पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

गलकोट :   बागलुङ कांग्रेसले थालेको बिपी स्मृति भवन निर्माणले सार्थकता पाउन थालेको छ ।    भवनका लागि जग्गा खरिदसँगै शुभेच्छुकबाट सहयोग सङ्कलन अभियानलाई तीव्रता दिइएको छ । अब बन्ने भवनमा पार्टी कार्यालय सञ्चालन गरिने पार्टीले जनाएको छ । स्मृति भवन बनाउनका लागि एक हजार एक सदस्य समिति गठन गरेको कांग्रेसले पछिल्लो पाँच महिनायता भवन निर्माणका लागि रु एक करोड सङ्कलन गरिसकेको छ ।    कांग्रेस बागलुङको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति जित शेरचनको समितिले जग्गा खरिद गरेर भवन निर्माण गर्ने अठोट लिएसँगै रकम सङ्कलन तीव्रता पाएको हो । छोटो समयमै घडेरी व्यवस्थापन गरेर रकम सङ्कलन अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका कोषाध्यक्ष श्रीधर कँडेलले जानकारी दिनुभयो ।    उहाँले भन्नुभयो, “करिब दुई करोड रकम बागदान भइसकेको छ, हामीले उठ्ने रकम मात्रै बोल्न लगाएका छौँ, रकम सहयोग गर्नका लागि कांग्रेस समर्थकले आफैँ बोलाउने अवस्था छ । हालसम्म एक करोड रकम खातामा जम्मा भइसकेको छ, रकम उठ्ने कार्यले तीव्रता पाएको छ ।   रु १० करोड उठाउने लक्ष्य रहेको छ, जसले जग्गा खरिदको रकम तिर्न, घर निर्माण गर्न र कोष स्थापना गर्ने तयारी छ ।” कांग्रेसले बिपी स्मृति भवन बनाउने अभियानअन्तर्गत बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद भइसकेको र हाल पार्टी कार्यालय बनाउनका लागि कांग्रेस शुभेच्छुकबाट रकम सङ्कलन अभियान चलाइ राखेकोे कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताउनुभयो । 

बलेवा  :  बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् ।   रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी  दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिनुभयो । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उहाँको भनाइ छ ।   “बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ”, उहाँले भन्नुभयो । गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेङ्गुको पनि परीक्षण गर्ने तयारी गरेको छ ।   विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले  ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताउनुभयो । गत हप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । शिक्षक भोजेन्द्र नेपालीका अनुसार स्वास्थ्य समस्या देखिएकाले नै विद्यार्थी अनुपस्थित भएका हुन् ।

