पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

पोखराः  नेकपा एमाले कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङका आमा मनकुमारीको शुक्रबार राती निधन भएका छ  ।   फेवासिटी अस्पतालमा उपचारकोक्रममा ८४ वर्षीया मनकुमारीको निधन भएको आफन्तजनले बताएका छन् ।  गुरुङको शुक्रबार राती ८४ वर्षको उमेरमा निधन भएको हो ।   स्वर्गीय मनकुमारीको४ छोरा र ४ छोरी छन् । विदेशमा रहेकी छोरी पोखरा आइपुगेपछि उनको अन्त्येष्टी गरिने परिवारजनले बताएका छन् । 

नुवाकोटको किस्पाङ गुम्बाबाट अवैधरुपमा भारत पु¥याइएका १६ बालकलाई नेपाल फर्काएर शुक्रबार अभिभावकको जिम्मा लगाइएको छ ।   गत भदौ ७ गते नेपालबाट अवैधरुपमा भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एशोसिएशन नामक गुम्बामा लामा अध्ययन गराउन भनेर लैजाने क्रममा उत्तर प्रदेशको बस्ती भन्ने स्थानबाट गत भदौ ८ गते उद्धार गरिएका ती बालकलाई नुवाकोट ल्याइएको थियो । नुवाकोट घर भएका दश र रसुवा घर भएका पाँच बालकलाई नुवाकोट जिल्ला प्रहरी कार्यालयको रोहवरमा उद्धार गरेर ल्याउने संस्था शान्ति पुनः स्थापनागृहले अभिभावकलाई बुझाएको छ ।   कैलाली घर भएका एक बालकको अभिभावक ललितपुर बस्ने भएकाले सोही स्थानमा नै लगेर जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार तीनसाता अघि भारतमा उद्धार गरिएका ती बालकलाई नेपाल प्रहरी र भारतीय राजदूतावासको सहयोगमा कर्नाटकबाट नेपाल फर्काइएको थियो । सामाजिक संस्थासँगको सहकार्यमा उद्धार गरिएका बालकको अभिभावकलाई बोलाएर घर पठाइएको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।   उहाँका अनुसार गुम्बामा लामा अध्ययन गराउने भनेर लैजान लागेका बालक अलपत्र परेको खबर प्राप्त भएपछि उनीहरुलाई लैजाने किस्पाङ गुम्बाका प्रतिनिधि र अभिभावकबाट विवरण लिएर बालकलाई सामाजिक संस्थामार्फत उद्धार गरी घर फर्काइको हो ।   “गुम्बामा प्राथमिकतहदेखि पिएचडीसम्मको लामा अध्ययनका लागि भनेर अवैधरुपमा लैजान लागेको जानकारी पाएलगत्तै उद्धार गर्न केन्द्रित भयौँ ।” प्रहरी प्रमुख पण्डितले भन्नुभयो, “उनीहरुलाई लैजान कानुनी प्रक्रिया पूरा नगरेको तथा लैजाने उद्देश्य खुल्न नसकेकाले मानव बेचबिखन तथा ओसारपसारलगायत अपराधसमेत आकर्षित हुनेसक्ने हुँदा सोही बमोजिम अनुसन्धान अघि बढाइने छ ।”   मानव बेचबिखन तथा ओसारपसार अभियोगको हदम्याद नहुने भएकाले बालकलाई पठाउने अभिभावक, विभिन्न स्थानबाट सङ्कलन गरेर लैजाने किस्पाङ गुम्बा र सम्लग्न व्यक्तिको सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।   उनीहरुलाई लैजान नुवाकोट र रसुवाका वडा कार्यालयले क्षेत्राधिकारभन्दा बाहिर हुने गरेर सिफारिस गरेको पत्रसमेत पाइएको छ भने यसअघि पनि भारतको गुम्बामा किस्पाङ गुम्बाबाट ठूलो सङ्ख्यामा बालक लामा अध्ययनको लागि भनेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

