयाँ सहरी विकास आयोजनासँग सहकार्य गरेर वडा नम्बर १ को खप्तरीबाङमा खरिद भएको जग्गामा व्यवस्थित बसपार्क निर्माणका गरिने उहाँले बताउनुभयो । “बसपार्क निर्माणका लागि दुई वर्ष अगाडि नै खप्तरीबाङमा जग्गा खरिद भइसकेको छ, अहिले सञ्चालनमा रहेको बसपार्क निकै साँघुरो छ, यहाँ धेरै गाडी राख्न मिल्दैन, यसले गर्दा बजार व्यवस्थापनमा निकै चुनौती छ, यसको व्यवस्थापनमा नगरपालिका गम्भीर भएर लागेको छ”, उपप्रमुख कायतले भन्नुभयो, “नयाँ सहरी विकास आयोजनाले पनि बसपार्कका लागि जग्गा खोजिरहेको छ, अब आयोजनासँग समन्वय गरेर बसपार्क निर्माण गर्ने र अहिले भएको बसपार्कलाई कार्यक्रम स्थल बनाउने र अन्य गतिविधिका लागि प्रयोग गर्ने गरी योजना बनाएका छौँ ।”   उपप्रमुख कायतले लोकमार्ग कालोपत्र भएपछि यातायातको चाप निकै बढेको हुँदा बजार व्यवस्थापनमा समस्या परेको बताउनुभयो । बुर्तिबाङ बजार नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार भएको हुँदा ढोरपाटन जाने पर्यटकका कारणले पनि यहाँ गाडी व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ । अस्तव्यस्त सवारी साधनको पार्किङले बजारलाई नै कुरुप बनाएको भन्दै केही समयमा यो समस्याको समाधान गर्ने बताउनुहुन्छ ।   “बुर्तिबाङ पर्यटकीय क्षेत्र ढोरपाटनको ढोका हो, यहाँबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्छन्, उनीहरुले चढेर आएका गाडी यहाँ पार्किङ हुन्छ, त्यो बाहेक यहाँ सवारीको चाप बढ्नुका कारण लोकमार्ग राम्रो बन्नु हो, पहिले सडक राम्रो थिएन, टाढाटाढाबाट मान्छे आउँदैनथे”, उहाँले भन्नुभयो, “अहिले सेवासुविधाको हिसाबले बुर्तिबाङ विकास भयो, सडक राम्रो भयो, जताततै घरहरु भरिए, खाली ठाउँ भएन, त्यसले गर्दा समस्या आएको हो, यो समस्याको समाधानका लागि हामी प्रयास गरिरहेका छौँ ।”   बुर्तिबाङ बजार निसीखोला, भुजीखोला र तमाखोलाको सङ्गमस्थल हो । जिल्लाकै दोस्रो ठूला व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङ तीनवटै क्षेत्रका बासिन्दा किनमेलका लागि बुर्तिबाङ झर्ने गर्छन् । अझ अहिले त मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ती दुई जिल्लाको किनमेल गर्ने ठाउँ बुर्तिबाङ बजार बनेको छ । बुर्तिबाङ बजारदेखि हरेक दिन दर्जनौँ गाडी देशका विभिन्न सहरमा पुग्ने गर्छन् ।    मध्यबागलुङमा पर्ने गलकोटको हटिया बजार पनि एक दशक अगाडिसम्म सुनसान थियो । मध्यपहाडी लोकमार्गले जोडिएपछि बजारमा परिणत भएको छ । दरमखोलाको तिरमा रहेको गलकोट बजार निकै साँघुरो छ । यहाँ पनि गाडी र मान्छेको चाप उस्तै हुँदा बजार व्यवस्थापनमा निकै चुनौती छ । गलकोटमा लोकमार्गमा सञ्चालन हुने तथा बजारदेखि ठूला सहर र ग्रामीण क्षेत्रमा चल्ने गाडीले बजार अस्तव्यस्त बनाएको छ ।   सवारीसाधनको चाप बढेपछि गलकोट क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि व्यवस्थित बसपार्कको आवश्यक परेको स्थानीय बासिन्दा थम्मन थापाले बताउनुभयो । गलकोटमा एक दशकअघिसम्म खेत र सामान्य बजार रहेको भन्दै लोकमार्ग आएपछि घरहरुले भरिएको उहाँले बताउनुभयो । बढ्दो जनघनत्व तथा लोकमार्गमा हुँदै रुकुम, रोल्पादेखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाडौँ चल्ने ठूला तथा साना सवारीसाधनको आवतजावतले बसपार्कको अभाव खड्किएको थापा बताउनुहुन्छ ।   “तीव्र बजारीकरणका कारण गलकोटमा बसपार्कको अतिआवश्यक छ, सानो ठाउँ छ, धेरै मान्छे र सवारी साधान छन्, बजारको जता हे¥यो त्यतै गाडीले भरिएका छन्, मान्छेलाई हिँड्न पनि समस्या छ”, उहाँले भन्नुभयो, “खुला ठाउँ भएको भए गाडी व्यवस्थापन गर्न पनि सजिलो, किनमेल गर्न बजार आउने मान्छेलाई फुटपाथमा हिँड्न पनि सजिलो हुन्थ्यो, अहिले त मान्छे उहीँ, गाडी उहीँ, यसले गर्दा दुर्घटनाको जोखिम त निकै बढायो ।”   उहाँले कुनै समय ठूलो कार्यक्रम गर्दा मान्छेहरु राख्न नसक्ने होटल अभाव हुने गलकोटमा अहिले सुविधा सम्पन्न होटल रेष्टुरेन्ट बनिरहेको भन्दै बाहिरी मान्छेसमेत यहाँ घुम्न आउने गरेको बताउनुभयो । यहाँ जनसङ्ख्या बढ्नु र बाहिरी मान्छेको आगमनमा समेत वृद्धि हुँदा बजार व्यवस्थापनमा थप चुनौती थपिएको थापाले बताउनुभयो ।   गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोटमा बजार विस्तार भएको हुँदा बसपार्कको अतिआवश्यक परेको बताउनुभयो । बसपार्क व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न प्रयास गरिरहेको उहाँको भनाइ छ । जग्गा नपाउँदासम्म वैकल्पिक ट्राफिक व्यवस्थान गरिएको प्रमुख गैरे बताउनुहुन्छ । “जनघनत्व बढी भयो, सवारीसाधन पनि बढे, त्यस कारण यहाँ बसपार्क अनिवार्य भयो, बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने प्रयास भइरहेको छ, तर अहिलेसम्म जग्गा प्राप्त भएको छैन, बजार निकै साँघुरो छ, बजारभन्दा टाढा बसपार्क भएर पनि खासै समस्या समाधान हुँदैन, बजार वरपर त्यस्तो जग्गा पाउन निकै मुस्किल छ”, नगर प्रमुख गैरेले भन्नुभयो, “हामीले निकै प्रयास गरेका छौँ, जग्गा व्यवस्थापन हुँदासाथ प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरेर बसपार्क निर्माण गछौँ ।”   अहिले बजार क्षेत्रको सडकलाई एकतर्फीरुपमा सञ्चालन गरेर समस्या समाधान गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।    गैरेले ट्राफिक प्रहरीसँग समन्वय गरेर बजार क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि चोकचोकमा होर्डिङ बोर्ड राख्ने तथा साना सवारी साधनलाई खुला सडकका छेउमा व्यवस्थापन गर्दै आएको बताउनुभयो ।   यता जिल्ला सदरमुकाम बागलुङ बजारमा भने बसपार्क नभएका होइनन् । यहाँ दुई वटा बसपार्क छन् । वडा नं ३ मा चिप्लेटी बसपार्क र वडा नम्बर ४ उपल्लाचौरमा नयाँ आधुनिक बसपार्क निर्माण भएको छ । चिप्लेटी बसपार्क साँघुरो भएको हुँदा उपल्लाचौरमा नौ करोड लागतमा बसपार्क निर्माण गरिएको हो । निर्माण भएको एक वर्ष बितिसक्दा पनि यो बसपार्क सञ्चालनमा आउन सकेको छैन ।    नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क सञ्चालनमा आउन सकेको छैन । करिब २० वर्षअघि बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए । एकीकृत गरिएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी बसपार्क निर्माणका लागि प्रयोगमा आएको भए पनि बाँकी जग्गा जग्गाधनीलाई फिर्ता गर्न बाँकी छ ।   