  कास्की ।  कास्कीको माछापुच्छ्र्रे  गाउँपालिका–३ घाचोकका लेखनाथ लम्साल ४६ वर्ष पुग्नुभयो । लम्साललाई पुसमाघको सिरेटो अनि वर्षाको झरीको कुनै प्रवाह छैन । बस्तुभाउलाई कुँडोपानी र घाँसको बन्दोबस्त गरी एकाबिहानै पोखरा झर्नु उहाँको दैनिकी हो । उमेर छिप्पिदै गए पनि अध्ययनका लागि घाचोक–पोखरा यात्रा एक घण्टा लगाएर छिचोल्नुहुन्छ ।    गण्डकी विश्वविद्यालयले गत वर्षदेखि सुरु गरेको व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन, बिएसएम) को पहिलो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ्, लम्साल । सानैदेखि भलिबलप्रति रुचि राख्ने उहाँ खेलकुद व्यवस्थापनको पढाइ पूरा गर्न लागि पर्नुभएको छ । खेल क्षेत्रमै केही गर्नुपर्छ भन्ने लक्ष्य बोकेर हिँड्नुभएका लम्साल विश्वविद्यालयले सो कक्षा सुरु गरेको खबरले उत्साहित हुनुभयो । अग्रज, अनुज र खेल क्षेत्रकै दिग्गजहरुको सल्लाहमा उहाँ बिएसएममा भर्ना हुनुभएको हो । उहाँ अहिले दोस्रो सेमष्टरमा अध्यनरत हुनुहुन्छ ।    पढेर दक्ष खेलाडी उत्पादन गर्ने र आफैँले तालिम केन्द्र खोल्ने योजना उहाँले सुनाउनुभयो । खेलकुदमा विकृति बढ्दै गएकाले त्यस्तो विकृति रोक्न शिक्षा आवश्यक रहेको उहाँको भनाइ छ । “खेल खेलेरमात्र हुँदैन, यसलाई पढ्नु पनि पर्छ”, उहाँले भन्नुभयो, “ व्यवस्थापन तहको व्यक्तित्व विकास गर्नुपर्ने रहेछ । यसका लागि के–के आवश्यक पर्ने रहेछ भन्ने कुरा जान्न मैले कक्षा लिइरहेको छु ।” एक खेलाडी र कुशल प्रशिक्षकका लागि संस्कृति र उत्पे्ररणा पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।    नेपालमै पहिलोपटक सुरु खेल व्यवस्थापनमा उहाँ जस्तै २१ जना अध्ययनरत छन् ।  पहिलो सेमेष्टरमा १२ र दोस्रो सेमेष्टरमा नौ विद्यार्थी छन् । त्यहाँ पढ्नेको उमेर १८ देखि ४६ वर्षसम्मको छ भने उहाँहरु छुट्टाछुट्टै खेलसँग सम्बन्धित हुनुहुन्छ । नेपालको महिला भलिबलकी कप्तान अरुणा शाहीसँगै अन्य खेलका खेलाडी र खेल क्षेत्रमा भविष्य सोच्नेले बिएसएम पढिरहनुभएको छ ।   अध्ययनपछि काम गर्ने क्षेत्र धेरै भएका कारण पनि प्रदेशले यसतर्फ चासो देखाएको हो । नेपालमा यो पढाइ सकेपछि धेरै सम्भावना रहेकाले गण्डकी विश्वविद्यालयले पढाइ सुरु गरेको बिएसएमका संयोजक डा मधुसुदन सुवेदीले बताउनुयभो । डा सुवेदी पनि भारतबाट खेलकुद विषयमा विद्यावारिधि गरेर बिएसएमको संयोजकको जिम्मा लिनुभएको हो । “नेपालमा कम्तीमा पाँच हजार व्यावसायिक व्यवस्थापक चाहिएको छ”, डा सुवेदी भन्नुहुन्छ, “त्यसैले क्षेत्र धेरै छ । सबैलाई पढ्न सुझाव दिन्छु ।”    बिएसएममा जुनसुकै सङ्कायमा १२ पास गरेको भर्ना हुन सक्छन् । चारवर्षे सेमेस्टर प्रणालीअनुसार आठ सेमेस्टरमा पढाइ हुने उहाँले बताउनुभयो । प्रदेश सरकारको विशेष सहयोगमा कम खर्चमा उक्त पढाइ सञ्चालन भइरहेको उहाँको भनाइ छ । चार वर्षे पढाइ सक्दा रु तीन लाख ८० हजार लाग्ने उहाँले जानकारी दिनुभयो । “ आठ सेमेष्टर सक्दा रु तीन लाख ८० हजार खर्च आउँछ”, उहाँले भन्नुभयो, “यो रकम भनेको एकदमै कम हो, विदेशमा म आफैँ पढ्न जाने भनेर बुझ्दा तीन वर्षे कोर्सका लागि निर्क खर्च लाग्ने थाहा पाएको छु ।”   एक सेमेष्टरमा ४० जनाको कोटा भए पनि अहिले सोचेजस्तो विद्यार्थी भर्ना नभएको संयोजक डा सुवेदीले जानकारी दिनुभयो । “यो नेपालकै पहिलो कोर्ष भयो अनि हामीले सुरुका वर्षमा सबै ठाउँमा पुग्न सकेनौँ यसले गर्दा पनि थोरै भर्ना भएका हुन्”, उहाँले भन्नुभयो । अहिले तेस्रो सेमेष्टरको भर्ना प्रक्रिया सुरु भएको छ । तेस्रो समेष्टरका लागि धेरै जनाबाट फोन, म्यासेज, इमेल आएको उहाँले बताउनुभयो । अबको सेमेष्टरमा ४० वटै कोटा पुग्ने गरी भर्ना हुने उहाँको अनुमान छ ।    नेपालमै पहिलोपटक गण्डकी विश्वविद्यालयले सञ्चालन गरेको यो कोर्ष भने भाडाको भवनबाट सञ्चालन भईरहेको छ । पोखरा १८ हिमाली टोलमा रहेको फिस्टेल एकेडेमीको पुरानो भवन भाडामा लिएर कक्षा सञ्चालन गरिरहेको पोखरा विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले जानकारी दिनुभयो । योसँगै पोखरा विश्वविद्यालयअन्तर्गत पढाइ हुने सबै विषयलाई स्तरीय बनाउन भवन निर्माणको काम चलिरहेको प्रा डा गुरुङले बताउनुभयो । नेपाल सरकारबाट जग्गा प्राप्तिपछि पोखरा ३२ ज्ञानकुञ्जमा विश्वविद्यालयको भवन शिलान्यास गरेर काम अघि बढेको छ   विश्वविद्यालयअन्तर्गत अहिले ब्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट, फार्मेसी, आइटी, बिबिए र बिएएलएलबिको कक्षा सञ्चालन गरिएको छ । विश्वविद्यालयले आगामी दिनमा मेकानिकल इन्जिनियरिङ, माउण्टेनिङ एग्रीकल्चर र खानी इन्जिनियरिङको विषयमा पढाइ सुरु गर्न छलफल चलिरहेको कुलपति प्रा डा गुरुङले जानकारी दिनुभयो ।