  पोखरा । पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले खेलाडीलाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरेको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा शुक्रबार पोखरा रंगशालामा खेलसम्बद्ध संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेलकुद विकास समितिले सामग्री वितरण गरेको हो ।    बास्केटबल, भलिबल, फुटबल, आइटिएफ तेक्वान्दो, केन्पो काइ, बक्सिङ, मुआ थाइ, उसु, एथलेटिक्स, कराँतेलगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई १ देखि ६६ थानसम्म सामग्री वितरण गरिएको छ ।    खेल सामग्री वितरण गर्दै मेयर आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी मिहिनेत गर्न प्रशिक्षक र खेलाडीलाई आग्रह गरे । ‘पोखरा उत्कृष्ट आतिथ्यता दिने सहर हो । पाहुनालाई सम्मानजनक व्यवहार गर्न चुक्न हुँदैन,’ उनले भने, ‘सम्मान त गर्ने हो, त्यो सँगै पदक पनि जित्नुपर्छ । ३६ खेलमध्ये धेरैभन्दा धेरै खेलमा पदक गण्डकी प्रदेशले ल्याउने गरी मिहिनेत आवश्यक छ ।’    नवौँ राष्ट्रिय खेलकुद सफल पार्न स्थानीय आयोजक भएको नाताले पोखरासँगै प्रदेशका खेल संघ र खेलाडी लाग्नुपर्ने उनले बताए । ‘राम्रो भयो भने त्यसको जस् हामीले नै पाउँछु । केही नराम्रो भए पोखरा र हाम्रै बद्नाम हुने हो । खेलसँग सम्बन्धित सबै अनुशासित र मर्यादित हुन जरुरी छ,’ उनले भने । पोखराबाट राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रशिक्षक उत्पादन गर्ने गरी योजना ल्याउने मेयर आचार्यले बताए ।  थोरै बजेट भए पनि सके जति खेललाई सामग्री बाँडेर सम्बोधन गर्ने प्रयास गरेको खेलकुद विकास समिति अध्यक्ष दिपकबहादुर गोदारले बताए । नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलाई यसपटक सम्बोधन गरेको उनको भनाइ थियो ।     खेलकुद विकास समितिको कार्यालय मेयर आचार्यले शुक्रबार नै रंगशालामा उद्घाटन गरेका छन् । यसअघि कार्यालय ड्यामसाइडस्थित शिक्षा महाशाखासँगै थियो । खेलसम्बद्ध निकाय भएको र रंगशालामा राख्दा कार्यसम्पादनमा सहज हुने भएकाले कार्यालय सारिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए ।  

पोखरा  :  पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्रमा भारतीय पर्यटक बढेका छन् ।     विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ भ्रमण गरेपछि विन्ध्यवासिनी मन्दिरमा भारतीय पर्यटकको संख्यामा वृद्धि भएको बताएका हुन् ।    पोखरामा शुक्रबार विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ को बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका कार्यवाहक अध्यक्ष सुवेदीले सो दावी गरेका हुन् ।    ‘सोह्र श्राद्ध सुरु भएपछि नेपाली पर्यटकहरु घटेका छन्, उनले भने, ‘अहिले दैनिक संकलन भएको भेटी (भारतीय पैसा) ले नै विन्ध्यवासिनी धार्मिक क्षेत्रमा भारतीय पर्यटकको संख्या वृद्धि भएको जनाउँछ ।’    यसैगरि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले कोरोना महामारीको समय अगाडी मासिक १ करोड (पैसा) भेटी संकलन हुने गरेको उल्लेख गरेको बताउदै पछिल्लो समय महामारीले प्रभाव पारेको बताए ।    ‘मन्दिरको मुख्य स्रोत नै भेटी संकलन हो, उनले भने, ‘कोरोना अगाडी दैनिक एकलाख देखि देढ लाख भेटी संकलन हुुन्थ्यो तर अहिले दैनिक ५०/६० हजारमा झरेको छ ।’   भक्तजनले चढाएको भेटीबाटै समितिले पुजारी र कर्मचारी व्यवस्थापनसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको अधिकारीले बताए । उनका अनुसार मन्दिरमा १० पुजारी र व्यवस्थापनमा ४५ कर्मचारी छन । मन्दिर व्यवस्थापन समितिले कर्मचारी  व्यवस्थापनमा मासिक १४ लाख खर्च हुदै आएको छ ।   असोज १० देखि नवदुर्गा महोत्सव   विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज १० गते (घटस्थापना)देखि नवमीसम्म नवदुर्गा महोत्सव आयोजना गर्न लागिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।    उनका अनुसार महोत्सवमा शोभायात्रा र श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने छ । भने युवा पण्डित नारायण देवकोटाले सङ्गीतमय झाँकीसहित कथा वाचन गर्नेछन् । सो महोत्सवमा नवमीदेखि प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र मध्याह्नदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुनेछ ।    पहिलो दिन देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सव सुरु गरिने छ ।    महोत्सव अवधिभर रात्रिकालीन आरतीसमेत गरिने भएको छ ।    विजया दशमीको दिन बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेदेखि भक्तजनका लागि खल्ुला गरिने समितिले जनाएको छ ।    धार्मिक पर्यटनको विकाससँगै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भावमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको सचिव श्रेष्ठले जानकारी दिएका थिए ।    स्थायी प्रहरी पोस्टको माग    समितिले मन्दिरको सुरक्षाका लागि विन्ध्यवासिनी स्थायी प्रहरी पोस्टको लागि माग गरेको छ । मन्दिरमा अस्थायी प्रहरी पोस्ट सञ्चालन हुँदा उनीहरुलाई कहिले मापसे कहिले कुन क्षेत्रमा खटाउँदा मन्दिरको सुरक्षामा प्रश्न उठेको भन्दै स्थायी प्रहरी पोस्ट स्थापना गर्न जिल्ला प्रशासन र प्रहरी कार्यालमा माग गरेको हो ।   मन्दिरको सुरक्षाका लागि विभिन्न क्षेत्रमा अहिले १६ वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ ।    विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले अब मन्दिरमा आउँदा पर्यटकहरुले मिनिरल वाटर पानी बोकेर आउन नपर्ने दावी गरेको छ ।    समितिले बोतल र जारको पानी प्रयोग नगर्ने गरी पानी शद्धीकरण गरेर धाराको पानी नै पर्यटकले प्रयोग गर्ने योजना केही दिनमा सञ्चालन हुन लागेको धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

कास्की । कवाडी संकलन केन्द्रलाई शहरी क्षेत्रबाट बाहिर लैजान पाेखरा महानगरले ३५ दिने अल्टिमेटमसहित निर्देशन दिएको छ ।   पोखरा महानगरपालिकाका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र जंग केसीद्वारा हस्ताक्षरित सूचना प्रकाशन गर्दै पोखरा शहर र मुख्य आवास क्षेत्रको कम्तिमा ५ सय मिटर दुरिभन्दा बाहिर सार्न निर्देशन दिएको हो ।   