विसं २०७५ मा एक वर्षभित्रै निर्माण सक्नेगरी सुरु भएको काम तीनपटक म्याद थपेर काम सकिएको हो । बसपार्क क्षेत्रमा टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ र ग्यारेज निर्माणको भएका छन् । नगर विकास कोषले रु नौ करोड चार लाख ऋण दिएपछि निर्माणको काम सुरु भएको थियो । हाल सञ्चालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त बस राख्न पुगेको छैन । उक्त बसपार्क निर्माण भएकाले लामो तथा छोटो दुरीका लागि छुट्टाछुट्टै व्यवस्था गर्न सकिन्थ्यो ।    निर्माण भएको बसपार्क रित्तो छ तर बजारमा भने सवारीको चापले ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाएको छ । बजारको मुख्य सडक जीपपार्कदेखि ट्राफिक चोकसम्म दैनिक साना ठूला सवारीसाधनको चाप हुने गरेको छ । सवारी साधनलाई एकतर्फी भए पनि निरन्तर सञ्चालनका लागि जिल्ला ट्राफिक कार्यालय बागलुङले प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताउनुभयो । उहाँले बजार साँघुरो र त्यसमाथि ग्रामीण क्षेत्रबाट आउने गाडी र बजारदेखि लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउनुभयो । उहाँले पार्किङका लागि बागलुङ नगरपालिकासँग छलफल गरिरहेको बताउनुभयो ।   बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उपल्लाचौरमा बनेको नयाँ बसपार्क सञ्चालनका लागि कार्यदल बनाएको भन्दै यहाँ भएका समस्या समाधान गरी छिटै सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले निर्माण भएको बसपार्क रित्तो हुने तर बजारमा सवारी साधनको भीड हुने गरेको बताउँदै केही समयमै यसलाई सञ्चालनमा ल्याउने दाबी गर्नुभयो । “बसपार्क सञ्चालनमा केही समस्या रहेछन्, त्यसको समाधान गरी बसपार्क सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले कार्यदल गठन गरेको छ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो । कार्यदलले यहाँ भएको समस्या समाधान गर्दा बित्तिकै बसपार्क सञ्चालनमा ल्याउने तयारी भएको छ ।  

पोखरा : पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघको  भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ ।    चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिस्पर्धाका लागि तयार रहेका अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् ।    पोखरा ४ का आनन्द ताङ्वे पोखरेल प्यानल पोखरेली उद्योगी व्यवसायीको साझा उम्मेद्वार भएको बताउँछन् । ‘व्यवसायीको दुखमा साथ दिने नेतृत्व चाहिएको छ । त्यो टीम पोखरेलले बनाउनुभयो,’ उनी भन्छन्, ‘अर्जुन आफै पनि व्यवसायीलाई दुख पर्दा साथमा रहने मान्छे हो ।’ कोरोनाले व्यवसाय थलिएका बेला पोखरेलले नै पहल गरेर व्यवसायीलाई सामान आयातमा सहजता भएको उनले सम्झिए ।  ‘अर्जुन काम गर्ने मान्छे हो । भिजन भएको मान्छे हो,’ उनले थपे, ‘हिजो कोरोनाले दुख परेका बेला धेरै उद्योगी व्यवसायीको हितका लागि काम गर्नुभयो । आगामी दिनमा यस्तै नेतृत्व चाहिएको छ ।’ उनी जस्तै महेन्द्रपुल, चिप्लेढुंगा, पन्थीगल्ली, न्यूरोड, पृथ्वीचोकका व्यवसायीहरुले अर्जुन प्यानललाई जितको शुभकामना दिए । आइतबार पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, पन्थी गल्ली, पालिखेचोक, गैह्रापाटन, गणेशटोल, सिद्धार्थचोक, साँघुमुख, न्यूरोड लगायत ठाउँमा अर्जुन प्यानलले घरदैलो गरेको छ ।    व्यवसायीहरुको गुनासा र समस्या सुन्दै मतदातासँग मत मागेका छन् । सक्षम र युवा नेतृत्वले बढी काम गर्ने मतदाताको विश्वास छ । अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले उद्योगी व्यवसायीका विश्वास र भरोसा गुम्न नदिने बताए । ‘हरेकका सुखदुखमा सँधै सँगै छु । अव पनि सँगै रहन्छु । कसैको विश्वास र भरोसा तोड्दिनँ,’ उनले भने, ‘हाम्रो टीमले जितेपछि पोखरा उद्योग वाणिज्य संघलाई नयाँ स्वरुपमा स्थापित गरिने छ । सबै व्यवसायी र उद्योगीको साझा संस्थाको रुपमा स्थापित गर्ने छौं ।’ अर्जुन प्यानलले पोखराको पूरानो बजारलाई पूरानै स्वरुपमा सजाउने प्रतिबद्धता जनाए ।    ‘पोखरा भनेकै पूरानो बजार हो । यहाँका घरहरु अहिले जीर्ण भएका छन्,’ उनीहरुले भने, ‘सरकारसँग मिलेर यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्छ । त्यसको पैरवी हामी गर्छौं ।’ पोखराका पूराना हस्तकला व्यवसायलाई पुनः स्थापित गर्ने र पूरानो बजारमा विक्रि केन्द्र बनाउने पोखरेलको योजना छ । अर्जुन प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ ।    घोषणा पत्रमा संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्नेदेखि हाल भएको भवन पुनः निर्माणसम्म छ । संघले जनता र सरकारबीचको दुरी घटाउने काम गर्ने, नयाँ लगानी प्रोत्साहनमा ध्यान दिएको छ ।    घोषणा पत्रमा संघले नयाँ उद्यमीहरुलाई सुरुमै विजनेस मेन्टरिङ सेवा प्रदान गर्न स्थानीय व्यापार ‘इक्युवेसन सेन्टर’ स्थापना गर्ने प्यानलको घोषणा छ । यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गरेका छन् । आफ्नो प्यानल पोखरेली व्यवसायीको हितका लागि निर्माण भएको अध्यक्ष उम्मेद्वार पोखरेल बताउँछन् ।   

  पोखरा​ । मुस्ताङको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको अपेक्षित उपयोग हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ । पोखरा पर्यटन परिषद्द्वारा आइतबार पोखरामा आयोजित मुस्ताङ जिल्लाको पर्यटन प्रवद्र्धन तथा कोराला नाका विषयक अन्तक्र्रियामा वक्ताले पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि यहाँका सम्भावनालाई अझै पनि उजागर गर्न नसकिएको सहभागीले बताउनुभएको थियो  । सरोकारवाला निकाय तथा जनप्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उहाँहरुले मुस्ताङदेखि पोखरा हुँदै त्रिवेणीसम्म सडक सञ्जालले जोड्दै यहाँको पर्यटन प्रवद्र्धन गर्नसके स्वदेशी एवं पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राख्नुभयो ।      कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुस्ताङलाई मुक्तिनाथ मन्दिरले मात्र चिन्ने गरिएको जनाउँदै त्यहाँका प्राकृतिक सम्पदा र संस्कृतिलाई बुझन बुझाउन जरुरी रहेको बताउनुभयो । “मुस्ताङ जिल्लाका सबै क्षेत्र डुलेपछि मात्र थाहा हुन्छ कि प्राकृतिक सम्पदाले कति धनी रहेछ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङको लोमङथाङ अझै प्रसिद्ध रहेको छ ।”       