पोखरा:   पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न छैटौं संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ ।   पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।   त्यसैगरि महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि जित्यो ।    पुरुषतर्फ उपाधि जितेको एपिएफले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख प्राप्त गर्याे । यसैगरि उपविजेता बनेको मामा भान्जा क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्रदान गरेको क्लबा सचिव नवीन छन्त्यालले जानकारी दिए ।   उनका अनुसार महिलातर्फको विजेता एसियन सुजले नगद ४० हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्याे । भने द्धित्तिय भएको अर्चलबोट भलिबल क्लबले २५ हजार शिल्ड मेडल प्रमाणपत्र हात पार्याे ।   पुरुषतर्फ विजय र महिलातर्फ सरु सर्वाेत्कृष्ट   गत २२ गतेदेखि पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको खेलमैदानमा भएको उक्त प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए ।   उनका अनुसार उक्त प्र्रतियोगिताबाट पुरुषतर्फ एपिएफका विजय थापा सर्वाेत्कृष्ट खेलाडीका रुपमा घोषित भए । यसैगरि उत्कृष्ट स्पाइकरका रुपमा मामा भान्जा क्लबका सञ्जु विक्रम शाह, उत्कृष्ट डिफेण्डरका रुपमा सोही टिमकै इश्वर गुरुङ र उत्कृष्ट सर्भरका रुपमा सोही टोलीकै राजेश कुँवर घोषित भए ।     उत्कृष्ट सेटरका रुपमा एफिएफका मिलन राना, उत्कृष्ट ब्लकरमा सोही टिमकै सुनिल सुनार र उदीयमान खेलाडीका रुपमा एपिएफकै उमेश सेन्चुरी पुरस्कृत भए ।    त्यसैगरि महिलातर्फ सर्वाेत्कृष्ट खेलाडीका रुपमा एसियन सुज लामाचौरकी सरु नेपाली घोषित भइन् । उत्कृष्ट सेटरकी रुपमा सोही टिमकै निरु पुन, उत्कृष्ट डिफेण्डरकी रुपमा सोही क्लबकै लक्ष्मी राना र उदीयमान खेलाडीका रुपमा सस्मीता पुन घोषित भइन् ।    यसैगरी अर्चलबोटकी मनिषा तिलिजा उत्कृष्ट स्पाइकर र सोही टिमकै डिमा पुन उत्कृष्ट सर्भरकी रुपमा घोषित भइन् ।   विधागत तर्फ उपाधि जितेका पुरुष तथा महिला खेलाडीहरुलाई आकर्षक ट्रफीद्वारा पुरस्कृत गरिएको क्लबका अध्यक्ष कुल प्रसाद (कुशल) छन्त्यालले बताए ।    उनका अनुसार विजेता तथा उपविजेता टोलीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक तथा राष्ट्रिय रेफ्री राम पुन, लामा अमृत फाउण्डेशन घान्दु्रकका संस्थापक तथा युवा व्यवसायी अमृत लामा गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पदम श्रेष्ठ तथा सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए ।     सो प्रतियोगिताबाट संकलित रकममध्ये केही रकम ब्लड क्यान्सरबाट ग्रसित बिरामीलाई सहयोग गर्ने बताइएको छ ।   यसअघि सम्पन्न गरको पाँचौ संस्करणको प्रतियोगिताबाट संकलित रकममध्ये  २ लाख रुपैया मृगौला पीडित सुरज गुरुङलाई सहयोग गरिएको थियो ।   

  पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले आज (सोमबार)क्याम्पस परिसरमा सरसफाई गरेको छ ।    ‘‘सफा, सुन्दर  अनि स्वच्छ पीएन अनेरास्ववियुको अभियान’’ भन्ने नारालाई आत्मासाथ गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले सरसफाई अभियान सञ्चालन गरेको हो ।    क्याम्पसको सुन्दरतामा थप सुन्दरता प्रदान गर्ने हेतुका साथ अनेरास्ववियुले यो अभियान सञ्चालन गरेको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले  बताए ।    क्याम्पसलाई सदावहार रुपमा   सफा, सुन्दर र स्वच्छ राख्नु हामि सबैको कर्तव्य हो, उनले भने, ‘यस सरसफाई अभियानबाट विद्यार्थीहरुमा सकारात्मक सन्देश पुग्ने र आगामी दिनमा हातेमालोको साथ सरसफाई अभियानामा अघि बढ्ने छन् ।’   अनेरास्ववियुले  क्याम्पसको प्रवेश द्वार(गेट) देखि शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र कानुन संकाय भवन वरपर र डिलतिर सरसफाई गरेका थिए ।       

बागलुङ :  बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ ।   पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ ।  केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।    डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन् ।    पहिराले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युत्का पोल पनि बगाएको छ । “पानीका दुईवटा ट्याङ्की नै बगेकाले खानेपानीको हाहाकार छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “हामी त घर न घाटको भएका छौँ, अब कहाँ बस्ने, के खाने” ।    उहाँले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताउनुभयो । उहाँले अनुगमन टोलीसँग पनि रुँदै आफ्नो दुःखेसो पोख्नुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गर्नुभएको छ । टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए । पहिराले दुईवटा खानेपानीका ट्याङ्की बगाएपछि सात दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो । बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन् ।    यहाँका दर्जनौँ विद्युत्का पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ । तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताउनुभयो । “अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौँ”, उहाँले भन्नुभयो, “अनुगमन आएका टोली देख्दा रमाइलो लाग्यो, नत्र रित्तो घरमा आउन मनै लाग्दैन ।” रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो । पहिराले ११ घरका बासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन् । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।    दशकअघि खुलेको सडकको ट्रयाक र खरबारीमा रहेका पानीका ट्याङ्कीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन् । अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेर बगेको अनुमान लगाएका छन् । सातापछि पुग्दा पनि पहिरो निरन्तर खसेको छ । निरन्तर खसेकोले आसपासमा पुग्न पनि जोखिम छ ।    पहिराले जैमिनी नगरपालिका–१ को ओडारका घरमा पनि जोखिम बनाएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा राख्नुभएको छ । यसका लागि पहल गर्न उहाँले वडाध्यक्षलाई आग्रह गरेको बताउनुभयो । एकीकृत बस्ती बनाउन सकेमा खानेपानी, विद्युत् र अन्य सेवा जडानमा सहज हुने जनाइएको छ ।   निरन्तर पहिरो खसिरहेकाले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन । पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ । “पहिरो नियन्त्रणमा लाग्नुभन्दा बस्ती नै सार्दा सजिलो र सुरक्षित होला”, इञ्जीनियर त्रिलोचन गिरीले भन्नुभयो, “यो पहिराले माथिल्लो बस्तीमा पनि जोखिम बढाएको छ ।” पानी परेमा पहिरो झनै बढ्न सक्ने उहाँले बताउनुभयो । विस्तारै खसेकाले समयमा घरपरिवार सार्न सकिए पनि पुनः घर फर्कने वातावरण बनाउन कठिन हुने उहाँले बताउनुभयो । “सात–आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौँ, उहाँहरु अहिले सुरक्षित स्थान खोजेर बस्नुभएको छ”,उहाँले भन्नुभयो, “पहिराले निरन्तर दबाब दिएर बस्तीमा चिरा परेको छ ।”