पोखरा महानगरपालिकाद्वारा जारी गरिएको सुचनामा भनिएको छ, ‘हाल समुदायमा डेंगु रोगको प्रकोप फैलदै गएको अवस्थामा महानगरपालिकाले रोकथाम तथा नियन्त्रणको लागि विभिन्न अभ्यासहरु गर्दै आएको छ ।    यसै सन्दर्भमा महानगरपालिकाको मुख्य आवस क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रहरुबाट यो रोग फैलन ठुलो मद्दत पुगिरहेकाले सो केन्द्रहरु कारकका रुपमा रहेको पाइएकाले मुख्य आवस क्षेत्रको कम्तिमा ५ सय मिटर दुरीभन्दा बाहिर स्थापना गर्न सम्बन्धित व्यवसाय संचालकहरुलाई हार्दिक अनुरोध छ ।    सुचनामा स्पष्ट पारिएको  छ, 'सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवैपक्ष (जग्गाधनि र व्यवसायी) लाई कानून अनुसार कारवाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’

पोखरा  ः  न्यूनचापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले केही दिन देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव बिहीबार रातिदेखि नै देखिएको छ र केही दिनसम्म कायम रहने छ ।   महाशाखाका मौसमविद हिरा भट्टराईका अनुसार हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालको पश्चिम भूभागको नजिक आइपुगेको छ । यसैगरी मनसुनी रेखा पनि नेपालको तराई भूभाग नजिक आइपुगेकाले केही दिन मनसुन थप सक्रिय हुने छ ।   आइतबारदेखि भने यसको प्रभाव कम हुने तर पानी पर्ने क्रम नरोकिने मौसमविद भट्टराईले बताए । ‘आइतबारदेखि यसको प्रभाव घट्दो क्रममा रहन्छ तर पानी पर्ने क्रम भने रोकिंदैन,’ मौसमविद भट्टराईले भने, ‘हल्कादेखि मध्यम वर्षा हुन्छ, भारी वर्षाको संख्या र स्थान कभरेज कम हुन्छ ।’ काठमाडौं उपत्यकामा मध्यम खालको वर्षा हुने तर भारी वर्षाको सम्भावना नरहने उनले बताए ।   महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी विशेष बुलेटिनमा उल्लेख छ ।   पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ । ‘ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।

पोखरा  :  पोखरा महानगर–७ प्रगति टोलकी भुजामती पुन बुधबार भावुक मुद्रामा देखिनुभयो । अनपढ उहाँलाई आफ्नो उमेर कति पुग्यो भन्नेसमेत थाहा छैन तर सुकुम्बासी भएर सो स्थानमा बस्न थालेको १० वर्ष पुगेको भुजामतीले सुनाउनुभयो । काठमाडौँमा श्रीमान्सँगै ज्याला मजदुरी गरेर बस्ने उहाँको जीवनमा विसं २०६७ मा बज्रपात प¥यो । श्रीमानको मिर्गौला देखिएको खराबीका कारण मृत्यु भयो । त्यसपछि विसं २०६८ मा पोखरा आएर पोखरा–७ को सुकुम्बासी बस्तीमा भुजामती बस्न थाल्नुभयो ।   आफू बसेको जमिन आफ्नो होइन भन्ने उहाँलाई राम्रोसँग थाहा थियो । “थाहा पाएरै पनि यहाँ आएर बकेको हुँ मेरो जग्गा पनि होइन”, भुजामततीले भन्नुभयो, “चुनावका बेला नेताहरू आएर जग्गा तपाईँकै नाममा बनाइदिन्छौँ त भन्थे ।” आफ्नै नामको जग्गा हुने आशामा उहाँले २०७०, २०७४ र २०७९ को चुनावमा सक्रियता देखाउनुभयो । धेरै चुनावमा आश्वासनमात्र बाँडेपछि भुजामतीले अब यसबारेमा आशा मारिसक्नुभएको थियो ।    