मुस्ताङको कोरालादेखि नवलपुरको त्रिवेणीसम्मको सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढाउन सङ्घीय सरकारसँग समन्वय गरी अघि बढिने उहाँले विश्वास व्यक्त गर्नुभयो । “गण्डकी प्रदेशकै गौरवको योजना कोराला नाकादेखि त्रिवेणीधामसम्मको सडक जति छिटो सम्पन्न भयो त्यति नै यस क्षेत्रको विकास र आर्थिक उन्नति हुन्छ”, उहाँले भन्नुभयो ।       गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट उपल्लो मुस्ताङमा परापूर्वकालमा बनेका सम्पदा रहेको र ती सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न जरुरी रहेको बताउनुभयो । “मुस्ताङ जिल्ला प्राकृतिकरुपमा विश्व मै धनी छ तर ती सम्पदाको प्रचारप्रसार नेपाल सरकारले गर्न नसक्दा हामी पछि परेका छौँ”, उहाँले भन्नुभयो ।      “नेपालकै सबैभन्दा पुरानो गुम्बा मुस्ताङमा छ, माटोले बनेको  पर्खाल किन नहोस दरबार पनि यही नै छ, विश्वमा नै नपाइने शालीग्राम यही पाइन्छ”, उहाँले थप्नुभयो”, “मुस्ताङको माटो नै फरक छ ।” नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले मुस्ताङ जिल्ला नै प्राकृतिक सम्पदाको खानी भएकाले यसको प्रचारप्रसारमा कमी रहेको धारणा राख्नुभयो ।    मुस्ताङको घरपजोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङका पर्यटकको बसाई लम्ब्याउन मुक्तनाथ र मानसरोवर मात्र नभएर जिल्लाका प्राकृतिक सम्पदाको दृष्यावलोकन गराउन जरुरी भएको आवश्यकता औँल्याउनुभयो । “अहिले मुस्ताङ पुग्ने ९० प्रतिशत धार्मिक पर्यटक छन्, उनीहरूलाई एक दुई दिन मुस्ताङमा नै बस्ने  वातावरण सृजना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।        उहाँका अनुसार अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शका लागि त्यहाँ पुग्ने  गर्छन । गर्मी स्थानमा बसेको उनीहरु चिसो ठाँउमा पुग्दा उनीहरुलाई श्वासप्रश्वासमा अप्ठेरो हुँदा मुस्ताङमा आधारभूत स्वास्थ्य केन्द्र ठाउँठाउँमा राख्न जरुरी भएको त्यहाँका जनप्रतिनिधिले जोड दिए । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले मुस्ताङ जिल्लाका  पदमार्ग सडक बन्दा पर्यटकको बसाई घट्दै गएको बताउँदै मुस्ताङको पर्यटनसँगै कृषिलाई नै सँगै लिएर जान जरुरी रहेको बताउनुभयो । मुस्ताङको स्याउ अत्यन्तै स्वादिलो रहेकाले यहाँ उत्पादित स्याउ विश्व बजारमा पु¥याउनुपर्नेमा पनि कार्यक्रममा जोड दिइयो ।      पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटनसँग मुस्ताङ प्रत्यक्ष जोडिएको जनाउँदै त्यहाँका प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीयरुपमा भरपुर उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । समाजसेवी लोप्साङ विष्ट, रिङजिङ गुरुङ, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देललगायते मुस्ताङको पर्यटन विकासमा मुख्य बाधक सडक भएकाले कोराला नाका छिटो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