  म्याग्दी :  बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैंक स्थापना भएको छ ।    घरमा प्रयोग नभएका लत्ताकपडा सङ्कलन गरी खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना गरिएको हो । यसबाट प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरिब तथा अतिविपन्न परिवारलाई उपलब्ध गराउने वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।    “आवश्यक पर्नेले बैंकमा आएर आफूखुसी रोजेर लुगा लान सक्छन्”, उहाँले भन्नुभयो, “वडामा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । दिनेको नाम सार्वजनिक गर्छौँ ।” ‘कपडा बैंक’मा प्रयोगयोग्य लत्ताकपडा सङ्कलन भइरहेको जनाइएको छ ।   म्याग्दी जेसिजले आइतबार एक सय थान कपडा उपलब्ध गराएको थियो । जेसिजका शाखा अध्यक्ष सन्दीप खत्रीको टोलीले वडाध्यक्ष श्रेष्ठलाई कपडा हस्तान्तरण गर्नुभएको थियो । जेसिजका पदाधिकारी, सदस्य र बजारका व्यापारीबाट प्रयोग गर्न योग्य तर उपयोग नभएका कपडा सङ्कलन गरिएको थियो ।    वडा कार्यालयमा एउटा कोठा कपडा व्यवस्थापनका लागि मात्रै राखिएको छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।    प्रयोग गरिसकेको वा प्रयोगविहीन अ​वस्थामा रहे पनि सफा र प्रयोग गर्न मिल्ने कपडा उपलब्ध गराउन सकिने वडा सचिव विनिता रेग्मीले बताउनुभयो । अभियानमा नगरकार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति रु एक हजार सहयोग गरेका छन् ।     विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन जिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले लत्ताकपडा सङ्कलनलाई तीव्रता दिएका छन् । बेनी नगरपालिका वडा नं ७ ले विपन्नको मृत्युपछि अन्त्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउन थालेको छ ।

  पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा खेल्ने ८ जनालाई पक्राउ गरेको छ ।     पोखरा महानगरपालिका वडा नं. १३ बस्ने सूर्य कुमारी गुरुङको घरमा जुवा खेलिरहेका अवस्थामा नगद १ लाख ७ हजार २ सय ५५ रुपिया र २ सय ११ पत्ति तास सहित ८ जना व्यक्तिलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिक वडा नं.१३ मियापाटन बस्ने घरधनी वर्ष ४४ की सुर्य कुमारी गुरुङ, जिल्ला सर्लाही घर भई हाल जिल्ला कास्की पोखरा  ११ रानीपौवा बस्ने वर्ष ३८ को ललित कुमार बस्नेत, सोही स्थान बस्ने वर्ष ३५ को रूपक बस्नेत , बागलुङ जैमिनी नगरपालिका ७ घर भई हाल  कास्की पोखरा ११ फुलबारी बस्ने वर्ष ४० को दिपक खड्का, जिल्ला कास्की पोखरा ७ बस्ने वर्ष ३१ को सुर्य थापा,  जिल्ला धादिङ निलकण्ठ नगरपालिका ४ घर भई हाल कास्की पोखरा ११ बस्ने वर्ष ३७ को रमेश ठकुरी, जिल्ला कास्की पोखरा १३ बस्ने वर्ष ४० को आश बहादुर गुरुङ र  जिल्ला लमजुङ राईनाश नगरपालिका  १० घर भई हाल जिल्ला कास्की पोखरा १० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन् ।    नियन्त्रणमा रहेका दोषी व्यक्तिहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दश दिनको  म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।  

  पोखरा । पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा युवा व्यवसायी देवेन्द्र केसी विजयी भएका छन् । पवन प्रजापती प्यानलका प्रतिस्पर्धी हिरामणि पण्डितलाई फराकिलो मतान्तरले पछाडि पार्दै केसी विजयी भएका हुन् । देवेन्द्र केसीको पक्षमा १७९१ मत प्राप्त हुँदा हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका छन् । भने ३० वटा भोट बदर भएको थियो  । केसीले यस अगाडि २ कार्यकालसम्म संघमा कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् ।   केसीले कुटी ग्रुप अन्तर्गत पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा केसीको लगानी छ ।   युवा व्यवसायी एवं नेपाली काँग्रेसका युवा नेतासमेत रहेका देवेन्द्र केसी प्रदेश सभा सदस्यका लागि सिफारिससमेत भएका छन् ।    कास्कीको क्षेत्र नं. ३ ‘ख’ बाट पार्टीले केसीलाई प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको हो ।