बुधबार राष्ट्रिय भूमि आयोग र पोखरा महानगरपालिकाले संयुक्त कार्यक्रम गरी निस्सा (सेतो पुर्जा) वितरण गर्दा उहाँलाई पनि आमन्त्रण गरिएको थियो । निस्सा ग्रहणका लागि आफ्नो नाम कार्यक्रम सञ्चालकले लिनेबित्तिकै भुजामतीको गहभरि आँशु भयो । टिलपिल–टिलपिल भएका आँशु पुछ्दै स्टेजमा पुगेर लालपुर्जा प्राप्तिका लागि वितरण गरिएको सेतो निस्सा  हातमा परेपछि उहाँले भन्नुभयो, “धन्यवाद छ सरकार, यो सेतो कागज पाइयो अब छिट्टै रातो लालपुर्जा पाएँ भने सिरानीमा राखेर सुत्छु ।”   भुजामती  मात्र होइन, उक्त कार्यक्रममा पोखराका सबै वडाका केही सङ्ख्यामा सुकुम्बासीलाई निस्सा वितरण गरिएको थियो । पोखरा–२५ बाट सुरु गरिएको कार्यक्रम निर्वाचन आचारसंहितालाई ख्याल गर्दै छोट्याएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । बुधबार महानगरका १६ वटा वडाका एक सय ९९ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको थियो । वडा नं १, ३, ७, ८, १०, ११, १६, १८, १९, २२, २३, २४, २८, २९ र ३१ का सुकुम्बासीले प्रतिनिधिमूलकरूपमा निस्सा पाएका थिए  । यसअघि महानगरको वडा नं २५, ६, ९, १४, ३२ र ३३ मा निस्सा वितरण गरिएको थियो ।    उक्त महानगरपालिकामा १९ हजार आठ सय ५६ भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी सूचीकृत भएका थिए । उनीहरूमध्ये सात हजारभन्दा बढीलाई निस्सा वितरणका लागि राष्ट्रिय भूमि आयोगको केन्द्रीय सर्भरमा सूचीकरण गराइसकिएको थियो भने बाँकी सूचीकरणको क्रममा रहेका छन् । उनीहरुको निवेदन भूमि आयोगमा सुचीकृत गरिएपछि निस्सा वितरण गर्दै जाने महानगर र आयोगको योजना छ । “कोही पनि भूमिहीन बन्नु हुँदैन, हुनु पनि हुँदैन भन्ने मान्यतामा पोखरा महानगरको छ । यसैअनुरुप अहिले निस्सा वितरण सुरु गरेका हौँ”, नगरप्रमुख आचार्यले भन्नुभयो, “यो लालपुर्जा त होइन, तर ढिलोचाँडो सबैले लालपुर्जा पाउनुहुन्छ भन्ने सुरुआती चाँही हो ।”   सूचीकृत गर्न समय लाग्ने जानकारी दिँदै उहाँले निस्सा प्राप्त गर्नु नै  लालपुर्जा हात पर्नका लागि बलियो आधार बनेको बताउनुभयो । “तीनपुस्ते नाम दर्ता गर्नुप¥यो, त्यसका लागि कर्मचारी पनि व्यवस्थापन गर्नुप¥यो । एउटा व्यक्तिको डाटा भर्न कम्तीमा आधा घण्टा लाग्छ  तर साथीहरू यसैमा लाग्नुभएको छ”, महानगरप्रमुख आचार्यले भन्नुभयो, “बाँकी डाटा पनि विस्तारै इन्ट्री गर्दै जान्छौँ । यसमा कुनै समस्या हुँदैन । अहिले निस्सा बाँडेकै ठाउँ असुरक्षित, सम्पदा वा मापदण्डभित्र पर्ने भए महानगरले नै सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सक्छ ।”   सुकुम्वासी बनेका नागरिकलाई जमिनको मालिक बनाउने काम कास्कीमा प्रारम्भ भइसकेको उक्त आयोगका जिल्ला अध्यक्ष गङ्गाप्रसाद पौडेले बताउनुभयो । कास्कीका ३९ भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले रातो लालपुर्जा प्राप्त गरिसकेका छन् । अहिले निस्सा प्राप्त गरेकाहरुले कुनै न कुनै दिन अवश्य लालपुर्जा प्राप्त गर्ने उहाँले विश्वास दिलाउनुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले प्राप्त निस्साका आधारमा जग्गा प्राप्तीको अधिकार कसैले पनि खोस्न नसक्ने अध्यक्ष पौडेलले बताउनुभयो । यसलाई चुनावी नारामा मात्र सीमित नगरी अब साँच्चै सरकारले हेर्छ भन्ने अनुभूति दिलाउन पनि आगामी कार्यक्रम चुस्त र दुरस्त बनाउनुपर्नेमा उहाँको जोड थियो ।आयोगका अनुसार जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको सङ्ख्या करिब २६ हजार छ ।