बागलुङ  ः  निरन्तर वर्षाका कारण बागलुङको गलकोट नगरपालिका-२ को घामपानी बस्तीका सातघर पहिरोको उच्च जोखिममा परेको छ ।    गलकोट-२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले यहाँ रहेका सात घर पहिरोको जोखिमा रहेको जनाउँदै ती घरका परिवारहरुलाई सुरक्षित स्थानमा सार्न माग गर्नुभयो  । “निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरुलाई सुरक्षित स्थानमा बस्न लगाएका छौँ, अझै ठूलो वर्षा भयो भने यहाँको बस्ती पहिराले बगाउन सक्ने देखन्छ, बस्ती पहिरोको बीचमा रहेको हुँदा पानी पर्दा यहाँ बस्न निकै जोखिमपूर्ण छ”, उहाँले भन्नुभयो ।   उहाँका अनुसार वर्षाका कारण वडा कार्यालयदेखि गाउँ-गाउँसम्म पुग्ने ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउन अझै केही समय लाग्ने जनाइएको छ ।   सयौँ रोपनी खेतसहित धानबाली सखाप   अध्यक्ष भण्डारीका अनुसार वडा नम्बर २ कै खालीखोलामा पहिरोसहितको बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गए राति आएको पहिरोसहितको बाढीले दुई यस रोपनी धानबाली लगाएको खेत पुरिएको हो ।   राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भ्यूटावर क्षेत्रमा सडकको नाली थुनिएपछि भीषण पहिरोसहित आएको बाढीले स्थानीय कृषकको धानबाली लगाएको खेत पुरिएको जनाइएको छ । दबाढीले धानबालीसहित सयौँ रोपनी खेत पुरिँदा करोड बढीको नोक्सानी भएको अध्यक्ष भण्डारीले बताउनुभयो । “किसानले लगाएको धान भर्खर सप्रिन थालेको थियो, पहिराले सबै पुरिदियो, पहिरोले खेत र धानबाली पुरिँदा करोडौँ रुपैयाँको नोक्सानी भएको छ”, उहाँले भन्नुभयो, “लोकमार्गको भ्यूटावर नेर नाली सबै बन्द भएको छ, माथिबाट आएको भल सबै खेतमा आयो र पहिरो पनि ठूलो आयो त्यसले गर्दा यति धेरै नोक्सानी भयो ।”   स्थानीय प्रेमबहादुर भण्डारीले बाढीले पसाउन लागेको धानसहित खेत पुरेपछि आफ्नो लाखौँको सम्पत्ति बगरमा परिणत भएको गुनासो गर्नुभयो । उहाँको चार रोपनी खेत पहिराले बगाएको छ ।  “मेरो भएको खेत यति हो, अब त मैले गरी खाने ठाउँनै सकियो, अब कहाँ खेती गर्ने, के खाने रु, धेरै खर्च गरेर धान रोपे, धान भर्खर पसाउन लागेको थियो, सबै बगायो”, उहाँले भन्नुभयो, “धानको खेत एउटा पनि बाँकी छैन सबै पहिरो पसेको छ, धानसमेत बगायो, मेरो त एक वर्षभरिको खाद्यान्न बगायो ।” उहाँले सरकारले तटबन्धन गरी दिए अर्को सालदेखि खेती गर्न सकिने बताउनुभयो ।   लोकमार्गबाट बग्ने पानी तर्काउने र माथिबाट बग्ने भल व्यवस्थापन गर्नसके क्षती कमगर्न सकिने जनाइएको छ । “सरकारले हाम्रो लागि तटबन्धन गरी दिए अर्को साल खेती गर्ने गरी यो ठाउँलाई बनाउन सकिन्थ्यो, माथिबाट आउने भललाई नियन्त्रण गर्न र तटबन्धनका लागि थोरै भए पनि सरकारले हामीलाई सहयोग गरोस्”, उहाँले भन्नुभयो ।   अर्का स्थानीय यामबहादुर भण्डारीको तीन रोपनी खेत पुरिएको छ । उहाँले लोकमार्गबाट आउने भल व्यवस्थापन नहुँदा ठूलो क्षति व्यहोर्नुपरेको जानकारीदिनुभयो । गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बाढीपीडिले तटबन्धनको माग गरेको जनाउँदै नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “लोकमार्गबाट बगेर आएको पानीले यति ठूलो क्षति पुर्‍याएको छ, पीडितले ग्याबिन निर्माण गर्न माग गर्नुभएको छ, हामीले यसतर्फ ध्यान दिएका छौँ पानी रोकियो भने काम अगाडिबढाउने छौँ ।”

पोखरा  : लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सानबाबु तुलाधरलाई  सात दिनको म्याद थप गरि अनुुसन्धान अघि बढाएको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध मुद्धामा प्रकाउ परेका  तुलाधरलाई थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको हो ।    धादिङ गल्छी गाउँपालिका वडा नं. २ स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बस्ने वर्ष २९ का सानुबाबु तुलाधरलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले शनिबार्र लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनको साथबाट लागूऔषध ब्राउन सुगर १.०१५ ग्राम सहित चाउथेको कदममार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

  पोखरा । नेकपा एमाले कास्कीले आगमी मंसिर ४ गते हुन गईरहको  प्रतिनिधि सभाको चुनावको लागि विभिन्न क्षेत्रबाट सदस्यको नाम सिफारिस गरेको छ ।    प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा क्षेत्र नं. २ को ‘ख’ बाट ८ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा परशुराम वराल, दाम बहादुर वानिया, जिवन आचार्य, सन्जिव कोईराला, वलराम आचार्य, मिना गुरुङ र मिना कुमारी गुरुङ रहेका छन् ।   यसै गरी क्षेत्र नं. ३ को ‘क’ बाट दामोदर बैरागी, लाल बहादुर परियार, दिपक पौडेल, नन्दलाल अधिकारी, माधव वास्तोला, राजैन्द्र गौतम, सूर्य प्रसाद लम्साल, केशव शरण पौडेल, दुर्गा दत्त पोखरेल, प्रेम देवी परियार, शारदा कुमारी पराजुली, यदुनाथ अधिकारी, रमेश कार्की र शोभा मोहन पौडेल गरी १४ जना रहेका छन् । भने, क्षेत्र नं.३ कै ‘ख’ बाट राजिव पहारी, ओम सुवेदी, शिव अधिकारी, दिलिप विक्रम शाही, सन्तोष परियार र संगिता सुवेदी गरी ५ जना  प्रतिनिधि सभाका लागि सिफारिस भएको नेकपा एमाले कास्की सचिव वैन बहादुर क्षेत्रीले जानकारी दिए ।    

  बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरको छ ।       बागलुङ नगरपालिकाले नदीजन्य पदार्थको कर सङ्कलनमा प्रदेश सरकारले तोकेको दरभन्दा कम दर राखी मिलेमतोमा कर उठाएर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको भन्दै आयोगमा उजुरी परेको थियो ।       उक्त उजुरी माथिको अनुसन्धानमा नगरपालिकाले ढुङ्गा, गिट्टी र बालुवाको बिक्री वितरणका लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानुन बमोजिम तोकेको दररेटभन्दा घटी निर्धारण गरेको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेको हो ।          नगरपालिकाले कम दररेट राख्दा नेपाल सरकारलाई रु १७ लाख ४० हजार ६६ हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बामोजिम मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो ।       सो भ्रष्टाचार कार्यमा संलग्न रहेको भन्दै आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्मालाई विपक्षी बनाइ आरोपपत्र दायर गरेको हो ।