  पोखरा । पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्यु भएको हो ।   पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर  दिएको थियो । ठक्करबाट गम्भीर  घाइते  बन्जराको पश्चिमाञ्चल  क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् । 

पोखराः नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी यतिबेला पोखरामा आर्थिक सहयोग जुटाउन व्यस्त छ ।    पार्टीको जिल्ला कमिटी कास्कीले नवौं महाधिवेशन आयोजनार्थ सहयोगको नाममा पोखराका व्यापारी, व्यवसायीलाई पत्र काटेर चन्दा संकलन सुरु गरेको हो । पार्टीका कास्की सेक्रेटरीको हस्ताक्षर रहेको पत्रमा व्यवसायीसमक्ष अपील गरिएको छ ।    सुरुमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको पत्र थमाउने र पछि संकलनार्थ टोली परिचालन गरिएको छ । अनुरोधपत्रमा रकम खुलाइएको छैन तर लिने र दिनेबीच बार्गेनिङ् भने गरिएको छ ।    पत्र थमाएर गएको केही दिनमा ३–४ जनाको समूह रकम माग गर्न आउने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले जानकारी दिएका छन् । ‘यति नै भनेर पत्रमा उल्लेख गरिएको छैन’ उनले भने ‘तर उहाँहरुको माग व्यापारको हिसाबले बढी नै छ ।’   ‘तपाइले कति दिनुभयो ?’ भन्ने प्रश्नमा उनले यति नै भनेर नखुलाए पनि कडै बार्गेनिङ् भएको बताए । उनी भन्छन् ‘ठूला साहू महाजनलाई त चन्दा दिनुमा पनि केही स्वार्थ लुकेको हुनसक्ला तर हामी मर्कामा छौं ।’   पोखरामा नाम, दाम कमाएका एक चर्चित व्यापारीले भने विप्लव टोलीलाई चन्दा र कुनैपनि सहयोग नगरेको बताएका छन् । यद्यपि, सहयोग रकमको माग गरिएको चिट्ठी आएको भने उनले स्वीकार गरे ।    ‘चिट्ठी आएको छ, र कुराकानी पनि भएको छ तर मैले दिइहालेको भने छैन’ उनले भने ‘अरु सबै राजनीतिक दलले चन्दा उठाउँदा उनीहरुलाई पनि धेरथोर सहयोग त गर्नु नै पर्ला ।’   चन्दा उठाएको विषयमा प्रतिक्रिया लिँदा कास्की सेक्रेटरीले चन्दा उठाउने पार्टीको नीति नभएको भन्दै सहयोगकालागि अनुरोध गरेको प्रष्ट्याए ।    ‘हामीले असोज १ गतेदेखि काठमाण्डौंमा पार्टीको महाधिवेशन गर्दैछौं, त्यसैकालागि धेरथोर सहयोग मागेको सत्य हो’ सेक्रेटरीले भने ‘कसैलाई पनि जबर्जस्ती गरेका छैनौं तर थोरै भएपनि सहयोगको अपेक्षा गरेका छौं ।   पार्टीलाई प्राप्त हुने कुनैपनि सहयोगको दुरुस्त हिसाब किताब राखेको उनले दाबी गरे । ‘आउनुहोस्, हामी तपाइलाई आर्थिक वा अन्य सहयोगको पुरै विवरण देखाउँछौं’ सेक्रेटरीले भनेका छन् ‘हाम्रो पार्टी पारदर्शितामा विश्वास गर्छ ।’   सोहीक्रममा उनले पैसामात्रै माग्दै नहिँडेको उल्लेख गर्दै जनस्तरबाट नैतिक, भौतिक सहयोग र सल्लाह–सुझावकोसमेत अपेक्षा गरेको जनाए ।    ‘सबैलाई एउटै घानमा हाल्नु भएन’ भन्दै कास्की सेक्रेटरीले नेकपा माओवादी कम्युनिष्टमात्र नभएर देशभक्त पार्टी पनि भएको उल्लेख गरे ।